हुम्लाको बालबालिकाको अवस्था
नन्द बहादुर ऐडी
भाउ ओइ ! दाल ताया टेकायाको छु , आगो बाल्याई,गाग्रो रित्तै होला पीनाराबाट पानी ल्याएई ,भाउ सियाको छ रोला हेदै गर्नु । म एकभारी स्याउला ल्याईलु भन्दै काममा लाग्छिन् हुम्ला रोडिकोट ४ की बदमकला ऐडी । यसरी हुम्लाका निम्न वर्गीय परिवारका बालबालिकाहरुले बिहान करिब ५ बजेदेखि बेलुका सम्म आफनो स्तर अनुसार (हुम्लाको परिवेश अनुसार ) कामको जिम्मेवारी वहन गरिरहेका छन् । एउटा ८÷ ९ वर्षको बालक वा बालिकाले कति काम गर्न सक्ला त ? कुन स्तरको काम गर्न सक्ला त ? यी प्रश्नको जफाव सजिलै आउँछ बच्चाले पनि काम गर्न सक्छ ? यो कुरा सत्य हो हुम्लाको निम्न वर्गीय परिवारका बालबालिकाले सानै उमेरमा कामको ठूलो जिम्मेवारी बहन गर्नु पर्छ । घरमै बसेर भाई बहिनीको हेरचाह ,खोलाबाट पानी ल्याउने कुखुरालाई चारो (दाना) दिने लगायतका यावत कार्यहरु । जब बच्चा ४ ÷५ वर्षमा लाग्छ अनि उसले सामान्य जिम्मेवारी जसमा होटालामा भएको दाउरा भान्सा घरसम्म पुयाउने काम गर्दछ । यसरी ६ ÷७ वर्षमा त उसले क्षमता अनुसार ठुलै जिम्मेवारी वहन गनुपर्ने हुन्छ । हुनत कृषि र पशुपालन गर्नु पर्नेभएकोले आमा बुवा दिन रातै काममा व्यस्त हुन्छन् । अनि कहाँ बाट बचको स्याहारसुहार गर्ने त ? यति नगरे खानै पुग्दैन । बारीमा मकै फल्दैन भने खेतमा धान । बिहान करीब ७ बजेतिर आमाले खाना पकाएर खुवाउछिन् र बेलुका ६ नबजी घरमा प्रवेश गर्दिनन । दिन भरी बासी त्यसमा पनि चिसो खाने कुरा खानुपर्छ हुम्लाका बालबालिकाहरुले । छाकल हिरन बास तिरन गनुपर्छ यी बालबालिकाले अनि कसरी घटथ्यो त बाल कुपोषण ? १० ÷ ११वर्ष सम्म घरमा कुट्ने् पिन्ने देखि गाई वस्तु चराउने र त्यसमा पनि बेलुका घर फर्कदा एकभारी दाउरा (आफनो क्षमतम अनुसार) ल्याउनुपर्छ , ती बालबालिकाले । झट हेर्दा कति मेहनती र परिश्रमी छन् यी बालबालिकाहरु । बालबालिकाले यति धेरै काम गर्दा पनि भोकमरी र अभावका समाचर सुनिन्छन् किन ? वास्तविक कुरा गर्ने हो भने हुम्लामा भोकमरी हुदैन मात्र हुन्छ भातमरी । हुम्ली जनताको भाते मानसिकताका कारण आज हुम्लामा भोकमरी जस्ता विकराल समस्याहरु सृजना हुन पुगेका छन् भने हुम्ली जनता परनिरर्भरताको खाल्डोमा फसिसकेका छन् । हुम्ला धनी छ तर हुकली जनताले हुम्लामा भएको श्रोतहरु कसरी प्रयोग गर्ने हो भनी जान्न नसकेको अवस्था छ । अब हुम्ली जनताले आफनो ठाउँमा भएको श्रोत साधनको प्रयोग गरि स्वाब्लम्बी बन्ने बेला आएको छ । हुम्ली बालबालिकाले जस्तो मेहनेती र अन्य विकसित मुलुकमा जस्तो उधोग कलकारखाना हुने हो भने नेपालमा पनि विकासले फड्को माथ्र्यो कि ?
Comments
Post a Comment