एक दशक अघिको हुम्लाको शिक्षा
नवराज घिमिरे
२०५६ साल असोज महिनाको १९ गते विद्ययापुर सुर्खेत देखि हम्ला सदरमकाम सिमकोटको पूर्वपट्टि करीव ५५ किमी कर्णाली नदीको तीर स्थित हिमज्योती मावि सर्केगाडमा शिक्षक हुनको लागि यात्रा तय भयो । त्यस विधालयका तत्कालीन प्रधानध्यापक धर्मराज बरालसँगको मौखिक सम्पर्क तथा अंग्रेजी शिक्षकको दरबन्दीमा नियुक्ति गरिदिने उहाँको भरपुर आश्वासनका साथ विस २०५६ साल असोज २० गते नेपालगञ्जको पूर्ण होटलबाट झोला बोकी बिहान ८ बजे नेपाल वायु सेवाको जहाजबाट हुम्ला प्रस्थान गरियो । करीब १३०६ को हिमाल पहाड माथिको उडान पछि करीब ९ बजे सिमकोट अवतरण गरियो । साईनबोड नभएको एक होटलमा खाना खाई तत्कालीन जिविस जीवन बहादुर शाहीलाई भेटे । प्रधानध्यापक धर्मराज सरले सम्पर्क व्यक्तिको रुपमा उहाँलाई भेटनु भन्नु भएकोले उहाँसँग भेटी परिचय गरियो । तत्पश्चात उहाँले मलाई श्री मानसरोवर उमाविको भवनमा लगि सर्केगाड तिर जाने ओरालो बाटो देखाई आफु फर्कनु भयो । म एक्लै ओरालो तिर अगाडी बढे । सिमकोटबाट कर्णाली नदी किनार पुग्न खार्पुनाथ पुग्नुपर्ने भयो र म त्यही पुगे । एक्लै कर्णालीको तिरैतिर हिडदै सानातिना चियाका छाप्राहरु पार गदै लाली गाविसमा पुगियो । त्यहाँ पनि योग्य शिक्षकको अभाव खडकिएको कुरा सुनियो । दिनभरको जोडदारको हिडाई पछि रिप भन्ने गाउँमा पुगियो । त्यो गाउँ सानो भएपनि शिक्षाको क्षेत्रमा अग्रस्थानमा नै रहेछ । त्यस गाउँबाट विस २०५६ सालसम्म फडेरा थर भएका एकजना विधालय निरीक्षक राप तीतृया श्रेणी र एम.विए डाक्टर एकजना गरि २ जना अधिकृत स्तरका प्राविधिक जनशक्ति राज्यले पाएको रहेछ । त्यस गाउँका १० जना विद्याथी सर्केगाडमा ८ देखि १० कक्षा सम्ममा अध्ययन गर्दा रहेछन् । यो कुरा साझ बास बसेको घरका एकजना महतारा थरका अभिभावकबाट थाहाँ भयो । भोली पल्ट २१ गते बिहान सबेरै रिपबाट पैदल यात्रा पुनः सुरु भयो । पिडौला दुखेर हिड्नै गाहो भएता पनि सरकारी दरबन्दीमा जागिर पाईने आशा एवं जोशले हिडेर लगभग दिउसो १ः३० तिर सर्केगाडमा पुगियो । भोली पल्ट अर्थात असोज १ गतेबाट पढाउन सुरु गरियो ।
हुम्लाको शैक्षिक दृष्टान्त हेर्दा संस्थागत रुपले निकै अगाडी देखिन्थ्यो । हुम्ला जस्तो अति दुर्गम तथा विकासका सबै पक्षहरुबाट पछाडी परेको जिल्लामा प्रायः गाविसमा माध्यमिक विधालय स्थापना भई सक्नु चानचुने कुरा थिएन । दक्षिणको श्रीनगर मैला ,पूर्वको दार्म सदरमुकाम सिमकोटको जिल्ला कै पहिलो मानसरोवर उमावि तथा त नामुद्ध विधालय थियो त्यसको पूर्व पट्टिको डाडामा देखिने बरगाउँ उत्तर तर्फ मुचु , चौगान फयाँ , डाडा फयाँ पनि शिक्षाको क्षेत्रमा नाम चलेका स्थानहरु थिए । हुम्ली अभिभावकहरुको तत्कालीन शैक्षिक चेतनालाई निकै अग्रगामी मान्नु पर्छ । भौतिक रुपमा त्यहाँ कुनै कक्षा कोठा को अभाव महशुस हुदैन्थ्यो । फर्निचर पनि त्यत्ति नै प्रयाप्त हुन्थ्यो । विधालयय भवनका साथै टाढाटाढाबाट आउने विद्यार्थीका लागि छात्राबास भवन समेतको व्यवस्था थियो । स्थानीय स्तरमा शिक्षित जनशक्ति प्रयाप्त नहुनु त्यहाँको लागि र्दुभाग्य थियो । हुम्लामा शिक्षण गर्ने शिक्षकहरुको योग्यताको कुरा गर्दा अत्यन्तै दुःख लाग्दो तथा तितो गैह्र कानुनी सत्यता भन्नु पर्ने हुन्छ । सर्केगाड जस्तो नाम चलेको विद्यालयमा जसको व्यवस्थापनको अध्यक्ष हुम्लाको पहिलो तथा त्यस बेला सम्मको एकमात्र स्नाकोत्तर उर्तिण गर्ने व्यक्ति मंगल बहादुर शाही थिए । त्यहाँ पठनपाठन गर्ने केहि शिक्षकहरुको सार संक्षेप झलक निम्न छ ।
