ब्याउली रुन्या तालीम

नेपालको दुरदराजमा रहेको कर्णाली जति विकट छ त्यति नै कणालीको हुम्ला जिल्ला विकट रहेको छ । हुम्ला नेपालको दोस्रो ठुलो (भौगोलिक रुपमा) जिल्लाको रुपमा रहेको छ त्यति नै त्यहा भित्र जातजाती र फरक सांस्कृतिक अपनाउने मानिसहरुको बसोबास रहेको छ जसमध्ये ब्याँसी थपाल्या समुदाय पनि एक पिछडिएको समुदाय हो । यस समुदायका सास्कृतिकको झलक हरेक हप्ता यस पत्रिकामा स्तम्भको रुपमा रहने छ । 
भ्या (विहे) गर्दा हुम्ला जिल्लाको ब्याँसी समुदायमा ब्याँउली (दुलही) रौन्या चलन छ । विशेष गरि यो चलन माग्या भ्या (मागी विहे) मा प्रचलित छ । भ्या (विहे) गर्दा भौती  (धेरै) खर्च ब्याँउला (दुलाह) पक्षले गर्छन् । भ्याका लागि ब्याँउलीको घरमा ब्याँउलाले खान खर्च पुयाएपछि यो तालीम दिने गरिन्छ । यो तालीमको क्रममा ब्याँउली लगायत भ्या नगरेका छोट्टीहरु गोठमा बास बस्ने गर्छन् । ब्याँउली रुदा निम्न शब्दको प्रयोग हरन्छ ।
सुरुको सम्वोदनको बेलामा
होइ जदेउ जदेउ
होइ पाल्यौ ताल्यौ
होइ कैका पोल्ठा फाल्यौ
हौइ मेरा माइतीको भरास यहाइ जदेउ जदेउ
होइ मेरा माइतीको चुलो बैसन्द य
होइ जलेउ जदेउ
होइ मेरा माइतीको मुल संघार य
होइ जदेउ जदेउ
होइ मेरा माइतीको रीसिनामो टुप्पा य
होइ जदेउ जदेउ
होइ मेरो बबुको सुत्न्या खाट य
होइ जदेउ जदेउ
हाइ मेरो आमाको बैन्या मैरा य
होइ जदेउ जदेउ
होइ मेरा माइतीको कुटन्या ओग्ला य
होइ जदेउ जदेउ
बबु (बुवा) आमाको लागि होइ मेरो बबुको सुत्न्या खाट य
होइ जदेउ जदेउ
होइ पाल्यौ ताल्यौ
होइ कैका पोल्ठा फाल्यौ
होइ मेरो बबु यौ
होइ तिम्मो छोरी त
होइ नानै छियो
होइ दुधे गाला त छरिया नाइ
होइ भोग जिराया नाइ 
होइ क्यान अकुलाया
होइ मेरो बबु यौ
होइ तिम्मो छोरीलाई
होइ ओग्ला कुटन्ना
होइ भदला भुटन्ना
होइ अक्का घरौदो
होइ भाल्या डाका उठान्ना
होइ चिसाउदो राखान्ना
होइ मेरो बबु यौ
होइ खाएइ डारै मान्यौ
होइ लाएइ डारै मान्यौ
होइ सिएइ डारै मान्यौ
होइ बसेइ डारै मान्यौ
होइ मेरो बबु यौ
होइ अब मुखुत्तो खाउला
होइ सुख बसौला
ददा (दाजु) भाउजु र भाइको लागि
होइ मेरो ददा यौ
होइ पाल्यौ ताल्यौ
होइ कैका पोल्ठा फाल्यौ
होइ मैले खाएइ डारै मान्यौ
होइ मैले लाएइ डारै मान्यौ
होइ सिएइ डारै मान्यौ
होइ म बस्या डारै मान्यौ
होइ मेरो ददा यौ
होइ अब मुखुत्तो खाउला
होइ सुख सुतौला
साथ्या (साथी वा संगीनी) को लागिहोइ मेरो साथ्या यौ
होइ जदेउ जदेउ
होइ मेरो बबुले
होइ पाल्या ताल्या
होइ र्कैका पोल्ठा फाल्या
होइ मेरो साथ्या यौ
होइ तिमी त माइत घर बैन्या छौ
होइ आमा हात खान्या छौ ।
होइ बबु साथ बैन्या छौ
होइ मेरो साथ्या यौ
होइ परेवा जोडीजन जादा छियौ
होइ मालुवा ठाट जन आउदा छियौ
होइ हामी गया ठउर
होइ जादै गर्या
होइ हामी हट्या बाटा हडदै गर्या
यसरी आफ्नो माइतीको वनपाखा र जिमी जग्गाको पनि वर्णन गरिन्छ ।
– नन्द बहादुर ऐडी


    


Comments

Popular posts from this blog

पत्रकारीता

देउडामा अरुको मन पगाल्न सक्ने क्षमता छ ।

जिल्ला प्रशासन कार्यालय हुम्लाको लापारवाही