संघिय राज्यको अवधारण र कर्णाली विकास
लक्ष्मी ऐडी
वर्तमान राज्य पुन संरचना र संविधान लेखनमा दिगो शान्ति सम्पन्न समावेशी राज्य ,सीमान्कृत समस्या समाधान गर्ने सिलसिलामा हामीेले कर्णाली विकासका लागि नसोची नहुने बेला आएको छ । राज्य पुन संरचना भित्र कर्णालीलाई कसरी प्रस्तुत गर्ने भन्ने विषयमा धेरै सवालहरु उठेका छन् । देश पूरै संघियताको पक्षमा उभिएको बेलामा कर्णालीका जनता नेता जुरमुराउनु स्वभाविकै हो । देशका अन्य स्थानमा झै मध्यपश्चिम वा कर्णाली भेगतिर संघिय राज्यको माग हुदैछ । कर्णालीका जनता बुद्धिजीवी र नेताहरुमा संघियताको बहस चलिरहेछ । हिजो आज राज्य पुन संरचनामा कर्णाली क्षेत्रलाई कसरी उपस्थित गराउने भन्ने बारे छलफल गदै छन् कर्णाली बासीरुहरु ।
अर्को तिर संघिय संरचना कसरी तयार पार्ने भन्ने ठुलो समस्या देखा परेको छ । कर्णाली राज्य , खस राज्य , भेरी कर्णाली प्रान्त, सिंजा प्रदेश आदि प्रमुख नामहरु अघि सारिएका छन् । यसैगरि भौगोलिक सिमानाको आधारमा कर्णालीका ५ जिल्ला हुम्ला ,जुम्ला ,मुगु,डोल्पा , कालिकोट ,जाजारकोट , सुर्खेत, दैलेख राप्तीका सल्यान ,प्युठानका केहि गाविसहरु समावेश गरि जडान राज्य बनाउने र सोको सदरमुकाम सुर्खेत बनाउने सुझाव अघि सारिएका छन् । जातीय तथा वर्गीय हिसावले राज्य स्थापना गर्दा मुश्लीम जस्तै मुश्लमान र शुन्नी बीचको द्धन्द्ध फैलिए झै यहाँ पनि त्यस्तै दन्द्ध नहोला भन्न सकिन्न यसरी राज्य स्थापना गर्दा जातीय आधारमा जडान खस आदि नामले नामाकरण गर्दा जात जातीयमा एक अर्काप्रति नकरात्मक भावना पैदा भई जातीय विवाद र द्धन्द्ध सृजना हुन सक्छ । राज्य पुन संरचनाको नाममा राज्य विभाजन गर्दा आईपर्ने समस्यालाई राम्ररी ध्यान नपुयाइएको खण्डमा भौगोलिक विकटताको साथै जाती धर्म परम्पराको नाममा लाखौ समस्या उत्पन्न हुन जान्छ । त्यसकारण जातजाति विशेषको नाममा राज्य स्थापना गनुहुदैन । यदि हामी संघिय राज्य नभई नहुने ठान्छौ भने भौगोलिक र ऐतिहासिक आधारमा कर्णाली क्षेत्रलाई कर्णाली राज्य नामाकरण गरिनु पर्छ र त्यसमा कर्णालीका ५ जिल्ला र कर्णालीका दक्षिण जिल्ला सँग जोडिएका बझाङ,बाजुरा , रुकुम ,रोल्पा आदि जिल्लाहरु समावेश हुनुपर्छ भन्ने मेरो मान्यता छ । संघिय राज्यका मागका साथसाथै कर्णालीका बुद्धिजिवी जनमानस र नेताहरुले ्रकर्णाली विकासका कुरा अघि सारेका छन् । वास्तवमा राज्य पुन संरचनासँग विकास जोडिएको हुन्छ । राजनैतिक प्रक्रिया बाट नै देश विकासका कार्यहरु अघि बढ्ने हो । केन्द्रिकृत राज्य संरचनाले कर्णाली विकासमा सहयोग नगरेको भनार्इृ कर्णाली बासीको छ । यसकारण कर्णाली बासी संघिय राज्य चाहान्छन् । केन्द्रिय