ग्रेट हिमालयन ट्रेलर प्रोजेक्ट
राकेश शाही
परिचय ः विगत सन् द्दण्ण्ड देखि क्ल्ख् को आर्थिक सहयोग र ल्भउब ित्चगकत हुम्लाको साझेदारीमा सञ्चालित त्जभ नचभबत ज्ष्mबबिथबल त्चबष् िम्भखभयिऊभलत एचयवभअत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सञ्चालित छ । सन् द्दण्ण्ड बाट सञ्चालित कार्यक्रमले हुम्ला जिल्लामा पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने उद्देश्यले विभिन्न सरकारी एवम् गैर सरकारी सरोकारवाला निकायहरुसँग छलफल, अन्तरक्रिया, तालिम, गोष्ठी र कार्यशाला सञ्चालन गर्दै दिगो पर्यटन विकासका लागि यस संग सम्बन्धीत व्यक्ति वा निकायहरुलाई आय आर्जन र सीप विकासका लागि कयात धबचभ मा विभिन्न तालिमहरु सञ्चालन गर्दै आईरहेको थियो ।
त्जभ नचबतभ ज्ष्mबबिथबल त्चबष् िम्भखभयिऊभलत एचयवभअत ले विशेष गरी दिगो पर्यटन विकास र यसबाट मानिसको आय आर्जनमा सहयोग पु¥्याई रोजगारीको अवसरमा वृद्धि र देश विकास गरिबीनिवारण गरी र विदेशी मुद्रा आर्जनका रुपमा सहयोग पु¥याउनका लागि महत्वपूर्ण र दुरगामी लक्ष्य लिएको पाईन्छ । नेपालको प्राकृतिक सुन्दरता, यहाँको हावापानी, महत्वपूर्ण सम्पदा, संस्कृति, जनजीवन जस्ता क्षेत्रका महत्वपूर्ण र आकर्षक आयामहरुले गर्दा नेपाल पर्यटकीय विकासका दृष्टिले राष्ट्रिय आयको र प्रमुख स्रोतका रुपमा विकास गर्न सकिने अत्यन्तै सम्भावना रहेको छ । नेपाल जलस्रोत, कृषि र पर्यटन विकासमा अत्यन्तै सम्भावना भएको देश हो । त्यसमा पनि कर्णाली अञ्चल र जस मध्येमा पनि हुम्ला जंगल, जडिबुटी, जलस्रोत, पर्यटन र जलविद्युत विकासका लागि प्रचुर संभावना भएको यस जिल्लामा चिनको स्वशाशित क्षेत्र तिब्वतमा अवस्थित कैलाश मनसरोवर दर्शनका लागि धार्मिक पर्यटक र अन्य पर्यटक वर्षेनी हजारौंको मात्रामा आवत जावत सिमकोट भएर गर्दछन् । त्यसै गरी हुम्लामा रहेका महत्वपूर्ण पर्यटकीय स्थलहरुको प्रचार प्रसारको कमीका कारण इतिहासको गर्वमा लुकेका छन् । त्यसैगरी हुम्ला जिल्ला भएर छिमेकी जिल्ला मुगुमा अवस्थित रारा ताल जस्ता महत्वपूर्ण पर्यटकीय क्षेत्रको विकासमा पनि समयमै सम्बन्धीत पक्षले ध्यान दिएमा हुम्ला, मुगु लगायत कर्णाली अञ्चलको पर्यटन क्षेत्रको विकास हुने सम्भावना प्रचुर मात्रामा रहेको छ । त्यसैलाई आत्मसाथ गरी त्जभ नचभबत ज्ष्mबबिथबल त्चबष् िम्भखभयिऊभलत एचयवभअत ले विशेषगरी पर्यटन मैत्री वास वा वातावरणको सृजना गर्ने, पर्यटकीय गन्तव्य स्थलको विकास र बिस्तार महत्वपूर्ण स्थलहरुको संरक्षण र सम्बद्र्धन पर्यटकहरुलाई आकर्षक गर्न भौतिक सुविधायुक्त वातावरणको निर्माण, प्रर्यटकलाई लोभ्याउने प्रवृतिको वातावरणको सृजना गर्न पनि यस कार्यक्रमले काम गर्नु पर्ने देखिएको छ । यी पूर्वाधार र वातावरणको विकास भएमा मात्र हुम्ला जिल्लाले पनि पर्यटन क्षेत्रबाट प्रशस्त लाभ उठाउन सक्ने सम्भावना रहेको छ ।
