News and other clips

जीवनमा केहि गर्नुपर्छ सुरुवात आफैँबाट गरौँ ।
 तपाई आफँुले सम्मान पाउन अरुलाई सम्मान गर्न जान्नुपर्छ ।
 समयलाई दाम र सम्मानमा राम्रोसँग बदल्न सक्नु नै एउटा सफलता हो ।
 विचारलाई जोडौँ घमण्ड र रिसलाई घटाउँ ।
 दिमागलाई गुणान गरौ , जिम्मेवारी लाई भाग गराँै ।
 शिक्षाले भन्दा पनि इच्छाले महान बनाउँछ मानिसलाई ।
 तपाई धर्म भन्दा कर्म गनृुहोस् अवश्य सफल हुनुहुन्छ । –––
 सकेसम्म राम्रो काम गर नसके नराम्रो काम पनि नगर ।
 व्यक्ति प्रेम होइन राष्द्र र राष्द्रियताको प्रेम गर्न सिक ।
 हाम्रा मान्छे होइन राम्रा मान्छेको समर्थन गर्नुपर्छ ।
 राष्द्र प्रेमिहरु धेरैका प्रिय हुन्छन् ।
 अरु वा विपक्षको विरोध होइन नराम्रोको विरोध गर्न सक्नुपर्छ तबमात्र मान्छे सफल र महान बन्छ ।

