व्याँसी थपाल्याको भैलो



नन्द बहादुर ऐडी
भैलो पुणिमा यस पर्व पर्दछ । जसरी हिन्दुहरुको महान चाड दशैको १५ दिन पछि देउसी भैलो पर्दछ ,त्यसै गरि व्याँसी थपाल्याको समुदायको महान चाड भैलो भुवा तिहारको १५ दिन अगाडी पर्दछ । यस पर्वमा अन्य पर्व जस्तै मिठो परिकार खानुका साथै आफन्ते चेलीबहिनी हरुलाई अगरस खुवाउने चलन छ । विविधतपुर्ण तरिकाले भैलो माग्ने गरिन्छ । भैलो माग्दा निम्न शब्दहरु लयबद्ध तरीकाले गुञ्जिन्छन् ।
पहिलो दिन    
आयौँ भैलारे
डाको कैलारे
बगाई ल्यायो गुल्ठो
यहाँ भित्र घरिनाको
सुन छाप्या चुल्ठो
कट्या कट्या भैलो

त्यहाँ  पर सेरा
यहाँ भित्र घरिनाको
गोठ भरि भेरा
कट्या कट्या भैलो

उवाँ गोड्ने कुमा
यहाँ भित्र घरिनाको
गोठ भरि जुमा
कट्या कट्या भैलो

निमागाउँको पाल्या
यहाँ भित्र घरिना यौ
गैर बाहुली हाल्या
कट्या कट्या भैलो

माग्ने होईनौ , डोरन्या होईनौ
यहाँ भित्र घरिना यौ
ऋतु जनाउन्या हुँ
कट्या कट्या भैलो


भैलो दिएपछि
चिन्डो पानी फच्या
वर्ष दिनको भैलो दिन्या
यहाँ भित्र घरिना यौ
लार्खौ वर्ष वच्याँ
दोस्रो दिन
आई पुणि चन्द
दहि चाउल्या बन्द
बगाई ल्यायो गुल्ठो
यहाँ भित्र बुयाउलीको
सुन छाप्या चुल्ठो
तेलपेल तेलपेल झिक्क

त्यहाँ  पर सेरा
यहाँ भित्र बुयाउली को
गोठ भरि भेरा
तेलपेल तेलपेल झिक्क


उवाँ गोड्ने कुमा
यहाँ भित्र बुयाउली यौ
गोठ भरि जुमा
तेलपेल तेलपेल झिक्क

निमागाउँको पाल्या
यहाँ भित्र बुयाउली यौ
गैर बाहुली हाल्या
तेलपेल तेलपेल झिक्क

माग्ने होईनौ , डोरन्या होईनौ
यहाँ भित्र बुयाउली यौ
ऋतु जनाउन्या हुँ
तेलपेल तेलपेल झिक्क

भैलो दिएपछि
चिन्डो पानी फच्या
वर्ष दिनको भैलो दिन्या
यहाँ भित्र बुयाउली यौ
व्यापारी , कर्माचारीका साथै बाहिरबाट आएका पाहुनाहरुलाई रुपैया माग्ने चलन छ । रुपैँया माग्दा निम्न शब्दहरुलयबद्ध तवरले गुञ्जिन्छन् ।
सानो सानो बजार
यहाँ भित्रको व्यापारी,कर्मचारी,पाहुनाको
बाकस भरी हजार
छयाई छयाई पैसा

भिटामिनको लागि साग
यहाँ भित्रको व्यापारी,कर्मचारी,पाहुनाको
बाकस भरी लाख
छयाई छयाई पैसा

ह्ुम्लामा छैन रोड
यहाँ भित्रको व्यापारी,कर्मचारी,पाहुनाका
बाकस भरी करो
छयाई छयाई पैसा
यसरी २ दिनसम्म भैलो मागिन्छ ।अघिल्लो दिनमा कोदोको साथै ६÷७ दाना ओखर दिन्छन् भने पछिल्लो दिनमा गहु मार्से, कोदो को धुलो (पिठो) दिने गरिन्छ र हाल आएर चामल पनि दिने चलन छ । यसका साथै एकएक डाडु तेल पनि दिने गरिन्छ । यसै दिनमा गाँउका व्यापारी ,कर्मचारी र गाउँमा बाहिरबाट आएका पाहुनाहरुलाई छयाई छयार्ई पैसा भन्दै रुपैँया माग्ने गरिन्छ । यसरी मागेर संकलित सामागी बेचेर स्तर अनुसार खसी ,कुखुरा किनी रमाइलोका साथ ५÷६ दिन पछि खाने गरिन्छ । यस भैलो पर्व पनि गाउँ अनुसार फरक फरक तरीकाले मनाईन्छ । साथै फरक तरीकाले खाने चलन छ । यसरी यस भैलो पर्व पनि सु सम्पन्न हुने गर्छ ।

Comments

Popular posts from this blog

पत्रकारीता

देउडामा अरुको मन पगाल्न सक्ने क्षमता छ ।

जिल्ला प्रशासन कार्यालय हुम्लाको लापारवाही