हाम्मो रोटाले पनि जनयुद्ध लडेका छन्


वि.स. २०५२ सालमा तत्कालदीन सरकारलाई नेकपा माओवादीले विभिन्न माग राख्दै युद्धको घोषणा गयो । त्यो युद्धको क्रम करीव १० वर्ष सम्म चल्यो । त्यो क्रममा नेपाली जनताले सरकार र विद्रोही माओवादी दुवै बाट विभिन्न सास्ती भोग्नु पयो । तत्कालीन विद्रोहीमाओवादीलेराज्यसत्ता विरुद्ध विभिन्न चरणमा शसक्त आन्दोलनका कार्यक्रम घोषणा गयो । यो क्रममा नेपाली जनताले भोगेको पीडालाई वर्णन गरि साध्य छैन् । जहाँ अभाव त्यहाँ चलखेल भनेजस्तै काग्रेस ऐमाले र त्यसपछि शसत्र द्धन्दमा माओवादीको अखडाको केन्द्र विन्दू बन्न पुग्यो नेपालको कर्नाली क्षेत्र । कर्नाली क्षेत्र राज्य बाट पिडीत क्षेत्र हो, ठगिएको क्षेत्र हो । राज्य सत्ताले कर्नालीलाई उत्पीडनमा पारेको छ भन्दै त्यसको विरुद्ध सशक्त आवाज उठाउनु पर्छ हामीले कत्ति सम्म सहेर बस्ने ? अधिकार मागेर पाईन्न । खोसेर लिन सक्नु पर्छ आफनो हक र अधिकार सुनिश्चित गर्न राज्य सत्तासँग लडाई लडनु पर्ने वेला आएको छ । हाम्रो समाजमा भएको रुढिवादी परम्परा , समान्ती प्रवृति र शोषक ठुलाबडाको हुकुमी शासनको अन्त्य, जातीय भेदभाव लगायतका यावत सामाजिक समस्याको न्यूनीकरण गर्न नेकपा माओवादीले शसक्त रुपमा हतियार सहितको आन्दोलन गरेको कुरा स्थानीय जनतालाई जानकारी दिदै जनताको घरदैलोमा आफनो कार्यक्रम लागू गर्न थाल्यो तत्काली विद्रोही नेकपा माओवादीले ।
कर्नाली समाजमा भएका सामाजिक मूल्य मान्यता रीतिरिवाज धर्म, भाषा सस्कृति लगायतका यावत पक्षमाथि कडा निगरानी राखी आफनो जन सरकारको हुकुमी शासन लाद्न थाले माउवादीका कार्यकर्ताहरुले । गाउँमा आएका माउवादीका कार्यकर्ताहरुलाई सित्तैमा खाना खुवाउनुका साथै हप्त्तै पिच्छे लेबीको नाममा चन्दा आतकं सुरु भयो यहाँ सम्म कि घरका सम्पुर्ण सदस्यले आआफनो स्थानमा माउवादीलाई चन्दा तिर्नुपर्ने अवस्था थियो । उक्त चन्दा स्वरुप संकलित रकम कहाँ प्रयोग भयो र कुन नेताको खल्तीमा गयो थाहाँ छैन । घरमा भएका घरयासी औजार हसिँया, कुटो कोदालो काटेर बन्दुकको गोली बनाउनको लागि दिर्नु पर्ने कुराको स्थानीय जनसरकारबाट जारी भयो र विचरा सोझा जनताले पनि सोही कुरा मान्नै पर्यो । त्यतिवेलाको माउवादी जनसरकार विरुद्ध बोल्यो कि मारिहाल्ने प्रवृति थियो यसैले पनि होला माउवादीको जनसरकारको विरुद्ध कसैले पनि चुईक बोल्ने हिम्मत सम्म ंगदैन्थर्यो । दन्दकालमा दिनहु जसो माउवादीका कार्यकर्ता पालिरहनु पर्योृ कर्नालीवासीले ।दन्द को सवैभन्दा मार रुकुम रोल्पा र त्यसपछि कर्नाली क्षेत्रमा पर्न गर्एको थियो । यसैले पनि होला माउवादीको जनसेनाममा लडन योद्धा करीव करीव ५० प्रतिशत रुकुम रोल्पा र कर्नाली क्षेत्रको नै थिए । जहाँ अभाव त्यहाँ चलखेल भनेजस्तै माउवादीले पनि कर्नालीमा चलखेल गरेको छ । ०६२÷०६३ को जनओन्दोलन पछि माउवादी शान्ती प्रक्रियामा आयो र ०६४ को संविधान सभाको निर्वाचनमा देशकै ठुलो दलमा रुपान्तरण भयो । प्रचण्ड र बावुरामको नेतृत्वमा २ पटक सम्म सरकार सञ्चालन पनि गर्यो । सोझा जनताको नामअ भजाएर माउवादी राज्य सत्ताको बागडोरमा पुग्न सफल भयो । जुन जनताले सरकार सम्म पुयाए आज तीनैलाई भुलेर विलासीन जीवन विताउन थाले माउवादीको कमरेटहरु । कर्नालीलाई आधार ईलाका वनाएर सरकार सम्म पुग्न सफल माउवादीका नेताहरु लाजिमपाट सम्म पुग्न सफल भए, उनीहरुको दैनिकी परिवर्तन भयो विलासीन जीवन विताउन थाले  तर माउवादीलाई राज्य सत्तामा पु¥याउने कर्नाली वासिको सपनामा तुवालो लागिसकेको छ , ढुसी पलाई सकेको छ । पहिलेको भन्दा झन जर्जर र नाजुक अवस्थामा छ । यसैले कर्नालीवासी विगतको माउवादीको तयो खोक्रो जनमुखी परिवतृनको नारा र आफूहरुले उनीहरुलाई गरेको सहयोग व्यर्थमा गरिएछ भनी पछुताउदै छन् र चुनौत िदिदे भनिरहेका छन् हाम्मा रोटाले पनि जनयुद्ध लडेका छन्  माउवादीसँग हाम्मा रोटाको हिसाव किताव बाकीँ नै छ  त्यो रिोटाको हिसाव अबको आउने चुनावमा गर्ने दाउँमा छन् कर्नालीबासी ।

Comments

Popular posts from this blog

पत्रकारीता

देउडामा अरुको मन पगाल्न सक्ने क्षमता छ ।

जिल्ला प्रशासन कार्यालय हुम्लाको लापारवाही