समयमै सम्मान गरौँ
भन्छन् संसारमा पैसा र चाहना भयो भने सबै चिज पाईन्छ मात्रै जन्मदिने बाबु आमा पाइन्न भनेर । सत्य पनि हो, साच्चीकै बाबु आमाले छोरा छोरीलाई केहि दिन नसके पनि जन्म त दिए नि ! जतिसकेको मिठो नमिठो एक पेट खान दिए बरु आफुले नखाइकन पटुका कसेर छोराछोरीको आङ्ग छोप्न लुगाफाटो,माया ममता दिइ हुर्काइ बढाई सक्दो शिक्षा दिक्षा पनि दिए । पलपलको रुवाई र आशुँलाई आफ्नो दशधारा दुध खुवाएर माया साट्ने आमा दश दश महिना हजारौँ सपनाहरु सजाउँदै कैयौँ बाधा व्यवधानहरुलाई पन्छाउँदै छोराछोरीलाई जेनतेन हुर्काछन् सानै छँदा केहि भएर मर्छन् कि भन्ने पीर ठुला भएपछि केहि गरेर मार्छन् कि भन्ने पीर, यो समाजमा बाबु आमालाई पर्न थालेको छ । धेरै कुपुत्रहरुले यो वाक्य सत्य नबनाएका पनि होईनन् । केहि राम्रा पनि छन् तर राम्रा भन्दा नराम्रा अलि बढि नै समाजमा देखिने गरेका छन् । जति छोराछोरीले बाबु आमालाई चिन्नु बुझ्नु पर्ने हो त्यति बुझेका छैनन् । मान्छेहरु मन्दिरमा पुजा गर्न जान्छन् रातो रातो ढुङ्गा देखे पनि ढोग गर्छन् प्रम प्रभु भनेर ...। अदृश्य काल्पनिकशक्तिलाई फुल पैसा चढाउने अनि घर समाजमा पुज्य जन्म दिने बावु आमालाई समेत बिर्सनु वा हेला गर्नु के राम्रो हो त ? छात्तीमा हात राखेर भन्दा पक्कै पनि राम्रो होइन किन कि धेरैले बुझेका छन् र यो अलि उल्टोजस्तो छ । बाबु आमा रहुन्जेल होईन यो धर्तीबाट बिदा लिई सके पछि बल्ल चिन्ने बानी परेको छ हामी नेपालीलाई ।
जब आफु बाबु आमाको उमेरमाा पुग्छ तब मात्र बाबु आमा कस्ता रहेछन् भन्ने कुरा थाहा हुन्छ । नेपालीमा एउटा उखान छ “मुति पनि सके दैलो पनि देखे” समय बिते पछि थाहा भयो अब बितेको समय टाउको फुटाए पनि, बलि नै दिए पनि मरेका बाबु आमा बगेको नदी र समय जस्तै कुनै हालतमा फर्केर आउने वाला छैनन । त्यसैले समयमै वाबु आमा लाई चिन्न सक्नुपर्छ । अझै पनि गाउँ घरमा यस्तो पनि छ कि बाबु आमा वृद्ध भएपछि हेलाको दृष्टिले हेर्ने , गाली गर्ने अरु दाजुभाई,दिदीबहीनी कहाँ , वृद्धाश्रममा लगेर छाड्ने,श्रीमान् श्रीमतीका मनगडन्ते कुरा सुन्ने र उस्तै परे घरबाट निकाल्ने सम्मका दुरव्यवहार हुन्छन् अझैँपनि केहि ठाउँमा आफ्नै छोराछोरी बाट । बाबु आमाको नाममा अलि अलि सम्पति भए त तैपनि सहलान् नत्र निकै सास्ती व्यहोर्नुपर्छ । के जन्म दिदै बाबु आमाले यस्तै सपना देखेर तपाई हामीलाई यो अवश्था सम्म ल्याएका हुन त पक्कै होईन । अझ एउटा अचम्म लाग्दो कुरा त बाबु आमा बाचुन्जेल एक छाक खान , एक सरो लगाउन नदिने मिठो बोली त परै जाओस् एक शब्द पनि बोल्न नचाहाने छोराछोरी बाबु आमा बिते पछि भने दुनियाको अगाडी आँशु झार्ने,काजक्रिया गर्ने,सेतो कपडा लगाएर दुःख बोक्ने भन्छन् अचम्मै लाग्दो कुरा बाचुन्जेल खान, लाउन र बोली समेत नदिने अनि मरेपछि दुनियालाई देखाएर हुन्छ यो त एउटा नाटक मात्र हो । बरु साच्चिैकै बाचुन्जेल मिठो नमिठो खान एक सरो लगाउन दिनुहोस्,मिठो बोल्नुहोस् सबभन्दा ठुलो कुरा बाबु आमाको मन दुख्ने काम नगर्नुहोस । यति भए पुग्छ यो ठुलो धर्म हो । बाबु आमा बितेपछि सेतो कपडा लगाएर नौँटंकी नाटक देखाउनु पर्दैन , यसले केहि हुने वाला छैन,यो त धर्म र एउटा परम्परागत प्रचलन हो । यसको पनि संरक्षण त गनुपर्छ तर यसमा केही परिमार्जन हुनु आवश्यक छ । बाचुन्जेल वास्तापास्ता नगर्ने अनि मरेपछि गर्ने भन्ने कुरा ठिक होईन । विगतमा जे भए पनि अब हामी शिक्षित वर्गले त्यसको सहि मुल्याङकन गदै सामाजिक विकृति र परम्परागत मुल्य मान्यतालाई समयानुकुल परिमार्जन गर्नु आवश्यक छ ।
भुपति राज ज्ञवाली

