Bidhan of Karnali Devlopment Youth Fourm
कर्णाली विकास युवा मञ्च नेपाल
ृप्बचलबष् िम्भखयिऊभलत थ्यगतज ँयगचm ल्भउब िे
हुम्लाको
विधान – २०६८
प्रस्तावना
भूपरिवेष्ठित र विकासोन्मुख राष्ट्रको रुपमा परिचित नेपालकै पनि अति विकट तथा विकासका न्यूनतम पूर्वाधार बाट पनि बन्चित कर्णाली अञ्चलका विधमान आर्थिक, सामाजिक तथा सांस्कृतिक, शैक्षिक पछौटेपनको अन्त्य गरी न्याय, समतामूलक, आत्मनिर्भर, समय सापेक्षिक, समावेशी र सभ्य समाजको निर्माण गर्ने दृढ संकल्पका साथ २१ औ शताब्दीका मानविय विकासका सिद्वान्त र मान्यता तथा लैङ्गिक समानता र समताका आधारमा स्थानिय स्रोत साधनको सहि पहिचान, परिचालन र सदुउपयोग गर्न एकल व्यक्तिको अथक प्रयासले मात्र संभव नहुने यर्थाततालाई मनन गरेर सामुहिक प्रयास र प्रत्यनका साथ यस क्षेत्रको पछौटेपन तथा कहाली लाग्दो अवस्थामा कठिन जिवन गुजारा गरिरहेका सम्पूर्ण वर्ग, लिङ्ग र समुदायको जीवनस्तर उकास्दै मानव र मानविय समुदायको हरेक समस्या समाधानमा संलग्न तथा क्रियाशिल रहने र कर्णालीका युवाहरुलाई एकिकृत गरि कर्णालीको विकासमा सहयोग गर्ने उद्देश्यले यो कर्णाली विकास युवा मञ्च नेपाल ९ प्बचलबष् िम्भखयिऊभलत थ्यगतज ँयगचm ल्भउब०ि नामक गैह्र सरकारी संस्था खोल्ने प्रयास गरेका छौ ।
यो संस्थाको उद्देश्यलाई आत्मसाथ गर्दै व्यक्तिगत स्वार्थ भन्दा टाढा रहेका राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यक्ति, सरकारी तथा गैह्र सरकारी संघ संस्थालाई संस्था दर्ता ऐन २०३४ को अधिनमा रही यसमा संलग्न तथा समर्पित रहन हार्दिक आव्हान गरिन्छ ।
परिच्छेद १
प्रारम्भ
१.१ सक्षिप्त नाम र प्रारम्भ
विधानमा यस संस्थाको नाम कर्णाली विकास युवा मञ्च नेपाल ९ प्बचलबष् िम्भखयिऊभलत थ्यगतज ँयगचm ल्भउब०ि रहने छ ।
१.२ परिभाषा
बिषय र प्रसंगले अर्को अर्थ नलागेमा यस संस्थाको विधानमा
(क) विधान भन्नाले कर्णाली विकास युवा मञ्च नेपालको विधान २०६८ लाई जनाउनेछ ।
(ख) संस्था भन्नाले कर्णाली विकास युवा मञ्च नेपाललाई सम्झनु पर्दछ ।
(ग) संस्था भन्नाले यस विधान बमोजिम बसेको साधारण सभा र बिषेश साधारण सभालाई समेत जनाउने छ ।
(घ) पदाधिकारी भन्नाले यस संस्थाका कार्य समितिका पदाधिकारीहरुलाई सम्झनु पर्दछ ।
(ड) स्थानिय अधिकारी भन्नाले प्रमुख जिल्ला अधिकारीलाई जनाउने छ ।
(च) अध्यक्ष भन्नाले कर्णाली विकास युवा मञ्च नेपालको अध्यक्षलाई सम्झनु पर्दछ ।
(छ) सदस्य भन्नाले यस विधानमा अन्तर्गत संगठित कर्णाली विकास युवा मञ्च नेपालका सदस्यलाई जनाउने छ ।
(ज) संस्थाको छाप भन्नाले कर्णाली विकास युवा मञ्च नेपालकोे छाप भन्ने सम्झनु पर्दछ ।
(झ) तोकिएको वा तोकिए बमोजिम भन्नाले यस विधान र विधान अन्तर्गत नियममा तोकिए बमोजिम सम्झनु पर्दछ ।
(ञ) नियम भन्नाले यस विधान अन्तर्गतका नियम विनियम लाई जनाउने छ ।
(ट) संस्थापक भन्नाले यस संस्था स्थापनाका वखत रहेका पदाधिकारीलाई सम्झनु पर्दछ ।
(ठ) कार्यकारिण्ाि समिति भन्नाले साधारण सभाबाट निबाचित कार्य समितिलाई जनाउने छ ।
१.३ संस्थाको छाप, चिन्ह
प्रचलित कानुनको प्रतिकुल नहुने गरी यस सस्थाको नाममा अनुसूची–१ मा उल्लेख गरे बमोजिम एउटा अलगै छाप र चिन्ह हुनेछ ।
१.४ संस्थाको अस्तित्व