त्यसैगरी नेपाल सरकारको सन् द्दण्ज्ञठ सम्ममा नेपाललाई खुल्ला दिशा मुक्त क्षेत्र बनाउने बहु प्रतिष्ठित महत्वकांक्षी योजना लिएको छ । त्यसमा विभिन्न दाताहरुको आर्थिक एवम् प्राविधिक सहयोग रहदै आएको छ । त्यसमा विभिन्न सरकारी एवम् गैरसरकारी सरोकारवाला पक्षहरु लागिरहेकै छन् । स्वास्थ्य, सरसफाई, खानेपानी जस्ता क्षेत्रको विकासका लागि पनि सँगसँगै संमन्वयात्मक कार्यहरु गर्दै आईरहेको पाईन्छ । सन द्दण्ज्ञज्ञ बाट “त्जभ नचभबत ज्ष्mबबिथबल त्चबष् िम्भखभयिऊभलत एचयवभअत” ले ज्बचम धबचभ को क्षेत्रमा पनि काम गर्दै आईरहेकोले हिमालयन क्षेत्रका पदमार्गमा पर्यटकहरुलाई सुविधायुक्त ज्यmभ कतबथ, त्चबष् िद्यचष्मनभ, ज्यतभ,ि हरित र पर्यटन मैत्री सडक पर्यटकीय पुर्वाधार विकास, प्राकृतिक सम्पदाको संरक्षणमा विशेष कार्य गर्दै आईरहेकोले हुम्ला जिल्लामा पनि पर्यटकीय गन्तव्य स्थल र हिल्सा देखि रारा सम्ममा पर्यटकीय पदमार्गमा रहेका होटल वा ज्यmभ कतबथ हरुलाई सुविधायुक्त र सरसफाई र व्यवस्थित बसाईका लागि नेपाल सरकारको सन् द्दण्ज्ञठ सम्म खुला दिशामुक्त क्षेत्र बनाउने अवधारणलाई पनि सहयोग पुर्याउन एक होटल, एक शौचालयको अवधारणालाई कार्यान्वयन गर्न जिल्ला विकास समिति र त्जभ नचभबत ज्ष्mबबिथबल त्चबष् िको संयुक्त साझेदारीमा पदमार्गमा शौचालय निमार्ण गरी पर्यटक मार्गलाई खुला दिशामुक्त क्षेत्र बनाउने र सरसफाई र स्वास्थ्य सुधार आई पर्यटकहरु हेटलमा बास बसी विदेशी वा स्वदेशी पर्यटकको आगमन र आय आर्जनमा बृद्धि भई गरिबीनिवारणमा पनि सहयोग पुग्ने देखिन्छ । त्यस कार्यका लागि सबैको समन्वयात्मक सहयोग र प्रतिबद्धताको खाँचो रहेको देखिन्छ ।
१) सिमकोट देखि हिल्सासम्मको बाटोको अवस्था
ह्ुम्ला जिल्ला एउटा अत्यन्त विकट हिमाली जिल्ला हो । यस जिल्लाको सदरमुकाम भनेर चिनिने सिमकोट बजार हुँदै मानिसहरु हाम्रो देश नेपालको उत्तरमा रहेको छिमेकी देशमा चिनमा ब्यापार गर्न जान्छन् । जुन बाटो सिमकोट देखि हिल्लासम्म पर्दछ । तर बाटोको अवस्था भने राम्रो देखिदैन । यहि बाटोमा हुम्लाको मुचु गा.वि.स.