राज्यबाट आफनो अंश लिएर आफनो प्रदेशको विकास आफै गरि दोष र जसको भागिदार आफै लिई आत्मानिर्भर सु—सम्पन्न रज्य बनाउन चाहान्छन् । लामो समस्या भोगी ठुलो संर्घषको बावजुद यदि कर्णाली संघिय राज्यको रुपमा स्थापना भयो भने कणालीको पुरानो दशा दोहोरिन हुदैन । हिजो कर्णालीको नाममा केन्द्रिय राज्य सञ्चालन कर्ता , कर्णालीका नेता , मानव अधिकारवादी , विभिन्न संघ सस्थाहरु र टाठाबाठाहरुले कर्णालीलाई नाङ्गै , भुतुङ्गै देखाएर मागि खाने भाडो बनाई कर्णालीको उपेक्षा गरे जस्तै भोली कर्णालीका संघिय शासकहरुले त्यहि कथा नदोयाउलान भन्न सकिन्न । कर्णाली हिजो, आज जस्तै रोग भोग र अभावमा पिरोलिने पो हो कि ? कर्णाली राज्यको नाममा लुटपात मच्चिने त हैन ? अझ कर्णाली गरिब हुदै जाने त होईन ? भन्ने एकथरि भनाई अघि आएको छ । साच्चै जसले जे भने पनि प्रकृतिले कर्णालीलाई ठगेको छैन् । प्रकृति सम्पदाले भरिपूर्ण कर्णाली क्षेत्रमा विकासका सम्भावनाहरु प्रचुर मात्रामा छन् । केन्द्रिय राज्य सञ्चालकले कर्णालीको प्रकृतिलाई दुरुपयोग गरि धेरै वर्ष विदेशीसँग मागि खाएको तितो यर्थात हामी सँग छ । म त भन्छु कर्णाली विश्वको धेरै ठाउँ भन्दा धनी ठाउँ हो । त्यहाँ के छैन् । त्यँहाका फलफुल,अन्नबाली ,वन जँगल,जडिबुटी ,नदिनाला,जीवजन्तु आदिलाई सहि ढंगले संरक्षण र सम्वद्र्धन गर्न सकेमात्र कर्णालीको लागि राष्ट र राष्टको लागि नेताले हात फैलाउन पर्ने देखिदैन् । त्यँहा यातायातको ठुलो खाचो छ । हामीले कर्णालीको पानीबाट बिजुली निकालेर कर्णाली सु—सम्पन्न बनाउन सक्छौ त्यसको लागि कर्णालीका नेताको इमान्दारीता र प्रतिबद्धताको आवश्यकता छ । कर्णाली विकासका लागि कर्णालीका नेता सन्त हुन जरुरी छ । नेताले भ्रष्ट विचार त्यागे मात्र कर्णाली संघिय राज्य सु—सम्पन्न हुन सक्छ ।
कसैले आफनो आमालाई गाली गथ्र्यो भने रिस उठनु स्वभाविकै हो । कर्णाली लाई गरिब भन्ने सँग असाध्य रिस उठछ । कर्णालीसँग मेरो जन्म जात नाता छ । म त्यहि जन्मे हुर्के र कर्म थलो पनि कर्णाली नै हो । मैले कर्णालीमा कहिल्यै पनि अभावको महशुस गरिन बरु २÷४ वर्ष काठमाडौ रहदाँ अभावहरु दिनदिनै खटकि रहे पानी , बत्ती , नुन चिनी ,ग्यास यी यावत अभावै अभावको सहर काठमार्डौ राजधानी । मलाई त हुम्लाको सिमकोट भन्दा काठमाडौ दुर्गम लाग्छ । हुम्लाको सिमकोटमा २४ सै घण्टा बती छ हिटरमा सबै खाना पाक्छ । गयो भने नहुने के छ । कर्णाली क्षेत्रमा नाका बन्दी लाग्यो भने पनि २० औ वर्ष त्यँहा मान्छे त्यही अन्न फलाएर बाच्न सक्छन् तर काठमाडौमा नाका बन्दी भयो भने भोली बाट नै मान्छे मर्न सुरु हुन्छ । गाउँ घरकै उत्पादनले पेट भरेर डकार्ने लाई के