यो संस्था अभिछिन्न उत्तराधिकारवाल संगठित स्वशासित र गैह्र सरकारी सामाजिक संस्था हुनेछ ।
१.४ संस्थाको कार्यालय ः
यस संस्थाको कार्यालय हुम्ला जिल्लाको सदरमुकाम सिमकोट गा.वि.स. वडा नं. ३ मा रहनेछ । आवश्यक परेमा स्वीकृत लिनुपर्ने निकायबाट स्वीकृत लीई नेपाल राज्यका विभिन्न जिल्लामा शाखाहरु खोल्न सकिनेछ ।
१.५ संस्थाको कार्यक्षेत्र कर्णाली अञ्चलको पाच वटै जिल्लामा हुनेछ । आवश्यकता अनुसार सम्बन्धित निकायको स्वीकृती लिई नेपालको अन्य जिल्लाहरु तथा कर्णालीका पाँचवटै जिल्लाको प्रत्येक गाविसहरुमा कार्य क्षेत्र विस्तार गर्न सकिने छ ।
परिच्छेद २
संस्थाको उद्देश्य
क) विकासका पुर्बाधारहरु ( शिक्षा, स्वास्थ्य, यातयात, संचार, बिधुत, खानेपानी आदी) जस्ता भौतिक संरचना निर्माण तथा विकासका कार्यक्रमहरु संचालन गर्ने ।
ख) समाजमा बिधमान असमानता, बिभेद, शोषण, गरीबी, रोग भोक, पछौटेपन, कुसंस्कार र रुढीबादी चिन्तन तथा कुरीतिको अन्त्य गर्दै न्यायपूर्ण, समावेशी र सभ्य समाज निमार्णका लागि आयआर्जन, सीपमूलक तथा चेतनामूलक जस्ता मानविय सेवाका कार्यक्रमहरु संचालन गर्ने ।
ग) वातावरणीय विनासलाई न्यूनीकरण गर्न बृक्षारोपण, वाताबरण संरक्षण कार्य र सोका लागि आवश्यक सीपमूलक तथा चेतनामूलक कार्यक्रमहरुमा जोड दिने ।
घ) नेपालमा रहेको वर्तमान शिक्षा प्रणालीलाई आधुनिक, प्राबिधिक तथा बैज्ञानिक र समय सापेक्षको शिक्षा प्रणालीमा रुपान्तरण हुने खालका कार्यक्रमहरु संचालन गर्ने ।
ङ) हाम्रो जस्तो कृषि प्रधान देशमा रहेका कृषि र पशुपालन सम्बन्धी परम्परागत प्रणालीलाई आधुनिक प्रणाली तथा अधिक उत्पादन हुने खालका कार्यक्रमहरु संचालन गरी भ्मि अनुसारको सिंचाईलाई बिषेश जोड दिने ।
च) बिभिन्न दातृ संघसंस्था वा व्यक्तिको सहयोगमा गरिबी, विपन्न, पिछडिएको वर्ग, समुदायको जीबीकोपार्जनमा प्रत्यक्ष राहत पुग्ने खालका दीगो तथा सहभागितामा आधारित सामुदायीक बिकास कार्यक्रमहरु संचालन गर्ने ।
छ) समान लक्ष्य र उद्देश्य भएका स्वदेशी तथा बिदेशी व्यक्ति, संघ संस्थाहरु संग साझेदारी गर्दै उद्देश्य अनुरुपका उपयुक्त सेवाहरु आदान प्रदान गर्ने ।
ज) मानवीय भावना भएका, देश विकासमा टेवा पु–याउन सक्न,े सकरात्मक सोच भएका, देशप्रेमी, समाजप्रेमी, नैतिकवान, कर्तव्यनिष्ठ, सभ्य, न्यायपुर्ण सामुदायिक भावना भएका सक्रिय र क्रियाशील नागरिक उत्पादनका लागी खेलकूद, मनोरञ्जनात्मक तथा अन्य आवश्वयक कार्यक्रमहरु संचालन गर्ने ।
झ) आज देशमा शिक्षित बेरोजगार युवाहरुको सँख्या दिन प्रतिदिन वृद्धि भई युवाहरुमा नैराश्ता आई कुलत जस्ता नकरात्मक घटनाहरु संलग्न भएका देखिन्छन । ती युवाहरुलाई विभिन्न आयमूलक तालिम दिई रोजगारमय बाटोमा लगाउने ।
ञ) कर्णालीमा भएका बहुमूल्य जडिबुटी , अनुपम प्राकृतिक श्रोत र लाप उन्मु वन्यजन्तुको संरक्षण र सम्बद्धन गर्ने ।
ट) कर्णालीमा भएका रमणीय धार्मिक एतिहासिक एव भौगोलिक स्थलहरुको आवश्यक प्रचार प्रसार गरिपर्यटन व्यावसायमा सहयोग पुयाउने । ाई प्रोत्साहन
ठ) कर्णालीमा लगानी गर्नको लागि विभिन्न व्यतिm तथा संघ सस्थाहरुलाई प्रोत्साहन गर्ने र लगानी गरि उदारणीय काम गरेकालाई सम्मान गर्ने ।
ड) कर्णालीमा सञ्चार माध्यमबको पहुच बढाउनको लागि आवश्यक पहल गरि पाचै वटा जिल्लाको प्रत्येक गाविस मा सञ्चार अभियान सञ्चालन गर्ने ।