मा रहेको बौद्ध गुम्बा याल्बाङ्ग गुम्बा पर्दछ । यो एउटा प्रसिद्ध तिर्थ स्थलको रुपमा चिनिन्छ । त्यस्तै गरी चीनको ल्हासा भन्ने तार्चेन भन्ने प्रसिद्ध गाउँमा पर्ने प्रसिद्ध तिर्थस्थल मानसरोवर तथा थान कविलास ( कैलास) दर्शन गर्न मानिसहरु जाने गर्दछन् । यस बाटोमा विदेशी प्रर्यटकहरु प्नि हिड्ने गर्दछन् । बाटोमा होटेल तथा क्याम्पहरुको ब्यवस्था पनि देखिन्छ । सदरमुकाम सिमकोट बजार भन्दा माथि विदेशी पर्यटकहरुका लागि ६ वटा क्याम्पहरु रहेका छन् । होटेल तथा पसलहरुका लागि होटेल तथा पसल ब्यवस्थाका लागि सामान केहि सिमकोटबाट घोडा खच्चर मार्फत सिमकोटबाट जाने गर्दछन् भने केहि सामान चीनको ताक्लाकोटबाट तल आउँछ । तर पनि होटेलको त्यत्ति राम्रोसँग व्यवस्थापन हुन सकेको छैन । जहाँ ठाउँ ठाउँमा फोहोरका थुप्प्रै थुप्राहरु रहेका छन् ।
सदरमुकाम सिमकोट देखि माथिका ठाउँहरुमा जथाभावि रुपमा फालिएका फोहोरका थुप्राहरु जस्तैः प्लाष्टिक, सिसा फुटाएका टुक्राहरु, सिङ्गो सिसाका बोतलहरु जस्ता हानिकारक फोहोरहरु भेटिन्छन् । जुन फोहोरहरु सयौं वर्षसम्म कुहि दैनन् (सड्दैनन्) यी फोहोर थुप्रिएको ठाउँमा बोटविरुवा पनि उम्रदैनन् । अतः यसरी भन्न सकिन्छ यहि कारणले गर्दा वातावरण दिगो प्रदुषण हुनेछ । जसको क्षति हाम्रा भावि पिडिहरुले ब्यहोर्नुपर्ने देखिन्छ । अहिलेको जलवायू परिवर्तनको मूख्य कारक तत्व यहि नै हो । जसले गर्दा गर्मी ठाउँमा बालीनाली हुन छोडिसक्यो । कोदो नहुने ठाउँमा कोदो हुन्छ भने कोदो बाली हुने ठाउँमा रोग लागि कोदो बाली हुदैन ।
२) चीनबाट कस्तो सामान हुम्लामा आउँछ ।
चीनको ताक्लाकोट अथवा प्रमुख व्यापारीक केन्द्र कुगार्ताला तथा सेरा बजारबाट हुम्ला जिल्लामा विभिन्न सामानहरु जस्तैः कपडा, मैदा, चामल, रक्सि आदि सामानहरु ह्ुम्लामा आईपुग्द छन् । तर अहिले सम्म मुल्यांकन गर्दा सबैभन्दा बढी रक्सी नै हुम्लामा आउने गरेको पाईयो । जसलाई भोटे भाषामा थोपे छ्यू भनिन्छ । यो करिब अनुमानित १५ करोडका दरले हुम्ला जिल्लामा आईपुग्दछ । यो तथ्य प्रमाणित पनि भई सकेको छ । जसले एक काम सय पन्थ भने जस्तो कार्य गरेको पाईन्छ । जस्तै आर्थिक असर, सामाजिक असर, ब्यक्तिगत असर, सामाजिक बिकृति त्यसकारण यसरी भन्न सकिन्छ । हुम्लाको प्रमुख ब्यापार रक्सी नै हो । यो ताक्लाकोटमा किन्दा प्रति बोतलको ५० देखि ७० रुपैयाँ सम्म पर्छ । हुम्ला जिल्लाको सिमकोट बजारमा आईसकेपछि प्रति बोतलको २०० रुपैयाँ पर्न आउँछ । अलि तल सर्केगाड लगिसकेपछि प्रति बोतलको ३०० रुपैयाँ पर्न आउँछ । अतः अहिलेसम्म यसको कानुनले कुनै व्यवस्था गर्न अथवा रोक लगाउन सकेको छैन ।
३) अव्यवस्थित होटहरुका कारण वातवरणमा हुने प्रदुषण