कर्णालीको विकास भाषणमा सिमित नहोस्
भुपति राज ज्ञवाली

कर्णाली नेपालको एउटा पृथक अञ्चलको रुपमा चिनिएको छ । यसले वास्तवमा राज्यको तर्फबाट पाउनुपर्ने भौतीक सुविधाका पुर्वाधारहरु त्यति पा्रप्त गर्न सकेको छैन र त्यहाँँ रहेका जनताहरुको वास्तविक मनोविज्ञानलाई बुझेर राज्यले उपयुक्त निति निर्माण तय गरेर कर्णालीका बासिन्दाका लागी बेग्लै किसिमका प्याकेज कार्यक्रम ल्याएर त्यहाँका जनतालाई राहत दिनु पर्छ । कर्णाली अञ्चल वास्तवमा प्राकृतिक र भौगोलिक दृष्टिकोणले अत्यन्त सुन्दर ठाँउ भएतापनि भौगोलिक विविधताको कारणले गर्दा यहाँ पर्यटकीय विकासका प्रयाप्त सम्भावना हुँदाहुदै पनि राज्यले यहाँको पर्यटकिय क्षेत्रलाई त्यति प्राथमिकता दिएको छैन । खाद्यन्न ,औषधि ,शिक्षा स्वास्थ्य र अन्य पुर्वाधारहरुको समस्या पनि त्यहाँ रहेको छ । विभिन्न यी समस्याहरुको निराकरण गर्नाका लागी सर्वप्रथम अन्य क्षेत्रको तुलनामा कर्णाली क्षेत्रलाई प्राथमिकता दिनुपर्छ । शिक्षा,स्वास्थ्य,उद्योग,कलकारखाना र यसमा घरेलु उधोगको स्थापना गरी त्यहाँका बासीन्दालाई राहतको महुसुस हुने गरी पुर्वाधारहरु तयार गरेर कर्णालीलाई अगाडी लैजानु राज्यको पहिलो दायित्व हो । त्यहाँका बासिन्दाको मनोभावना बुझनका लागी त्यहीँबाट प्रतिनिधित्व गरी आएका विभिन्न राजनितिक दलका प्रतिनिधिहरुले पनि राहत प्याकेज तयार गरी राज्यबाट आवश्यक कार्यक्रम लिई यी जनताहरु बिच लागु गर्नुपर्ने देखिन्छ । अन्य जिल्ला र अञ्चलहरुको तुलनामा प्राकृतिक भु–बनावटले सुन्दर भएर पनि यो ठाउँ बिकट हुन पुगेको छ । हुन त केहि वर्ष अगाडी कर्णालीमा मोटरबाटो पुग्यो भन्ने कुरा सञ्चार माध्यममा आएता पनि अझ कर्णालीका सम्पुर्ण जिल्लाहरुमा समानुपातिक ढङ्गले बिकासका पुर्वाधारहरु निर्माण हुन सकेका छैन् । । शिक्षा,स्वस्थ्य,परराष्द्र,सञ्चार लगायतका जनजिविकासँग सम्बन्धित सबै पुर्वाधारहरु भाषणमा मात्र सिमित नभई कार्यान्वयन हुनुपर्छ । त्यसरी निर्माणका योजनाहरु लैजानका लागी त्यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुले बढि जिम्मेवारी लिनु पर्दछ र स्थानीय स्तरमा लागु भएका सम्पुर्ण कार्यहरुको प्रभाव कस्तो छ भनि सहि मुल्याङ्कन हुन जरुरी छ । कर्णाली अत्यन्त राम्रो र सुन्दर भएता पनि यहाँ बिकासका सम्भावनाहरु प्रचुर मात्रामा छन् यसको सहि मुल्याङ्कन हुनुपर्छ । यदाकदा मिडियामा कर्णालीमा भोकमरी भयो भन्ने कुरा सुन्नमा आउँछ । यहाँ चामल बाड्नुभन्दा पनि त्यहाँको कृषि उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ र यहाँका युवाहरुले आफुले प्राप्त गरेको शिक्षालाई सहि सदुपयोग गरी आफ्नै गाउँ ठाउँ शिक्षित बनाउने अभियान चला उनुपर्छ । राज्यले पनि ती युवालाई प्रोत्ससाहन दिने खालका कार्यक्रम ल्याउनुपर्छ । यसो गर्नाले शिक्षित वेरोजगारीको सख्ंया पनि घट्ने छ । कर्णालीमा कृषको लागी ऋण र पशुपालनको लागी पशुसम्बन्धी आवश्यक सम्पुर्ण सामाग्रीहरु र त्यहाँ उत्पादित कृषि सामाग्री लगायत स्याउ जस्ता फलफुललाई उचित व्यवस्था गरी व्यापारीकरण गर्न सकेमा कर्णाली अन्य क्षेत्र सरह हुन समय लाग्दैन सबैलाई चेतना भया ।
लेखक दरबारहाईस्कुल रानी पोखरी,काठमाण्डौका सह प्राध्यापक हुन्
५तपाईको नजरमा कर्णाली

