poem

नशाको लत
नखाऔ भन्यो मान्दैन मन
नशाले गर्दा सकि सक्यो धन
जति बेलै ढलकिन्छ तन ।

खान थालेछि आँखा देखिएन्
संकटमा साथ दिने साथी भेटिएन्
अझै पनि नशाको मोह मेटिएन् ।

एकै छिनको रमाइलोले भयो जीवन चौपट
नशाले गर्दा घरमा सधैँ खटपट
अब त अति भो आफैलाई लाग्दै छ झनझट ।

आधा उमेर बित्न लाग्यो हुदैँछ टेन्शन्
जागिर , छैन् सीप छैन् पाक्दैन् पेन्शन्
पैसा नहुदाँ साथी सबैले हेप्छन् ।

हुन्न अब यसरी समय फाल्न्
लाग्नु पर्छ नशा रहित जीवन धान्न 
सुध्रिएर अब थाल्छु नयाँ कदम चाल्न ।

व्यग्य सन्देश
शिवजीले गाजाँ भाङ् आफै सेवन गरे
गाँजा तान्ने साधु बाबा शिव भक्त अरे
भगवान भन्दा पनि मान्छे अहिले ठूलो
मौका पाए तानिदिन्छन् ब्राउन सुगर धुलो

पशुपति क्षेत्रभित्र तान्छन् चरेस गाँजा
शिवलाई सम्झिएर लिने गर्छन मजा
भगवानमा पनि लगाईन्छ यस्तो दोष
मानवीय जीवनको गरौँ आफै होस

गाँजा चरेस लागु औषध सेवन गर्दा आहाँ
मानवीय जीवन यो स्वग तिर स्वाँह
पैसा हुदाँ खान राम्रो चरेस चुरोट खैनी
बैस हुदाँ हेर्न राम्रो दिदी भन्दा बहिनी

यति बेला मानिसले पैसा ठान्छन् ठुलो
मौका पाए व्यापार गर्छन ब्राउन सुगर धुलो
रुपैँयाले मानिसको फेरिदै छ रुप
चाडै धनी चाडै स्र्वग ब्राउन सुगर धुप

लागु औषध खानेहरु गर्नु राम्रो ख्याल
जीन्दगी छ धरापमा रमाउँलान स्याल
अर्थ बुझनु उल्टो सुल्टो सन्देश यो एउटा
गल्ती भए माफ गर पशुपति द्मौता ।

Comments

Popular posts from this blog

women Education

शिक्षा ऐन २०२८ अघिको शिक्षण तरीका र विद्यालय व्यवस्थापन प्रक्रिया

अभाव भित्रको चलखेल