कोसेली विभाजन
हुम्लाको व्यासी थपाल्या समुदायमा कोसेली विभाजनको नामाकरण गरिएको छ । हुम्लाको १० वटा गाविसको करीब २० वटा गाँउमा यस व्यासी थपाल्या समुदायको बसोबास रहेको छ । ती फरक फरक गाँउहरुमा बरोबास गर्ने व्यासी थपाल्याहरुको पहिचाहन पनि फरक खालको छ । फरक पहिचाहनले परिचित ती व्यासी थपाल्यालाई भिन्न कोसेलीको नाममा चिनिेने गरिएको छ । यस्तै फुचा गाँउको कोसेलीको पहिचाहन रातो धानको भात , भुवाकल्लासको खमुपिठो,पुमाको गहँुको भुम्ला ,कोर्काको फापरको ढेसु,बरेलको रातो चिनाको सेजो , मेखालीको अरा , नेप्केलको मृगको मासु,गोक्पेल र रयालको चिउला ,स्याडेलको मेलकोटटो आदि ।
यसरी हुम्लाको व्यासी थपाल्या समुदायमा आ आफनै खालको फरक पहिचाहन रहेको छ । हाल देशमा संविधान निर्माणको प्रक्रियामा रहेको छ । विभिन्न जात जाती र समुदायले आ आफना हक अधिकारका कुरा उठाईरहेको अवस्था छ तर हुम्लाको स समुदाय भने हाल सम्म पनि पहिचाहन विहिन अवस्थामा रहेको छ । हाल नेपालमा ५९ वटा जनजातीहरु सुचिकृत छन् भने कैयौ जात जातीहरु प्हिचाहन विहिन अवस्थामा रहि राज्यबाट प्राप्त सुविधाबाट वञ्चितमा अवस्थामा छन् , जसमा हुम्लाको व्यासी थपाल्या समुदाय पनि एक हो । यस व्यासी थपाल्याको आफनै प,mरक खालको संस्कृति र पहिचाहन भएपनि लिखित इतिहास नभएका कारण हाल सम्ममा पनि पहिचाहन विहिन अवस्थामा छन् । यस समुदायका बारेमा विभिन्न बहस र छलफल भएपनि केन्द्रिय स्तरमा यस समुदायको प्रतिनिधी नभएका कारण बहस र छलफल प्रभावकारी हुन नसकेको अवस्था छ । यस समुदायको एक जना संविधान सभामा प्रतिनिधी भएपनि सोचे अनुरुपको काम गर्न नसकेको स्थानीयको गुनासो रहेको छ । वि.सं. २०६४ सालमा यस समुदायको आवाज उठाउनको लागि व्यासी उत्थान तथा अनुसन्धान केन्द्र नामको संस्था स्थापना भएपनि हाल सम्ममा यसले कुनै पनि प्भावकारी काम भने गर्न सकेको छैन् । जिल्लामा जनजाती सम्वन्धी बजेट आएपनि उक्त बजेटको लेखाजोखा हुन नसकी हिनामिना भएको जनगुनासो रहेको् छ । हाल केहि वर्ष यता यस समुदाय सम्बन्धीका कुराहरु अलि बढि चल्न थालेको छ । यस समुदायका युवाहरु प्नि आफना हक अधिकारका कुराहरु सशक्त रुपमा उठाउन थालेको देखिन्छ ।
Comments
Post a Comment