कर्णाली चाहीँ निश्चित राज्य व्यवस्थाद्धारा पछाडि पारिएको एउटा क्षेत्र हो र अर्को पक्षमा कर्णाली सुन सिरानी हाली नुन खोज्ने प्रकृतिको क्षेत्र पनि हो । त्यसैले यहाँ भित्र कला प्राकृतिक स्रोत र ऐतिहासिक हिसाबले अत्यन्तै प्राक्षित महत्वपुर्ण चिज छ । त्यसको उपयोग गर्न सक्ने हो भने प्राकृतिक रुपमा मात्रै नभई आर्थिक रुपमा पनि सुन्दर क्षेत्र हो कर्णाली । परन्तु राज्य सत्ताको नजर त्यो अवस्थासम्म पुग्न नसकेको कारणले यी सबै स्रोतको पहिचान हुन सकेको छैन।
विष्णु पुकार श्रेष्ठ
अध्यक्ष,काहु राष्द्र नेपाल

शुशिल भट्ट
कर्णाली आफैँमा परिचित नाम र पिछडिएको ठाँउको रुपमा ईकित छ । नेपाल र विश्व ब्रह्माण्डमा आज मैले कर्णाली केन्द्रित केहि हरफहरु कैद गर्दा म कर्णाली सँग कागजी रुपले मात्र परिचितरुपी व्यक्तिले न्याय गर्न सक्छु जस्तो मलाई लाग्दैन । यधपी कर्णालीको बारेमा त्यहीँ बसोबास गर्ने कर्णाली बासीको बारेमा त धेरैले विभिन्न कोणबाट रचनात्मक व्याङग्यात्मक ढङ्खबाट प्रस्फुटन गरेको पाईन्छ तर आज म कर्णालीका आम जनसमुदाय जो शहरमा बसोबास गर्दै आएका छन् तिनका पिडा प्रस्फुटनका निमित्त सहयोगी बन्न प्रयत्न गर्दैछु । कर्णाली बिकट आर्थिक,सामाजिक,भौगोलिक हरेक चिजले पिडामा परेको स्थान र आर्थिक,सामाजिक,भौगोलिक किसिमले पिडित भएका ती नागरिक जो कर्णालीमा बसेर सुन्दर सपनाको साथमा दैनिक गुजारा चलाइरहेका छन् । ती त अवश्य पनि समस्या झेल्दा झेल्दै आर्जित भइसकेका छन् । तिनीहरु जब सुर्य उदय हुन्छ त्यसबेला देखि समस्यामा पर्न थाल्दछन् । सुर्यको उदयसँगै सौचालयको समस्या बिहान र बेलुकाको छाक टार्न समस्या खाने पानी,यातायत,स्वास्थ्य आदी दैनिक अति आवश्यक चिजको समस्या झन् जन्म सँगै ल्याएको बसोबास र कपडाको समस्याहरु, यस्तै समस्याबाट निकै पिडित भएको सर्वविधितै छ । अझ शहर आएर बसोबास गर्ने कर्णाली बासीको समस्या , उहि नै बसोबास गरेर संघर्ष गरिरहेका कर्णाली बासीको भन्दा पृथक छैन । पृथक त केवल स्वरुपमा मात्र छ । जब मानिस कर्णालीमा जन्म लियो तब त्यो मान्छे पिडित भयो भन्ने गरिन्छ । कर्णाली बासी जब संघर्षको स्वरुप बदल्दै शहर केन्द्रित परिश्रममा हुन्छन् तब उनीहरु प्रत्येक शहर सँगै संघर्षको जीवनमा प्रवेश गर्दछन् । दैनिक जीवन सँग घुलमिल हुने समस्या जसमा मानव जीवनको सबभन्दा महत्वपुर्ण यात्रा कै रुपमा लिएको भाषाको समस्या जसले दैनिकीमा नै समस्या पार्दछ । त्यस्तै आर्थिक समस्या , साथी भाई र अभिभावकको समस्या , त्यस्तै विद्यार्थीको निमित्त शिक्षाको समस्या जसमा शिक्षा प्रदान गर्ने पकृयामा नै आकाश पातलको फरक रहन्छ । दैनिक प्रयोजनमा आउने सामानको समस्या अन्तत्वगत्वा समग्रमा गास,वास,शिक्षा,स्वास्थ्य,रोजगार लगायत आदिको समस्याले गर्दा कर्णाली छोडेर शहर प्रवेश गरेका कर्णाली बासी समस्या मुक्त रहदैनन् । यद्यपी कर्णाली बासीहरु आफैमा क्षमाता नभएका व्यक्ति भने होइनन् । उनीहरु त क्षमता भएर प्रस्फुटन गर्ने स्थान नपाएका पीडित नागरिक भने अवस्य हुन् । त्यसमा सम्पुर्ण सरोकार वाला र नेपाल सरकारको ध्यान जान आवश्यक छ । अन्तमा मेरो परिकल्पनाको बिकासक्रम कर्णालीमा भईदिने हो भने शहर केन्द्रित बजेटहरु सरकारले अब कर्णाली केन्द्रित गर्न आवश्यक छ । प्रकृतिको प्रभावै नभएको ठाउलाई बयान गरिरहनु भन्दा प्रकृतिले भरिपुर्ण भएको कर्णालीको संरक्षण आजको आवश्यकता हो । यहाँको विशेषता बोकेको चिजलाई नेपाल र विश्वमा सु परिचित गराएर विकासको लहर कर्णलीमा पठाएर नेपाल भ्रमण गर्न आउने आन्तरिक र बाह्य प्रर्यंटकको केन्द्रको रुपमा कर्णालीलाई अगाडी सार्न सकियो भने कर्णालीको बिकाससमा ठुलो टेवा पुग्नेछ । त्यसका निमित्त राष्टिय राजनीतिक दलका केन्द्रिय नेता र कर्णालीको पृष्ठ भुमिबाट आएका नेताहरु कर्णालीको विकासक्रम मुद्दाको निमित्त एकिकृत भएर एकै ठाउँमा उभिने र बृहत योजना अगाडी सार्न पर्ने टड्कारो आवश्यकता देखिन्छ ।

