हुम्लामा विधवा (रणी) महिलाको अवस्था



नन्द बहादुर ऐडी

विधवा लोग्ने मरेको आईमाईलाई विधवा भनिन्छ । हिन्दु धर्मअनुसार विधवा भएपछि रातो सिन्दुर, रातो कपडा,रातो चुरापोते पनि लगाउनहुदैन् । सेतो कपडा मात्र लगाउनु पर्छ । यस्तै दोस्रो विवाह गर्न पाईदैन् तर हुम्लाको व्यासी थपाल्या समुदायमा भने यस्तो चलन छैन् । विधवा महिलाले चाहेमा विवाह गर्न सक्छिन् । विधवा भएपछि सेतेकपडा लगाउनु पर्छ भन्ने मान्यता छैन् जस्तो सुकै कपडा लगाएपनि हुन्छ । यस समुदायमा सिन्दुर हालेर विवाह औपचारी गरिदैन् ।विवाहको बेलामा दुबो दैचावल –दहि चामल) लगाई सम्पन्न हुन्छ । जस्तो हिन्दु धर्मको ब्राहमण , क्षेत्री समुदायमा सिन्दुर हाली विवाह औपचारी हुन्छ त्यसै गरि हुम्लाको व्यासी थपाल्या समुदायमा दुबो दैचावल लगाई विवाह सम्पन्न हुन्छ । लाग्ने मरेर स्वास्नी विधवा भएपछि उक्त स्वास्नीलाई कुनै व्यक्तिहरु सँग थमाईन्छ । उक्त महिलाको देवर भएमा देवरसँग नत्र अन्य व्यक्तिसँग जिम्मा लगाउने काम गरिन्छ । यसरी अर्को विवाह गनै पर्छ भन्ने अनिवार्य वा करकाप पनि छैन् विधवा महिलाको इच्छा अनुरुपमा मात्र यो कार्य सम्पन्न हुन्छ । विधवा महिला एक्लै भएपछि समाजले विभिन्न खाले नकरात्मक सन्देश जाने खालका टिकाटिप्पणी गर्न थाल्छन् , अनि विचरी विधवा महिला विवश भएर बाध्यात्मक रुपमा दोस्रो विवाह गर्न तयार हुन्छिन् । एकल ती विधवा महिलालाई पनि समाजले नकरात्मक ढङगका साथ कर्के नजरले दृश्यालोकन गरिरहेका हुन्छ । एउटा सानो मात्र गलत हुने वित्तिकै अनेक थरका गाली र बेइज्तका शब्दहरु खनिन थाल्छन् विधवा महिला माथि । हुनत हिन्दु समाजमा जस्तो विधवा प्रतिको कडा र रुखो व्यवहार व्यासी थपाल्या समुदायमा नभएपनि विधवा प्रति गरिने व्यवहार भने सकरात्मक छैन् । कुनै महिला विधवा भएपछि रण्डीबाजीको काम गर्छ होला भनि विभिन्न नाना थरीका कुराहरु समाजमा चल्न थाल्छन् । यसकारण विधवा महिलाले समाजमा एकल रुपमा जीवन निर्वाह कठिन भएकोले दोस्रो विवाह गर्नलाई तयार हुन्छिन् । व्यासी थपाल्या समुदायमा देवर अविवाहित भएको र भाउजु विधवा भएमा यी दुई बीच विवाह गर्ने चलन  छ । यी यस्ता भाउजुु बेहोर्ने विवाहका उदाहरणहरु क्ैयन छन् । हुम्लाको यस समुदायमा यो विवाहले हिन्दु धर्म अनुसार नराम्रो काम गरेता पनि एउटा एकल विधवा नारीको सम्मान गरेको देखिन्छ । यसैले आज हुम्लाका व्यासी थपाल्या समुदायका मानिस आफनो गौरवमय इतिहास लुकाई गर्भका साथ हामीहरु क्षेत्री हौ भन्ने गरेको पाइएको छ । त्यस कुरालाई खण्डित गरेको छ यस भाउजु बेहोर्ने विवाहले । अझ यो समुदायका अन्य यी यस्तै लुकेर बसेका रोचक र गहनशील विषय वस्तुहरु छन् । त्यसको लागि प्रत्यक्ष रुपमा उक्त समुदायको मूल्याङकन र अनुसन्धान गरेपछि मात्र थाहा हुन्छ ।

Comments

Popular posts from this blog

पत्रकारीता

देउडामा अरुको मन पगाल्न सक्ने क्षमता छ ।

जिल्ला प्रशासन कार्यालय हुम्लाको लापारवाही