बालबालिका, बाल अधिकार र हुम्ला जिल्लामा बालअधिकार सम्वन्धी केही बिश्लेषण


कँुगा सण्डुप लामा
  

“म विश्वस्त छु कि हामीले बालबालिकाहरुको लागि केही अधिकारहरुको माग गर्नु पर्छ र ती अधिकारहरुलाई विश्वभरी सवैबाट मान्यता प्रदान गराउनका लागि खटेर प्रयास गर्नु पर्छ ।”                                            एगलैण्टन जेव
१. बालबालिका
बालबालिकालाई अर्थ र परिभाषाको दृष्टीकोणवाट हेर्ने हो भने विभिन्न सन्दर्भ अनुसार व्याख्या र विश्लेषण गर्न सकिन्छ । समग्रमा बालबालिकाको अर्थ वा परिभाषालाई केलाउँनु पर्दा  दुई तरिकाले हेर्न सकिन्छ । पहिलो तरिका भनेको बालबालिकाको उमेरको दृष्टिकोणवाट र दोश्रो तरिका भनेको व्याख्यात्मक वा व्याख्या गरेर  स्पस्ट पार्न सकिन्छ ।
 उमेरको दृष्टीकोणले बालबालिकाको परिभाषा गर्नु पर्दा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय ऐन तथा कानुनद्धारा निर्देश गरे अनुसार विभिन्न तरिकाले गर्न सकिन्छ । जसलाई यसरी राख्न सकिन्छ ।
बालबालिका अधिकारका सम्वन्धमा बनेको संयुक्त राष्ट्रिय महासन्धीका अनुसार बालबालिकाको अर्थ र परिभाषाको सन्दर्भमा कुनै पनि राष्ट्रले अन्य परिभाषा गरेका बाहेक बालबालिका भनेको १८ वर्षको उमेर नपुगेसम्मका बालबालिकाहरु बालबालिका हुन् । भनेर भन्छ । नेपालको सन्दर्भमा बालबालिका सम्वन्धी ऐन २०४८ ले बालबालिका भन्नाले १६ बर्षको उमेर नपुगुन्जेल सम्मका सबै बालबालिकाहरु बालबालिका हुन भनेर भनेको छ । त्यस्तै नेपालको बालश्रम (निषेध र नियमित) ऐन २०५६ ले काममा लगाउँन पाउँने अवस्थकालाई मध्य नजर गरी १४ वर्ष सम्मलाई बालबालिका भित्र समेटको पाईन्छ ।
 ब्याख्यात्मक रुपमा जुनसुकै बालबालिकाहरु शारीरिक, मानसिक, बौद्धिक, सामाजिक, नैतिक, संवेगात्मक रुपमा परिपक्कता  नभएसम्मको अवस्था नै बालबालिकाहरु हुन् भनेर भन्न सकिन्छ किनकी कुनै बालकले सडकमा बली रहेको बत्तीमा ढुङ्गाले हिर्काएर बत्ती फुटाई दिन्छ  भने यसमा बत्ती फुटाएर न बालकलाई केही लाभ हुन्छ नत समाजलाई नै लाभ हुन्छ यसमा बालकलाई कुनै लाभ स्वार्थ र हानी नोक्सानी थाहा नभई उसले आफ्नो क्षणभरी रमाईलोको लागि गरिने क्रियाकलाप भएकोले उसमा कुनै पनि परिपक्कता नआई भएको क्रियाकलाप हो त्यसैले कुनै पनि बालक युवा वा बयस्क हुनको लागि उसमा परिपक्कता अति आवश्यक कुरो हो ।