परिच्छेद ३
सदस्यता
३.१ सदस्यका प्रकार
यस संस्थामा जम्मा ५ किसिमका सदस्यहरु रहनेछन् ।
(क) साधरण सदस्य
(ख) सकृय सदस्य
(ग) संस्थापक सदस्य
(घ) आजिवन सदस्य
(ङ) मार्नाथ सदस्य
३.२ सदस्यता शुल्क र सदस्यता प्रदान गर्ने विधि
यो संस्थाको लक्ष्य,उद्देश्य, निति नियम र आर्दश तथा मान्यतासंग सहमत भई यसको उन्नती, प्रगतिका लागी निरन्तर, क्रियाशिल र प्रयत्नशील रहन मञ्जुर कुनै पनि व्यक्ति संस्थाले तोकेको दस्तुर तिरी सदस्यता प्राप्त गर्न सक्ने छन ।
क) साधारण सदस्यको हकमा रु २५०।–सदस्यता शुल्क सहित संस्थाको उद्देश्यलाई आत्मसाथ गर्दै संस्थाले तोकेको दस्तुर तिरी कार्यसमिति समक्ष दरखास्त दिने कुनै पनि नेपाली नागरीक साधरण सदस्य हुन सक्ने छ । साधारण सदस्यताको बार्षिक नविकरण शुल्क रु. २००। लाग्नेछ
ख) सकृय सदस्यको हकमा यस संस्थाको साधारण सदस्यता लिएको २ वर्ष पछि कुनै दुई जना कार्यसमितिका सदस्यको सिफारिसमा शुल्क रु. ५००। दस्तुर साथ दरखास्त दिई आबद्द कुनैपनि साधारण सदस्य सकृय सदस्य हुन सक्ने छ ।
ग) आजिवन सदस्यको हकमा सदस्यता शुल्क एकमुष्ठ रु १०००।– सहित कार्य समिति समक्ष दरखास्त दिने व्यक्तिलाई कार्यसमितिको निर्णयले आजिवन सदस्यता प्रदान गर्ने छ ।
घ) मानार्थ सदस्यको हकमा साभारण सभाको निर्णयले उपयूक्त ठानेमा विशिष्ठ तथा प्रतिष्ठित कुनै पनि स्वदेशी तथा विदेशी व्यक्ति, संघ संस्थालार्ई समाज कल्याण परिषदको स्वीकृति लिई यो संस्थाको मानार्थ सदस्यता प्रदान गर्न सक्ने छ । तर मानार्थ सदस्यलाई मताधिकार रहने छैन ।
३.३ सदस्यता प्राप्तीको लागी आवश्यक योग्यता
यस संस्थामा देहाय बमोजिमका ब्यक्तिहरु सदस्य बन्न सक्नेछन् ।
क¬) १६ बर्ष उमेर पुरा भएका कुनै पनि नेपाली नागरिक ।
ख) मानसिक सुन्तुलन ठिक भएको ।
ग) नैतिक पतन हुने गरी फौेजदारी अभियोगमा अदालतबाट सजाय नपायको ।
घ) दामासाहीमा नपरेको ।
च) आवश्यक प्रकृया सहित सदस्यता शुल्क बुझाएको ।
३.४ संस्थाको सदस्यमा बहाल हुन वा रहन नसक्ने अबस्था
देहायको अवस्थामा कुनै पनि ब्यक्ति संस्थाको सदस्यमा बहाल हुन वा रहन सक्ने छैन ।
क) दफा ३.३ बमोजिम आबश्यक योग्यता नभएको ।
ख) संस्थाको कामकार्वाहीमा बेइमानि वा बदनियत गरेको कुरा कार्यसमितिबाट प्रमाणित भएमा ।
ग) साधरण सभाबाट बहुमतको निर्णय गरी संस्थाको सदस्यबाट हटाउने प्रस्ताप पास गरेमा ।
घ) सदस्यले आपनो पदबाट दियको राजीनामा स्वीकृत भएमा ।
ङ) निज सदस्यको मृत्यु भएमा ।
परिच्छेद ४
साधारण सभा, कार्यसमितिको गठन प्रकृया र विधि
४.१ साधारण सभा सम्बन्धी ः
(क) यस संस्थाको विधानको दफा ३.२ को (ङ) अनुसार मानार्थ सदस्यता प्राप्त व्यक्ति वाहेक अन्य सदस्यहरुबाट संस्थाको साधारण सभा गठन हुनेछ । मानार्थ सदस्यहरु आमन्त्रीत हुनेछन । साधारण सभा नै संस्थाको सर्वोच्च अंग हुनेछ ।
(ख) यस संस्थाको साधारण सभा देहाय वमोजिम हुनेछ ।
१. वार्षिक साधारण सभा ः वर्षको एक पटक वार्षिक साधरण सभा हुनेछ ।
२. विशेष साधारण सभा ः संस्थाको कुल सदस्यको १÷४ (एक चौथाई) सदस्यहरुले कारण जनाई विशेष साधारण् सभा माग गरेमा विशेष साधारण सभा कार्य समितिले कम्तीमा ७ दिन भित्र अनिवार्य रुपले वोलाउनु पर्दछ । तर साधारण सभा वा विशेष सभा वसेको ६ महिना भित्र पुन ः विशेष साधारण सभा वस्न सक्नेछ ।
