हुम्लाको पहिलेको ढुस्के राजाको कथा र कहानी
लोप्चाङ लामा
११ सय ३१ साल वैशाख १८ गते भारतको ब्रमह बाट नेपाल हुदै हुम्ला प्रवेश गरेको थियो । त्यति बेला जिल्लाको नाम नतोकिएकोले चौकान देश भनेर चिन्ने गर्थे । सो ठाउँको राजा बन्ने विचार गरि आर्य जातको ५ भाई चौकान देशमा पुगे । २ भाई फिर्ता भएर अन्य ठाउँहरुमा बस्ती गरे । ३ भाई चौकान देशमा राजा हुने भनी बसोबास गरे । जेठो दाई जादु राजा याङचुको जारकोटमा बसे । माईलो भाई नल्लाको गाउँमा फयाउराजा बसे । कान्छो भाई बलीराजा चौगान फयामा बसे । सो तीन ठाउँको राज गर्नलाई र आफनो शासन चलाउनको लागि कठिनाई र बाधा अडकन परेकोले बुद्ध धर्मको गुम्वा खोच्यार गुम्वालाई धर्मको आधार मानी लामाहरुलाई र त्यस गुम्वाका जजमानहरुलाई आफनो पक्षमा बोली दिन अनुरोध गरि आफू तीन भाई सो गुम्बाको धार्मिक राजा गर्ने र सक्दो सहयोग गर्ने कागज लेखी लेखाई धर्म गुरुहरु र आफु तीन जना सो ठाउँको राजा गर्ने बचन गरेकोले सो ठाउरुँको प्रत्येक गाउँघरहरुमा पुगि आफनो परिचय गरि विस्तारै शासन लागू गरेका थिए ।
११ सय ३४ साल असार महिनाको २१ गते ढुस्के शासन लागू गरियो र सेना अथवा काजीहरु भर्ना गर्ने काम सुरु गरियो । ११ सय ४१ साल पुष महिनाको १ गते जादु राजाले आफनो २ भाई भन्दा आफू शक्तिशाली भएको घोषणा गरे । ११ सय ४५ जेठ १ गते काजीलाई रासन अभाव भएकोले धेरै काजीहरु आफनो घर फर्किने प्रस्ताव राखे । राजाले सो प्रस्तावलाई अस्वीकार गरि बरु रासनको व्यवस्था गर्ने तर सेना आफनो घरमा फर्कन नदिने हुकुम भयो । ११ सय ५१ सालमा प्रत्येक गाउँका घरहरुमा तिरो भनी ४ मानाको एक पाथी मानिने पाथीको १६ पाथी अनाज उठाउने निर्णय पारित गरियो । गाउँगाउँमा काजी परिचालन गरि रासन आफनो दरवारमा जम्मा गर्ने आदेश दिए । नल्लाका फयाउ राजाले आफु पनि नदि पारिका गाउँका मान्छेलाई आफनो कब्जामा ल्याई काजी वा सेना भर्ना गर्ने काम सुरु गरे । १ सय ४४ जना काजी वा सेना भर्ना भएपछि आफनो दाई जादु राजामाथि लडाई सुरु गर्ने निर्णय गरे । १ वर्ष पछि लडाई लड्ने सूचना जादु राजाले थाहा पाएपछि लडाईको सामान बनाउन सुरु गरे । उक्त कुरा कान्छो भाई बलीराजाले थाहा पाएपछि आफनो २ दाईहरुलाई लडाई नर्गन बिन्ती पत्र लेखी दाई जादु राजाको दरवार सम्म पुगी लडाई नर्गन र भाईबीच मेलमिलाप राम्रो गरि आफु पनि र दाईलाई सर्मथन गरि ३ भाई गरि एक राज्य चलाउने बिन्ती गरेपछि तीन भाईको सल्लाह अनुसार पछिल्लो वर्षबाट राज्यको शासन सत्ता आफनो जिम्मेवारी कामहरु बाडफाट गरि जमीनको जिम्मा जादुराजालाई , काजी वा सेनाको जिम्मा फयाउ राजालाई र कानुनको जिम्मा बलीराजाले लिई साझा राज्यको निमार्ण गरे । पिता जादुराजा र माता