कर्णाली पुत्रहरुको महापात्र
महाक्रान्तिकारी नवीन विरशवकर्मा , महाफटाह प्रेमबहादुर सिह, महा लाटो मान बहादुर शाही , महा चलाक छक्क बहादुर लामा लगायतका थुप्रै पुत्रहरुद्धारा नेतृत्व गरिएको हाम्रो महान अञ्चल कर्णालीमा अर्को महाखुसी थपिएको केहि समय अगाडी मात्र गठन भएको सरकारमा कर्णालीका सबैभनदा ठुला बडा नाम चलेका खडक बहादुर विक (क.प्रकाण्ड ) पर्यटन मन्त्री हुनुभएको थियो । ५ कोटी देवताले रक्षा गरेको हाम्रो अञ्चलमा चारजना महापुत्रहरुले यस अघि मन्त्री र राज्य मन्त्री को बागडोर सम्हालेर कर्णालीलाई कति योगदान दिए त्यो त जनतालाई नै थाहा छ । कर्णालीलाई विकासको निकास दिनको लागि पाँचै पुत्रलाई कर्णाली आमाले जन्म दिएकी छन् । कर्णालीबासीको सेवाको नाममा यसअघि धेरैले मन्त्री,राज्यमन्त्री र विभिन्न पदमा आसिन भई आफनो भुडी भर्ने बाहेक अरु केही काम गरेको देखिएन् । तीनी हरुकै छत्रछायामा बसी हजारौ ठेकेदार , दलाल , तस्करी , कालोबजारी जस्ता व्यवसाय गरि जनतालाई ठग्ने काम भइरहेको छ । अबका महा पुत्रका पछाडी अन्य फटाहहरुको लस्कर पक्कै पनि लाग्ने छ । कर्णालीले पर्यटन मन्त्री पाएको
ि

Comments

Popular posts from this blog

women Education

शिक्षा ऐन २०२८ अघिको शिक्षण तरीका र विद्यालय व्यवस्थापन प्रक्रिया

अभाव भित्रको चलखेल