गंगा प्रसाद भट्ट
सिद्धान्त र व्यवहारको गति नमिलेको हाम्रो शैक्षिक परिपाटी , शिक्षण तथा परीक्षा प्रणालीको अवैज्ञानिक मान्यताका आधारमा हामी उतिर्ण प्रणाली र गुणस्तरीय शिक्षा भनी फलाकी राखेका छौ । शिक्षा ऐन २०२८ अघिको शिक्षण प्रक्रिया तथा विद्यालय व्यवस्थापन प्रक्रिया हाम्रो सन्दर्भमा बढि व्यवहारीक देखिन्छ । २०३३ सालमा करीब ९ वर्षको उमेर हुदाँ काठको फल्याक को कालो मुसाले रंगाएको खस्रो, हातले समात्ने एकातिर बिड भएको र पाटीको २ छेउमा प्वाल पारी डोरीले बाधेर काधमा झुन्डयाउन मिल्ने पाटी र स्थानीय खानीमा उपलब्ध हुने ढुङगें खरि बोकेर स्कुल जाने मौका पाएका स्मृति ताजै छ । २०२८ साल देखि चितवन र झापा बाट शुरु गरिएको भनिएको राष्टिय शिक्षा पद्धतिको योजना २०३३ सालमा बैतडीको दुर्गम गाउँमा पुगेको थिएन । त्यसैले होला मैले कक्षा १ मा अ देखि अ ः , क का देखि ज्ञ ज्ञा , क्र देखि ज्ञ्र,क्य देखि ज्ञ्यः, क्न देखि ज्ञ्नः,क्ल देखि ज्ञ्ल ः,कं देखि ज्ञंः, कृ देखि ज्ञृः, तथा नाउवाचन (मान्छे ,जनावर , पक्षीं,किरा, रुखविरुवा , अन्न , गाउँ लगायत वातावरणमा भएका , देखेका भौतिक र अभौतिक वस्तुका नामहरुका साथै १ देखि हजारौ सम्म का अंक लेखन , २द्द देखि २० सम्मका दुनौट ,एकपाउको पवा(१), आधा (क्ष्क्ष्), पौना(क्ष्क्ष्क्ष्),सव्वा (क्ष्क्ष्) देउडा (क्ष्क्ष्क्ष्),अढैया (२क्ष्क्ष्)हुटा (३क्ष्क्ष्)एवं एकाई १ हुदै खरवौ सम्मको संख्या जोड घटाउ गुणान भाग (धेरै अंक सम्मका) पढेको थिए । यति मात्र नभई रुपैंया आना पैसा ( रुपैया) तोला ,मासा रगि गज मिटर , लिटर घण्टा मिनेट , सेकेन्ड आईत देखि शनिवार , वैशाख देखि चैत सन्डे देखि सटर्डे ( नेपालीमा उचारण द्धारा ) जनवरी देखि डिसेम्वर सम्म ऋतु , पक्ष , दिशा (पूर्व पश्चिम ,उत्तर , दक्षिण ) राशी (१२ वटा) आदि पनि कक्षा एक मै सिकेको थिए । अतिरितm क्रियाकलापमा अन्ताक्षरी , जनावर तथा पशुपक्षीको आवाज अनुकरण,खेलकुद कथा , गीतहरु भन्ने करेसाबारी सरसफाई वनभोज आदिको पनि अनुभव कक्षा एकमा भएको थियो । कक्षा एक पार गर्न २ वर्ष लाग्थ्यो । पहिलो वर्ष अब पास भयो भन्थे भने , दोस्रो वर्ष खरिपाटी हिसाबका लागि मात्र प्रयोग गरि पढाई लेखाई र सुनाईका लागि कापी र किताबको आधारमा सिकाइन्थ्यो । वर्तमान शिक्षा पद्धती क्ष्लकतचष्अतष्यलब िएभमबनयनथ ले अपनाएको दैनिक पाठयोजना पद्धती म्बष्थि भिककयल उबिल कथकतझ भने सायद त्यति बेला नयाँ शिक्षा योजना वा राष्टिय शिक्षा पद्धतीको योजना लागु हुदाँ सम्म थिएन । विद्यालय भर्नाको लागि उमेर , समय अवधि निश्चित थिएन साथै विद्यालयमा आउने विद्यार्थी पूर्वज्ञान , उमेर पारीवारिक प्रवेश समान थिएन । व्यक्तिगत ज्ञानका आधारमा एकै कक्षाका