अव्यवस्थित होटल भन्ने बित्तकै हामी सामान्य अर्थमा व्यवस्था नभएको होटल भनेर बुभm्ने गर्दछौं । जहाँ व्यवस्था त हुने गर्दछ तर खान बस्नको व्यवस्था भएर मात्र हुँदैन । व्यवस्था भन्ने बित्तिकै सम्पूर्ण व्यवस्था जस्तै काम नलाग्ने फाहोर फाल्ने खाल्डोको व्यवस्था, चर्पीको व्यवस्था , सफा र स्वच्छ वातावरण सिमिकोट बजार देखि माथि बाटोमा होटलहरु त छन् । जहाँ प्राय चाईनिज सामानहरुको ब्यापार हुने गर्दछ । प्रयोगमा आईसकेका काम नलाग्ने सामानहरु फाल्ने व्यवस्था भएको देखिदैन । यहि कारण होटलवालाहरुले जथाभावि फोहोर बाटोमा फाल्ने गर्दछन् । जहाँ कुनै ठाउँमा बोतलका थुप्राहरु छन् भने कुनै ठाउँमा प्लाष्टिकका थुप्राहरु छन् । यहि कारणले गर्दा वातावरण घातक रुपले प्रदुषण हुने र प्लाष्टिक र सिसाका कारणले गर्दा बोटविरुवा नउम्रीने देखि लिएर शताब्दीयौं सम्म वातावरण अति प्रदुषण हुने देखिन्छ । अतः हामीले रोग लाग्नु भन्दा रोगको बाटो छेक्नु बेस हुन्छ भने जस्तै समस्या समाधानका उपयाहरुको खोजी गर्ने समय आईसकेको छ ।
ग्रेट हिमालयन टे«ल डेभलोपमेन्ट प्रोग्रामले हाल अगाडि बढाएका सुधारका कार्यहरु ः
ग्रेट हिमालयन टे«ल डेभलोपमेन्ट प्रोग्राम संस्थाले विभिन्न प्रकारका महत्वपूर्ण विकासका कार्यहरु अगाडि बढाउँदै आईरहेको छ । जसले हुम्ला जिल्लाको सदरमुकाम सिमकोट बजार भन्दा माथिका विभिन्न ठाउँमा वातावरण प्रदुषको कमी गर्न हाल विभिन्न ठाउँमा कार्यक्रमहरु सञ्चालन गर्दै आई रहेकोछ । जसको प्रयासबाट सिसाका बोतल लगायत अन्य वातावरण प्रदुषण गर्ने घातक फोहोरहरु जुन सयौं वर्षसम्म माटो भित्र पुरिएर पनि जस्ताको तस्तै हुन्छन् । यी फोहोरहरुको उचित व्यवस्थापन हुन नसकेको खण्डमा वातावरण अति प्रदुषण हुने गर्दछ । यीनको व्यवस्थापनका यस संस्थाले ठाउँ ठाउँमा खाल्डाहरु निर्माण गर्न लगाएको छ । सिमिकोट बजारको माथि सिमिकोट लाग्ना भनिने ठाउँमा सिसा प्लाष्टिक आदी इत्यादि फोहोरहरु हामी अहिले नै गएर हेर्दा पनि देख्न सक्छौं जसले वातावरणलाई एकदमै प्रदुपित बनाएको छ । त्यस्तो विकराल समस्या समाधानका निम्ति ग्रेट हिमालयन ट्रेल डेभलपमेन्ट प्रोग्राम संस्थाले सिमकोट लाग्ना लगायत विभिन्न ठाउँमा खाल्डो खनाई व्यवस्थापन गर्न लगाएको छ । सिमिकोट लाग्नामा समितिहरु गठन गराई तीन मिटर चौडाई र दुई मिटर गहिराईको खाल्डो खन्न लगाएको छ जसको लागत ७५००। रुपैयाँ दिएको छ । त्यस्तै गरी डाँडाफयाको पानीनाउला भन्ने ठाउँमा पनि अत्याधिक रुपमा जथाभावी फोहोरका थुप्राहरु छन् । जसको व्यवस्थापनका निम्ति ३ मीटर गहिराई र २ मिटर चौडाई भएको खाल्डो खन्न लगाएको छ । जसको लागत खर्च ७५००। दिएको छ । त्यस्तै डाँडाफया गा.वि.स.को धारापोरी गाउँमा हेप्का खोला पुलको वारी र पारी पनि खाल्डो खन्न लगाएको छ । जसमा एक दिनमा ३÷३ घण्टा समय तोकी ५ दिनमा खाल्डो सम्पन्न गर्न लगाएको छ । जसको दुईवटै ठाउँमा ७५००। लागत खर्च दिई जम्मा १५०००। रुपैयाँ दिएको छ । खगालगाउँ गा.