३. यस संस्थाको वार्षिक साधारण सभा आर्थिक वर्ष समाप्त भएको मितिले २ महिना भित्र गरिनेछ ।
४. यस संस्थाको वार्षिक साधारण सभा गर्नको लागी कम्तिमा १५ दिन अगावै र विशेष साधारण सभा गर्नको लागी कम्तिमा ७ दिन अगावै सभा हुने स्थान, मिति, समय र छलफल गर्ने विषय खोलि सवै साधारण सदस्यलाई अनिवार्य रुपले सुचना दिनुपर्ने छ ।
५. हरेक बर्ष बोलाईएको वार्षिक साधारण सभामा ६०% सदस्यको उपस्थितीलाई गणपुरक संख्या मानिनेछ । पुन अर्को पटक बोलाईएको बैठकमा ५१% सदस्यहरु उपस्थित भएमा पनि बैठक संचालन गर्न सकिने छ । २ पटक सम्म पनि बैठक संचालन हुन नसके तेस्रो पटकको बैठकमा २०% सदस्यहरुको उपस्थितिलाई गणपुरक संख्या मानिनेछ ।
६. साधारण सभामा प्रस्तावहरु प्रस्तुत गर्न चाहाने सदस्यले बैठक बस्नु भन्दा १५ दिन अगावै लिखितरुपमा प्रस्तावहरु सचिव समक्ष पठाउनु पर्ने छ ।
७. साधारण सभा र विशेष साधारण सभाको छुटा् छुटै् निर्णय पुस्तिका रहने छ ।
८. सदस्यद्धारा प्रस्तुत गरिएका प्रस्तावहरु साधारण सभामा प्रस्तुत गरिनेछन् । अस्वीकृत प्रस्तावहरु साधारण सभा हुनु ३ दिन अगाडी फिर्ता दिईनेछ । त्यस्ता प्रस्तावहरु साधारण सभाको बहुमतले समर्थन गरेमा छलफल गरिनेछ ।
(ग) साधारण सभाको काम कतव्र्य र अधिकार
१. कार्यसमितिले पेश गरेका योजना, बार्षिक कार्यक्रम र वजेट पारित गर्ने वा स्विकृत गर्ने ।
२. लेखापरिक्षकबाट प्राप्त भएका वार्षिक लेखा प्रतिवेदन माथि छलफल गरी अनुमोमद गर्ने । लेखा परिक्षण प्रतिवेदनबाट देखिएका अनियमित बेरुजु रकमहरुमाथि छलफल गरी नियमित, असुलउपर गर्नको लागी कार्य समितिलाई निर्देशन दिने ।
३. संस्थाको वार्षिक कार्यप्रगति विबरण र संस्थाले गरेको कार्यहरुको मूल्याङ्कन गरी कार्य समितिलाई आवश्यक निर्देशन दिने ।
४. संस्थाका कार्यसमितिका पदाधिकारीहरुको पदावधि पुगेको अवस्थामा विधान बमोजिमको प्रकृया अनुरुप रही निर्वाचन गर्ने ।
५. कार्यसमितिद्धारा भएको विधान संशोधन नियम तथा विनियम स्वीकृत गर्ने ।
६. मानार्थ सदस्यता प्रदान गर्ने ।
४.२ कार्यसमितिको गठन प्रकृया ः
क) बार्षिक सधारण सभाबाट सम्पुर्ण साधारण सदस्यले गोप्य मतदान गरी कार्यसमितीको गठन, चयन वा नियूक्ति गरिनेछ । कार्यकारणी वा कार्यसमितिमा ९ जना देहाय बमोजिमका पदाधिकारीहरु रहनेछन् ।
१) अध्यक्ष १
२) उपाध्यक्ष १
३) सचिब १
४) कोषाध्यक्ष १
५) सहसचिव १
६) सदस्य ४
ख) कार्यसमितिको कार्यकाल ५ वर्षको हुनेछ ।
ग) बार्षिक साधारण सभा हुनु अगावै कुनै कार्यसमितिमा रहेको सदस्यको पद रिक्त हुन आएमा बाँकी अवधिका लागी उक्त सदस्यको पद पुर्ति कार्यसमितिद्धारा गर्न सकिनेछ ।
घ) बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ । अध्यक्षको अनुपस्थितमा उपाध्यक्षले र उपाध्यक्ष पनि नभएमा सदस्यहरुले आफुहरु मध्य छानेको सदस्यले अध्यक्षता गर्नेछ ।
ङ) कार्यसमितिको बैठकमा बहुमतको निर्णय हुनेछ र मत बराबर भएमा अध्यक्षले निर्णायक मत दिन सक्नेछ । संस्थाको विधानमा उल्लेख गरियको कर्तव्य पालन गर्दा पदाधिकारीहरु सबै साधारणतया अध्यक्ष प्रंति उतरदायी हुनेछन् ।
४.३ कार्य समितिको बैठक
