हुम्लामा पशुपालन


नन्द बहादुर ऐडी
तेरो घरमा जुमा (चौरी गाई) कति छन् ? पाठा (भेडाबाख्रा) कति छन् ? भनी प्रश्न गरे हुम्ला रोडिकोट २ का जस बहादुर ऐडीले मलाई । म आफनो अनुसन्धानको सिलसिलामा उक्त गाउँमा पुग्दा ती वृद्ध ऐडीले यी यस्ता प्रश्न गदै आफना कुराकानीलाई अगाडी बढाए ।  तेरा सबै भाई पढन्या रह्या छौ ग्वालो को जान्छ त ? घरमा काम कसले गर्छ भन्ने जस्ता प्रश्न गरे ती वृद्ध ऐडीले । पशुवस्तु (घोडा , भेडा,जुमा,झोपा,खच्चर) हुम्ली जनताको लागि राष्ट बैकको रुपैया हुन् , हरिया डलर हुन् , यातायातको मुख्य साधन हुन । हुम्लामा हाल सम्ममा पनि जसको पशुवस्तु बढि छ उसलाई नै धनी वा भोर्या मान्ने चलन रहेको छ ।  हुन पनि सामान्य एउटा खसीको १० हजार देखि १५ हजार , जुमाको ४०देखि ५० हजार , धोडाको ५० देखि ६० हजार , खच्चरको ७० हजार देखि एक लाख सम्मको मूल्य पर्दछ । जसरी शहर वजार वा सडक यातायात पुगेको ठाउँमा साईकल ,मोटरसाईकल ,टयाक्टर, गाडीलाई लाखौ पर्दछ त्यस्तै हुम्लामा पनि पशुवस्तुको आफनै खालको मूल्य र महत्व रहेको छ । तीब्बतको लीमी र ताक्लाकोटबाट नुन ,मैदा , चामल , रक्सी लगायतका सामान ल्याउछन् भने अछाम , बझाङ्क र जुम्लाबाट चामल लिन्छन । यदि पैसाको आवश्यक परेको खण्डमा एउटा बाद्या (खसी) बेच्दा १० ÷१५ हजार कमाई भईहाल्छ , यसैले खसी पाल्नु एकदम फाइदा जनक छ भन्छन् हुम्ला मेल्छाम ३ का वीर बहादुर बुढा । हो यसरी पशुवस्तु पालनले जग्गा जमीनको लागि मल पनि उत्पादन हुने दुध,दहि, घिउँका साथै मासु पनि खान पाईने् भएकोले हुम्लामा पशुपालन हुने गरेको मेल्छाम २ का प्रमसिह सिरा बताउनु हुन्छ । विभिन्न सीप तालिम र आवश्यक पशुसम्बन्धी ज्ञानको अभावका साथै निश्चित बजारको कमीले व्यावसायी रुपमा पशुपालन फस्टाउन भने सकेको छैन् । यदि व्यावसायी  रुपमा पशुपालन गर्ने हो भने अझ हुम्ली जनतालाई जीवन निर्वाहका लागि सहजीकरण हुने थियो । यसको लागि सम्बन्धित निकायले एकचोटी चिन्तन मनन गर्न आवश्यक छ ।

Comments

Popular posts from this blog

पत्रकारीता

देउडामा अरुको मन पगाल्न सक्ने क्षमता छ ।

जिल्ला प्रशासन कार्यालय हुम्लाको लापारवाही