नौ छहरे झरना (छ्यागुवा)


प्रकाश लामा
होम्लु  (हुम्ला) जिल्ला एक प्राकृतिक सौन्दर्य र रमणीय स्थान हो । यहा विभिन्न साना ठुला हिमालहरु, ताल तलैयाहरु , खोला नाला्हरु , वनजंगल आदि थुप्रै मात्रामा पाईन्छ । जुन अन्र्तगत क्ष्योफारक (गाडापाडी) को नौ छहरे झरना  (छ्यागुवा) पनि एक हो । यो झरना हेक्पा गाविसको वडा न. एक गाडापारी (क्ष्योफरक) को ताकरु खोलामा पर्छ । जिल्ला सदरमुकाम सिमकोट देखि उत्तर तर्फ चार घण्टा पैदल हिडेपछि यो झरना भएको ठाउँमा पुगिन्छ । खोला वारी र खोला पारी भिरपाखामा छरिएर रहेका तल्लो गाउँ क्ष्योफारक (गाडापारी) , माथिल्लो गाउँ सप्तुङ र माथि जंगलभित्र पालामु (लामागाउँ) किलिङथाङ आदि नामले परिचित छन् ।
प्राकृतिक सौन्दर्यता ,वन जंगल हिमाल खोला झरना ताल तलैया आदिले आगन्तु पाहुनालाई ‘टसि देलेक’ भनेर स्वागत गरिन्छ । रोचक र रमाईलो नौ छहरे झरना (छ्यागुवा) ताकरु खोला अन्र्तगत पर्दछ । यसको सुरुवात छयुरक हिमाल (ःयगलत अजजथगचपध) बाट सुरु भएको पाईन्छ । जुन हिमाल आज भन्दा धेरै वर्ष अगाडी कैलाश हिमालको रुपमा अवस्थित भएको थियो । केहि समय यता कालो हिमाली कागले हिमाल माथि फोहोर गरेपछि हिमाल जुठो भएर भगवानले बास गर्न छाडेर माउन्ट कैलाश तीब्बतमा सरेका हुन भन्ने पुराना भनाईहरु पाईन्छन् । यहाँको नौ छहरे झरना त्यही छयुरकु हिमालबाट सुरु भई छयुरकु जमीन वरीपरि नौ वटा पोखरीहरु मा परिणत हुदै त्यही पोखरीहरुको पानी र माउन्ट छयुरकुको पानी संयुक्त रुपमा मिसिन पुगी  ताक्रु खोलाको रुपमा बगेर आउने गर्छ । ती पोखरीहरुका आफनै पुराना नामहरु छन् । जुन निम्न छन् ।
९ज्ञ० ऋजजय च्ष्लनष्लबिmग,९द्द०अजजय ल्बपतष्ल , ९घ० ऋजजय थगधब , ९द्ध० ऋजजय प्थबपब पथगपष् , ९छ० अजजय कष्पअजबचmबब,९ट० ऋजजय तय ऋजबचmब ९ठ० अजजय तयवगm ९ड० ऋजजय दगचयय ९ढ० अजजय ऋजजथबचपथबय
यहाँको छ्युरकु हिमालको अजजबथबचपथबउ अजजय  मा पोदपाको प्रत्येक महिनाको १५ गते विभिन्न ठाउँबाट विभिन्न रगका गिद्दहरु आएर पोखरीमा पौडिने वा सफाई गर्नु र रमाउनुका साथैनाच्ने समेत गर्दछन् । यो काम नियमित प्रत्येक महिनाको एउटै तिथी मिति र समयमा गरिन्छ । यसले छ्युरकु हिमालको पानी साच्चै पवित्र छ, यो तीर्थस्थल नै हो भनेर कहलाउँछ ।  यो खोला माथीबाट स्या स्या सु सु को भाकामा  गीत गाउदै झरना पोखरीमा नाच्दै हजारौ तिर्खाएको जंगली जनावर , घरपालुवा जनावरहरुलाई स्वच्छ जल पिउदै क्ष्योफारक –गाडापारीरु) गाउँमा पुगेर नौ छरे झरनान को रुप लिएर बगेको देख्न पाईन्छ ।
यहाँको झरना लगातार एकपछि अर्को हुदै नौ झरनाहरु क्रमश ः झरेको मनोरम दृश्य देख्न सकिन्छ । कडा चटान माथी स्वच्छ पवित्र जलको झरना झरेको दृश्य सधै हेरिरहु जस्तो लाग्ने , त्यसमा त्यहाँको वरिपरिका जंगलहरुले झरनै झरनाले मनोरम तुल्याईएको पाईन्छ । यहाँको नौ छरे झरना भित्र साना ठुला गरि नौ वटा गुफा हरु छन् । जहाँ नौ वटा टाउको भएको भूत (गो गुवा लाडी) एकदमै खतरा नाक राक्षस वा दईतले बास गर्छ र यो भूत लाग्यो भने मानिस मर्न सक्छ भन्ने पुराना भनाईहरु पाईन्छन् । यो भूतलाई नियन्त्रणमा राखी मात्तिन नदिन यस गाउँको भूमी देवता (सात्ताक रिन्बोछेलाई गाउँलेहरु प्रत्येक नयाँ वर्ष र रितु परिवर्तनको समयहरुमा फापरको पिठो तीन धार भएको नौ वटा सिह गासेको चौरीको घिउँको टसी लगाई पहिलो छ्याङ (फुत छ्याङ)साथ धुपीको धुप धुपाई वायाँबाट दायाँ चुलोमा फनफनी तीन पटक घुमाई सांगो सागों भनेर छतमा गई साप्तक देवतालाई पूजा गर्ने गरिन्छ । यसो गर्दादेवताले भूतलाई नियन्त्रणमा राखी जथाभावी भूत लाग्न रोकिदिन्छ भन्ने जनविश्वास पाईन्छ । यहाँको देवतालाई काटमार मन पर्दैन, फापरकोपिठो, उवाको छ्याङ,थोरैले पुजा सम्पन्न हुने हुनाले देवता प्रति जनमानसहरु निक्कै हर्षित पाईन्छन् । यस प्रकारको नौ छहरे झरना  नौ वटा पोखरी छ्युरकु हिमाल आदि स्वदेशी तथा विदेशी पर्यटकको लागि अति रमाइलो , स्वच्छ सुन्दर स्थान हो यस सम्पदाको संरक्षण गर्नु हाम्रो कर्तव्य हो ।

Comments

Popular posts from this blog

पत्रकारीता

देउडामा अरुको मन पगाल्न सक्ने क्षमता छ ।

जिल्ला प्रशासन कार्यालय हुम्लाको लापारवाही