टुट्यो नुन—चामलको नाता
समाजमा रहेका मानिसहरुको आ—आफनै जीवन निर्वाहका पद्धती र प्रर्णालीहरु हुन्छन् । मानिसहरुले बाच्नका लागि संघर्ष गरिराखेका हुन्छन् र बाच्ने पद्धती पनि फरक–फरक हुन्छ । यस्तै कर्नालीका मानिसहरुले समय सापेक्ष आफनो जीवन निर्वाहकोे पद्धती उवेला देखि हाल सम्म फरक–फरक तरीकाले गर्दै आएका छन् । समय गतिशील छ र समय परिवर्तनसँगै मानिसका ईच्छा आकाङछा पनि परिवर्तन हुने गर्छ । यो गतिशील समाजमा टिकिरहनको लागि मानिस पनि सोहि अनुरुपको हुने गर्छ र त्यहि अनुसारको सामाजिक संस्कारका साथै सस्कृतिक निमार्ण हुने गर्छ र मानिसले सो संस्कृति अंगाल्न पुग्दछ ।
समाज परिवर्तनको क्रममा नेपालको दुर्गम भेग कर्नालीको समाजिक परिवेश र संस्कारहरु पनि परिवर्तन हुदै गएको आभास हुन थालेको छ । बाच्नको लागि संर्घष र विभिन्न जीवन निर्वाहका पद्धती र प्रणाली उपनाउनु पर्ने हुन्छ । यसै क्रममा कर्नालीमा पहिले बस्तु विनिमय प्रथा अन्त्यन्तै प्रभावशाली पेशा वा व्यावसाय हो तर आज समाज विकाससँगै यो प्रथा विस्तारै विलिन हुन पुगेको छ । पहिले हुम्लाका मानिसरुले चीनको स्वशासित क्षेत्र तीव्वतको ताक्लाकोटबाट उन नुन ल्याएर कालिकोट, जुम्ला, मुगु, वाझाङ, वाजुरा अछाममा आई धान सँग विनिमय अर्थात साटेर लिने प्रचलनन अति नै प्रभावशाली संस्कृतिको रुपमा रहेको थियो आज यी सस्कृतिका प्रतिकहरु विस्तारै विलय हुदै गएको अवस्था छ । समाज जटिलवाट सरल अर्थात विकसित हुदै जाने प्रक्रियामा छ । हिजो वषौ दिन लाग्ने काम आज आधुनिक प्रविधीले गर्दा छिन भरमै हुने गर्छ । यहि प्रविधीले नै गर्दा आज विश्वलाई एउटा सानो कोटामा सिमित पारेको अवस्था छ । हिजो हुम्लावाट आउने नुन ऊनको आफनै महत्व र विशेषता थियो र जुम्ला कालिकोट अछाम लगायतका जिल्लाहरुवाट हुम्लामा जाने चामलको पनि आफनै महत्व थियो र आजको आधुनिक प्रविधीको पनि आफनो छुटै महत्व रहेको छ । हिजोको हुम्ला जुम्ला वीचको त्यो नुन चामलको महत्व, भाईचाराको सम्वन्धले गर्दा आफनोपन झल्किन्थ्यो तर आज त्यो सस्कृति लोप हुदै जादाँ हुम्ली जुम्लीवीचको त्यो भाईचाराको सम्वन्धको संस्कृति पनि विलय भएको अवस्था छ । हरेक कुराको सकरात्मक र नकरात्मक दुवै पक्षहरु हुन्छन् तर सकरात्मक र नकरात्मकमा वढि कुन पक्षको मात्रा छ भन्ने कुरामा भर पर्छ । यसैले हिजोका ती सस्कृति नराम्रा भने पक्कै थिएनन । उवेलाको समाज र सस्कृति अनुरुपका मिल्दा जुल्दा नै थिए । त्यति वेलाका मानिसले अंगालेका नै थिए र स्वीकारेका पनि थिए तर आजको पिढी वा पुस्ताले भने त्यो सस्कृतिलाई अवलम्वन गर्न सकेन । समय गतिशील छ र साथै समय अनुसार समाज पनि क्रमिक रुपमा परिवर्तन भईरहेको हुन्छ र त्यहि अनुसार समाजका सस्कृति पनि फेरवदल भएका हुन्छन् । मानिस सुख चाहान्छ र जटिलवाट सरल हुन चाहान्छ यसैले हिजोका ती सस्कृति जटिल थिए र आजको पिढिले अवलम्वन गर्न सकेन र त्यसको संरक्षण पनि भएन त्यसकारण आज ती संस्कृति विलय हुन पुगे । मानिसले हिजोका दिनमा के भइरहेको थियो आज के भईरहेको छ र भोली के हुदै छ भन्ने कुराको ख्याल राख्नु पर्छ र त्यहि अनुरुप आफु पनि सञ्चालित हुनु पर्छ । परिवर्तित यो समाज अनुरुप मानिसले आफनो जिवन निर्वाहको पद्धतीमा पनि परिवर्तन ल्याउछ । जसले गर्दा पुराना विस्तारै विस्थापित हुन्छन भने नयाँ स्थापित हुन्छन् । यसैले गर्दा आज नेपालको दुर्गम क्षेत्र कर्नालीमा भएको नुन चामलको नाता पनि टुट्न गएको अवस्था छ ।
Comments
Post a Comment