नन्द बहादुर ऐडी कति जोडी वियोगमा, छट पटिदै ढल्ने भए तिम्रो मेरो प्रेम कहानी यो संसारमा चल्ने भए एकान्तको त्यो ठाउँमा, पिरतीका कुरा हुन्थे तिम्रो मेरो पिरतीले, आकाशका तारा छुन्थे । धेरै मान्छे भन्ने गर्थे, कति राम्रो युगल जोडी बनाए छ भगवानले, धेरै दिन सोची सम्झी घाम र छायाँ जस्तै हामी, नछुटने कसम खान्थ्यौ माया प्रिती साटन हामी, त्यो एकान्त ठाउँमा जान्थ्यौ बाटो तिर हात जोडेर, तिमी र म हिड्दा खेरी दुनियाले हेथ्र्ये अरे, हामीलाई घुरी घुरी पिरतीको त्यो संसारमा, डुबी हामी बात गथ्र्यौ एक आपसमा समपर्ण भई भावी दिनको कुरा गथ्र्यौ