गार पारी देखि याल्वाङ सम्मको रमणीय यात्रा


विहानै पाचँ वजे उठी तयारीका साथ आफनो यात्रा सुरु गरे मैले । छिटपिटो उज्यालो हुदै थियो गारपारीको गाउलाई छोड्दै च्याछरा हुदै ढाडकेर्मीमा पुगियो । ढाडकेर्मीमा २०÷२५ वटा खच्चरहरु रहे्छन् र उक्त खच्चर हरुलाई सामान बोकाई रहेको दृश्य देखियो । भारत बाट निर्यात भई नेपालको हिल्सा नाका हुदै चीन जाने उक्त जडिबुटि थियो सतुवा । सामान बोक्ने ती खच्चरहरुलाई छोडेर आफनो गन्तव्यलाई अगाडी धकेले र्मैले । म अगाडी बढदै थिए , बाटोमा एक आकषर्ण होटल भेटियो । सो होटलमा चिया खानको लागि विश्राम लिए । उक्त होटलमा ३ जना अमेरिकन पर्यटक सहित १ जना नेपाली टेक गाईड र एक जना भरीया गरी पाचँ जना रहेछन् । मैले चिया खादै उनीहरुसित हुम्लामा घुम्दा देखिएका राम्रा नराम्रा पक्षहरुको् बारेमा जिज्ञासा राखे । टे«क गाईट नुर्वु लामाले भने तपाई त पत्रकार एकचोटी हिल्सा सम्म पुग्नुहोला । हिल्सा नाका बाट भित्रिने रक्सी लगायत अवैध सामाग्रीहरुको बारेमा कलम चलाउनु होला भनेर सुझाव पनि दिए ।

सल्लीको ओरालो झर्दै अघि बढ्ने क्रममा याल्वाङ चौर आईपुग्यौ । त्यहाँ चुईगम किनेर खाएर गन्तव्यलाई अघि बढाए । करिब १० बजेको थियो होला बल्ल तल्ल याल्वाङ स्थित कमार लामाको छात्राबासमा पुगियो र त्यहाँ कमार लामा लगायत उहाँका अन्य परिवारका सदस्यहरु खाना खाँदै रहेछन् । मैलेपनि लगत्तै खाना खाँए । करिब १ घण्टा आराम गर्नुका साथै क्यामेरा चार्ज गरियो । करिब साढे ११ बजे तिर याल्वाङको सम्पुर्ण पक्ष नियालियो । साँच्चै याल्वाङ क्षेत्र विकसित भएको कुरा थाहा पाँए । सदरमुकाम सिमकोटदेखि  करीव ४५ कोष टाढा रहेको मुचु गा.वि. स. अन्र्तगतको याल्वाङमा माध्यमिक विद्यालयका साथै २ वटा फरक फरक संस्थाबाट छात्राबास लगायतका विद्यार्थीहरुलाई आवश्यक सम्पुर्ण सामाग्रीको व्यवस्था गरिएको रहेछ । हिमालयन चिल्ड्रेन सोसाईटी र कैलाश मानसरोवर चिल्ड्रेनले क्रमश ः १४० र ४० जना विद्यार्थी हरुलाई लुगादेखी खानासम्मको व्यवस्था गरिदिएको रहेछ । साथै नेपाल ट्रष्ट अन्र्तगतको सास्कुलमा जभबतिज उयकत पनि रहेछ । समग्र रुपले हेर्दा हुम्लाकै उत्कृष्ट विद्यालय मानसरोवर उमाविसँग प्रतिस्प्रर्धा गर्र्ने खालको रहेछ । याल्वाङ माविका कक्षा ८–१० सम्मका विद्यार्थीहरु भ्रमणमा हिल्सा तिर गएकोले विद्यार्थी संख्या भने कम देखिन्थ्यो । करिब डेढ घण्टाको अबलोकन पछि नजिकैको गाँउ याङगारमा गई हाईडो्रपावर पनि हेरियो । पुरानो र नयाँ हाईडा्रेपावर भएको र बतीको सुबिधा सम्पन्न क्षेत्र याल्वाङमा ५० किलोवाटमा नयाँ हाईडा्रेपावर पनि स्थापित रहेछ । उक्त हाईडा्रेपावर एक महिनासम्म सन्चालनमा आई पानीको बहाब बढी भएर हाल बन्द अवस्थामा रहेछ । असारको महिना भएर होला याङगारको गाँउमा दिउसोको बेला कोही पनि मानिस भेला भएनन् र एक दुई जना होटले महिलाहरुसँग विधुतको बारेमा जानकारी लिदै म पुनः याल्वाङ गुम्बामा फर्किए । यति बेला सम्म २ बजिसकेको थियो । त्यहाँ नास्ता खाई करिब आधा घण्टा वरिपरि घुमियो र ३ बजेपछि गुम्बाको लामासँग भेट हुने भएकोले त्यतातिर लागे । जब म गुम्बामा प्रवेश गरे त्यहाँ झुन्डयाईएका पतझरहरु हावासँग लरी बुरी खेल्दै फरर फरर को आवाजसँगै ओम माने पेमेको धुन गुन्जिरहेको थियो । लामा अलि व्यस्त भएकाले उहाँको सहयोगीले भान्सामा लिएर चिया खुवाउनुभयो । करिब १० मिनेट पछि खादासहित उहाँको दर्शन भेटमा लागें । करिब डेढ घण्टाको भेटवार्तामा यहाँले मलाई पत्रकार हो भनि थाहा पाएपछि अलि विचार गर्दै बोल्नु पर्छ भन्नु भयो । किनकि १५ दिन अघि नागरिक दैनिकका रुद्र खड्काले याल्वाङ गुम्बा र सिक्कीमका गुरु रिम्बोछेको बारेमा नकरात्मक हल्लामा समचार प्रकाशित गर्नुभएको रहेछ । त्यो बीचमा गुम्बाको ईतिहाँसदेखी व्यवस्थापनका साथै बौद्ध धर्मका बारेमा कुराकानी भयो र म करिब साढे पाँच बजेतिर त्यहाँबाट बाहिरिएँ र गुम्बाका नेपाली शिक्षक भानुभक्त आचार्यसँग कमार लामाको बोर्डिङमा गई विदा भएर झोला लिई पुनः गुम्बामै बास बस्नको लागि फर्किए । बेलुका सात बजेको थियो होला खाना खान को लागि आचार्य सरसँग विद्यालयका प्रधानाध्यापक र म पनि भान्सामा गई खाना खायौं र पुनः कोठामा आई प्रधानाध्यापक र मैले वियर खायौं भने आचार्य सरले केही नखाई हामीसँग कुराकानी गरी साथ दिनुभयो । यसरी दोस्रो दिनको यात्रा रमणीय र खोजमुलक तरिकाले बित्यो । करिब ९ बजेको थियो होला दिनभरीको यताउति हिडेको थकाई लागेकोले ओछ्यानमा पल्टिएको अवस्थामा निदाउन पुगेछु ।

Comments

Popular posts from this blog

पत्रकारीता

देउडामा अरुको मन पगाल्न सक्ने क्षमता छ ।

जिल्ला प्रशासन कार्यालय हुम्लाको लापारवाही