अन्र्तवार्ता

हुम्लामा चिट चोराउन युद्ध हुन्छ
वि.स.२०१६ सालमा मुचु ५ हुम्लामा जन्मिई बिगत करीव १४ वर्षदेखि कैयौ गरीब हुम्ली बालबालिकालाई उचित शिक्षाको लागि आवश्यक सामाग्रीको व्यवस्था गर्ने संस्था हिमाली चिल्डे«न सोसाईटीका संस्थापक कमार लामासँग नन्द बहादुर ऐडीले गरेको अन्र्तवार्ता ः  
 आज भोली केमा व्यस्त हुनु हुन्छ  ?
स्कुलतिरै व्यस्त हो । यो साल विद्यार्थीहरुको चाप बढेकोले महिला छात्रा बनाउदै छौ । अहिले हामी सँग एउटा मात्रा भवन छ । केटा र केटीलाई एउटै भवनमा राख्नु परेको अवस्था छ । अब हामीले केटा र केटीलाई फरक फरक छात्रा छात्राबासमा राख्ने व्यवस्था गदैछौ । भवनको अभावले गर्दा पढन आएका केहि नयाँ विद्यार्थीहरुलाई फिर्ता पठाउन बाध्य भएका छौ । महिला छात्राबासको काम सकिना साथ स्कुलको लागि छ कोठे भवन बनाउने तयारी गरिरहेका छौ ।
हिमालयन चिल्डे«न सोसाइटी कहिले स्थापना भएको हो ?
 वि.स.२०५५ सालमा हिमालयन चिल्ड्रेन होमका नामले जिप्रका हुम्लामा दर्ता भई करीब दुई वर्षसम्म सञ्चालन भयो र पछि द्धन्द चर्किदै जादा बन्द भयो । संस्था बन्द भएपनि काठमाडौमा आफनै व्यक्तिगत खर्चले आठ जना बच्चाहरु निरन्तर रुपमा पाल्दै आए र पुन विं.स. २०६० सालमा जिप्रका काठमाडौमा हिमालयन चिल्ड्रेन सोसाईटीको नाममा दर्ता गरि सञ्चालन गरियो र वि.स. २०६३ सालमा हुम्लामा शा   ा विस्तार गरियो ।
संस्थामा हाल कति जना बच्चाहरु रहेका छन ?
सुरुमा ८ जना थिए । हाल काठमाडौमा १५ र हुम्लामा १४१ जना रहेका छन ।
कति कक्षासम्मका विद्यार्थीहरु पढिरहेका छन ?
यो वर्ष एकजनाले काठमाडौबाट एस.एल.सी परिक्षा दियो, हाल हुम्ला र काठमाडौमा एक÷एक गरि दुई जना १० कक्षामा पढदैछन ।
हिमालयन चिल्डेनको मुख्य उद्देश्य के हो ?
यस संस्थाको मुख्य उद्देश्य भनेको दक्ष जनशक्ति उत्पादन गर्ने हो । विकासको पूर्वाधार नै शिक्षा हो । यसैले साना—साना बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा दिई उचित मार्ग निर्देश गरी उज्वल भविष्य बनाउनु नै हाम्रो उद्देश्य हो ।
को–कसले सहयोग गरेका छन सस्थालाई ?
कतिपय मेरो कार्पेट फयाक्ट्री बाट सम्बन्ध भएका विदेशी साथीहरु छन् । संस्थागत रुपमा आईसिस फाउन्डेशन,नेपाल स्कुल पोजेक्ट(जर्मन) र शिक्षण करुणाले हाल सम्ममा सहयोग गदै आईरहेका छन् ।
जिल्ला शिक्षा कार्यालयबाट कतिको सहयोग पाउनु भएको छ ?
सुरुमा हामो स्कुल नि.मा.वि. तहको थियो गत सालबाट मावि स्वीकृत भयो र एउटा राहत दरबन्दी पनि पाईयो ।  यो हिसाबले जि.शि.का.हुम्ला बाट सहयोग भएकै छ ।
समग्रमा हुम्लाको शैक्षिक स्थिति कमजोर हुनुको कारण के हो जस्तो लाग्छ ?
अभिभावक अशिक्षित भएकाले आफना बालबच्चाको पढाई प्रति त्यति ध्यान नदिने र जब एस.एल.सी. लगायतका परीक्षामा चीट चोराउनको लागि घमासान युद्ध गर्ने प्रवृत्ति छ । यस्तो नराम्रो प्रवृत्ति सदाका लागि अन्त्य हुनुपर्छ । जि.शि.का.को फेतलो अनुगमनले कतिपय शिक्षकहरु कार्यक्षेत्रमा नै नगई तलब भत्ता खादै आईरहेका छन । यस्ता केहि शिक्षकहरुले समग्र जिल्लाको छवि गिराएका छन् र यसलाई जि.शि.का लगायतका सम्बन्धित निकायहरुले आवश्यक निगरानी राखी दोषीलाई कारबाही गरी ईमान्दार र लगनशील शिक्षकहरुलाई थप हौसलाको लागि उचित पुरस्कारको व्यवस्था गर्नुपर्छ ।

Comments

Popular posts from this blog

पत्रकारीता

देउडामा अरुको मन पगाल्न सक्ने क्षमता छ ।

जिल्ला प्रशासन कार्यालय हुम्लाको लापारवाही