जिल्ला टपरमा नेपालकै दुर्लभ जाती कैलाश सिरा
नन्द बहादुर ऐडी
समग्रमा भन्नु पर्दा यो गएको ०६९ सालको प्रवेशिकाको परीक्षा प्रतिफल खस्कदो एवं निराशाजनक छ । नेपालको दुर्गम एवं विकट मानिने हुम्ला जिल्लाको यो वर्षको प्रवेशिका परीक्षाको प्रतिफल मध्यपश्चिम विकास क्षेत्रको १६ वटा जिल्ला भित्रमा उत्कृष्ठ (करीव ६१प्रतिशत) आएको छ । त्यसमा पनि हुम्लामै उत्कृष्ठ अंक ल्याउन सफल भएका छन्, नेपालकै दुर्लभ जातिका विद्यार्थी कैलाश सिरा । कैलाश सिरा मेलम—५, हुम्लाका जय वहादुर सिराका छोरा हुनउयनी अहिले १६ वर्षको भए । उनले यो पैविशिका परीक्षामा कुल ५सय ... नम्वर अर्था ७८. ... प्रतिशत ल्याएका छन् । सिरा जाति नेपालकै दुलव जाती हो । जुन हुम्ला जिल्लामा मात्र सिमित र त्यसमा पनि हुम्लाको मेल्छाम गाविसमा ५ घरधुरी र मदना गाविसको बारी गाउँ स्थित करीव ७ घरधुरी रहेका छन् । जनसंख्याको हिसावले लगभग १ सयको हाराहारीमा शिरा जाति कुन समुदाय अन्र्तगत पर्छ भनी यकिन नभए पनि हाल सम्म हुम्लाका व्यासी थपाल्या (ऐडी, बुढा, रोकाया, बुढाथोकी) सँग नाता कुटुम्व चलाउदै आएकोले व्यासी थपाल्या समुदायमा गनिदै आएको छ । राष्ट्रिय जनगणनामा क्षेत्रीको रुपमा गणना हुदै आए पनि वास्तवमै सिरा जाती एक दुर्लव जनजाती समूहमा पर्दछ । इतिहासलाई खोत्ल्दै जादाँ सिराको पुर्खा भनेका भोट्या एवं लामा समुदाय हुन भन्ने कतिपय मान्न्य गुन्यहरुको पनि भनाई रहदै आएको छ । नेपालकै दुर्लव जाती भएता पनि यसको वास्तविक खोजतलास कसैले पनि गर्न भने सकेका छैनन् । सिराको वास्तविक पुर्खा को हुन् र नेपालको अन्य ठाउँमा किन फैलन सकेन त भन्ने कुरा खोजनीतिको विषय भएपनि त्यस तर्फ कसैको ध्यान जान सकेको छैन् ।
नेपाल विविधतामा एकता र एकतामा अनेकता भएको बहुभाषिक, बहुधार्मिकका साथै बहुजातीय राष्ट्र हो । नेपालमा फरक फरक समुदायको अस्तित्व रहेको कुरा हामी सवैलाई अवगत नै छ । सिरा जाती र हुम्लाको उत्कृष्टताको विषय रोचक बन्न पुगेको छ । शैक्षिक दृष्ट्रिले पनि पिछडिएको सिरा जातीमा एसएलसी गरेका लगभग ४ जना सम्म होलान, जसमा पहिलो एसएलसी गर्ने मेल्छाम—१,हुम्लाका लाल बहादुर सिरा हुन् । उनी अहिले मानसरोवर बहुमुखी क्याम्पस सिमकोट, हुम्लामा स्नातक तहमा अध्ययनरत छन् । समग्रमा भन्नु पर्दा ५० हजार जनसंख्या भएको हुम्ला जिल्लामा करीव १ सय जनसंख्या मात्र भएको सिरा जातीको मानिसले प्रवेशिका परीक्षामा उत्कृष्ठता ल्याउनु भनेको चानचुने कुरा पक्कै होईन् । नेपालमा विभिन्न समुदाय तथा जातजातीहरु आफनो पहिचान सहितको स्वायत्त जातीय गण राज्यको माग गरिरहेका छन् । जातीय सवालका मुद्दाहरु वुलन्द रुपमा संसद देखि सडक सम्म चर्काचर्की हिसावले उठाईरहेका छन् । हुम्लाको सिरा जातले न त आफनो जातीय माग उठाएको छ, नत पहिचान सहितको जातीय स्वायत्त गण राज्य नै । वास्तवमै हुम्लाको सिरा जाती एक दुर्लव जाती हो । यसलाई राज्यबाट भरपुर आरक्षणको व्यवस्था हुनु पर्छ , त्यसमा पनि जिल्लाकै उत्कृष्ट अंक ल्याएर प्रवेशिका परीक्षा उतिर्ण हुने त्यस जातीको विद्यार्थीलाई राज्यबाट प्रोत्सान स्वरुप सहयोग हुनुपर्ने हो । राज्यका विभिन्न निकायहरुले सहयोग गर्नु त कहाँ हो कहाँ, उल्टै उच्च शिक्षा अध्ययनको लागि उच्च शिक्षा परिषद्मा छात्रवृत्ति कार्यक्रममा आवश्यक कागजात सहित लिखित परीक्षा दिदाँ समेत उच्च शिक्षा परिषदका कर्मचारीहरुले चिन्न सकेनन । फलस्वरुप नेपाल कै दुर्लभ जातीका साथै प्रवेशिका परीक्षामा हुम्ला जिल्लाभर उत्कृष्ठ अंक ल्याउन सफल कैलाश सिराको नाम उच्च शिक्षा परिषदको छात्रवृत्रि कोठामा अटाउन सकेन । हुन त नेपालमा राम्रा भन्दा पनि हाम्रा अर्थात खल्तीका मानिसहरुले स्थान पाएका हुन्छन् । त्यसैले होला कैलाश सिरा जस्ता व्यक्तिको नाम छात्रवृत्तिको लिस्टमा अटाउन नसक्नु । चाकडीतन्त्रमा रुमलिएको नेपालको कर्मचारी र सोसफोसका आधारमा कर्मचारी भएका मण्डले कर्मचारी हरुले मालिकको चाकडी गर्ने प्रथाले गर्दा आज देशको अवस्था दयनीय बन्दै गएको छ ।
पबचलबष्द्दिण्ज्ञछ२नmबष्।िअयm
Comments
Post a Comment