वि.स.को केर्मीमा पनि खाल्डो खन्न लगाईएको छ । केर्मीको डाँडकेर्मी भन्ने ठाउँमा आङ्गेल लामालाई जिम्मा लगाएकोछ । जसको साइज २ मिटर गहिराई र १ मिटर चौडाई राखेको छ । लागत खर्च ६०००। रुपैयाँ दिएको छ । जस्तै गरी केर्मीमा टसी दोर्ची लामालाई जिम्मा लगाईएको छ । जसको साईज २ मिटर गहिराई र साढे १ मिटर चौडाई राखेको छ । जसको लागत खर्च ६०००। दिईएको छ ।
त्यस्तै गरि सल्ली खोलामा एउटा सोनाम लामालाई जिम्मा लगाईएको छ भने अर्को लन्डुप लामालाई जिम्मा लगाईएको छ । यी दुईटा खाल्डाको साईज २ मिटर गहिराई र साढे १ मिटर चौडाई राखिएको छ । जसको लागत खर्च ६ हजार गरी १२ हजार दिईएको छ । मुचु गा.वि.स.को याल्बाङ्गको दुईवटा ठाउँमा ३ मिटर गहिरो २ मिटर चौडाईका खाल्डाहरु खन्न लगाईएको छ । जसको समय दिनको ३ घण्टा काम गर्नु पर्ने राखिएको छ । लागत खर्च ७ हजार ५ सय गरि जम्मा १५ हजार दिईएको छ । त्यस्तै गरी तुम्कोटमा ३ मिटर गहिराई र २ मिटर चौडाईको खाल्डो खन्न लगाईएको छ । जसको जिम्मा होटेलवालाहरुलाई लगाईएको छ । यसको लागत खर्च ७ हजार पाँच सय दिईएको छ । यो भन्दा माथिका क्षेत्रहरु ( ठाउँहरु ) पाल्वाङ्गमा डोजर आईपुग्ने हुँदा खाल्डो खन्ने जिम्मा डोजरलाई दिईएको छ । जसको लागत खर्च उभच उष्त ज्ञण्ण्ण्ण्र( दिईएको छ । जुन खाल्डोको साईज ४ मिटर गहिराई र ५ मिटर चौडाई राखिएको छ । त्यस्तै गरि पनि याल्वाङ्गकै अर्को ठाउँमा पनि खाल्डो खन्ने जिम्मा डोजरलाई नै दिएको छ । जसको लागत खर्च उभच उष्त ज्ञण्ण्ण्ण्र( दिएको छ । जसको साईज पनि ४ मिटर गहिराई र ५ मिटर लम्बाई राखिएको छ । त्यस्तै गरी यारीको दहमा र पानाीपाल्ङ्गमा गरी २ ठाउँमा ४ मिटर गहिराई र ५ मिटर चौडाईका खाल्डाहरु निर्माण गर्न लगाएका छन् । जसको लागत खर्च साढे १०÷१० हजार गरि २१ ह्जार दिएको छ । जसको सबै ठाउँको लागि दिएको रकम जोड्दा जम्मा रु १ लाख पच्चीस हजार हुन आएको छ ।
४) समस्या समाधान
हामी आफुले सृजना गरेका समस्यालाई आफैले समाधान गर्न सक्छौं । तर अहिले सम्म त्यस तर्फ कसैको ध्यान केन्द्रित भएको छैन । जहाँ तर्फ ग्रेट हिमालयन टे«ल डेभलोपमेन्ट प्रोग्राम नामक संस्था लागि परेको छ । यसैको पहलमा विभिन्न ठाउँमा खाल्डाहरु खनाई फोहोर व्यवस्थापन गर्न लगाईएको छ । यस संस्थाले होटेल सफाई तथा व्यवस्थापनका लागि सरसफाई सम्बन्धी तालिम तथा कुक तालिमहरु सञ्चालन गर्दै आईरहेको छ । साथै ति कार्यान्वयन भएकी भएनन् जानकारीका लागि अनुगमन पनि गर्दै आईरहेको छ । तर अझै पूर्णरुपमा कार्यान्वयन हुन सकेका छैनन् । हाम्रो एउटा नेपाली उखान छ । एकले थुकी सुकी , सबैले थुकी नदी भने जस्तै यस तर्फ सबै सरकारी तथा गैरसरकारी निकायहरु लगि परि सहयोग गरिदिएको भए कति व्यवस्थापन गर्न सकिन्थ्यो होला ।