थाहाँ कर्णाली कति धनी छ भनेर काठमाडौको ५ तारे होटलमा सेमिनार गोष्ठी गरि कर्णाली विकासको खाका बनाउनेहरु सधै कर्णालीका जनता र त्यहाँका महिला लाई निरिह काला मैला र भोक्कै देख्छन् । कर्णालीका नाममा केन्द्रिय राजनैतिक हस्तक्षेपबाट उन्मुक्ति पायौ भने र कर्णालीका नेताहरुले आफनो बसोबास कर्णाली मै सारी भष्ट्र विचार त्यागी कर्णाली विकासका नयाँ संरचना तयार गरे भने हामी हाम्रै ठाउँका चीज वस्तुले सम्पन्न हुनेछौ । कर्णालीका महिलाको अवस्था वकालत गरेर उनीहरुको नाममा २ थोपा आसु बगाई थाली थापेर मागी खाने मानव अधिकारबादी ,राजनेता टाडाबाठालाई कर्णालीका महिला भोक्कै नाङ्घै निरिह र कमजोर छ भन्ने लाग्छ तर त्यँहाको समग्र अवस्था उनीहरुले सोचेको जस्तो छैन् । काठमाडौका समभ्रान्त महिला भन्दा त्यँहाको महिला अन्यन्तै पौरखी र आत्मा निर्भर छन् भन्ने लाग्छ मलाई ।
भनिन्छ विपन्नता भित्रै सम्पन्नता लुकेको हुन्छ । पाउरोटी खादैमा र सफा , सुकिला मुकिला देखिदैमा सम्पन्न हुदैन् । नेपालको राजधानी काठमाडौ जहाँ महिला ८० प्रतिशत साक्षर छन् त्यहाँ दिनप्रतिदिन महिला हुलका हुल बेचिएका र देह व्यापार गरेको समाचार सुनिन्छन् । गर्भका साथ भन्दछु म आजसम्म कर्णालीको एक महिला पनि बेचिएको छैन् , यो नै मानवताको उत्कृष्ट उदाहरण हो । रोग भोग गरिबी र अशिक्षाले महिला देह व्यापारमा लाग्ने गरेको भन्ने कुरालाई झुटो सावित गरि दिएका छन कर्णालीका महिलाले । ७५ प्रतिशत महिला निरक्षर रहेको कर्णाली क्षेत्रमा अत्यन्तै पौरखी र साहसी महिलाको जमात रहेको छ । त्यँहाका महिला १८ घण्टा काम गरेर पनि थाक्दैनन् र उनीहरु आफनो अस्तित्व प्रति सचेत छन् । उनीहरुमा सहनशीलता र धैर्यता छ । यी सबै मानवताका उत्कृष्ट गुण हुन् मात्र उनीहरुलाई गुणस्तरीय शिक्षा र राम्रो स्वास्थ्य चाहिएको छ । त्यँहाको महिलालाई सीप ,ज्ञान सिकाएर स्वस्थ र चुस्त बनाउन सक्यौ भने उनीहरुको जीवन माथी उठन सक्छ । त्यसको लागि राज्यले छुटै प्याकेजको व्यवस्था गर्नुपर्छ । हामी कर्णालीको महिलाले गुन्यू चोलो र बोख्खु घरघरमा सजिनुपर्छ भन्ने मान्यता हो मेरो । हामीले हाम्रो परम्परा , संस्कार र सभ्यतालाई अगाल्दै हाम्रो भूमीको संरचना बदल्नुपर्छ । यहि सोचलाई आत्मा साथ गरि जातजाती , भाषाभाषीलाई समेटेर छिटो भन्दा छिटो संघिय संरचना भित्र कर्णाली राज्यलाई सजाउन तिर लाग्नु जरुरी छ । फेरी संघियताको नाममा लुटपात , अनिकाल र बैमानी पूर्ण कार्य ननिम्तियोस भन्ने हेतुले हामी सबै कर्णाली बासी मिलीजुली दिगो विकास र शान्तिका लागि स्वच्छ तरीकाले संघिय राज्य स्थापनाको लागि बुलन्द रुपमा आवाज उठाउनु पर्छ ।
Comments
Post a Comment