त्यो घर यो डेरा


छमु गुरुङ
यो सहर एउटा जाबी हो , मलाई एउटा चरो भन्दा फरक नपर्ला । यहाँ बाट आफनै घर पुग्छु , पिजँडाबाट फुत्के जस्तो ठान्छु । चरा त पिजँडाबाट फुत्किएपछि पुनः पिजँडामा फर्कि आउनन् , तर म भने यति विवश छु कि फेरि फुत्केर पनि यहि सहर मै बन्दी हुन आई पुग्छु पटक पटक । वास्तवमा यो सहरमा पिजँडा भन्नुको अर्थ ‘डेरा’ हो ।
    त्यो ले ‘घर’ जनाएपछि पक्कै यसले म भन्दा भेरै टाढा भएको संकेत गर्छ । यो ले ‘डेराको’ संकेत दिएको हुदाँ म यसैको सामीप्यमा या यसैभित्र छु भन्ने अर्थाउछ । ‘डेरा’ जीवन प्रवेश हुने बित्तिकै घरको घाउँ सम्झना भएर घोचिदिन्छ  भित्र    भित्रै । सहन खोज्छुल, जीवन हो , डेरा भित्र छु , यस बखत तर्सथ यसैको चर्चामा लाग्छु ।
    जब मैले पहिलो पटक थानकोटबाट काठमाडौ देखे , यस्तो लाग्यो कि यो सहर त एउटा त्यस्तो कचौरा हो जहाँ मान्छे रुपी मासुका चोक्टाहरु छरिएका छन् । त्यस बखत भूपीको चिसो एष्टे पढेको थिइन । यसबखत यो शहरमा बसेर यसैलाई म पनि चिसो एष्टे भन्न बाध्य छु । डेरामा छु , अलग छ जीवन , स्वतन्त्र पनि केहि बाधिएको , थिचिएको जस्तो ! सपनाहरुको भारी बोकेर आए काठमाडौमा, यहि सपनाले थिचेर हत्या पो गर्न लागिरहे झै भान भईरहेछ । संसार बुझन् घरबाट केहि टाढा सर्नै पर्ने रहेछ । एक्लो जीवन संघर्ष र दुःख हासो र सुख सबै आफैँमा केन्द्रित भएको बखत कसैलाई दोष रोप्न ख्यालै नहुदो रहेछ । दुख होस या सुख यी दुबै चीज आफैबाट समाप्त हुदो रहेछ । ‘डेरा’ जीवन बुझन मन थियो । नबुझेको जीवन बुझन् खोज्दा झन नबुझने हुन पर्दो रहेछ । ‘डेरा’ भन्नु ठयाक्क जीवन जस्तो लाग्छ , जीवन पनि सधै कहाँ आफैमा रहन्छ र ? जस्तो कि जीवनलाई मृत्युले क्वाप खाईदिन्छ , यसरी नै डेरा जीवन पनि घरबेटी कै हो । डेरा जीवन हो भने घरबेटी मृत्यु जस्तै हो । जस्तो जीवन एउटा पाहुना,त्यसरी नै डेराको पनि हामी एक पाहुना नै हौ ।
    महिना मर्नै हुन्न , भाडा गईहाल्छ । भए यो दिन सजिलो । नभए खल्तीमा गाँड के दिने ? महंगी यस्तै , ग्यासको दुख उस्तै , खानेपानीको दुख झन दरो उफ् केके केके दुखहरु । केहि राहत मिल्ने सोचले घरबाट चामल बोकेर ल्यायो ग्यास हुन्न,पानी हुन्न , बिजुली हुन्न अनि त ल्याएको चामल काचैँ थुकसँगै चपाई निल्न बाध्य ।
