women Education
आजको युग सञ्चार र प्रविधीको युग हो । आज यहि शिक्षा र प्रविधी कै कारणले गर्दा भगवानको रुपमा पूजा गरिरहेको चन्द्रमामा पुगि मानव बस्ती बसाल्ने कुरा चलिरहेको अवस्था छ तर नेपाल भने विभिन्न विभेद र लैङ्गिक असमानता जस्ता कुराहरुमा अल्झिएको छ । विश्व यो अवस्थामा पुगि सक्दा पनि नेपालमा नारी शिक्षाको अभाव खडकिरहेको अवस्था छ । सायद पुरुष प्रदान समाज भएर होकी राज्यका प्रमुख निकायमा पुरुषहरुको बाहुल्यता रहेको छ । यी प्रमुख निकायहरुमा महिलाहरुको सहभागिता न्यून हुनुको मुख्य कारण हो नारी शिक्षामा असमानता । यो पापी समाजले पुरुषलाई नै अगाडी बढायो र नारीलाई सधैँ विद्याको ज्योतिबाट टाठा गरायो । अनपढ भएर कति नारी बेचिए त्यति मात्र नभएर अकालमा ज्यान गुमाउन बाध्य भएका छन् । यहाँ कति नारीको नागरिकता नभएर भोट दिन नपाएको अवस्था छ । नारीलाई बच्चा जन्माउने मेसिनको रुपमा हेरिैको छ । यहाँ पुरुषको बन्धनमा बाधिएर चुलो चौको नै नारीहरुको संसार भएको छे । नारी शिक्षा र समानता भनेर जति घोके पनि व्यवहारमा लागु हुन सकेको छैन । यस्ता समस्यामा राष्टको ध्यान जानुपर्ने होइन र ? बास्तविक जीवनलाई सम्झेर आउदा साह्रैं नरमाइलो लाग्छ । पुरुष मात्रै शिक्षित भएर पुग्दैन नारी पनि शिक्षित हुन आवश्यक छ । जब एउटा घर राम्रोसँग चलाउन नारी शिक्षित हुनुपर्दछ भने पुरा देश विकास गर्न र उन्नति तर्फ लाग्न पनि नारी शिक्षाको नै आवश्यकता पर्दछ । आजको आधुनिक युगमा शिक्षाविना कुनै पनि काम बन्न सक्दैन । नारीलाई शिक्षाको साथै स्वास्थ्य, परिवार ,समाज सम्बन्धी चेतना दिने लगायत विभिन्न कार्यक्रमका तालिम दिनु आवश्यक छ । जब की एउटा विरुवा रोपेपछि त्यसलाई मलसँगै जलको पनि आवश्यकता पर्दछ । त्यस्तै गाउँ समाज र राष्द्रमा नारी शिक्षित र स्वावलम्वी आत्मविश्वाको साथै कर्मठ बन्न आवश्यक छ । जुन नारी शिक्षा बाट नै सम्भव छ । शिक्षा सबैको लागी अपरिहार्य छ । शिक्षा विना देश विकास असम्भव छ , जसमा पनि नारी शिक्षा एक अति महत्वपूर्ण पाटो हो । जातिय, भाषिक, सास्ंकृतिक, आर्थिक, भौगोलिक जस्ता समस्याले गर्दा नारी शिक्षा प्रभावकारी बन्न सकेको छैन । सरकार नागरिक समाज समुदाय र विभिन्न सम्बन्धित निकायहरु मिलेर यस सम्बन्धी छलफल गर्नु जरुरी छ । विभिन्न तालिम आर्थिक सहयोग निः शुल्क शिक्षा आवश्यक भौतिक संरचना निर्माण भएमात्रै नारी शिक्षाको लक्ष्य पुरा हुन्छ ।
सामाजिक मुल्य र मान्यताको नाम लिएर महिलालाई अपमानित व्यवहार गरिरहेका छन् । अन्धविश्वास र कु सस्ंकारले गर्दा नारी शिक्षाबाट बञ्चित भएका छन् । नारी शिक्षित बनाउको लागी हाम्रो समाज र संस्कार बाधकको रुपमा देखा परेको छ । नारी आफैँ पनि पुर्ण छैनन्, त्यसमा पनि समाजको त्यो हेपाईको दृष्टिले अर्काको घरमा जाने छोरीको कमाइ खान नपाइने र छोराछोरी विचको भेदभाव पुर्ण व्यवहारले गर्दा पनि नारीहरु पछाडी परेका छन् । सधैँ पुरुषको भरमा बाँच्नु पर्ने नारी लाई पुरुषको भन्दा बढि शिक्षाको आवश्यक छ । कतिपय दिदी बहिनीहरु आफ्नै घर परिवारबाट पिडित बनेका छन् । आफ्नै सासु ससुरा र श्रीमान्बाट पनि पिडित बनेका छन् । सायद नेपाल पुरुष प्रधान देश भएर होला । महिलालाई दोस्रो दर्जाको नागरिक अनि यिनैबाट जन्मेका पुरुषलाई समाज र देशको कर्मठ व्यक्ति मानिन्छ । एउटा २० वर्षे युवकले १० वर्षे बालिका माथि बलत्कार गरे पनि इञ्जत जोगाउन आफनो पीडा सार्वजनिक गदैन नारीले तर पनि समाजले नारीलाई नै दोषी ठहयाउँछ । फेरी यस्तै निर्देाष नारीले बोक्सीको आरोपमा पिटाई खानु परेको अवस्था पनि छ यहाँ । बोक्सी के हो ? महिला मात्र बोक्सी हुन्छन के पुरुष हुदैनन त ? कुन विद्यालय तथा विश्वविद्यालयमा बोक्सी शिक्षाको अध्यापन हुन्छ ? के यी प्रश्नको उत्तर समाजले दिन सक्छ ? यस्तै समस्यामा जेलिएर बस्दा कहिले हुन्छ नारी मुक्ति । यहाँ नारीले आफनो पीडाको बारेमा आवाज उठाउँदा पोथी बास्यो भन्ने गरिन्छ, । यसरी नै अन्धविश्वासलाईं काखी च्यापी नारी पिडा नबुझ्ने हो यसले विकराल रुप नलेला भन्न सकिन्न ।

Comments
Post a Comment