सबै कुरा राजनीतिमा नै अडिएको छ



रिता शाही 
केन्द्रिय सदस्य, नेपाल महिला संघ
आज भोली केमा व्यस्त हुनुहुन्छ ? 
पाटीको संगठन विस्तारको क्रममा कार्यक्रम भईराछ  । त्यहि कर्यक्रममा व्यस्त छु ।
समाजमा कसरी चिनिन चाहानु हुन्छ ?
मैले युवा राजनीतिका साथै महिलाका आवाजहरु शसक्त रुपमा उठाउने काम गरेको छु । यसैले एक अधिकारवादीका रुपमा चिनिन चाहान्छु । 
कहाँ र कहिले जन्मनु भयो ?
वि.स २०३७ साल हुम्लाको गोठी गाउँमा जन्मेको हुँ । मेरो वाल्यकालका साथै स्कुले जीवन त्यही वित्यो । 
प्रेम के हो ? 
भावनात्मक सम्बन्ध हो । 
तपाई प्रेममा पर्नु भाछ ? 
छैन । 
अविवाहित हुनुहुन्छ, विवाह नगर्ने ?
गर्ने तर समय आएपछि ।
कहिले आउँछ त समय ? 
त्यो त जुराउनु पर्छ मैले मात्र चाहेर पनि हुदैँन । लगन जुरे पछि विवाह हुन्छ भन्छन नि । 
यौन के हो जस्तो लाग्छ ?
यौन एउटा प्राकृतिक नियम हो । सजीव प्राणीहरुको लागि एक आधारभूत आवश्यता पनि हो ।   
जीवन केहो ?
सुख दुखको क्षण हो । 
नेपालको राजनीति ओरालो लागिरहेको अवस्थामा छ, तपाई युवा राजनीतिकर्मी हुनुहुन्छ । के देख्नुहुन्छ नेपाली राजनीतिमा आशा लाग्दा कुराहरु ? 
अहिलेको नेपालको राजनीति  अवस्था डामाडोल स्थितीमा छ । यो स्थिती सिर्जना हुनुमा शीर्ष नेताहरुको ठुलो हात छ । नेपाली राजनीतिमा युवाहरुको स्थान न्यून मात्रमा छ । राजनीति क्षेत्रमा युवाहरुको जव पहुँच बढदै जान्छ अनि नयाँ सोचका साथ विकासका खाकाहरु कोरिनेछन् । यसैले यो समस्या कसरी समाधान गर्ने भनी हामी सवै युवाहरु लागि पर्ने वेला आएको छ । 
तपाई विकटको मान्छे राजनीतिमा हुनुहुन्छ आफनो क्षेत्रलाई पनि सुगम बनाउन पाए हुन्थ्यो भन्ने मनासाय आउदैन तपाईमा ?
नेपालको सडक यातायातको पहुँच नपुगेको कर्नालीको डोल्पा र हुम्ला जिल्ला हो । हुम्ला र अन्य जिल्लाको भौगोलिक स्थिती देखि हरेक कुराको तुलना गर्दा आकास पातल फरक छ । 
यसैले सो ठाउँको विकासको लागि सम्पूर्ण वर्ग क्षेत्रका मानिसहरुलाई लाग्न आव्हान गर्न चाहान्छु । र त्यसमा पनि विशेष गरि युवा वर्गलाई आ—आफनो स्थानबाट विकासे हात उठाउन आग्रह गर्न चाहान्छु ।  
अहिलेको यो संक्रमणकालीन राजनीति अवस्था देखेर नेपाली युवाहरुले राजनीतिलाई फोहोरी खेल हो भन्छन नि ?
सबै कुरा राजनीतिमा नै अडिएको छ  राजनीतिलाई केहि सिमित व्यक्तिहरुले आफनो स्वार्थ पूर्तीको लागि फोहोरी खेलको रुपमा खेलाईरहेको् अवस्था छ । नेपालको राजनीति लिडरहरुले पनि राजनीतिको वारेमा युवाहरुलाई वुझाउन नसकेका हुन कि जस्तो पनि लाग्छ । राजनीति आफैमा फोहोरी खेल पक्कै पनि होईन । यसलाई फोहोर बनाईएको हो । तपाई हामी जस्ता स्वच्छ तन मन र विचार भएका व्यक्तिहरु राजनीति क्षेत्रमा आउने हो भने पक्कै पनि यो एक राज्यको सवोच्व नीतिका रुपमा चिनिने छ । 
के छ त कर्नालीको महिलाको अवस्था ?
कर्नाली अशिक्षा र चेतनाको कमी भएको क्षेत्र हो । त्यसैले कर्नालीमा महिला सम्बन्धीका कुरा नाजुक छन् । पुरुष दिन भरि घर मै वस्छ र जुवा तास खेल्छ तर महिलाले दिनभरि काम गर्दा पनि श्रीमानको हप्की वा गाली खानु पर्ने बाध्यता छ  यो सवै चेतनाको अभावले भएको हो । 

Comments

Popular posts from this blog

पत्रकारीता

देउडामा अरुको मन पगाल्न सक्ने क्षमता छ ।

जिल्ला प्रशासन कार्यालय हुम्लाको लापारवाही