प्रत्येक विद्यार्थीहरुका लागि उसको पूर्व ज्ञान र आवश्यता हेरी सिकाईको क्रम अगाडी बढाईन्थ्यो । मानौ कक्षा १ मा १० जना विद्यर्थी भएमा कोहि अ आ उचारण गने कोहि अ आ लेख्ने कोही क ख सम्म लेख्ने पढ्ने कोही बाह खरी लेख्ने पढने कोहि विभिन्न वस्तुको नाम लेख्ने र उचारण गर्ने अवस्थामा पुगेका हुन्र्थे । यसरी विद्यार्थीले के सिकिरहेको छ र कहाँबाट सिकाउने कुराको परिक्षण बाट व्यक्तिगत सिकाईको निधो गरिन्थ्यो र उद्देश्य पूरा नभई व्यक्तिगत सिकाई अघि बढदैन्थ्यो । कुन विद्यार्थी कहाँ पुगेको छ , निरन्तर सबैले थाहा पाउने गरि मूल्याङकन भईरहन्थ्यो । यस दृष्टिकोणले राष्टिय शिक्षा पद्धती योजना २०२८ अघिको शिक्षण कला तथा परीक्षा प्रणाली ज्यादै व्यावहारीक थियो भन्न सकिन्छ ।
मलाई लाग्छ त्यति बेला १० कक्षा (एस.एल.सी, टेष्ट) पास भएका , तालीम नलिएका , शहर बजार , जिल्ला शिक्षा कार्यालय नदेखेका , प्रा.वि.नि.नाम सुन्दा सातो उड्ने शिक्षक तथा विद्यालय सञ्चालक समितिका मान्छेहरुबाट सञ्चालन भएका स्कुलहरुमा १ कक्षा को अध्ययन पूरा गरेको व्यक्तिगत जीवनका लागि सक्षम हुन्थ्यो । त्यति नै पढेका हाम्रा अग्रेजहरुबाट निष्ठापूर्वक विद्यालय लगायत स्थानीय निकाय सम्मको नेतृत्व र घरपरिवारको सञ्चालन तथा संरक्षण सहज रुपमा भएको हामी देखि राखेका छौ । साना तिना लेखा पढि ,व्यापार व्यावसाय , सेना प्रहरी तथा देशविदेशमा साधण नोकरी गरि जीविका धान्न त्यति बेलाका कक्षा १ पढेका मानिस सफल भएकै देखिन्छ । श्रम प्रति आस्था सामाजिक , धार्मीक सदभाव , परिवर्तनको निरन्तर चिन्तन बोकेको तत्कालीन जनशक्ति समकालीन शिक्षाको उपज मान्न सकिन्छ । गरेर सिक्ने ीभबचलष्लन दथ मयष्लन भन्ने सिकाई सिद्धान्त र यर्थात एवं आत्मा मूल्याङकन भएको परीक्षा पद्धतीले आधुनिक शिक्षण तथा परीक्षा प्रणालीको पुनरालोकन गर्नुपर्ने होकी साच्चै नै चिन्तन गर्ने बेला भएको छ ।
समय अन्तरले प्राप्त भएका नयाँ अनुभव र सुविधा बाहेक स्नाकोत्तर सम्म पढदा पनि ज्ञान तहका ,सीप तहका र धारणात्मक आत्माचिन्तन क्षेत्रमा मैले कक्षा १ मा सिकेका उपलधी हरुको रक्ष नै गर्न नसकेका भान हुन्छ मलाई । नाप तौल हिसाबहरु , विभिन्न भनाईहरु , कथा सुन्ने र सुनाउने क्षमता म बाट अहिले हराएको छ । मेरा गुरुहरुले मसँग मेरा लुगा कपडा जुता चप्पल झोला कापी नभएको र कुनै दिन घरायसी समस्याले वा बिरामी पर्दा विद्यालयमा उपस्थित नहुदा घर परिवारमा गई छलफल गर्ने गरेको र अहिले म स्वंयम शिक्षक भई मेरा दशकौका अविभावक –विद्यार्थी र म बीच चिना जानी नै नभएको देख्दा लाज लाग्ने पनि गर्छ । त्यति बेला कुनै सहयोस संस्था भने थिएन । सरकारले छात्रवृत्ति पनि दिदैन्थ्यो, बाल अधिकार सायद किताबमा पनि