क) कार्यसमितिको बैठक सामन्यतया महिनाको एक पटक बस्नेछ । कार्यसमिति बैठकको गणपुरक संख्या कुल सदस्य संख्याको ५१% हुनेछ । आवश्यक परेको खण्डमा वा १÷३ सदस्यले माग गरेमा अध्यक्षले जुनसुकै वेला पनि कार्यसमिति बैठक बोलाउन सक्नेछ । साथै कार्यसमितिको बैठकमा सदस्य स्यम् आफै उपस्थित हुनुपर्नेछ।
ख¬) यदि तेस्रो पटक बैठक बोलाउदा पनि ३३% सदस्यको उपस्थित नभएमा बैठक संचालनमा बाधा पर्नेछैन।
४.४ कार्य समितिको काम कर्तव्य र अधिकार ः
कार्यसमितिको कार्य समितिको काम कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ ।
क) संस्थाको वार्षिक कार्यक्रम तथा अनुमानित वजेट वनाई साधारण सभामा प्रस्तुत गर्ने ।
ख) विधान वमोजिमको व्यवस्था पालना गरी साधारण सभाको निर्णय कार्यान्वयन गर्ने ।
ग) संस्थाको हितमा हुने कार्यक्रम संचालन गर्ने ।
घ) साधारण सभा प्रति उतरदायी रहने ।
ङ) संस्थाको उद्देश्य प्राप्तिको लागी उपलब्ध श्रोत र साधनको अधिकतम उपयोग र प्रयोग गर्ने ।
च) संस्थाको कार्य सम्पादन गर्न योजना वनाउने, श्रोत जुटाउने, कार्यान्वयन गर्ने र सुपरीवेक्षण तथा अनुगमन गर्ने ।
छ) संस्थाको कोष र सम्पति सुरक्षित तरिकाले राख्ने तथा सो का लागी वैंक खाता संचालन गर्ने ।
ज) संस्थाको कर्मचारीको नियूक्ति, सेवा सुविधा र शर्त सम्वन्धि नियमावली वनाई साधारण सभा वाट स्वीकृत गराउने र लागु गर्न लगाउने ।
झ) संस्थाको परीपुर्तिको लागी आफ्नो कार्य अवधिमा उपयुक्त व्यतिहरु सल्लाहकार समिति, उप समिति तथा अन्य समिति गठन गर्ने र आवश्यकता अनुसार कार्यको वाँडफाँड गर्ने ।
४.५ कार्यसमितिका पदाधिकारीहरु पद मुक्त हुन सक्ने अवस्था
क) अध्यक्षले उपाध्यक्ष मार्फत कार्य समिति समक्ष र उपाध्यक्ष तथा अन्य पदाधिकारीहरुले अध्यक्ष समक्ष राजिनामा दिई पद त्याग गरेमा ।
ख) विना सुचना लगातार छ महिना सम्म कार्य समिति वैठकमा अनुपस्थित रहेमा ।
ग) नैतिक पतन हुने गरी फौज्दारी अभियोगमा अदालतबाट सजाय पाएमा ।
घ) साधारण सभाका २÷३ सदस्यले अविश्वासको प्रस्ताव पारित गरेमा ,
ङ) मृत्यु भएमा ।
परिच्छेद ५
कार्यसमितिका पदाधिकारीको काम,कर्तव्य र अधिकार
उपर्यूक्त दफा बमोजिम गठित कार्यसमितिका पदाधिकारीहरुको काम कतव्र्य र अधिकार निम्नानुसार हुनेछ ।
५.१ अध्यक्षको काम कतव्र्य र अधिकार
क) संस्थाका उद्देश्यहरु सफल पार्न तथा निरन्तर उन्नती प्रगतीको कार्यमा नेतृत्व गर्ने र अरुलाई पनि उक्त कार्यमा उत्साहित गर्ने गराउने ।
ख) कार्यकारणी समितिको बैठक बोलाउन निर्देशन दिने ।
ग) कार्यसमितिको बैठक, साधारण सभा र विशेष साधारण सभा बैठकमा अध्यक्षता गर्ने र उक्त बैठेक र सभामा अध्यक्षता गर्दा निजलाई मत दिने अधिकार हुने छैन तर मत बराबर भएमा निर्णायक मत दिन सक्ने छ ।
घ) साधारण सभा वा अन्य बैठकदारा गरीयका निणर्यहरु कार्यान्वन गर्ने गराउने ।
ङ) विधान बमोजम गर्नु पर्ने कार्य र आवश्यकता अनुसार संस्थाको अरु कार्य गर्ने गराउने ।
५.२ उपाध्यक्षको काम कतव्र्य र अधिकार
क) संस्थाको सम्बन्धीत कार्यमा अध्यक्षलाई सहयोग गर्ने गराउने ।
ख) अध्यक्षको अनुपस्थितीमा सम्पुर्ण बैठकको अध्यक्षता गर्ने साथै अध्यक्ष लामो समय सम्म अनुपस्थित रहेमा वा भयमा कार्यवाहक अध्यक्ष भै सम्पुर्ण कार्य गर्ने ।
५.३ सचिवको काम कतव्र्य र अधिकार
क) अध्यक्षको निर्देशन अनुसार साधारण सभा तथा कार्यसमितिको बैठक बोलाउने ।