डेरामा बस्दा खेरी यति दुख कि लेखेर के साध्य । घरबेटीको छिन छिनको कच कच ! डेरामा बस्ने एउटै घरमा अरु पनि हुन्छन् , हल्ला उत्तिकै ,टवाईलेटको क्यू त्यतिकै पानी भए पो सफा हुनु टवाईलेटको गन्धले खाना घाटीबाट छिर्न पनि गाह्रो । कोठा भित्रै बस्दा पनि  बिरामी हुने । यताउती कसैलाई चासो नै नहुने, एउटै घरभित्र डेरामा बस्नेहरु मर्दा पनि थाहा नहुने । बोल्न पनि हिचकिचाउने , हास्न पनि भाउ खोज्ने , सहयोग गर्न त परै जाओस, नभेटेकै जाती ठान्छन् । डेरामा केहि झुन्डयाउन यसो १ ÷२ किला ठोक्न लागे घरबेटीहरु आफै  मुटुमा किला ठोके सरह ठान्छन् । भित्ताहरुमा केहि पनि ठोक्नै हुदैन् । जसो तसो बस्छौ । महिना महिनामा भाडा पनि बढाउदै लान्छन् ।  क्या फर्साद ! एउटा कोठा हुन्छ , एउटै खाट हुन्छ । बिजुली आउदैन लोडसेडिङको ठुलो मार , पढ्नको लागि उज्याले चाहिने नै भयो । मैनबत्ती बाल्यो , पढ्यो रातको बेला सिरानी छेउ मैनबत्ती उभ्याएर पढ्दापढ्दै निदाएको पत्तै हुदैन् । एक दिन त कपालै डढे्छ । धन्न पूरै टाउको सल्केको । घर त हो डेरा पनि तर डेरा त कसैको घरको नियन्त्रित कोठा हो । यसमा कसैको मनपरि चल्दैन । बोल्न मन लाग्दा बोल्न पाईदैन् । थुक्न मन लाग्दा थुक्न पाईदैन । झयाल ढोकाहरु बढो होसियार हुनुपर्ने , हत्तेरी ! यस्तो पनि जीवन अट्ने ठाउँ । एक ठाउँ भएन अर्को ठाउँ सर्यो , एक नभए अर्कोमा सर्दै जाने त्यसमा त केटाहरुलाई  डेरा पाउन पनि मुश्किल पर्ने , सहज नहुने ,त्यसमाथि नि घरबेटीको छोरी  भएमा झनै अर्को अप्ठयारो आई लाग्छ । घर सम्झेर रोएपनि आसुँ डेरा मै सुक्छ । घर सम्झेर दुखेको घाउँ डेरा भित्र निको हुन्छ । घर मात्रै सम्झेर नहुने , डेरामा बसेपछि डेरा नै बोकेर जीन्दगी हिडाउन त परिहाल्यो । घरमा हुदाँ खाना पकाउनै नजान्ने , खाएको भाडा नमाझनेहरु सबैले पकाउनै पर्यो । भाडा टल्काउन पर्यो । बाच्नै पर्यो । केहि त गर्नै पर्यो , नभए मरे सरह भईहाल्योे । काम नर्गनु भनेको मृत्यु चाडै बोलाउनु त हो । यो सहरका मान्छेका घर चाहि ठुलठुला हुने रहेछ तर मन भने चाहि तीलको गेडो जति पनि भेटाउन मुश्किल । उत्ता हाम्रो गाउँ घरमा स—साना झुप्रा तर मन भने तिनीहरुमा यो सहरको महल भन्दा पनि अझ ठुलठुलाा । गर्न त यति धेरै बयान गरे जतीगर्नु पर्ने हो त्यति त गर्न के सक्नु र , लेख्ने नै हो भने त यो सिङगाें उपन्या नै बन्छ नि । जे होस अब जे—जस्तो भएपनि डेरा मै छुृ कोठे जीवन बिताईरहेको छु , त्यो घर यति खेर बढिनै गाढा सम्झना भएर मुटुमै जम्मा हुदैँछ ।  डेरा त जाबो के हो र ? आज यहाँ छु भोली कहाँ हुने हो थाहाँ छैन । खोज्दै जाने ,डुल्दै जाने , जहाँ राम्रो लाग्यो त्यहीको घरमा डेरा गरि बस्ने तर  घर भन्ने चीज आफनै हो । त्यसैले त्यो घर नै सबै थोक हैन । सब थोक त बा आमा भए पो हुन्छ । यो सहरमा मेरा बाआमा नभएरै होला यो शहर पनि मलाई स्र्वग हैन चिहान झै लाग्छ ।

Comments

Popular posts from this blog

पत्रकारीता

देउडामा अरुको मन पगाल्न सक्ने क्षमता छ ।

जिल्ला प्रशासन कार्यालय हुम्लाको लापारवाही