छट पटिदै ढल्ने भए

नन्द बहादुर ऐडी
कति जोडी वियोगमा, छट पटिदै ढल्ने भए
तिम्रो मेरो प्रेम कहानी यो संसारमा चल्ने भए

एकान्तको त्यो ठाउँमा, पिरतीका कुरा हुन्थे
तिम्रो मेरो पिरतीले, आकाशका तारा छुन्थे ।

धेरै मान्छे भन्ने गर्थे, कति राम्रो युगल जोडी
बनाए छ भगवानले,  धेरै दिन सोची सम्झी

घाम र छायाँ जस्तै हामी, नछुटने कसम खान्थ्यौ
माया प्रिती साटन हामी,  त्यो एकान्त ठाउँमा जान्थ्यौ

बाटो तिर हात जोडेर, तिमी र म हिड्दा खेरी
दुनियाले हेथ्र्ये अरे,  हामीलाई घुरी घुरी

पिरतीको त्यो संसारमा, डुबी हामी बात गथ्र्यौ
एक आपसमा समपर्ण भई भावी दिनको कुरा गथ्र्यौ 

Comments

Popular posts from this blog

नन्द बहादुर ऐडीको संक्षिप्त जीवनी-Story of Nanda Bahadur aidee

हुम्लाको पहिलेको ढुस्के राजाको कथा र कहानी