ख) साधारण सभा तथा कार्यसमितिका बैठकबाट पारित भएका निर्णयहरुको दुरुस्त अभिलेख राख्ने, प्रमाणित गर्ने र यथाशिघ्र कार्यान्यन गर्ने गराउने ।
ग) संस्थाको दैनिक कार्य संचालन गर्ने तथा कर्मचारी प्रशासनको सुसंचालन, रेखदेख तथा नियन्त्रण गर्ने गराउने।
घ) अध्यक्षसंग परामर्श लिई संस्था सम्बन्धी सम्पुर्ण लेखा पढी पत्र व्यबहार गर्ने गराउने ।
ङ) कार्य समितिले दियको निर्देशन र अध्यक्षको परामर्स अनुसार संस्थाको लक्ष्य उद्देश्यसंग मेलखाने सरकारी तथा गैह् सरकारी स्वदेशी तथा विदेशी संघसंस्थाहरुसंग सम्पर्क, सम्बन्ध र समन्वय कायम गर्ने वा गराउने ।
च) संस्थाको चल अचल सम्पतिको उचित रेखदेख र सुरक्षाको र।म्रो व्यवस्था मिलाउने ।
छ) यस विधान तथा कार्यसमितिको निर्णय बमोजिमका अन्य कार्यहरु गर्ने गराउने ।
५.४ कोषाध्यक्षको काम कतव्र्य र अधिकार
क) संस्थाको कोषको जिम्मा लिई रेखदेख र संचालन गर्ने ।
ख) कोषको हिसाब किताब लेखा दुरुस्त राख्ने वा राख्न लगाउने ।
ग) साधारण सभामा वार्षिक कार्यक्रम र बजेट पेश गर्ने वा गर्न लगाउने ।
घ) संस्थाको आय व्यय नेपाल सरकारको मान्यता प्राप्त लेखापरीक्षकबाट नियमित रुपमा बार्षिक लेखापरीक्षण गराउने ।
५.५ सह सचिवको काम कतव्र्य र अधिकार
क) संस्थाको सम्बन्धीत कार्यमा सचिवलाई सहयोग गर्ने गराउने ।
ख) सचिबको अनुपस्थितीमा परिच्छेद् ५ दफा ५.३ बमोजिमका सम्पुर्ण कार्य गर्ने ।
५.५ सदस्यको काम कतव्र्य र अधिकार
क) कार्यसमितिको तथा अन्य वैठकमा नियमित र अनिबार्य उपस्थित हुने ।
ख) संस्थाको उद्देश्य प्राप्तीको लागी सहयोग गर्ने साथै आपनो राय सुझाब प्रस्तुत गर्ने ।
ग) यस संस्थाको निर्बाचन प्रकृयामा भाग लिने ।
घ) संस्थाको विभिन्न भैपरि आउने कार्यमा सकिृय रुपमा सरिक भै कार्य गर्ने ।
परिच्छेद ६
आर्थिक व्यबस्था
६.१ कोष प्राप्ती र संचालन
१. संस्थाको आफ्नो नाममा एक छुटै कोष हुनेछ र सो कोषमा संस्थालाई प्राप्त देहाय बमोजिमका कुनै पनि
प्रकारका नगद रकम तथा जिन्सी समानहरु जम्मा हुनेछन ।
क) सदस्यता वापत प्राप्त दस्तुर ।
ख) कसैले स्वइच्छाले दिएको अनुदान सहायता वापत प्राप्त रकम ।
ग) स्थानिय निकायबाट प्राप्त अनुदान वा सहयोग वापत प्राप्त रकम ।
घ) सरकारी तथा गैह् सरकारी संघ संस्थाबाट प्राप्त अनुदान, ऋण, कार्यक्रम तथा आयोजना संचालन बापतको रकम र अन्य यस्तै प्रकार रकमहरु ।
ङ) संस्थाको चल अचल सम्पति वा अन्य बस्तुको बिक्री बाट प्राप्त रकम ।
च) कुनै बिदेशी व्यक्ति, संस्था, दातृ निकाय र अन्तराष्ट्रिय ख्याति प्राप्त संघ संस्थाबाट प्राप्त अनुदान, कार्यक्रम तथा आयोजना संचालन बापतको रकम र अन्य यस्तै प्रकार सहायता रकमहरु ।
२. विदेशी व्यक्ति, संस्था, दातृ निकाय र अन्य संघ संस्थाबाट प्राप्त आर्थिक सहयोग तथा अनुदान प्राप्त हुने भएमा संस्थाले नेपाल सरकार समाज कल्याण परिषदबाट स्वीकृत लिएर मात्र सहयोग प्राप्त गर्ने छ ।
३. संस्थामा प्राप्त रकम पायक पर्ने कुनै पनि बैंकमा संस्थाको नाममा जम्मा गरि बैक खाता संचालन गरी कारोवार गरिने छ ।
६.२ चल अचल सम्पती ः
क) संस्थालाई बिभिन्न स्रोतबाट वा आफै खरिद गरी प्राप्त चल अचल सम्पति संस्थाको नाममा रहने छ ।
ख) संस्थाले आपनो उद्देश्य प्राप्तीको लागी आवश्यक पर्ने सम्पुर्ण चल अचल सम्पति लिनदिन, दान, बकसपत्र आदी खरिद विक्री र सट्टापट्टा समेत गर्न सक्ने छ ।