कल्याण रानीको छोरा रुद्धराजलाई विवाहको लागि जुम्ला हाड सिंजाको राजा संग्रम मल्लको जेठी छोरी जुनी मल्ललाई माग्ने र विवाह गर्ने बैठक सम्पन्न भयो । ११ सय ६२ साल माघ ४ गते बुहारी माग्ने कुरा बुझन बलीराजा सहित ४ जना काजी हरुलाई खानाको व्यवस्था गरि जुम्ला पठाईएको थियो । हाड सिंजाको दरवारमा पुग्नु भन्दा १ दिन अघि मन्त्री र काजीले गोप्य सल्लाह गरे । बली राजाले आफनो देश सुविधा सम्पन्न भएको कुरा गर्नको लागि काजीहरुलाई सल्लाह दिए । १ दिन पछि संग्रम मल्लको दरवारमा पुगे । त्यहाँ स्वागत र सद्भाव पनि राम्रो पाए उनीहरुले । के कामको लागि आएका हुन भनीराजा मल्लले सोधपुछको लागि रानीलाई पठाए । रानीले आफनो सुमुधुर शब्दबाट भनिन महामन्त्री के कामको लागि पाल्नु भयो । महारानी हामी पाचँ जना चौकान देश याङचु जारकोटको दरवारबाट महाराज जादुराजाले पठाएका हुन् । महाराजाका जेष्ठ सुपुत्र रुद्रराजलाई हजुरकाने जेठी छोरी लाई माग्न आएका हुँ । रानीले छक्क पर्दै भनीन । नसुर नचिन जानको कुरा सुन्नु पयो । हे मष्ठदेव भनी सेतो घरबनको पछेरीले मुख छोपी रानी फिर्ता भईन । पछिल्लो दिन अर्थात ११ सय ६२ साल माघ १७ गते माघ पूर्णिमाको दिनमा मष्ठो देवको पूजा गर्न भनी मन्त्री र काजीहरु दरवारमा जम्मा भएका थिए । आफनो छोरीलाई माग्ने कुरा सुनेपछि राजा मुहार असन्तुष्टि र बेखुसी देखिएको थियो । काजी मन्त्रीले बिन्ती गरे । हे महाराज आज हजुर बेखुसी हुनुको कारण सुनाई पाऊ । हामी नदी छेक्छु, पहाड फोड्छु । महाराजको हुकुम भयो देश र भूमीको थाहाँ छैन त्यहाँ ,काजी र मन्त्री सोझै आई पुग्यो यहाँ । एक जना काजीले भन्यो कहा छन् ती पाच जना मलाई देखाउ टुक्रा टुक्रा पारेर काटी दिन्छु । अरु सबैले हो हो हामी पनि जान्छु भने । कोठा भित्रका बलीराजा र उनका चार जना काजीले त्यो कुरा सुन्दा डरले थरथर कापी रहेका थिए । बलीराजाले भने दाई शत्रुले बुहारी माग्न पठाए बुहारी त के मार्ने भए । एक गल्या नामक काजीले भन्यो हे मन्त्री डर नमान हामी मर्दैनौ । त्यति भन्दै बाहिर रघु नामका वृद्धा मष्ठोदेवका धामी माथी देवता चढ्यो अनि आकार शब्द प्रकट भयो । छोड मनुष्य छोड, नकुट , पिट देऊ रउतेली देऊ , हुनेछ मान्छे तिम्रै , हुनेछ भूमी तिम्रै । राजा रानी र काजी र मन्त्री सबैले देवतामष्ठोको आकारको पालना गरि संग्रम मल्लकी छोरी जुनी मल्लाई ११ सय ६२ माघ २२ गते व्याउलीको पहिरनमा बाजागाजा र काजीका सलामी , जनताको ढोग , माता पिताको आर्शिवादको भारी बोकी चौकान देशका युवराजा रुद्धराजासँग लगन र रानीको गद्दी सम्हाल्न २ पण्डित लाई बोलाईएको थियो । राजाले बुद्ध धर्मका पण्डित खेम्पो कुजक नाम्ग्याल लामा र हिन्दु धर्मका पण्डित