फाक मागल
सासु कलन्धरा
बुहारी बसुन्रा
सासु ः जाउन जाउन बसुन्रा
बचुल्लीको ख्रसु काटी ल्याउन
बुहारी ःरात अध्यारै दिन अध्यारै
कसोगरि बचुल्लीको ख्रसु काटी ल्याउ
सासु ः यति क्याँ अन्क्याईली बुहारी
तिम्रा माइत गईकन भोलु मागि ल्याउँ
बुहारी तयारी हुन्छे
सासु ः एकसरी लैया बर्बरे पोको
दोसरी लैया झयार झयारे डोको
तेसरी लैया पञ्च कल्याण गाई
चौथमी लैया हित जुर्या बल्द
पञ्चमी लैया पञ्च दियारी
जदेउ मेरा दाजु
(बहिनी माइत पुगेपछि दाजुलाई ढोग गर्छे)
दाजु ः क्यापो दु ः ख पर्यो बैना ,जदेउ मेरा बैना य ः
( के दुःख परेर माइत आयौ भन्ने प्रश्न गदै ढोग स्वीकायो दाजुले )
बहिनी ःएकसरी छैन बर्बरे पोको
दोसरी छैन् झया झयारे डोको
तेसरी छैन् पञ्च कल्याण गाई
चौथमी छैन हित जुर्या बल्द
पञ्चमी छैन पञ्च दियारी
छैटमी छैन भोलु वियानो
दाजु ः एकसरी लैजा बर्बरे पोको
दोसरी लैजा झयार झयारे डोको
तेसरी लैजा पञ्च कल्याण गाई
चौथमी लैजा हित जुर्या बल्द
पञ्चमी लैजा पञ्चदियारी
धारापो्री गईकन झयालटुङ्की झटकायाई
पाचैन पण्डित दुलागार देवी
दुलागार देवी मुरार डओठी छैन
जाउन जाउन इन्द्रलोक जाउन मुरर डओठी ल्याउन
मुरर डओठी पाचै वाउठा सवादा
हामी नजादा पाचै वाउठा सवादा
वाज न लाग्यो ढोल दमाउ
ढोल न लाग्यो उकाली
कहाँ बाट चलि आयौ चर्थुरा बरार्थी
कहाँ छौ सुकाली
वाज न लाग्यो ढोल दमाउ
ढोल न लाग्यो उकाली
पूर्वबाट चलि आयौ चर्थुरा बरार्थी
गाथ छौ सुकाली
दारै ताच्यौ, दरवारै ताच्यौ
ताच्यौ वनका छाजा
बीना पाक ओराई आउन्या
कसो(कुन) देशका राजा
दारै ताच्यौ, दरवारै ताच्यौ
ताच्यौ वनका छाजा
बीना पाकको ओराई आउन्या
पूर्व देशका राजा
कहाँ बाट चलि आयौ चथुरा बरार्थी
कहाँ जाने भाउँ
कहाँ तिम्रा चेली बहिनी
कहाँ टेक्यौँ पाउँ
पूर्वबाट चलिआयौ चथुरा बरार्थी
पश्चिममा जाने भाउँ
धर्ती हाम्रो चेली बहिनी
गोकुल टेक्यौँ पाउँ
केउ तिमी बरेर्थी लठ्ठी न पठ्ठी
केउ तिमी बरेर्थी न भारी
आफू बरेर्थी गोकुल भयौ
कसुको रउतेलो टिकेसारी
देउडा दोहोरी
केटा ः कली तेरा सम्झनाले
सुकि गो जीउज्यान
एउटै सुर्य घाम ताप्दा छौ
भेट हुदैन क्यान् ?
केटी ः पुनिका उजेली रात
तारा मधुरै छन्
जीवनको भरोसा छैन्
लक्ष्य अधुरै छन् ।
केटा ःआशा लामो जीवन छोटो
कुन दिनको मरन
नटुटेइ प्रेमको डोरी
त्यसमै छ परन् ।
केटी ःतिहारका मखमली माला
दशैका जमरा ।
फुलफुली मसकन लाग्यो
काँ घुम्छै भमरा
केटा ःमहत्व अति नै हुन्छ
दशैको जमरा
जाँ बासना त्यही आसन
मौरीको भमरा
केटी ःएकचोटी हुककाया बल्द
जुधीकनै छाड्छ
साच्चै लडाई गरेपछि
किल्ला पनि तेड्छ ।
केटा ःसिङै जोडन नदिकन
खेदी बाउँ रडाउँला
छ महिना वर्ष दिन सम्म
घाँस हाल्न्या बनाउला ।
केटी ःअर्को साल आइजाएई
है क्या ननदीलाल
झन खेल्या झन गहिरो बस्यो
सौराई माया जाल ।
केटा ःअर्को साल आईजान्या भया
अहिले साल पल्कायौ ।
माया लायौ मन परायौ
सम्झना झल्कायौ ।
केटी ःबाघ जस्ता बडाजु मेरा
सालम भेड्नया पोई छ
सर्प जस्तो देवर मेरा
हात हालन्या कोहि छ ।
केटा ःबाघलाई बाखरो दिउँला
सालम भेड्न्या लोईछ ।
सर्पलाई मनतर िदिउँला
हात हाल्नु तोईछै ।
केटी ःकस्को होला नाठो भैसी
कदुको झाल खान्या ।
नपाया चौध छाक टेकन्या
पाया पइ खाल खान्या ।
केटा ःपुल्य तोला पोइल जानु
बाँरला आँप खानु
वल्लीका काखमा बसी
पल्लीका माम खानु ।
केटी ःम पन गई जान्या भयाँ
बाँरला आँप खान
काँ पाईन्छ हर्काकी जौईको
गालामा माम खान
केटा ःर्माैका परे टिप्न आउँला
लगाई जादो बाली
माया रैछ भेट भै गयो
म्वाँई खाइ जादो गाली
क्ेटी ः सम्झना नआउन्या भया
कठै भन्या थिईन
म्वाई खाईजाउँ मायाजाल लाईजाउँ
भेट भयाका दिन
Comments
Post a Comment