अभाव भित्रको चलखेल


जहाँ अभाव त्यहाँ चलखेल पक्कै पनि हुन्छ । राज्यका सम्पूर्ण निकायले कर्नाली क्षेत्रलाई ्अभाव ग्रस्त भेगको रुपमा चित्रण गर्दै आएको अवस्था छ । कर्नालीलाई रोग, भोग, शिक्ष,ा स्वास्थ्य, विद्युत, सञ्चार लगायतका यावत पक्षमा अभाव ग्रस्त क्षेत्र हो भनी व्याख्या गर्ने प्रचलनन रहेकबो छ । कर्नाली क्षेत्रमा विभिन्न कुराको अभावले गर्दा चलखेल गर्ने रंगशाला बन्न पुगेको छ त्यस क्षेत्र । राज्यका माथिल्लो स्तरका कर्मचारीले भने अनुसारको काम गरेन भने कारवाही स्वरुप सरुवा गर्ने ठाउँ जहाँ कि अपराधीले अपराध गरेपछि जेलचलान गरिन्छ, त्यस्तै कुनै कर्मचारीले हाकिमलाई रीजाउन सकेन भने कर्नालीमा सरुवा गर्ने चलन पनि बाक्लै छ । यसैले कर्नालीलाई सुधार गृहका रुपमा व्याख्या विश्लेषण गर्दा फरक नपर्ला । कर्नालीमा सडक पुगेको छैन् । सडकको लागि वार्षिक करोर्डौका रकम निकासी हुने गर्छ अर्थमन्त्रालय लगायत विभिन्न सडक सम्बन्धी काम गर्ने संघ सस्थाहरु बाट । उक्त रकम सम्बन्धित ठाउँमा पुग्नै नपाई बीच बाटो मै शक्ति र शासनको बागडोर सम्हालेका मै हुँ भन्ने ठेकेदारहरुको खल्ती भरिन्छ । यसैले पनि चलखेल कै रुपमा लिन सकिन्छ । कर्नालीमा खाद्य संकट हुन्छ भनी वार्षिक करोडौको खाद्य ढुवानी हुन्छ उक्त खाद्य ढुवानकिाने रकम ठेकेदार र उच्च स्तरका दलका तेना र कर्मचारी लगायत ठुलाबडाको मिलेमत्तोमा उनीहरुकै खल्ती भरिन्छ । तर चामल सुर्खेत नेपालगञ्जमा नै कुहिन्छ । उक्त चामल कर्नालीबासीले खान पाउदैनन् पाए पनि कुहिएको चामल मात्र । यसलाई पनि अभाव भित्रको चलखेल भएको हो भन्दा फरक नपर्ला । विगतको ०५६ सालको आम निर्वाचनमा कर्नाली क्षेत्र एमालेको केन्द्र विन्दू भयो र कर्नालीका पाँच वटा जिल्लाको पाचँ वटै निर्वाचन क्षेत्रमा एमालेको विजय भयो । १० वर्षे शसत्र विद्रोहमा कर्नाली क्षेत्र माओवादीको आधार ईलाका बन्न पुग्यो । एक घर एक भूमीगत कार्यक्रम देखि चन्दा आतङक लगायतका यावत कुरामा दुख दियो माउवादीले  कर्नालीबासीलाई । ०६४ को संविधान सभाको निर्वाचनमा संयोगवश माओवादी देशकै ठुलो पार्टी बन्न सफल भयो । कर्नालीको पाचँ वटै जिल्लामा उसकै प्रतिनीधीहरुको विजय भयो । जो जती जे भएपनि कसैले लछारपाटो लाउन सकेन । कर्नालीबासीको पीडा र दुःख यर्थातमा नै छन् । कर्नालीबासीले धेरै कुरा भोगे, धेरै पीडा सहे र अव त पीडा सहदा सहदा बानी परिसक्यो कर्नाली बासी लाई । हिजो जे थियो आज झन त्यो भन्दा जर्जर बन्दै गएको छ र नाजुक हुदैछ कर्नालीवासीको अवस्था । माथिका ती सवै षडयन्त्रकारी चलखेलवाला राजनीति दल, कर्मचार िठेकेदार लगायतका यावत पक्षले कर्नालीमाथि हैकम जमाएका छन् । चलखेल गरि कबर्नालीलाई भयाङ बनाएर आफू माथि जाने शिवाय अनय कर्नाली विकासको लागि केहि काम गर्न सकेनन र मात्र धोका दिएका छन् । अहिले कर्नालकिो नाममा सयौ संघ सस्थाहरु ले भ्रमकबो खेती गरेर हरिया डलर कमाउने काम गरिरहेका छन् । विकासको नाउँमा दिनप्रतिदिन विनाश गर्दै गएका छन् ।  कर्नाली वासीलाई परनिर्भरताको खाल्डोमा चुर्लुमम डुबाउदै गएका छन् । यसैले कर्नाली मासिथ सम्पूर्ण पक्षले स्र्वाथ लुटने काम मात्र गरेका छन् । त्यस कारण आज कर्नाली अस्मिता लुटिएको नारी जस्तो हुन बाध्य भएकोा छ यसैले कर्नालीवासी राज्यको सम्पूर्ण पक्ष वा निकाय प्रति आक्रोशित छन् र भन्ने गर्छन्  “जुन जोगी आए पनि कानै चिरेका ।”


Comments

Popular posts from this blog

पत्रकारीता

देउडामा अरुको मन पगाल्न सक्ने क्षमता छ ।

जिल्ला प्रशासन कार्यालय हुम्लाको लापारवाही