धानालाल उपाध्यायलाई आ–आफनो विधी अनुसार जग्गे थाम्ने र भूमी शुद्ध आयुका मन्त्रहरु पढन आदेश दिए । ११ सय ७१ साल वैशाख ९ गते सिंजाको महाराजा संग्रम मल्ल चौगान देश र याङचु जारकोट राजाको दरवार र देशलाई हेर्न भनि आफनो काजी सहित त्यता तिर गए । ज्वाई रुद्धराजले आफनो ससुरालाई खोच्यार गुम्वा घुम्न र कैलाश पर्वतको दर्शन मानसरोवरममा नुहाउने २६ जना काजी , ३ रोकाया ,५ ऐडी, २ थानी (बाहुन) ,१ खयाम्पो गरि ४० जनाको टोली बनाई पैदल यात्रा सुरु भयो । बरगाउँ भन्ने ठाउँमा पुगेपछि रोकायाले खाना रासन जम्मा गरेको ,ऐडीले मासु जम्मा गरेको , काजीले सुरक्षा गरेको , थानीले चुलो चौको लिपेको ठाउँमा राजाको सवारी भयो । धुपीको बास्ना र सुन्दर ठाउँ देखेर राजाले गाउँ र ठाउँको नाम आफनो ज्वाई रुद्रराजलाई सोध्न थाले । रुद्रराजाले सबै कुरा बताई रहेका थिए । थानीले खाना तयार गरि सकेपछि भोजनमा सवारी हुनको लागि राजालाई अनुरोध गरे । राजाले स्वीकार गरि भोजनको लागि भान्सामा लागे । सुरक्षाका एक जना काजीले देख्यो ,तल सेतो लुगा लगाएको मान्छे हतार हतारमा आएको देख्यो र उक्त मानिसले राजालाई चिठी दियो । राजाले चिठी पढ्न थाले चिठी भित्र राजाको माताको मृत्यु भएको उल्लेख थियो र राजा खाना खान छाडी थानीलाई मेरो आमाको नाममा हुम गर भनेर आदेश दिए । खेम्पो कुज्याक नाम्ग्याल लामा वा कालु लामालाई पनि आफनो आमाको नाममा ब्रजयानको मन्त्र र गन्थ्रहरु पढन आदेश दियो । राजा शोकमा सेतो लुगा लगाएर बसे । सबै काजी मन्त्रीहरु पनि शोकाकुल हुदै ठुलो लामो ढुङगा ल्याएर हुम गर्ने ठाउँमा गाडी दिए र राजाले आफनो ज्वाईलाई भने यो देशको नाम हु्म्ला भनि दिनु भनेर । आफनो अर्ति राख्यो पछिल्लो दिनमा राजा तीर्थयात्राको क्रम रोकेर आफनो सिंजाको दरवारमा फर्के । ११ सय ७८ साल माघ ७ गते जादु राजाको मृत्यु भयो । लासलाई दुई नदीको किनारमा तेलमा खराई दियो सो ठाउँको नाम खार्पु भनिदियो । रुद्र राजाले गद्दी सम्हालेर देश चलाए । ११ सय ८६ साल भाद्र १३ गते जारकोटका ५ जना काजी सिमा गाउँ लिमाटाङमा जमीनको तिरो उठाउन पुगे । सो गुम्वा भन्ने ठाउँमा उही राजाको सेवक कालु लामाको श्रीमती सँग बोलाबोल भएको थियो । काजीले उसको पाखी चान बुनीरहेको बेला उतm पाखी चानका साथै लामाका श्रीमतीको केश पनि काटिदियो । काजीहरु आफनो ठाउतिर फर्के सो महिला रोईरहेकी थिई । बेलुका काजी लामा घरमा आउदा श्रीमती रोईरहेकको देख्यो । कालु लामा साह्रै रिसाई आफनो मन्त्रका किताब बोकेर बरगाउँको पाङ देम देम भन्ने ठाउँमा पुगेर जारकोट भन्ने दरवार तिर मायानको मन्त्र गरेर राती आफनो घर फक्र्यो । ११ सय ८६ साल भाद्र १४ गते लामाका महायोग मन्त्रले सम्पूर्ण