हुम्ला व्यासी थपाल्या समुदायको माघ १५ को हरेलो पर्व देखि नयाँ आर्थिक वर्ष
नन्द बहादुर ऐडी
प्रत्येक वर्ष माघ महिना मनाइने यस पर्व हुम्ला रोडिकोट गाविसका (व्यासी थपाल्या समुदायका मानिसहरुले मनाउने गर्छन । यस दिनमा विशेष गरि भूमी देवताको पुजा गर्ने चलन रहेको छ । जेठासी – जेठमा पाक्ने बाली राम्रो होस भन्ने मान्यताका साथ यो पर्व भव्य रुपले मनाईन्छ । यो पर्वको अर्को विशेषता भनेको यसै दिनबाट त्यस समुदायको आर्थिक वर्ष परिवर्तन हुनु हो । वर्ष भरि गरेका कामका बारेमा छलफल, समिक्षका साथ आउने नयाँ वर्षको लागि नयाँ कार्ययोजना तर्जुमा गर्ने पनि गरिन्छ । गाउँको रेखदेख गर्ने नोरा यसै दिनमा चुन्ने काम गरिन्छ । यो पर्व विशेष गरि हुम्ला जिल्ला भरिका व्यासी थपाल्या समुदाय मध्ये रोडिकोट गाविस वडा न १, २, ३, र ४ राहदेउ र फुचा गाउका मानिसले मनाउने गर्दछन् । यस्तै पर्व राया गाउँका व्यासी थपाल्याहरुले माघ १ गते मान्ने गरेको पाईन्छ ।
के के गरिन्छ त यस पर्वमा ?
प्रत्येक घरबाछ एकएक माना मास्र्याको धुलो(पिठो),एक एक डाडु तेल र एक पुलो बावियो –एक प्रकारको बलियो घाँस ) उठाईन्छ । त्यस दिउसो मास्र्याको चिउला –पुरी) हाल्ने गरिन्छ । गाउँमा भएका दुई वटा पटी हेरी र बुरा अर्थात ऐडी र बुढा । यी पटी बीचमा प्रत्येक वर्ष पालैपालो चिउला हाल्ने रालक्रम चल्ने गर्दछ । यस दिनमा प्रत्येक घरबाट एक एक जना उक्त पूजा स्थलमा जानन्छन् । मास्र्याको चिउला खाई बावियाको लरो –एक प्रकारको मोटो र बलियो घाँसको डोरी) बाट्छन् । यी सबै कामल पुरा भइसकेपछि आ आफनो घरमा पर्कन्छन् । खाना खाईसकेपछि बेलुका अर्थात रातको करीब आठ बजेतिर त्र.उक्त बावियाको लरो लेकको भेडी गोठालाहर र गाउँका मानिससहरु बीच आपसमा ताना तान गरिन्छ । गोठालाहे जितेमा गाउँमा अनिकाल अर्थात अन्न अन्न नहुने र गाउँलेहरुले जितेमा सुविकाल एवं अन्न हुने जनविश्वास रहेको छ । यो पर्व ह’म्लाको दुई वटा गाउँमा मात्रा मनाईने हुनाले वरपरका वा अन्य गाउँबाट पर्व अवलोकनको लागि मानिसहरु आउने गर्छन् ।। यो पर्व खापुनाथ गाविसको दुर्पा गाउँमा माघ एक गते मनाउछन् भने अन्य ठाउँमा हाल सम्म मनाउने गरेको पाईको छैन् । लरो तान्ने काम सकिएपछि रातभरि आ आफनो स्तर र जोडी अनुसार देउडाका विभिन्न खेल खेल्ने गरिन्छ । बिहान भएपछि बाहिरबाट आएका पाहुनाहरुलाई गाउँका सबै मानिसहरु मिलेर खाना खुवाउने चलन रहेको छ । यसरी व्यासी थपाल्या समुदायको हरेलो पर्व सम्पन्न हुन्छ व्यासी थपाल्याको यसल पर्व एक अनुसन्भात्मक र खोजमूलक विषय बनन सक्छ । यो एक पहिचाहन विहिन समुदायको पर्व भएकाले पनि होला हाल सम्ममा पनि कुनै मानव शास्त्री तथा समाज शास्त्रीको ध्यान पुग्न सकेको छैन् । नुवाकोटको तारुकामा मनाईने माघ एक गतेको गोरु जुधाउने पर्व जस्तो अनौठो क्रियाकलाप जस्तो हुम्ला जिल्लाको व्यासी थपाल्याको हरेलो पर्व हुन सक्छ तर आम सञ्चारको प्रचार प्रसारको कमीका कारण यो पर्व हाल सम्ममा पनि पहिचाहनको खोजीमा लड्बडाई रहेको अवस्थामा छ । त्यस समुदायका यी यस्ता रोचक पर्वलाई उजागारको लागि प्रचार प्रसार गर्ने हो भने लमजुङ , गोरखामा गुङरु ले आफनो सस्कृति झल्काएर प्रशस्त मात्रामा स्वदेशी तथा विदेशी पर्यटक भियाई जिविकोपार्जनमा सहज बनाए जस्तै व्यासी थपाल्या समुदायका मानिसहरुले पनि गर्ने थिए ।
Comments
Post a Comment