उज्यालो दिन असफल


६५ घर धुरी भएको व्यासी थपाल्या समुयायका मानिसहरु बसोबास रहेको गाउँ हो फुचा । हुम्लाको सदरमुकाम सिमकोट बाट करीव ३० कोष टाढा रहेको रोडिकोट गाविसको वडा नं ४ स्थित रहेको त्यस गाउँ खोला भित्र रहेको छ । सर्केगाड नदकिो मुख्य मुहान नै त्यस गाउँमा भएकोले हुम्ला कर्णाली को शिर विन्दुमा रहेको गाउँ भन्दा फरक नर्पला । 
स्थानीय बुढापाखाका अनुसार त्यस गाउँका बाजेले फुचिलो (अम्खोरा) मा धन सम्पति ल्याएर सो स्थानमा बसोवास गरेकाले गाउँको नाम फुचिलो हुदै फुचा हुन गएको हो । अन्य गाउँका माानिसहरु यस गाउँका मानिसहरुलाई गिज्याएर बोल्दा फुच्चो वा छुच्चो स्वभावका मानिस भन्ने गरेता पनि वास्तवमा यहाँ मानिसहरु मिलनसार र सोझा सीधा व्यवहारका छन् । समग्रमा करीव २० जनाले एस एल सी पास गरेको जसमा ९ जनाले ईन्टर र ३ जनाले बीए पास गरेको त्यस गाउँमा ५ जना अवकाश प्राप्त हुलाकी, १ जना प्रावि स्थाई शिक्षक र २ जना पियन क्रमशः कृषि विकास बैङ्क, उप स्वास्थय चौकी गरी ८ जना सरकारी दरबन्दीका कर्मचारी रहेका छन् । 
६५ घर धुरी भएको त्यस गाउँमा हाल सम्म २ जना महिलाले एसएलसी र आईए पास गरेको अवस्था छ । हावा पानीको दृष्टिले अत्यन्तै मानिस सुहाउदो हावा पानी भएको त्यस गाउँमा नदी नजिकै भएकोले वन भरी खोलानाला प्रयाप्त  भएकोले सिचाई घट्टको समस्या भने हाल सम्म व्यर्होनु परेको छैन त्यहाँका स्थानीय बासीहरुले । पानीको प्रयाप्तता भएता पनि हाल सम्म विद्युत भने नपुगेको अवस्था छ त्यस गाउँमा । वि.स. २०५८ साल तिर ढाकोट लघु जल विधुत आयोजना करीव करीव सम्पन्न भईसकेको थियो तर शसत्र द्धन्दले गर्दा सो आयोजनाले स्थानीउ गाउँबासीलाई भने उज्यालो दिन असफल भयो । हाल पंखा कोसाने लघु जल विद्युत आयोजना निमार्ण धिन अवस्थामा छ । 
प्रावि स्तरको विद्यालय भएको सो गाउँमा पहिले पहिले छोराछोरीलाई पढाउनु पर्छ भन्ने चेतना कमैलाई थियो भने हाल केहि वर्ष यता त्यो परम्परागत सोचाई हटेर छोराछोरीलाई सकिनसकि विद्यालयमा पठाउने संकारको वृद्धि भएको छ । जसका पशुवस्तु झोपा,जुमाभेडा र उत्पादन बढि हुन्छ । यसलाई नै धनी मान्ने् चलन रहेको यस गाउँमा हाल त्यो सोचाई समय सापेक्ष परिवर्तन हुर्दै गएको पाईन्छ । पहिले पहिले सन्तान ईश्वरका वरदान भन्ने सोचका साथ धेरै छोराछोरी जन्माएर स्तर अनुरुप विभिन्न काममा लगाए पनि हाल त्यो प्रचलनन पनि विस्तारै लोप हुदै गएको अवस्था छ । घरमा भए जतिका छोराछोरी विद्यालयमा पढन जाने भएकेले पशुपालन पेशामा पनि कमी आएके अवस्था छ । पहिले पहिले रातीराती अन्य गाउँहरुमा देउडा खेल्न जाने पवृत्ति अत्यधिक रुपमा चल्थ्यो भने हाल सो प्रचलनन पनि विस्तारै लोप हुदै जान लागेको अवस्था छ । 
सामाजिक , सास्कृतिक संस्कारका साथै अनुपम प्राकृतिक श्रोतकाो धर्न त्यस गाउँ आफैमा सुन्दर र रमणीय छ । के्हि वर्षयता विभिन्न संघ संस्थाहरुले शिक्षा,स्वास्थ्य खानेपानी लगायतका विकासे आयोजनामा सहयोग गर्दै आएका छन् । आफनो स्थानीय परम्परालाई जर्गेना गर्दै नयाँ युवा पुस्तालाई सस्कृति र सामाजिक सस्कारमा बसाल्नको लागि बुढापाकाहरुले विभिन्न समाहोण गरी प्रवचनन पनि दिने गरेका छन् । ओखर चुली खमु,मेल लगायतका फलपूmल प्रशस्त् मात्रामा पाईने यस गाउँ फापर कोदो गहु जस्ता अन्न बालकिो पनि भण्डारका रुपमा चिनिन्छ । विगत ५ वर्ष अघि तिर जिल्लाकै वरगाउँ सिमकोट गाविसका मानिसहरु यस स्थानमा आएर अन्न किनेर लिन्र्थे तर हाल पहिलेको जस्तो विविध कारणले अन्न उत्पादन नहुने भएकोले त्यो चलन पनि लोप भएको अवस्था छ । 


Comments

Popular posts from this blog

पत्रकारीता

देउडामा अरुको मन पगाल्न सक्ने क्षमता छ ।

जिल्ला प्रशासन कार्यालय हुम्लाको लापारवाही