६.३ खाता संचालन ः
क) संस्थाको बैक खाता संचालन यस संस्थाका कार्यसमितिका अध्यक्ष र कोषाध्यक्षको संयूक्त दस्तखतबाट संचालन गरिने छ ।
ख) बैक खाता संचालन सम्बन्धी अन्य कार्य कार्यसमितिले निर्णय गरे बमोजिम हुनेछ ।
६.५ लेखापरीक्षण ः
क) संस्थाको बार्षिक आय व्ययको लेखाको अन्तिम लेखापरीक्षण प्रचलित कानुन बमेजिम नेपाल सरकारको मान्यता प्राप्त रजिस्ट्राड लेखापरीक्षकबाट गरिने छ ।
ख) लेखापरीक्षक को नियूक्ती साधारण सभा बाट गरिने छ ।
ग) नेपाल सरकार, स्थानिय अधिकारीे वा सहयोग दाताले आवश्यक परेमा जुनसुकै बखत आफै वा मातहतका कर्मचारीहरु खटाई संस्थाको हिसाव किताब जाँच गर्न गराउन सक्नेछ ।
घ) संस्थाको लेखापरीक्षण प्रतिवेदन र बार्षिक कार्य प्रगति विवरणको १÷१ प्रति जिल्ला प्रशासन कार्यालय हुम्ला, जिल्ला विकास समितिको कार्यालय हुम्ला र समाज कल्याण परिषदमा पेश गरिने छ ।
परिच्छेद ७
निर्वाचन,अविश्वासको प्रस्ताव, विधान संशोधन र अन्य व्यवस्था
७.१ निर्बाचन सम्बन्धी ब्यबस्था
क) संस्थाको सवै किसिमको निर्वाचन गोप्य मतदानद्धारा गरिनेछ ।
ख) कार्यकारिणी समितिको निर्वाचनको लागि साधारण सभाले ३ (तिन) सदस्यीय निर्वाचन उपसमिति गठन गर्ने छ ।
ग) उक्त निर्वाचन उपसमितिको निर्णय नै अन्तिम हुनेछ ।
घ) कार्यकारिणी समितिको उम्मेदार हुन १ जना प्रस्तावक र २ जना सर्मथक हुनु पर्ने छ ।
ङ) कार्यकारिणी समितिको उम्मेदार हुन यस संस्थाको परिच्छेद ३ को दफा ३.३ का अनुसार सदस्यता प्राप्त गर्ने मानार्थ सदस्य वाहेक अन्य सदस्यहरु पाउनेछन् तर निर्बाचन उपसमितिका कुनै पनि सदस्यहरु उम्मेदार हुन पाउने छैनन् ।
७.२ अविश्वासको प्रस्ताव
संस्थाको कुनै पदाधिकारी वा सदस्य उपर कारण सहित साधारण सभाका १÷४ सदस्यहरुले लिखित रुपमा साधारण सभा समक्ष अविश्वासको प्रस्ताव पेश गर्न सक्नेछन । यस्तो अवस्थामा तुरुन्त साधारण सभा वोलाईनेछ । सम्वन्धित पदाधिकारी वा सदस्यलाई अविश्वासको प्रस्ताव सम्वन्धि लिखित जानकारी गराई सफाई पेश गर्न ७ दिनको समय दिईने छ । पेश गरेको सफाई पत्र चित्त नबुझेको ठहर गरेमा साधारण सभाको कुल सदस्यको २÷३ वहुमत वाट त्यस्तो प्रस्ताव पारित भएमा प्रस्तावित पदको व्यक्ति पदमुक्त हुनेछ। निर्बाचित भएको ६ महिना नपुगी वा प्रस्ताव विफल भएको ६ महिना नपुगी सोही व्यक्ति उपर पुनः त्यस्तोे प्रस्ताव ल्याउन पाईने छैन ।
माथीको प्रकृयाबाट कुनै पदाधिकारी पद मुक्त भएमा बाँकी अवधिको लागी विधान बमेजिम निर्वाचन वा मनोनयनद्दारा पद पुर्ति गरिनेछ ।
७.३ विधान संशोधन
संस्था दर्ता ऐन २०३४ वा प्रचलित कानुन बमोजिम वा कुनै कारणबस यो विधानको कुनै दफा वा उपदफा संशोधन गर्नु परेमा त्यस्तो संशोधन प्रस्ताव कार्य समितिका कुनै पदाधिकारी वा अन्य सदस्यले कार्य समिति समक्ष पेश गर्नेछ उक्त प्रस्ताव कार्य समितिको सहमतिमा साधारण सभा समक्ष पेश गरिनेछ । साधारण सभामा छलफल गराई साधरण सभाको दुई तिहाई बहुमतबाट संशोधन प्रस्ताव पारित भई स्थानिय अधिकारीबाट स्वीकृत पाए पछि लागु हुनेछ ।
७.४ विनियम बनाउन सकिने
यो विधानको अधिनमा रही साधारण सभाले आवश्यक नियमहरु बनाउन सक्नेछ ।
७.५ निस्कृयता तथा कानुन बमोजिम हुने