मान्छेहरु जमीनमा टासिएको , घर भित्र बस्नेलाई मन्त्र नलागेको र बाहिर चल्न सक्ने भएको थियो । रुद्रराजा आफनो दोछा खसीको छालाले मर्मत गरिरहेको बेलामा मन्त्र लागेर दोछा हातमै टासियो । चाक भुईमा टासियो । रानी जुनी मल्ल दरवार भित्र भएकोले मन्त्र नलागेको र राजा कहाँ छन् भनेर खोज्न गएका थिए । दरवार पछाडीको खेतमा टासिएको देखिन । राजाले भने हे जीवानी मेरो शरिरलाई कपडाले छोपिदेउ । सेतो कपडाले राजालाई छोपी रानीले बिन्ती गदै भनिन, हे महाराज यो कसको छल हुन सक्छ प्रकट होस । महाराज सिमा गाउँ तीर कुद भर्न र तिरो उठाउन जाने काजीहरुलाई यहाँ बोलाएर मेरो नजिक ल्याई देउ म सोधपुछ गर्छु भन्नुभयो । रानीले ४ जना काजीहरुलाई बोलाएर राजा नजिक ल्याए । ४ जना मध्ये ३ जनालाई थाहाँ नभएको र १ जना सो गाउँमा गई घटनामा संलग्न भएको थाहा भयो । राजाले उक्त काजीलाई सिमा गाउँमा के गरिस भनि सोधे । काजीले बयान दिदै हाम्रो टोलीले कालु लामाको श्रीमतीको कपाल र पाखी चान काटी दियो ती महिला रुदै थिईन हामी आफनो बाटो लाग्यौ भन्यो । रुद्र राजाले भन्यो कालु लामा बाहेक अरु कसैको छल होईन भनी ८ जना काजी लाई कालु लामालाई आफनो दरवारमा ल्याएर आउन आदेश दियो । काजीहरु आफनो हात हतियार सहित सिमा गाउँमा गए । काजीहरुले कालुलामालाई भेटेपछि महाराजले तिमीलाई ल्याउने आदेश दिनु भएको छ भन्दै जाऊ भने । कालु लामा आफनो श्रीमती इङजिन्मा लामा र छोरा ग्याला लामाको अनुहारलाई हेर्दै आसँु झायो र श्रीमती र छोरो पनि रोए । कालु लामाले आफनो श्रीमतीलाई अन्तिम बचन दियो छोरा छोरी राम्रो सँग पाल्नु र बुढा बा आमालाई राम्रो गर्नु भनी । आफूलाई राजाले मार्ने थाहाँ पाएकोले परलोकमा भेट गर्ने बाचा गर्यो । काजीहरुले लामालाई डोरीले बाध्दै दरवार तिर लगे । ११ सय ८६ साल भाद्र १६ गते बिहान राजाले बयान लिए । लामाको अनुहारमा चिन्ताले सताएको देख्दा रुद्रराजाको हुकुम भयो पण्डित कालु तिमी चिन्ता नगर , तिमीले मलाई एउटा छल गरेको रहेछौ त्यो उल्टा मन्त्रलाई सुल्टा बनाई देऊ तिमीलाई चाहिएको जती माल सामान र गाई वस्तु दिनेछु भने । कालु लामा खुसी भई ब्रजयानको मन्त्रलाई सुल्टा बनाई दियो । सारा मान्छे भित्र बाहिर चल्न थाले । राजा पनि सो ठाउँबाट उठी दरवार भित्र बसे । राजाले कालु लामालाई सोधे के चाहिन्छ पण्डित तिमीलाई म दिन तयार छु । लामाले भने मलाई खाएर नसिदिने चिज दिनु पर्छ । अनि म स्वीकारर्ने छु । त्यो कुरा राजाले बुझेनन । ११ सय ९६ साल साउन महिनाको ४ गते सो कुराको छलफल गर्न खोच्यार गुम्वाको लामाहरुलाई सोध्न र कुरा बुझन काजी सहित राजाको टोलीले यात्रा सुरु गर्यो । खोच्यार गुम्वाको लामा च्यान्ङसेराप टाक्पालाई राजाले