थिएन । कक्षा २ मा पढने मेरा सहपाठीहरु मलाई आफनो कलम कापी सुम्पेर भारत तिर काम गर्न भागेका र मलाई चिठी पठाएको कुरा म सम्झिरहन्छु । अहिले पनि आर्थिक रुपमा म भन्दा उहाँहरु नै सक्षम र व्यवस्थित छन् । यसबाट मलाई लाग्छ पछिल्ला दिनहरुको बढि पढाईले मलाई परनिर्भरता बनाई दिएको रहेछ । शारीरिक श्रम , वैदेशिक रोजगारी , कृषि व्यापार जस्ता व्यावसायबाट टाढा बनाई दिएको छ र जन्म दिने समाजमा समेत सेवागर्ने अवसर दिएको छैन् । लाग्छ बालमैत्री विद्यालयको सोच आवश्यक थिएन त्यति बेला , किन भने घासँ दाउरा र गोठालो जानु भन्दा विद्यालय जान रमाउथ्यौ हामी । कक्षामा शिक्षक बाट दिईने दण्ड घरमा गर्नुपर्ने शारीरिक श्रम तथा अविभावक बाट खाईने पिटाई भन्दा नमिठो हुदैन्थ्यो । पढेको र पढने मान्छेलाई दिईने सम्मानले पनि उज्जल भविष्यको आसमा मेहनत गर्न प्रेरित भईन्थ्यो । समाजका अगुवाहरु विद्यालयका सञ्चालक हरु शिक्षक हरु र हामी विद्यार्थी हरु साच्ची कै कर्तव्य पालना पालना बाहेक अरु कुनै स्वार्थ थिएन विद्यालय भवन,मैदान,पुल बाटो, सबै मिलेर बनाउनु पथ्र्यो । स्थानीय निकाय तथा कुनै पनि संस्था र दाताबाट योजनाका नाममा रकम आउदैन्थ्यो । बरु होली , देउसी भैलो , सास्कृतिक कार्यक्रम , नाटक मुठीदान, चन्दा, श्रम दानबाट विद्यालय भवन, फनिचर, शैक्षिक सामाग्री , खेलकुद सास्कृति , कार्यक्रम आदिको व्यवस्था हुन्थ्यो । आर्थिक लाभको स्वार्थ
नभएपछि वि.व्य.स. तथा उपभोक्ता समितिमा रहन झगडा पनि हुदैन्थ्यो ।
हाल पहिले भन्दा जीवन पद्धती ज्यादै सरल भने छ तर विकृति ,विसंगति , अमानवीय र ात्मा केन्द्रित अधिकार मुखी भोकालाई गासँ, नाड्डालाई कपास , बेरोजगारलाई रोजगार , दलित , जनजाती, महिला,बालबालिका,गरिब पछिपरेको क्षेत्र,समुदाय,वर्ग,असक्त आदिका लागि संयुक्त राष्ट संघ त्यसका विशिष्ट संघसस्थाहरु ,अन्य दाताहरु , अधिकारवाही संस्थाहरु र राज्यका तर्फबाट हुने कसुर बाकी छैन् । हामीले शिक्षा लिदा स्वास्थ प्रति सकरात्मक नहुदाँ बेरोजगार बस्दा , अधिकारको प्रयोग गर्न नपाउँदा जताततै बाट सहयोग पाईन्छ । अविभावकत्व पाईन्छ । हामीले अर्काका लागि पढनु पर्छ ,स्वस्थ रहनु पर्छ, सीप तालीम सिक्नु पर्छ ,पेशागत सक्षमता बढाउनु पर्छ किनकी हाम्रो लागि अरुबाट चिन्ता भईरहेको मात्र होईन , धनराशी बगिरहेको छ ।
अत ः विद्यालय भवन निमार्ण शैक्षिक तथा भौतिक व्यवस्थापन , शिक्षक तलब भत्ता,तालीम , विद्यार्थी सहायता , अविभावकको अर्तिपूतीको जिम्मा लिने निकायहरु सदा तत्पर रहेको अवस्थामा शिक्षण पाठयक्रम ,परीक्षा व्यवस्थापनमा मौलिकता ल्याउन आवश्यक छ । बाकी अर्को अंकमा........
(लेखक मानसरोवर उ.मा.वि. का प्रार्चाय हुन्)
Comments
Post a Comment