क्र.स. शिक्षकको नाम अध्ययन गरेको विषय अध्यापन गर्ने विषय
१ धर्मराज बराल नेपाली नेपाली
२ नवराज घिमिरे अंगे्रजी अंग्रेजी,विज्ञान
३ पुन सर कर्मश गणित , लेखा
४ मतिराज खनाल शिक्षा सामाजिक, जनसख्या,अंग्रेजी
०५६ भन्दा पहिले
क्र.स. शिक्षकको नाम अध्ययन गरेको विषय अध्यापन गर्ने विषय
१ मुकुन्द घिमिरे बी.एल (कानुन) अंग्रेजी, गणित
२ धनलाल रोकाया शिक्षा, अंग्रेजी अंग्रेजी,स्वास्थ्य, गणित,सामाजिक
३ श्री बहादुर शाही गणित सामाजिक
४ शाह सर आई.एड सामान्य अंग्रेजी,सामान्य
माथीको तालीकामा उल्लेखित शिक्षकहरुको शैक्षिक योग्यता र उहाँहरुले अध्ययन गरेको विशेष्टिकरण विषय तथा शिक्षण गर्ने विषय हेर्दा हुम्लाको अभिभावकहरुको भौतिक लगानीले कुनै सार्थकता पाउने देखिदैन । अंग्रेजी विषय पढेको व्यक्तिले विज्ञान पढाउनु पर्ने तथा कानुन पढेका व्यक्तिले समेत अग्रेजी पढाउँदा के बालबालिकाहरुले पाठ्यक्रमले लक्षित गरेका उद्देश्य र उपलब्धीहरु हासिल गर्न सक्लान ? यो त एउटा शिक्षकहरु सम्बन्धी घटना हो । महादेव मावि दार्म र मालिका मावि लालीमा अंग्रेजी पढाउने शिक्षक नै नभएर विस २०५६ को पुस÷माघ तिर सर्केगाडमा टयुशन पढन आउने विद्याथीहरुको घुईचो भयो । यसै गरि श्री कोट मावि रोडिकोटका तत्कालीन प्रधानध्यापक चन्द्र बहादुर बुढाले गणित पढाउने शिक्षक नभएर सर्केगाडमा गणित पढाई दिन आग्रह गर्नुका साथै एक महिना टयुशन पढाई भ्याई नभ्याई कोर्स सकाईदिनु भन्नु भएको थियो । त्यस वर्ष हुम्लामा सिमकोट र सर्केगाड गरि २ वटा परीक्षा केन्द्र तोकिएको थियो । सर्केगाडमा परीक्षा सञ्चालन गर्नको लागि विद्यालय निरीक्षक र श्रेष्ठ थरका एकजना इनिस्पेक्टर सहितको छ जनाको टोली आएको थियो । यसै गरि श्रीनगरबाट तत्कालीन प्रधानध्यापक गोर्खाली सर , दार्मका विषय शिक्षक र मेरा हिउँदे सहकर्मी मित्र भुमलाल आर्चाय समेतको उपस्थित थियो । त्यो उपस्थित अर्थपूर्ण हुदो रहेछ । शिक्षकहरुले पढाउने बेला खासै ध्यान नदिएमा कुनै वास्ता नभएपनि एसएलसी लगायतका वार्षीक परीक्षामा सक्रियता पूर्वक अभिभावकको चाहाना अनुरुप काम नगर्ने शिक्षकलाई नराम्रो प्रवृतिले हेर्ने प्रथा रहेछ । त्यो कुनै अनौठो घटना भन्दा पनि साममाजिक उपज थियो । त्यस वर्ष सर्केगाडबाट एस.एल.सी दिएका सायाँ गाविसका मंगल रावलले प्रथम श्रेणीमा उतीर्ण गरे । सर्केगाडबाट प्रथम श्रेणीमा उतीर्ण भएका रावलले हाल वी.वी.ए अध्ययन पूरा गरे भन्ने सुनेको छु । यो कुरामा गर्भ लागेको छ । यसरी हुम्ला जिल्लामा द्धन्द कालीन समयममा समेत स्थानीयको सक्रियतामा विद्यालयहरु स्थापनाका साथै सञ्चालन गरि हवाई जहाजबाट शिक्षक झिकाई आफना बालबालिकालाई शिक्षित बनाउनको लागि जुरमुराउनुलाई शैक्षित चेतनाको फडकोका रुपमा सम्झिएको छु । वास्तवमा हुम्ला शैक्षिक उर्वरा भूमी हो । यो उर्वरा भूमीलाई गुणस्तरीय शिक्षाले हर्राभर्रा गर्नु हामी सबैको दायित्व हो ।
Comments
Post a Comment