खाद्य सुरक्षा


रमेश रावत
खाद्यन्न मानव जीवनको महत्वपूर्ण  आधारको रुपमा रहेको हुन्छ । खाद्यन्नको आपूर्ती, व्यवस्थापन तथा गुणस्तरलाई हरेक देशमा जोड दिईएको हुन्छ । ्वढदो जनसंख्याका कारण खाद्यन्नको उपलव्धता तथा व्यवस्था चुनौतीपूर्ण बन्दै गएको अवस्था छ । खाद्यन्न समस्याले देश तथा समुदायमा मात्र समस्या सिर्जन ार्ने नभई अन्तराष्ट्रिय स्तरमै समस्या उत्पन्न गर्ने हुदाँ हाल खाद्यन्नको आपूर्ती अवस्था वा खाद्यन्न सुरक्षा विश्वका सवै देश तथा अन्तराष्ट्रिय समुदायको समेत चासोको विषय बनेको छ ।
खाद्यन्नको समस्या मूलतः कम विकसित देशहरुमा जटिल बनेको देखिन्छ । यस्ता देशहरुमा जनसंख्याको वृद्धिदर उच्च हुने तर खाद्यन्न त्यही अनुपातमा बढाउन नसकिने विद्यमान अवस्था छ । जमीनको उपादकत्व न्यून छ । वातावणीय समस्या बढिरहेको छ । खानेपानी प्रणालीको महत्वपूर्ण पूरक तत्व वन सम्पदा क्रमशः विनाश भईरहेको छ  खाद्यन्न उत्पादन तथा उत्पादक तत्व बढाउनु आवश्यक छ । तर यो नै ठुलो चुनौतीको रुपमा देखा परेको छ । खाद्यन्नको उत्पादकत्व बढाउनको लागि किसानहरुले अनेक प्रकारका रसायनिक पदार्थ तथा विषादीको प्रयोग गरिरहेका छन् । यसले तत्काल केयिह फाईएदा पुयाएता पनि दीर्घकालमा उत्पादकत्व बढाउनु भन्दा पनि घटाउन सक्ने अवस्था देखा परेको छ ।
खाद्यन्न उत्पादनको लागि कृषियोग्य जमीनको आवश्यक पर्दछ । तर हरेक देशमा कृषियोग्य जमीनको मात्रा सिमित छ । यस्तो अवस्थामा खेती गरि खाद्यन्न उत्पादन बढाई खाद्यन्न सुरक्षा कायम गर्न असम्भव छ । सघन खेती प्रणालीको विकास अति आवश्यक छ । यसका लागि सघन खेती प्रणालीको ज्ञानमा विस्तार, वनसम्पदाको संरक्षण लगायत अनेक प्रकारका प्रयत्नहरु गर्नु जरुरी हुन्छ । खाद्यसुरक्षाको सवाललाई जोड दिँदा वर्तमान आवश्यक्ताका साथसाथै भावी सन्ततीको लागि सोच्ने पर्ने हुन्छ । खाद्य सुरक्षा क्षणिक नभई दीर्घकालीन हुन आवश्यक छ । खाद्य सुरक्षाका लागि कृषिको विकास, कृषकको जीवन स्तरमा सुधार लगायत कृषि र खाद्य सुरक्षामा आपसी समन्वय गराउन आवश्यक छ । जसलाई कृषिको विकास तथा खाद्य सुरक्षाको अन्र्तसम्बन्धलाई यसरी डाय ग्राममा देखाउन सकिन्छ ।
स्थानीय खाद्य उत्पादनमा प्रोत्साहन
खेतीपाती तथा बाली विविधीकरण
खेतीपातीमा सघनता, विविधता
व्यावसायीकरणमा जोड÷व्यावसायीमुखी
समन्वयात्मक कृषि कार्यक्रम
भौगोलिक तुलनात्मक लाभमा जोड
कृषकको श्रोतको पहिचान र उपयोग
यातायात र बजार व्यवस्थापन
वातावरण संरक्षण र भूमीको व्यवस्थापन
कृषि प्रवृत्तिको विकासर दीर्घकालीन कृषि नीतिमा जोड
कृषि क्षेत्रको समष्टिगत विकास
खाद्य सुरक्षा कायम