२. बालअधिकार
२.१ बाल अधिकारका ऐतिहाँसिक विकासक्रमलाई छोटकरीमा यसरी बुझ्न सकिन्छ ।
    १९२३ बाल वचाउ अन्तर्राष्ट्रिय युनियनले बाल अधिकारलाई मान्यता प्रदान ।
    १९२४ लिग अफ नेसन्सबाट ५ बुंदे घोषणा पत्र पारित ।
    १९४८ संयुक्त राष्ट्रसंघीय मानव अधिकार घोषणा पत्र पारित ।
    १९५९ बाल अधिकारसम्वन्धी १० बुंदे घोषणा पत्र पारित ।
    १९७९ अन्तर्राष्ट्रिय बाल वर्ष ।
    १९८९ महासन्धि पारित ।
    १९९० महासन्धि लागु ।
२.२ बालअधिकारको अर्थ तथा परिभाषा
अधिकार सामान्य अर्थ माग अथवा दाबी हो भने बालअधिकारको अर्थ बालबालिकाहरुको माग अथवा दाबी नै बालअधिकार हुन् । बालअधिकारलाई विभिन्न बाल अधिकारकर्मी, बालबालिका सम्वन्धी कार्य गर्ने संघ संस्थाहरुले सजिलो तरिकाले बुझ्नको लागि यसरी विभाजन गरिएको छ ।
क).बाँच्न पाउने अधिकार
दीर्घ जीवन जन्मसिद्ध अधिकार, सुरक्षित जन्म, खोप तथा स्वास्थ्य स्याहार, पोषणयुक्त खाना, सफा पानी, गर्भवती महिलालाई विशेष स्याहार आदि नै बालबाललिकाहरुको बाँच्न पाउँने अधिकार हन् ।
ख). संरक्षण पाउने अधिकार
भेदभाव, दुव्र्यवहार, उत्पिडन, हेला, अपमान, गाली, कुटपिट, यातना, यौन तथा श्रम शोषण, हानिकारक काम, युद्ध, बेचविखन, ओसार पसार, कुलत लागु पदार्थ, कानूनी संरक्षण आदि बाट संरक्षण पाउँनु बालबालिकाको संरक्षणको अधिकार हो ।
ग) विकास गर्न पाउने अधिकार
स्वच्छ वातावरणमा अशल शिक्षा, खेल, मनोरञ्जन, आराम, शारीरिक मानसिक नैतिक र सामाजिक विकासका अवसरहरु, माया ममता, उचित मार्गदर्शन र राम्रो पारिवारिक वातावरण आदि बालबालिकाको विकासका अधिकार हुन् ।
घ). सहभागिताको अधिकार
निर्णय प्रकृया, सुनवाई,सामाजिक एवं सांस्कृतिक गतिविधि, आस्था अनुसारको धर्म, सूचना तथा जानकारी र अभिव्यक्ति, संघ संस्था खोल्ने एवं भेला हुने, भावना र विचारको कदर आदि अधिकारहरु सहभागिताको अधिकारहरु हन् ।
२.२ बालअधिकारका सिद्धान्तहरु
बलबलिकाको क्षेत्रमा कार्य गर्न तथा बालबालिकाको प्रत्यक्ष सम्र्पकमा रहेने सम्पूर्ण सरकारवालाहरुले बालबालिका सम्वन्धी तल उल्लेख गरिएको सिद्धान्तकालाई सँगै र सधै आत्मसाथ गरि गरिएको कार्य बालबालिकाका हित उन्मुख देखिने हुनाले यी सिद्धान्तहरलाई मध्यनजर गरी काम गर्नु पर्ने देखिन्छ ।
क). भेदभाव गर्न नहुनेः
विना अपबाद सम्पूर्ण अधिकारहरु सम्पूर्ण बालबालिकालाई उपलब्ध हुनेछ भन्ने सिद्धान्त र तिनिहरुलाई कुनै पनि किसिमको भेदभावबाट जोगाउनु पर्ने राज्यको कर्तव्य हुनेछ। राज्यले कुनै पनि अधिकारको हनन् गर्नु हुँदैन, बरु ती अधिकारहरुको प्रबद्र्धनको लागि सकारात्मक कार्य गर्नुपर्दछ
ख). बालबालिकाको सर्वोत्तम हितः
बालबालिकाको सम्बन्धमा गरिने सम्पूर्ण क्रियाकलापहरुले उनीहरुको सर्वोत्तम हितलाई मध्य नजर राख्नेछन् । बाबु आमा वा अन्य जिम्मेवार मानिसहरुले बालबालिकाको हितमा काम गरेनन् भने राज्यले त्यस्ता बालबालिकालाई पर्याप्त स्याहार संभार को व्यवस्था गर्नु पर्ने छ । राज्यले तिनीहरुलाई जिम्मेवरी बोध गराई आआफ्नो दायित्व पालन गर्न सक्षम बनाउनुपर्दछ ।
ग). दीर्घ जीवन र विकासः
प्रत्येक बालबालिकाको बाँच्न पाउने जन्मसिद्ध अधिकार छ । राज्यपक्षले बालबालिकाको दीर्घ जीवन र विकासको लागि यथासम्भव प्रयास गर्ने अठोट गर्नेछ । प्रत्येक परिवार र अभिभावकले बालबालिकाको दीर्घ जीवन र समुचित विकासको निम्ति सुबिधा पुथ्याउने अठोट गर्ने दायित्व बुझ्नुपर्छ ।
घ). बालबालिकाको विचार र भावनाको कदर ः
बालबालिकालाई आफ्नो जीवनसंग सम्बन्धित कुनै पनि कुरा वा कार्यविधि सम्बन्धमा विचार प्रकट गर्न पाउने र त्यस विचारको उचित मान्यता र कदर पाउनु पर्ने र निर्णय लिंदा सहभागी हुन पाउने अधिकार छ

