महत्वपूर्ण जडिबुटी गुच्ची च्याउ


 रमेश रावत

वैज्ञानिक नाम ः ःयचअजभििब
वनस्पति वर्ग ः ज्भखिभििबअभबभ
स्थानीय नाम ः बुटिकान , च्याउँ
नेपाली नाम ः गुच्ची च्याउँ
अग्रजी नाम ः ज्ष्mबष्बिल mयचभ ि, mयचभ िmगकजचययm
परिचय ः
    विश्वमा पाईने १४ प्रजातीको गुच्ची च्याउँ मध्ये नेपालमा ःबचअजभििब को ५ वटा प्रजातीहरु ःःयचअजभििब अयचष्अब ः।बलनगकतष्अभउ,ःमभष्अिष्यक ,ः।ख्गनिबचष्क मध्ये ःयचअजभििब अत्यधिक पाईन्छ र केहि मात्रामा ः।भकअगभिलतब पाईन्छ । यो वर्षेनी उम्रने ढुसी वर्गको वनस्पति हो यसको भित्र बढि कसिएको ढाड हुन्छ । यसको माथि छाता जस्तो हुन्छ । त्यसैले यसलाई कतै—कतै छाता च्याउ पनि भन्ने गरिन्छ । यसको रंङ धमिलो सेतो नौनी जस्तो हुन्छ । यो फागुन देखि असार सम्म धेरै उम्रने गर्छ भने साउनमा पनि कतैकतै भेटिने गर्दछ । यसको जीवन चक्र एक महिनामा समाप्त हुन्छ । यो परिपक्क भईसकेपछि ५ दिन मात्रा रहन्छ , त्यसपछि कुहिन्छ ।
    पाईने स्थान ः
    यो पाईने स्थान ४ हजार मिटरको उचाईमा पाईन्छ । यो हुम्ला लगायत कर्णाली अञ्चलका पाचँ वटै जिल्लाका लेकमा सल्लो , ठिन्क्या र खरुको रुखहरुका जंगलमा ओसिलो ठाउँमा पाईन्छ ।
    उपयोगिता ः
यो शक्तिबद्धक भएको हँुदा यौन शक्ति बढाउने कार्य गर्दछ । हृदय रोगीलाई फाईदा गर्दछ । स्थानीय रुपमा यसको लेपलाई पोलेको घाउमा लगाईन्छ र यसलाई दुधसँग खाने पनि गरिन्छ ।
    संकलन तथा भण्डारन गर्ने तरिका ः
यसको पूरै बिरुवा संकलन गरिन्छ । वैशाखदेखि असार सम्म संकलन गर्ने गरिन्छ । हातले उखेलेर संकलन गरिन्छ । यो थोरै समय मात्र रहने भएकाले समयमा नै संकलन गर्नु पर्दछ । संकलन गरि घाममा सुकाउनु पर्दछ । यदि घाम नभएमा भान्सा कोठामा आगोको रापमा सुकाउनु पर्दछ । यसलाई हिमाली ठाउँहरुमा धागोमा उन्हेर छानोमा झुन्डयाउने चलन छ  तर यसरी झुड्याउदा धुवा,धुलोले यसको गुणस्तरमा हास्र ल्याउदछ ।

बजार तथा उत्पादन ः
यसको माघ स्वदेश भन्दा पनि विदेशमा बढि छ । नेपालका तारे होटल , युरोप र जापानका रेस्टुरेन्टहरुमा बढि खपत हुन्छ । यसको गुणस्तर हेरेर प्रति केजी रु ५ हजार देखि रु १२ हजार सम्म पर्दछ । सामान्यतया एक दिनमा एक जनाले २ देखि ५ सय वटासम्म संकलन गर्न सक्दछ । यो एक केजीमा एक सय वटा जति हुन्छ । यो हुम्लाबाट मात्र १÷२ टनसम्म वर्षेनी संकलन  भई निर्यात हुने अनुमान गरिएको छ । यसको व्यावसायिक तरिकाले कृषकले आफनै खेतबारीमा उत्पादन गर्ने प्रविधीको विकास भएको छैन् । केबल जंगलबाट प्राकृतिक ढंगले उत्पादन भएकोलाई खोजेर संकलन गर्ने चलन छ ।
    नीतिगत व्यवस्था ः
गुच्ची च्याउँ कर्णाली अञ्चलमा प्रचुर मात्रामा पाईने वनस्पति हो । यसलाई उचित व्यावस्थापन गरि बजारमा लैजाने र यसको उचित बजार व्यावस्थापन गर्ने हो भने गुच्ची च्याउँबाट मात्र नेपाल सरकारलाई वार्षिक अनुमानित २० लाख भन्दा माथि राजस्व जम्मा हुन आउँछ भने ५ देखि १० टन सम्म संकलन गरिएको अवस्थामा कर्णालीको समुदायले रु ५० करोड आम्दानी यसबाट मात्रा गर्न सक्छन् । तर्सथ नेपाल सरकारले राजस्व वृद्धि गर्न र कर्णालीलाई सबल र सक्षम बनाउन लगायत जैविक विविधतालाई दिगो रुपमा कायम राख्न यसको उचित व्यावस्थापन संरक्षण गर्ने गराउने र उचित पचिालन गर्ने , गराउने स्पष्ट कानूनी व्यवस्था गर्नुर्पछ । यसको व्यावसायिक रुपमा खेतीगर्न र बजार प्रबद्र्धन मा प्रेरित गर्नुपर्दछ । यदि यसलाई व्यावसायिक रुपमा खेतीगर्ने तर्फ उन्मुख गराउदै लाने हो भने यो भन्दा बढि राजश्व संकलन भई कर्णाली समुदायको गरिबी निवारणमा ठुलो टेवा पुग्नेछ । यसकारण नेपाल सरकार तथा कर्णालीको विकास प्रति चिन्ता ,चासो राख्ने सरकारी तथा गैह सरकारी निकायले यसको उचित प्रभावकारी व्यवस्थापन र बजारीकरणका लागि सोच्नु जरुरी छ ।

Comments

Popular posts from this blog

women Education

शिक्षा ऐन २०२८ अघिको शिक्षण तरीका र विद्यालय व्यवस्थापन प्रक्रिया

अभाव भित्रको चलखेल