यो विधानमा कुनै दफा उपदफामा लेखियको कुनैपनि कुराहरु प्रचलित नेपालको ऐन,कानुन र नियमहरु संग बाझियको खण्डमा स्वतः निस्कृय हुनेछन् । यस संस्थाले प्रचलित नेपाल कानुनको मनसाय विपरित नहुने गरी आफ्ना कामकार्वाहीहरु गर्ने छ ।
७.६ कर्मचारीको व्यबस्था
(क) संस्थाको दैनिक कार्य संचालन र योजना तथा कार्यक्रमहरु संचालनकोलागी कर्मचारी दरबन्दी सृजना, पारिश्रम, तलव भत्ता तथा अन्य सुविधा, कर्मचारीहरुका सेवा शर्तहरु र अपनाउनु पर्ने कार्यविधिहरु तोकिय बमोजिम हुनेछ ।
(ख) संस्थाले विदेशी सहयोग प्राप्त गरी संस्थाको कार्यक्रम संचालन तथा कार्यन्वनका लागी विदेशी सल्लाहकार वा स्यंमसेवक राख्ने अवस्था भएमा निजले काम गर्ने अवधि, पु–याउने सेवा, कामको औचित्य, सुविधा र तिनको योग्यता समेतको विबरण जिल्ला प्रशासन कार्यालय हुम्ला, जिल्ला विकास समितिको कार्यालय हुम्ला र समाज कल्याण परिषद काठमाडौंमा जानकारी गराईने छ ।
७.७ संस्थाको खारेजी
यस संस्थाले कार्य संचालन गर्न नसकेको खण्डमा वा कुनै कारणबाट यस संस्थाको विघठन गर्नु परेमा साधारण सभाबाट निणर््ाय गराउनुपर्ने छ । यसरी कारणबस संस्था बिघठन भएमा यस संस्थाको सम्पुर्ण जायजेथा स्वतः नेपाल सरकारको हुनेछ ।
७.८ व्याख्या
यो विधानको व्याख्या गर्ने अधिकार कार्यसमितिलाई मात्र हुनेछ ।
७.९ संस्थाको अहित हुने कार्य गर्न नहुने
यस संस्थाको कुनै पनि पदाधिकारी वा सदस्यले संस्थाको अहित हुने कार्य गर्ने छैनन् । कार्यसमितिका पदाधिकारी वा साधारण सभाका सदस्यहरुले बैठक वा साधारण सभामा असभ्य अश्लिल शब्दको प्रयोग गर्न पाईने छैन । तर संस्थाको हितको बारेमा बोल्न पाईनेछ ।
७.१० निर्देशनको पालना
नेपाल सरकार वा प्रमुख जिल्ला अधिकारीले समय समयमा दिएको निर्देशनको पालना गर्नु संस्थाको कर्तव्य हुनेछ । सिन्डिकेट तथा कार्डिनेट लगायतका प्रतिबन्धित कार्यहरु गर्ने छैन ।
परिच्छेद ८
विविध
८.१ संस्थापक सदस्य
संस्था दर्ता हुदाका बखत रहेका कार्यसमितिका पदाधिकारीहरु संस्थापक सदस्य हनेछन् ।
८.२ कार्यसमितिका पदाधिकारीह
क्र.स. नाम थर पद ठेगाना पेशा शैक्षिक योग्यता
१. श्री नन्द बहादुर ऐडी अध्यक्ष रोडिकोट –४, हुम्ला पत्रकारीता आई.ए
२. श्री लाल बहादुर बुढा उपाध्यक्ष गोठी –३, हुम्ला इन्जिनियर बि.ई
३. श्री कल बहादुर बुढा सचिब मेल्छाम –३, हुम्ला ब्यवसाय आई कम
४. श्रीमती कृष्ण देवी बुढा कोषाध्यक्ष स्याडा ९,हुम्ला गृहिणी आई एड
५. श्री धनसरा बुढा थोकी सह सचिव बराई ४ हुम्ल शिक्षण आई एड
६. श्री नबराज बुढा सदस्य गोठी –४, हुम्ला ब्यवसाय बी.बी.एस
७. सुश्री पार्वती रोकाया सदस्य रोडिकोट– २, हुम्ला अध्ययन आई.एड
८. श्री अमर सिह शाही सदस्य साया – हुम्ला नोकरी बीं .एड
९ श्री मेघराज सुनार सदस्य सिमिकोट– हुम्ला नोकरी आई.एड
९.३ सल्लाहकार
क्र.स. नाम थर ठेगाना शैक्षिक योग्यता
१. श्री ठान बहादुर रोकाया बराई–८, हुम्ला एम.ए
२. श्री चन्द बहादुर बुढा मेल्छाम.–३, हुम्ला बी.एड
३ श्री दिपेन्द्र रोकाया रोडिकोट २ हुम्ला एम ए
अनुसूची – १
संस्थाको लोगो ः
यस संस्थाको लोगो गोलाकार घेरा भित्र श्री कण्र्णली विकास युवा मञ्च नेपाल लेखि त्यसको विचमा गोलो घेरा भित्र एउटा अली अग्लो हिमाल र त्यो वरीपरि अलि साना हिमाल र सोको मुनी स्था.२०६८ लेखिएको देहाय वमोजिम हुने छ ।

सिम्कोट, हुम्ला ।

Comments
Post a Comment