३. हुम्ला जिल्लाका बालबालिकाहरुको अवस्था
यस जिल्लामा वि.सं. २०६७ सालको बालबालिका सम्वन्धी कार्य गर्ने विभिन्न सरकारी तथा गैर सरकारी कार्यलयहरुको वार्षिक प्रतिवेदन तथा प्रोफाईलहरुको अध्ययन अनुसार यस जिल्लाका बालबालिकाहरुको अवस्थालाई यसरी हेर्न सकिन्छ ।
ड्ड    हुम्ला मा १६ वर्ष मुनिका कूल वालवालिका संख्या १९,६८३ (३९५ ) रहेको
ड्ड    विद्यालय जाने उमेरका (५ देखि १५ वर्ष ) १५८३ (१३ प्रतिशत्) वालवालिका विद्यालय जानवाट वन्चित रहेका छन
ड्ड    ५ वर्ष मुनिका ५ प्रतिशत वालवालिकाहरु नियमित खोपवाट वन्चित रहेका छन् र अझैपनि ७.५९ प्रतिशत् वालवालिकाहरुले खोप पाएका छैनन् ।
ड्ड    ५ बर्ष मुनिको वालमृत्यू दर उच्च रहेको छ र जिल्ला स्वास्थ्य कार्यालयको आ.व. २०६६र२०६७ को तथ्याँक अनुसार  प्रतिहजार ५० जना रहेको छ ।
ड्ड    फरक सक्षमता (अपाँगता) भएका वालवालिकाहरु २५९ जना रहेको ( ११७ जनाले अपाँगताको परिचय पत्र प्राप्त गरेको) र यी बालबलिकाहरुले घरपरिवार, छर छिमेक र समाजवाट कुनै न कुनै प्रकारको अपहेलना खेपिरहेका छन् । 
ड्ड    ३ वर्षमुनिका करिव ४८  प्रतिशत् वालवालिकाहरुको कम तौल रहेको र कुनै न कुनै प्रकारको कुपोषण रहेको छ ।
ड्ड    हुम्ला जिल्लामा ४९ जना बालबालिकाहरुले आमाबुवा दुवै गुमाएका छन् भने आमा अथवा बुवा मध्ये १ जना गुमाएका बालबालिकाहरुको संख्या ३७५ जना रहेको छ ।
ड्ड    हुम्ला जिल्ला भित्रै संचालित वालगृहहरुमा ५५ जना वालवालिकाहरु रहेका छन्
ड्ड    यौन दुव्र्यवहार सम्वन्धि उजुरी परेका वालवालिकाहरुको संख्या ३ वर्षमा ३ जना रहेको छ । तर उजुरी नपरेका थुप्रै घटनाहरु गाउँघरमा विद्यमान रहेका छन्
ड्ड    बालविवाह सम्वन्धि घटनाहरु थुप्रै भएपनि जसको तथ्याँक यकिन गर्न भने नसककिएको अवस्था रहेको छ ।
ड्ड    घरायसी रुपमा वालश्रम एकदमै विद्यमान रहेको छ
ड्ड    वरगाउँ, सिमकोट, हेप्का, खगालगाउँ, मुचु गा.वि.स.मा वतासे वालवालिकाहरुको संख्या २८ जना रहेको छ जसको मुख्य समस्या लिमि गा.वि.स.मा अझै वढि रहेकोछ
४. हाल हुम्ला जिल्लामा संचालित बालबालिका सम्वन्धी कार्यक्रमहरु संक्षेपमा
बाल पोषण कार्यक्रम, खोप कार्यक्रम, बालबालिकाहरुलाई पोषणका लागि मासिक अनुदान कार्यक्रम, स्थानिय निकायमा बालबालिकाहरुलाई प्रत्यक्ष टेवा पुर्याउने खालका विविध कार्यक्रमका लागि गा.वि.स.