सम्पादकीय
समय जान लाईगो
संविधान घोषणाको समय नजिकिदै आयाको छ । सब्बै जात,जाती ,धर्म ,सस्कृति र भू—बनोटका माण्ठहरुले आ—आफना हक अधिकारका बारेमा सचेत हुदै सम्बन्धित निकायामा खबरदारी गरि रयाका छन् । हामी कर्नालीका माण्ठहरु उबेला देखि काठमारु बाट उत्पीडनमा पदै आयाका छौ । हामीले यो महत्वपूर्ण घडीमा आफनो आवाज उठायानौ भन्या पहिलाको जईथै सधै उत्पीडनको शिकार हुन्या छौ । हामी कर्नालीका माण्ठहरुले आफनो अधिकारको बारेमा बेलैमा सचेत हुनु जरुरी छ । हामीलाई राज्यका सम्पूर्ण निकायाबाट उत्पीडनमा पारियाको अवस्था यर्थावत नै छ । यस्तो उत्पीडनलाई जरै देखि निर्मूल पार्नको लागि हामी कर्नालीका सब्बै माण्ठहरु मिल्नु पन्र्या बेला आयाको छ । संविधान घोषणाको घडि पनि नजिकिदै आयाको बेलामा हामी माथी चलखेल हुन सक्छ , यसकारण चनाखो हुनु जरुरी छ ।
सब्बै समुदायले आ—आफनो हक अधिकारको आवाज उठाई रयाको बेलामा हामीले पनि आफनो अधिकारको सुनिश्चितताको बारेमा बेलैमा ख्याल नगर्या पहिलाको उत्पीडनले जईथो गरि सधै हामीलाई गाद्य जईथो भरिया बनाउन्या छ । हाम्मो आवाजको बुलन्द माध्यम भन्याको स्वायत्त कर्नाली प्रदेशको माग हो । सब्बैले आ—आफनो प्रदेश र अधिकारको माग गरिरहेको बेलामा हामीले पनि मौकामा चौका ठोक्नु परन्र्या बेला भयाको छ । अब हामी कर्नालीका माण्ठलाई अधिकार सहितको स्वायत्त प्रदेश चाहियाको छ । अहिलेको गणतान्त्रिक राज्य सरकारको बुद्धिजिबीहरुले बेलाबेला कर्नालीलाई आत्मा निर्भर हुन नस्कने भनी अधिकार सहितको स्वायत्त प्रदेश दिदा अप्ठयारो परन्र्या होकी भन्नया कुरा गदै आयाका पनि छन् । काठमारुमा बसी कर्नालीको विश्लेषण गन्र्या ती बुद्धुजिवीलाई के थाहा ? कर्नाली विपन्ता भित्रको सम्पन्नता बोकेको ठाउँ हो भनि । कर्नालीलाई राज्यले सडक,विधुत र सञ्चार जईथा भौतिक पूर्वाधारको मात्तै विकास गन्र्या हो भन्या कर्नाली क्षेत्र नेपालको लागि स्वीजलयाण्ड हुन्या छ ।
अब हामी पहिलाको जईथो गरि तै चुप मै चुप गरेर बसेउ भन्या हाम्मो कुरा आफनो मनमा मात्तै सिमित हुन्या छ । हामी कर्नालीका माण्ठले आफुमा लुकेर बस्याका प्रतिभालाई एकचोटी प्रस्फुटन गरर्या पछि मात्त हाम्मो कुराको सुनुवाई हुन्या जईथो छ । अब हामीले आफनो मनको बेदनालाई सघर्ष र शक्तिमा बदल्नु परन्र्या छ । बरु समयमै आफनो कुरा सम्बन्धित निकायामा पुयाउनको लागि पहल कदमी गर्नु परन्र्या छ । समयले हामीलाई पार गदै अघि बढ्याको अवस्था छ । हामीले यो समयसाथै आपूm र आफना अधिकारका कुरा पनि बुलन्द तवरले अघि बढाउनु परन्र्या छ । पहिलाको जईथो हामी नपढ्याको अनपढ पनि छैनौ र आफनो अधिकारको आवाज उठाउनको लागि बाउरया लाउनु परन्र्या अवस्था छैन् । अब त हाम्मो कर्नालीले पनि ३÷४ जना विद्यावारीधी लगायतका बुद्धिजिवीलाई पनि जन्म दिईसकेको छ । हामीमा पनि आफनो हक अधिारको बारेमा आवाज उठाउन र त्यसलाई सम्बन्धित निकायामा पुयाउई घचघच्याउनको लागि प्रशस्त मात्रामा जनशक्ति जुटिसक्याको छ । मात्त इच्छा शक्तिको कमी होकी भन्या महशुस भयाको छ । यसैले हामी कर्नालीका माण्ठहरुले आफनो हक अधिकारको कुरा उचित घडिमै उडान गरि अब आउन्या संविधानमा लिखित रुपमै व्यवस्था गरि आवश्यक कार्यान्वयनको लागि अभ्यास गर्नु पन्र्या छ । यसको लागि कर्नालीका सब्बै माण्ठहरुले आ—आफनो क्षेत्रबाट आवाज उठाउनु पन्र्या बेला भएको छ ।
Comments
Post a Comment