जिल्ला प्रशासन कार्यालय हुम्लाको लापारवाही
रतन बुढा विस २०४६ सालमा जन्मिएका हुन उनले जिल्ला प्रशासन हुम्लाबाट विस २०६६ सालमा पहिलो पटक नागरिकता लिएका थिए । उनको नागरिकता हराएकोले पुनः पहिलो प्रतिलिपीका रुपमा वि।स।२०७०्०१्१६ गतेका दिन नागरिकता लिए र सोही नागरिकताले उनलाई ४ वर्षको बालक बनाई दिएको छ । सोही नागरिकतामा उनको जन्म वि।स। २०६६÷०३÷२१ गते भनी उल्लेख गरिएको छ । यो प्रमाणित गरिदिने तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी शुकदेव कुमार पोखरेल रहेका छन्् । जिल्ला प्रशासनको यो लापरवाहीले उनको प्राविधिक शिक्षा सि।एम।ए।को ट्रान्सकिप्ट दिनको लागि सि।टि।ई।भि।टी। कार्यालय भक्तपुरका अधिकारीहरुले दुःख दिई रहेका छन् । प्रशासनको यो लापरवाहीले गर्दा सर्वसाधरणले नपाउनु दुःख पाएका छन् । हुम्ला जिल्लामा यस्ता घटना कैयौ छन् तर त्यहाँका स्थानीयले बरु आफै दुःख पाएर बाहिर ल्याउन
चाहदैनन् र अर्को कुरा आम सञ्चार माध्यमको पहुँच एकदमै कम भएकोले गर्दा पनि घटना बाहिर आउन नसकेको कुरा बताउछन् मेल्छाम—१,हुम्लाका गोरख बहादुर बुढा ।
Comments
Post a Comment