मा १० प्रतिशत रकमको व्यवस्था, बालमैत्री स्थानिय शासन प्रवद्र्धन कार्यक्रम, सरकारी तथा गैर सरकारी संघ संस्थाहरुबाट विभिन्न किसिमका छात्रावृती कार्यक्रम,  दिवा खाजा कार्यक्रम, निशुल्क पाठ्यपुस्तक वितरण, बाल मैत्री शिक्षण शिकाई तालिम कार्यक्रमहरु, बालविकास केन्द्रको विस्तार विकास कार्यक्रम, बालक्लबका सदस्य तथा अन्य बालबालिकाहरुमा विविध विषयहरुमा जनचेतना अभिवृद्धी गर्ने खालका क्षमता अभिवृद्धी गर्ने तालिम, गोष्ठि, सेमिनार, बैठक, भेला र अन्य अतिरिक्त क्रियाकलापहरु,  विभिन्न खेलकुदका कार्यक्रमहरुको आयोजना , बतासे बालबालिको लागि शैक्षिक कार्यक्रम, रेडियो कार्यक्रम, बाल गृह, परिवार पूनर्मिलन कार्यक्रम, बैकल्पीक स्याहार कार्यक्रम, बल विझ्याँईका क्रियाकलापहरुमा आवश्यक परामर्श सेवा, आपतकालिन वा जोखिममा परेका बालबाललिकाहरुलाई उद्धार तथा सहयोग आदी कार्यक्रमहरु यस जिल्लामा हाल संचालनमा रहेको देखिन्छ । 
५.बालबालिका लागि अपनाउनुपर्ने रणनीतिहरु
ड्ड    सेवासुविधाको विस्तार र गुणस्तरमा सुधार
ड्ड     जोखिमयुक्त बालकको उद्धार तथा पुनस्र्थापना
ड्ड    सेवासुविधामा पहुँच बढाउन नीतिगत, कानूनी र संस्थागत सुधार तथा सुदृढीकरण
  सरोकारवालाहरुबीच सहकार्य र समन्वय विस्तार
६. भावी जोड दिनु पर्ने कार्यक्रमहरु ः
ड्ड    शोषणहरुबाट मुक्त गर्दै बालकको सर्वाङ्गीण विकासका लागि अनुकूल वातावरण सिर्जना
ड्ड    विद्यालय, सेवाहरु र निकायहरुलाई बालमैत्री बनाउने
ड्ड    बालबालिका पहिला (ऋजष्मिचभल ँष्चकत) अवधारणाको कार्यान्वयन
ड्ड    बालमैत्री स्थानीय शासनको प्रवर्दन
ड्ड    नेपालले दर्शाएको राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिवद्धता अनुरुपका कार्यक्रम सञ्चालन
ड्ड    जिल्लास्तरमा उद्धार, पुनस्र्थापना र संरक्षण कार्यक्रमहरुमा विस्तार
ड्ड    बाल संरक्षण केन्द्रहरुको सुदृढीकरण तथा स्थापना
ड्ड    बालबालिकाको क्षेत्रमा कार्यरत संस्थाहरुको क्षमता अभिवृद्धि
ड्ड    निकायगत सहकार्य र समन्वयमा सुदृढीकरण
ड्ड    बालसहभागिता बढाई, बालश्रम र बालविवाहमा न्यूनिकरण गर्ने ।
७. यस क्षेत्रका मुख्य समस्याहरु ः
ड्ड    बालबालिकाका लागि प्रदान गरिएका सेवा सुविधा एवं संरक्षणका लागि  गरिएका प्रयासहरु छरिएका अपर्याप्त र निम्न गुणस्तरका छन् ।
ड्ड    प्रर्याप्त स्रोतसाधन परिचालन नभएको
ड्ड    उपलब्ध स्रोतसाधनको दक्षतापूर्ण उपभोग नभएको
ड्ड    संस्थागत समन्वयको अभाव
८. यस क्षेत्रमा देखिएका संभावनाहरु
ड्ड    संविधानले नै बालअधिकारलाई आधारभूत मौलिक अधिकारको रुपमा स्वीकार गरेको
ड्ड    राष्ट्रिय, अन्तर्राष्ट्रिय गैर सरकारी क्षेत्रबाट यस क्षेत्रको लगानीमा वृद्धि भैरहेको
ड्ड    बालअधिकार संरक्षणमा बालबालिकाको बढ्दो सहभागिता
ड्ड    जनसमुदायमा बालअधिकारप्रतिको बढ्दो जागरुकता, चेतनाको विकास र चासो
(लेखक हुम्लाका बाल अधिकार अधिकृत)

Comments

Popular posts from this blog

नन्द बहादुर ऐडीको संक्षिप्त जीवनी-Story of Nanda Bahadur aidee

हुम्लाको पहिलेको ढुस्के राजाको कथा र कहानी