खाद्य सुरक्षाको लागि खाद्यन्न उत्पादन वृद्धि तथा उत्पादनको पहुँच वढाउन आवश्यक छ । खाद्यन्नको उत्पादन बढाउनको लागि खेतीपाती तथा बाली विविधिकरणलाई जोड दिनु आवश्यक छ । खेतीपातीमा सघनता बढाउनु पर्छ । परम्परागत खेतीपातीलाई व्यवसायीकरण गर्नु जरुरी छ । समन्वयात्मक कृषि विकासका लागि प्रयत्न गरिनु पर्दछ । भौगोलिक विविधता अनुसार फसल लगाउने अभियानमा लाग्नु आवश्यक छ । कृषिको सीप श्रोत तथा साधनको उपलब्धता अनुकुल कार्यक्रमहरु बनाई त्यही अनुसार कार्यान्वयन गर्न आवश्यक हुन्छ । बजारको विकास, यातायातको विकास, वातावरण संरक्षण, तथा दीगो कृषि नीतिलाई पनि यस सन्दर्भमा महत्वपूर्ण रुपमा लिन सकिन्छ ।
कृषि विकासको सन्दर्भमा वर्तमान समयमा भएका कतिपय अभ्यासहरु खाद्य सुरक्षाको प्रत्याभूतीका दृष्ट्रिले अहितकार रहेका छन् । हाल सम्मका थुप्रै प्रयत्नहरु वातावरण मैत्री नभएका कारण कृषकले अपनाउन सकेनन तथा कतिपयले अपनाएता पनि अन्ततः नैराश्य अवस्थामा पुग्न बाध्य भए । यस्तो अवस्थामा कृषिको विकास तथा दीर्घकालीन विकासको सन्दर्भमा उपयुक्त मानिदैन । कृषकहरु निरास हुन पुग्दछन्  यस्तो नैराश्यताले भावी पूस्तालाई पनि नकरात्मक प्रभाव पार्न सक्ने हुने भएकोले यस तर्फ सचेतना अपनाउनु आवश्यक हुन्छ ।
विकासउन्मूख देशहरुले खाद्य सुरक्षाको अवस्थालाई दीर्घकालीन बनाउनको लागि अपनाउनु पर्ने उपायाहरु ः
खाद्यन्न उत्पादन बढाउनको लागि अनुसन्धान तथा कार्यान्वयनसँग सम्बन्धित विभिन्न संस्था तथा निकायहरु कायरत रहन्छन् । तिनीहरुको भौतिक तथा अन्य क्षमता वृद्धि गरि विद्यमान भूमी तथा त्यसको क्षमतालाई पुरापर उपयोग गर्ने वातावरण तयार पार्नु पर्दछ ।
कृषिमा खाद्यन्न तथा अन्य तुलनात्मक लाभका क्षेत्रहरुको पहिचान गरि त्यस्ता क्षेत्रमा लगानी बढानु आवश्यक छ । कृषकको आम्दानी रोजगारी बढाउने उपाय हरुको अवलम्वन गर्ने तथा सकेसम्म कार्यान्वयनको स्तरमा जाने वातावरण तयार पार्नु पर्दछ ।
उत्पादन वृद्धिका लागि खअनेक कुराहरुले प्रभाव पाररिहेका हुन्छन् । यस्ता तत्वमा नयाँ प्रविधीहरु प्रभावकारी माटो विश्लेषण तथा उपचार सेवाहरु वाली संरक्षण सेवाहरु विउ विजन उत्पादनका सेवाहरु किरा चरा मुसा आदिबाट बचावट गर्ने प्रविधीहरु वजार तथा भण्डार सेवाहरु पर्दछन्  । ती सेवाहरु पुयाई किसानको उत्पादन बढाउन तथा संराण गर्न सकिन्छ 
कृाि प्रणालीमा कृषि र वन क्षेत्रको पारस्परिक  परिक्षक र परिपोषक सम्बन्ध रहेको र प्राकृतिक वातावरण संराणका दृष्टिबाट पनि ती क्षेत्रले श्रोत संरक्षण र उपयोगमा महत्वपूर्ण भूमिका खेल्न सक्नो हुदाँ हुदैँ कृषि सिचाई र वन क्षेत्रको विकासका कार्यक्रमहरु एकिकृत रुपमा तयार गरि सोहि अनुसार कार्यान्वयन गराउनु आवश्यक हुन्छ । त्यस्तै गरी वातावरण श्रोत संरक्षण आथिृक विकासमा स्थायीत्व गरिवी उन्मूल्न जस्ता दीर्घकालीन उद्देश्यको पपिूर्तीको दृष्टिबाट जनसंख्या विकास सम्भाव्यता अन्य बाह्य तत्वहरुको अन्तसम्बन्धलाई समेत ख्याल गरि दीर्घ कालीन कृषि योजना तयार पार्नु आवश्यक हुन्छ ।
