Posts

नन्द बहादुर ऐडीको संक्षिप्त जीवनी-Story of Nanda Bahadur aidee

Image
  जन्म : २०४८\०२\२३ शिक्षा : स्नातक तह (पत्रकारीता) पिता : बलपति ऐडी माताः बिजौरा ऐडी कार्यरत : तारकेश्वर आवाज वि.स. २०४८ साल जेठ २३ गते पिता वलपति ऐडी र माता बिजौरा ऐडीको कोखबाट माईलो सन्तानको रुपमा जन्मेका हुन् पत्रकार नन्द बहादुर ऐडी । नेपालको अति विकट मानिने कर्नाली प्रदेश, हुम्ला जिल्लाको साविक रोडिको गाउँ विकास समिती वडा नं ४ फुचा गाउँमा पत्रकार ऐडीको जन्म भएको हो । पत्रकार ऐडीले कक्षा ५ सम्म फुचा गाउँकै निलकण्ठ प्राथमिक विद्यालय र कक्षा ६–८ हिमालय निम्न माध्यमिक विद्यालय मेल्छाम हुम्लाबाट २०६१ सालमा उर्तिण गरेका हुन् । तत्कालीन अवस्थामा देशमा नेकपा माओवादीको सशत्र द्धन्द्ध चलिरहदाँ पत्रकार ऐडी वि.स. २०६२ सालमा अध्ययनको शीलशिलामा राजधानी काठमाडौंमा प्रवेश गरेका हुन् । पत्रकार ऐडीले काठमाडौको नेपालटारमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ८ देखि १२ सम्म अध्ययन गरेका हुन् । सानै देखि परिवर्तनशील सोच भएका पत्रकार ऐडी एस.एल.सी उतीर्ण पश्चात नेपाल राष्ट्रिय उच्च मा.वि.मा पत्रकार बन्छु भन्ने उद्देश्यका साथ पत्रकारीता विषय अध्ययन गर्न थाले । वि.स. २०६४ सालमा एस.एल.सी उतीर्ण