ग्रेट हिमालयन टे«ल डेभलोपमेन्ट प्रोग्रामको कडा कडा प्रयास द्वारा सदरमुकाम सिमकोट बजार भन्दा माथिका टुरिस्ट क्याम्प तथा होटेलहरुमा सुधारका कार्यहरु अगाडि बढाइएको छ । जुन प्रयासबाट हानिकारक फोहोरहरुबाट हुने वातावरण प्रदुषण हुन बाट जोगिने र सफा स्वच्छ हरावरा वातावरणको निर्माण हुने देखिन्छ । यस संस्थाले विभिन्न ठाउँमा साईन बोर्डहरु टाँसी जथाभाबी फोहोर फाल्न नदिन महत्वपूर्ण भूमिका खेलेको छ । यस्तै प्रयासहरु अगाडि बढेमा अबको केहि दिनमा धेरै सुधार हुने देखिन्छ । यसको सुधारका निम्ति विभिन्न ठाउँबाट सहयोगको अपेक्षा यो संस्थाले राखेको छ । सबैको सानो सहयोगबाट ठूलो समस्या समाधान हुने देखिन्छ । यस समस्या समाधानका निम्ति तपाई हामी लाग्नु पर्छ ।
वातावरण प्रदुषण जोगाउन सरकारी निकायको जिम्मेवारी
नेपालको उत्तरी धु्रवमा रहेको देश चीनबाट नेपालको अति बिकट जिल्ला हुम्लामा आईपुग्ने रक्सी हुम्ला जिल्लाको प्रत्येक होटेल तथा पसलमा थुप्रै मात्रामा हुने गर्दछ । जुन सक्सी प्रयोगमा आईसकेपछि सिसाका बोतलहरु काम लाग्दैनन् । यीनिहरु ठाउँ–ठाउँमा जथाभाबी रुपमा फ्याकिन्छन् । जसको कारणले गर्दा वातावरणमा दिगो प्रदुषण ल्याउँछ । किन भने यिनीहरु सयौं वर्षसम्म माटो भित्र रहिरहन्छन् । कुहिदैनन् जसको कारणले गर्दा बोटविरुवाहरु उम्रदैनन् वातावरण सन्तुलन बनाउन बोटविरुवाको प्रमुख भूमिका रहन्छ । अतः बोटबिरुवा नउम्रेमा पृथ्वीमा जीवजनावरहरु पनि रहन सक्दैनन् । त्यसैले गर्दा हामी भन्न सक्छौं वातावरण दिगो प्रदुषण हुन्छ अनि पृथ्वीमा सबैको अस्तित्व सकिन्छ । अहिले वातावरण प्रदुषणका विभिन्न असरहरु हाम्रा सामु देखि सकेका छन् । जस्तै पृथ्वीमा विभिन्न जातिका प्राणीहरुको लोभ हुँदै जानु, जलवायु परिवर्तन भई फरक–फरक ठाउँमा फरक –फरक समस्याहरु सृजना हुनु आदी । हाम्रो नेपाली उखान जस्तैः “रोग लाग्नु भन्दा रोगको बाटो छेक्नु बेस” भने जस्तै यो रक्सी नियन्त्रण गरिदिएको भए केहि फोहोर तथा सिसाका बोतलहरुको पनि नियन्त्रण हुने थियो तर अहिले सम्म कुनैपनि निकायको ध्यान आकर्षण हुन सकेको छैन । यस फोहोर व्यवस्थापनका निम्ति सरकारी निकायको रुपमा रहेको जिल्ला विकास समितिको कार्यालयले यस तर्फ ध्यान आकर्षण गर्नुपर्ने अनिवार्य छ । यसरी जिल्ला विकास समितिले केहि नियमहरु बनाई यो विकास तर्फ सहयोग गरिदिएको भए हुने थियो ।
(लेखक ग्रेट हिमालयन ट्रेलर हुम्लाका संयोजक हुन् ।)
Comments
Post a Comment