देउडामा अरुको मन पगाल्न सक्ने क्षमता छ ।


गीत संगीत एक मार्मिक पक्ष हो भनिन्छ जसले मानिसको मात्र नभई पशुपन्छीको पनि मन पगाल्न  सफल हुन्छ । नेपालमा समुदाय र क्षेत्र पिच्छे गीतसंगीत प्रचलननमा छ । जसमा सुदुर तथा मध्यपश्चिमको कर्नाली क्षेत्रमा विशेष  चल्तीमा रहेको गीत हो देउडा । यही देउडा विशेषको कार्यक्रम ‘भलासुकाली’ विगत ८ वर्ष देखि रेडियो नेपालको केन्द्रिय प्रसारण सिंहदरवारबाट प्रसारण हुदै आएको छ  । यस कार्यक्रमका प्रस्तोता एव देउडा गायक सुरेशजंग शाहीसँग नन्द शहादुर ऐडीले गरेको कुराकानी ः  
यो कार्यक्रम औपचारी रुपमा कहिलेबाट सञ्चालमा आएको हो ?
विस २०६२ साल बाट सञ्चालनमा आएको हा्े ा
यो कार्यक्रमको अवधारणा कसरी आयो नि ?
देउडा क्षेत्रमा कर्नालीले ठुलो गुन लाएको छ । ओझेलमा परिरहेको देउडा गीतलाई राष्ट्रिय रुपमा पहिचानमा ल्यानुपर्छ भन्ने हिसावले हामी केहि युवाहरुको पहलमा यो कार्यक्रम सञ्चालनमा आएको हो ।
रेडियो नेपालबाट देउडा कार्यक्रम सञ्चालन गदै आउनु भएको छ । चुनौती पनि त होलान नि ?
कर्नाली क्षेत्रबाट संघर्ष गर्दै कोहि मान्छे काठमाडौ आएर टिक्न सक्छ भने त्यसका पछाडी उसले धेरै ठुल–ठुला चुनौतीहरु पार गरिसकेको हुन्छ उसले । हामी यो क्षेत्रमा आईसकेपछि अझ बढि चुनौतीहरु छ । यति बेला गीतसंगीतको बजार ओरालो लागिरहेको बेला सांगितिक क्षेत्रमा लागेर काठमाडौमा बाच्नु पनि ठुलो कुरा हो । अहिले जस्तै आधुनिक गीतका कुराहरु लोक गीत जस्ता सबै गीतले सीआर विटी लगायत देश विदेशमा प्रोगामको लागि ध्याउछन् र बाच्ने आधार बनीसकेको छ तर कर्नालीको एउटा देउटा गीत गाएर न सिआर विटी आउँछ नत प्रोग्राममा अफर नै हुन्छ । त्यो बेलामा पनि हामीले देउडा सस्कृतिलाई विशुद्ध तरीकाले जोगाई राख्नुपर्छ भन्ने हिसावमा अगाडी बढ्दा चुनौती नहोला भन्ने कसैको बुझाई छ भने विलकुल गलत छ त्यहाँ भित्रका पहाड चुनौतीहरु छिचोल्दै हामी अघि बढिरहेका छौ र सवैको साथ सहयोग पाईएको खण्डमा हामीले हाम्रो सस्कृति देउडा र पिछडिएको कर्नाली क्षेत्रलाई अगाडी बढाउन सहयोग पुग्नेछ ।
देउडा के हो र यसलाई कसरी व्याख्या गर्ने त ?
देउडा पहिले चाहि ड बाट आउँछ र कोहि चाहि द वाट आउँछ । यसलाई कसैले डेढ पाहिला अगाडी र डेढ पाईला पछाडी भएर देउडा भएको हो भन्ने कुरा गरेका छन् । त्यस्तै देवी देउताका भजन स्तुतीहरु, नेपाली भाषाको उत्पति सँगसँगै मनोरञ्जनको कुरा पनि अगाडी बढेको छ त्यही बीचमा हामीले देउडाको उत्पनि भएको तथ्य हामी देख्न सक्छौ । देउडा पछिल्लो समयमा रंगिदै आएको छ । कुमाउ गडवाल नैनतालको आयातित सस्कृती सूदुपश्चिममा थपिएको होकी भन्ने भान हामी पाउछौ । प्रत्येक मान्छेको अन्तरहृदयदेखि निस्कने मनोरञ्जनको साधन देउडा हो ।
तपाई देउडा कार्यक्रममा चलाउदै आउनुभएको छ । समय धेरै परिवर्तन भईसक्यो यानकी आजकालका युवाहरु लोक र देउडा गीत भन्दा पनि रिमिक्स पप गीत तिर उन्मूख भएको अवस्था छ । तपाईलाई यो कार्यक्रम चलाईरहदा म पुरानै जमानामा छु भन्ने अनुभव हुदैन ?
मलाई यो कुरा ठुलो चुनौतीको रुपमा खडा भएको छ । म पनि आफूलाई युवा भन्न रुचाउने मान्छे हुँ । तर लोक देउडाकासाथै परम्परागत मुल्य मान्यतालाई संरक्षण गर्नुपर्छ भन्ने कुरामा लागि परेको छु । रेडियो नेपालमा यो कार्यक्रम चलाउन एकदमै चुनौती थियो । देउडामा अरुको मन पगाल्न सक्ने क्षमता छ । यसैले आफनो सस्कृति जोगाउनको लागि म लगायतको समग्र भलाकुसाली टिम यस कार्यक्रममा लागेका हौ । नबुझेका युवाहरुले पनि पछि बुझनु हुने छ । अहिले जाइकाको सर्वेक्षण या रेडियो  नोपालको वार्षिक उत्सवको सर्वेक्षणमा पनि एउटा क्षेत्रीय कार्यक्रममा टप एक नम्वरमा आएको भलासुुकालीको देउडा कार्यक्रम हो ।
तपाई एउडा देउडा गायक र देउडा विशेष कार्यक्रम भलासुकालीको प्रस्तोता भएको नाताले आम श्रोतालाई केहि भन्नु छ कि ?
मैले सुरुमा भलासुकालीको कार्यक्रम सञ्चालन गरे र सञ्चालनको क्रममा साथ सहयोगका साथै ठुलो हौसला मेची महाकालीबाट नै पाएको छु त्यसमापनि विशेष सहयोग सुदुर र मध्यपश्चिम क्षेत्रबाट पाएको छु । त्यही हौसलाले होला अझ पछिल्ला दिनहरुमा यसलाई सुधार गर्दै अगाडी बढने मैले चेष्ठा गरेको छु । त्यो बीचमा मैले फाट्टफुट्ट केहि गीतहरु पनि गाए । त्यो गीतको प्रतिक्रिया राम्रै पाईयो । आगामी दिनहरुमा श्रोताहरुले अझै साथ सहयोग गर्नुहुनेछ भन्ने आशा राखेको छु ।


Comments

Popular posts from this blog

पत्रकारीता

जिल्ला प्रशासन कार्यालय हुम्लाको लापारवाही