प्रत्येक महिनाहरुको विशेषता

नन्द बहादुर ऐडी

मंसिरका भला महिना जौ बोएछ ।
पुषका भला महिना जौ उम्रेछ ।
माघ भला महिना जौ हरियो भएछ ।
फागुनका भला महिना जौ डँली सरेछ ।
चैतका भला महिना जौ पसाएछ ।
वैशाखका भला महिना जौ केश खेलेछ ।
जेठका भला महिना जौ पाकेछ ।
असारका भला महिना जौ टिपेछ ।

वैशाख पल्लम फुट्ने महिना
जेठ कुकु बाईने महिना
असार हिलिया महिना
साउन अन्धा(कुहिरो लाग्ने) महिना
भदौ भरपातकोृ महिना
असोज पहेले महिना
कार्तिक तुल पाक्ने महिन
मंसिर धुल्या महिना
पुष सिला महिना
माघ धर्मी महिना
फाल्गुन बयाली (बतास लाग्ने महिना)
चैत पल्लम फुट्ने महिना

तामा सल्लो ,पिल्ते सल्ल्लो
क्आँ बाट आया हुन
यो सरो गुन्ट्या हो भनी
क्याँ गरी रोवया हुन

पूर्व देई आयाको सल्लो
पश्चिम गई छिरन्ना
यहि रहन्ना , यहि खाहान्ना
यहि बाली तिरन्ना

अहिले हाट गोला गाठ
एक मानु घटायो
एकै हाम्रो केहि मारेन
मुलुकै पटायो















Comments

Popular posts from this blog

women Education

शिक्षा ऐन २०२८ अघिको शिक्षण तरीका र विद्यालय व्यवस्थापन प्रक्रिया

अभाव भित्रको चलखेल