प्रस्ताव राखे । सो लामाले भन्नु भयो जिन्दाक तथा जजमानलाई भन्ने गछौ र जजमानले खेती गर्छ । लामालाई दिन्छ । लामा त्यो खाएर आफनो सास्तारको विधी तथा जबहरु गर्छ । त्यसैले लामालाई जिन्दाक जजमान चाहिन्छ र खाएर नसकिने भनेको त्यही हो । राजा रुद्रराज खुसी भयो । धनसम्पति दिनु परेन । गाउँले जुटाईने दिन त सजिलो काम हो मेरो लागि भनेर राजा फर्केर आफनो दरवारमा पुगे । ११ सय ९६ साल फागुन ५ गते श्री नाक पञ्चमीको दिनमा खेरो वा बैठक गरेर लामा जाती , मगर जाती , तामाङ जाती कालु लामाको जजमान हुन र राजाको तिरो र बारी लामालाई नलगाउने गरि लामालाई खाना राशनको लागि जजमानीहरुबाट जम्मा गरेर बुझाउने गाउँमा रोकाया पालो गठन गयो । जजमानी गाउँहरुमा बरगाउँ, लिमाटाङ, दोजाम , बराई ,फुचा , भुवा कल्लास, कुती पुमा , चरिगाउँ, मेल्छाम , नेप्का गरि ११ गाउँ बस्तीहरुमा चार मानाको १ पाथी मानिने , पाथीको ४ पाथी वर्षा याममा र ४ पाथी हिउँद याममा , दाल १ पाथी , तेल १ माना खुर्सानी १ पाती , नुन १ माना प्रत्येक घरबाट उठाई लामालाई बुझाउने ताम्रापत्रमा लेखी प्रमाणित गरिदिएकोले लामा पनि आफनो सास्तारको सहयोग सो गाउँहरुमा दिने बाचा गदै ताम्रापत्रमा सहि छाप गरिदिए । सो अभिलेखलाई आधार मानी जुम्लाको राजा जितरी मल्लले पनि प्रमाणित गरि दिए । जितरी मल्लले प्रमाणित गरिदिएको आधार मानी जुम्लाको भैरव काजी र चन्द्र राजाले प्रमाणित गरिदिए । सो प्रमाणलाई आधार मानी डोटी अछामका राजाहरुले शासन गरेको बेलामा सहिछाप गरि ताम्रापत्र र भोजपत्रका कागजहरुमा उक्त ठाउँहरुको पूजा गर्न पाउने भनी डोटी राजाका लेखन्दास दल बहादुर सुवार र चन्द्रसिहं अधिकारीले पनि सो ११ गाउँमा पुन ः उक्त लामाको सन्तानहरुलाई आफनो गरि आएको कामलाई निरन्तरता दिन कागज लेखि लेखाई दिईएको थियो । पण्डित कालु लामा ,ग्याला लामा ,धोर्ची लामा ,लाल्य लामा छेवाङबा लामा, गारबदेर्जी लामा, पदमारञ्जन लामा, छेवाङलामा, लोकचाङराप्दा लामा , सहितका लामाका पुस्ताहरुले पनि पूजा आजा गर्न नछुटाएको प्रमाणहरु प्रष्ट रुपमा पाईन्छ । सोही ११ गाउँका बुढापाखाहरुले पनि सो लामाको पुस्ताको कुराको चर्चा अझै पनि चलाईरहेको पाईन्छ ।
रानीको राज्य
१२ सय १५ साल बैशाख १३ गते चौगान देशका रुद्रराजाका जेठी सुपुत्री मैता युवारानी आफनो बुवासँग राज्य सञ्चालन गर्न नमाने पछि आफु छुटै अर्को देश बनाउछु भनी चौकान देशको पूर्वी छेउँमा आफनो मन लागेको ठाउँमा दरवार बनाउने भनी पिप्लाङ भन्ने ठाउँका भद्र भलादमी हरु सँग छलफल गरि , सो ठाउँमा आफु दरवार बनाई आफै शासन सञ्चालन गर्ने भएपछि उक्त ठाउँका जानमान भीम, चक्र,बल र धन यी चार जना काजीको सल्लाह अनुसार चिसो मौसममा