विकासे काममा लगनशील स्थानीयबासी
ठकुरी बस्तीले भरिएको मेल्छाम ७ र ८ स्थित मासिधारा हुम्ला सदरमुकाम सिमकोटबाट करीव ३५ कोष टाढा को गाउँ हो । पूर्व तिर रति गाउँ पश्चिम तिर मेल्छाम गाउँ उत्तर तिर लामालेक र दक्षिण तिर मेल्छाम कोटको बीचमा रहेको छ मेल्छाम गाउँ । मेल्छाम गाविस मध्येकै एक जना मास्टर डिग्री होल्डर पनि यसै गाउँबाट उत्पादित व्यक्ति रहेछन् । करीव १५ जना एसएलसी पास भएको यस गाउँमा विकासले भने हाल सम्म सन्तोष जनक फड्को मार्न भने सकेको छैन । स्नोल्याड एकिकृत विकास केन्द्र, हिमालयन कन्जरभेशन एण्ड डिभलपमेन्ट एशोशियन ,कर्णाली एकिकृत विकास अनुसन्धान के्न्द्र ,असल छिमेकी नेपाल लगायतका जिल्लामा नाम कहलिएका संघ संस्थाहरुले आफनो कार्य क्षेत्र बनाए पनि सो सस्थाले राजनीति र डलर खेती सीवाय अरु केहि विकासे प्रगति नगरेको स्थानीइको जन गुनासो रहेको छ । सो गाउँको देशी भन्ने ठाउँमा धान प्रशस्त मात्रमा फल्ने भएता पनि सिचाईको अभावले गर्दा हाल सम्म धान फलाए भात खाने सपना भने अधुरो भएको कुरा बताउछन स्थानीइ बासी । सो गाउँको सबैभन्दा महत्व पुर्ण आवश्यक कुरा भनेको सिचाई हो र हाल सम्म जिल्लामा कार्यरत कुनै पनि संघ सस्थाले सिचाईमा लगानी नगरेकोले स्थानीइ बासी संघ सस्था प्रति आक्रोशित अवस्था्मा छन् ।
सो गाउँमा धारा,बाटोघाटो सरसफाई रीतिरिवाज चालचलनको जर्गेना र स्थानीइ गाउँ सुधार वा व्यवस्थाको लागि नीति नियम बनाउन आमा समूह लगायत बाल क्लव ,युवा क्लव गठन पनि भएका छन् । गठित सो समूहले गाउँमा जुवातास ,रक्सी लगायतका नराम्रा पक्षहरुलाई निषेध गर्दै आएका छन् । गठित आमा समूहले गाउँका नराम्रा पक्षलाई सुधार गर्न खोज्दा गाउँकै पढेलेखेका शिक्षित युवाहरुले नै नीति नियम उल्घन गरेको कुरा बताउछन् आमा समूहका सदस्यहरु । विकासे काममा लगनशील सो गाउँका स्थानीइ बासीहरु भन्दछन् हामीलाई सिचाई मात्र भए पुग्छ हामीले यो गाविसलाई पुग्ने अन्न उत्पादन गर्ने छौ । हुम्लामा यस्ता सिचाईको अभाव भएका कैयौ गाउँहरु छन् जहाँ धान लगायत अन्य अन्न बालीहरु पनि प्रशस्त मात्रामा फल्दछ । ती गाउँहरुमा सिचाई पुयाउने कार्यमा हामी सबैले आ७आफनो ठाउँबाट सक्दो सहयोग गर्ने हो भने सिचाईको पखाईमा बसेको स्थानीइ बासीहरुलाई केहि राहत पुग्ने थियो । नेपालका राष्टिय सञ्चार माध्यमहरुमा पटकपटक कर्णालीका विभिन्न गाउँ ठाउँहरुमा खाद्यन्न अभाव अर्थात भोकमरी भएको समाचार आईरहन्छ तर सिचाई जस्ता जटिल समस्याले गर्दा खाद्यन्न उत्पादन हुन नसकेको कुरा भने विरलै आउँछ । यसैले बास्तव मै कर्णालीमा खाद्यन्न अभाव नहुने र उत्पादन गर्नको लागि आवश्यक पूर्वाधारको अभावले गर्दा त्यसको परिणाम हो खाद्यन्न समस्या भन्ने कुरा सबैले बुझनु पर्ने देखिन्छ ।
भ्mबष् िस् पबचलबष्द्दिण्ज्ञछ२नmबष्।िअयm
Comments
Post a Comment