ह्ुम्लाको सदरमुकाम सिमकोटमा मासुको अभाव


रमेश ऐडी
     रमेश ऐडी÷ उज्यालो ।  हुम्ला असार २० ÷ उत्तरी तिव्वतको सिमा ताक्लाकोट वजारवाट च्याङरा भेडा नआउदा सदरमुकाम सिमकोटमा मासुको अभाव भएको छ । दैनिक नेपालगंज सुर्खेत वाट वोइलर कुखुराको मासु आउने गरेकोमा वुधवारदेखि मौसम वदली हुदा हवाइ जहाज आउन नसक्दा थप समस्या भएको हो । सिमकोट वजारमा दैनिक १० क्वीन्टल खपत हुदै आएको वोइलर कुखुराको मासु जहाज प्रतिकुल मौसमका कारण नआउदा मासुको समस्या  भएको छ । स्थानिय खसी वोकाको मुल्यमा महङगो भएको र वजार नजिक यो समयमा खसी वोका नहुने हुदा मासुको अभाव भएको मासु व्यापारी जस वहादुर रावतले वताए । एक महिना भन्दा वढी मासु वेच्नेकाम वन्द गरेको रावतले वताए । जिल्ला विकास समिति हुम्लाले मासु व्यवसायीलाइ वेच्नका लागी वजारको मध्य वजारमा लिजमा लिएर वनाएको व्यापारी भवन हाल खाली भइ वन्द अवस्थामा छ । मासुको अभावले होटल व्यवसायलाई प्रत्यक्ष असर गरेको उद्योग वाणिज्य संघका अध्यक्ष नर वहादुर रोकायाले वताए । मासु मदिरा वेच्ने होटलवालाको पेशालाइ असर पारेको रोकायाले वताए । मनसुन वुधवार विहानै देखि शुरुभएकाले दिउसो भरि कुइरो लागेका कारण १२ वजेसम्म  अवतरण गर्दै आएका जहाजहरु वन्द भएका छन् ।

Comments

Popular posts from this blog

पत्रकारीता

देउडामा अरुको मन पगाल्न सक्ने क्षमता छ ।

जिल्ला प्रशासन कार्यालय हुम्लाको लापारवाही