पिप्लाङ गाउँमा बस्ने र गर्मी मौसममा मेल्छामकोटमा बस्ने सल्लाह भएको थियो । १२ सय १७ साल जेठ चार गते मेल्छाम कोट दरवार बानाएपछि रानीले सो ठाउमा शासन सञ्चालन गरिन र काजी भर्ना गर्ने कामको थालनी भयो । १२ सय २४ साल मंसिर ४ गते जुम्लाको राजा चन्द्र सिहले आफुसँग विवाह गर्नको लागि रानीलाई विवाहको प्रस्ताव राखे । रानीले पनि सो प्रस्ताव स्वीकार गरिन । आफुलाई एकल जीवनमा धेरै समस्याहरु आईपर्ने थाहा भएपछि विवाहको प्रस्ताव स्वीकार गरेको कुरा आफना जनतालाई सुनाईन । सारा जनता साहै दुखी भए । प्यारो रानीको दरवार खाली हुन लागेकाले देशका सवै जनताले मैता रानीलाई आफनो मनमा लागेको कुराहरु राख्नको लागि समय माग गरे । रानीले तीन महिनासम्म सबै जनता सँग अन्तिम भेटघाट गर्ने र मनमा लागेका कुराहरु गर्ने समय दिईन । १२ सय २४ साल फागुन महिनाको २८ गते जुम्ला जाने भनी आफनो सम्पतिहरु सारा जनतालाई बाडि दिने भनी सूचना दिईन । बराई गाउँका दन्त बुढाथोकीले रानीलाई विन्ती गर्दै हे महारानी यो दरवार खाली नर्गन एउटा पण्डितलाई राख्न पाए हामीले मरे जिउँदो सास्तारको स्वर सुन्न पाउने थियौ भनी बिन्ती गरे । रानीको आज्ञा भयो मेरो बुवा महाराजा रुद्रराजाले यो ठाउँमा पण्डित कालु लामालाई आफनो ब्रजयानको मन्त्र र धर्मबाट धार्मीक सहयोग गर्नु भनी तामापत्रमा सहि छाप गरि दिएको सारा गाउलेलाई जानकारी दिई पण्डित कालु लामालाई दरवारमा राख्न आदेश दिईन् । १२ सय २४ साल फागुन महिनाको २८ गते जुम्लाको राजा चन्द्रसिहले आफनो काजी सहितको टोली मैता रानीको दरवारमा पुयाए । रानीले आफनो सारा सम्पति आफनै जनतालाई दिएको र बाकी घातुका सामान मात्र सो पण्डित कालुलामालाई दिने कुरा गर्दै रानी जु्म्ला जान तयार भईन । सारा जनताको आखामा आसु बग्दै थियो । रानी आफनो दरवारलाई तीन पटक व्याउलीको पहिरनमा घुमिसकेपछि रानीले अन्तिम बचन दिईन । आफू जुम्ला बसेपनि यो ठाउँलाई कहिल्यै पनि नर्बिसिने र सक्दो सम्म सहयोग गर्ने बाचा गर्दै बाजागाजा सहित काजीहरु अगाडी बढे र रानीलाई घोडामा राखेर यात्रा सुरु भयो । १२ सय २७ साल बैशाख ७ गते कालु लामालाई घोडामा राखेर बाजागाजा , सगुनपात सहित ल्याएर सो दरवारमा राखियो । सारा बस्ती र गाउँबाट राशन उठाउने गरे । सोही अवधीमा राम्रो व्यवस्था भयो ।
१२ सय ३३ सालमा खडेरीको कारणले गर्दा उक्त दरवारको दक्षिण भेगबाट आगो सल्की दरवार जल्न पुग्यो । भित्र बसीरहेका लामाको परिवार र सहयोगी गरि आठ जना सकुशल बाहिर आई बाच्न सफल भए भए पनि त्यहाँभित्र रहेको, पुस्तक , लुगा लगात सरसामान सबै जली नष्ट भयो । पण्डित कालु लामा सो ठाउँमा बस्न नमानी पुरानो आफनो बस्तीमा फर्किए ।
Comments
Post a Comment