कृषिमा संलग्न जनशक्तिमा महिलाको स्थान महत्वपूर्ण छ । यस्तो अवस्थामा उनीहरुको गुणत्मक स्थिती सुधार्न सकेको खण्डमा सिमित श्रोतबाट पनि बढि आम्दानी लिन सकिने सम्भावना छ । कृषिको उत्पादकत्व वृद्धि मार्फत खाद्य सुरक्षा तथा बढि आम्दानी लिन सकिने अवस्थाको सिर्जन गर्न सकिन्छ । खाद्यन्न उत्पादन तथा तीनको उपयोगमा महिलाको सक्रियता बढाउन सकेको खण्डमा सिमित खाद्य वस्तुको अधिकतम उपयोग सम्भव हुन्छ ।
ग्रामीण क्षेत्रमा कुपोषणको अवस्था सुधार ल्याउन पौष्ट्रिक तत्वयूक्त स्थानीय खाद्य वस्तुको पहिचान, उत्पादन, खाद्य परिकार तयारी र आहारमा उपयोग बढानु आवश्यक छ । पोषणका कार्यक्रमलाई शैक्षिक कार्यक्रममा समावेश गरि खाद्य व्यवथालाई सुरक्षित तथा प्रभावकारी बनाई भावी सन्ततीको आवश्यकता समेत पूरा गर्नमा सहयोग पुग्दछ ।
कृषिको विकास मार्फत खाद्य सुरक्षा कायम गर्न सकिने हुदाँ कृषि विकासका लागि आवश्यक पर्ने साधनहरुको वितरणलाई प्रभाव कारी वनाउन आवश्यक छ । यसका लागि बीउविजन, मल, खाद्य उपकरण औषधी तथा भण्डारण सुविधाको विस्तारमा ध्यान दिनु आवश्यक छ ।
कृषि विकास सम्बन्धी कार्यक्रमहरु प्रतयक्ष तथा अप्रत्यक्ष रुपमा वातावरणसँग जोडिएका छन् । विभिन्न कृषि क्रियाकलापले वातावरणमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर पार्दछ । यर्सथ हरेक कृषि विकासका कार्यक्रमहरुलाई वातावरण केन्द्रित तथा संरक्षणमुखी बनाउने प्रयास गर्नुपर्दछ । कृषि क्रियाकलापका साथसथै भू–तथा वन सम्पदाको संरक्षणका प्रयासहरु अघि वढाउनु आवश्यक छ । यसका लागि विभिन्न निकायमा समन्वय गर्ने तथा जन सहभागिता बढाउने प्रयासको आवश्यता पर्दछ ।
स्थानीय उत्पादनलाई व्यवस्थित एवं प्रभावकारी ढंगले दीर्घकालसम्म स्थानीय रैथाने बीउ विजन एवं कृषि जन्य बालीहरुको संरक्षण सम्वद्र्धन गर्न गराउन स्थानीय भू–वनोट हावापानी प्रवृत्तिको आधारमा कायम राख्न कृषि उत्पादन बालीको दीर्घकालीन नीतिको तर्जुमा गर्न गराउन आवश्यक पर्दछ ।
स्थानीय कृषिजन्य उत्पादनलाई निरन्तरता दिन दिलाउने स्थानीय कृषि जन्य वीउ विजन (सिड वैकं) वैकंको व्यवस्थापन गराई सोको आधारमा निम्न स्तरका कृषकहलाई आवश्यक मात्रामा सिजन अनुसार विउ विजन सहज रुपले उपलब्ध गराई स्थानीय उत्पादन बढाउने संयन्त्रको विकास गर्दै कृषि व्यावसायीकरणमा जोड दिई खाद्य सुरक्षा कायम गराउन आवश्यक छ । 


Comments

Popular posts from this blog

women Education

शिक्षा ऐन २०२८ अघिको शिक्षण तरीका र विद्यालय व्यवस्थापन प्रक्रिया

अभाव भित्रको चलखेल