Devlop iof media in Humla

ह्ुम्लाको विकासमा सञ्चार माध्यमको भूमिका
 नन्द बहादुर ऐडी
आजको युग सञ्चार र प्रविधीको युग हो । प्रविधीले गर्दा हरेक अप्ठयारा र वाधाहरु सहजीकरण हुँदै गएका छन् । जहा सञ्चार र प्रविधी छ त्यहा विकासको सम्भावना छ । सञ्चार र विकासमा एक अर्का बीच अनोन्याश्रित सम्बन्ध रहेको छ । विश्वले सञ्चार र प्रविधीको क्षेत्रमा धेरै फड्को मारिसकेको छ । विश्वको तुलनामा नेपालले पनि सञ्चारको क्षेत्रमा बामेसरि रहेको अवँस्था छ । ह्ुनत ०४६ को जनआन्दोलन पछि नेपालको सञ्चार क्षेत्रमा विकासको गति तीव्र रुपमा अघि बढेको तर पनि सार्क राष्टमै सबै भन्दा बढि एफ एम रेडियो भएको राष्ट्रको रुपमा नेपाल चिनिन सफल भएको छ । विकास योजनाका हरेक गतिविधी सञ्चार माध्यमसँग सम्बन्धित राख्ने हो भने त्यो दु्रत गतिमा अघि बढ्न सक्छ । सञ्चार माध्यम भनेको जनता र सरकार वा सरोकार वालापक्ष बीचको पुल हो । सरकारले के कस्ता कार्यक्रम ल्याउदैछ जनतालाई जानकारी गराउने र जनताले के कस्ता प्रकृतिका कार्यक्रक अपेक्षा गरिरहेका छन् त्यो सरकार वा सम्बन्धित निकायमा पुयाउने काम सञ्चार माध्यमले गर्दछ । यदि यी दुबै पक्षबीच आपसमा सूचना नहुने हो भने विकासले फडको मार्न सक्दैन् ।
नेपालको पश्चिम हिमाली जिल्ला हुम्लामा हाल सम्म एउटा मात्र एफ एम रेडियो र ५ वटा पत्रिका दर्ता भएका छन् । राष्टिय सञ्चार माध्यमको पहुचको अभाव रहेको हुम्लामा स्थानीय स्तरको पत्रिकाहरु खोल्दै बन्द हुदै गरेको अवस्था छ । यसकारण सञ्चार माधयमको पहुचको अभावमा हुम्ला विकासको कार्य योजना पछि परेको छ भन्दा फरक नपर्ला । हम्लामा जे जती विकासका कामहरु ह्ुन्छन ती सबै समय सीमा भन्दा बढि समय लगाएर सम्पन्न हुन्छन् । यसको कारण हो मूल्याङ्कनको अभाव । जिल्लाको एक मात्र एफ एम रेडियो कैलाशले केहि वर्ष यता सशक्तरुपमा जन आवाज उठाउदै आएको छ । विभिन्न विकाशील कार्यक्रम प्रसारण गदै आएको छ । केहि हद सम्म जिल्लामा भष्टचार ,घुसखोरी र कालो बजारी जस्ता कार्यको न्यूनीकरणको  महशुस भए पनि सोचे अनरुपको काम गर्न नसकेको स्थानीयको गुनासो छ । जिल्लाको बजार सानो भएको र व्यावसायीक विज्ञापनको अवधारणाको कमीले गर्दा केहि स्थानीय पत्रिकाहरु हाल बन्द अवस्थामा रहेका छन् । हुम्लामा प्रतिस्प्रर्धात्मक रुपमा सञ्चार माध्यमहरु स्थापित भई सूचना सम्पादन गरि स‘ञ्चार  गर्ने हो भने जिल्लाको हरेक पक्षको कार्यकलाप सुदृढिकरण हुने थियो र सरकारी कार्यालयमा हुने अनियमिताका कार्यहरुले बिदा पाउने थिए ।
हुम्ला जति विकट छ त्यति नै सुन्दर छ । यस कारण विभिन्न संंघ सस्थाहरुले आफनो कार्य क्षेत्र बनाएका छन् । हुम्लामा जति कर्मचारी छन् त्यसको ६० प्रतिशत गैह्र हुम्लीहरु नै छन् अब हुम्लाको विकासको लागि हुम्ली बासीहरुले एकपटक सोच्नै पर्ने बेला आएको छ । आज हुम्लामा भएका बहुमूल्य जडिबुटी, अनुपम प्राकृतिकका श्रोतहरु, ताल तलैया नदी, झरना ,पहाडका खोच र हिमालका पर्वतहरु , लोप उन्मुख वन्यजन्तुहरु आमसञ्चारको कमीले प्रचारप्रसारको अभावमा पहिचाहन विहिन अवस्थामा लुकेर बसेका छन् । यदि यी कुराको सहि मूङ्ल्याकन गदै देश विदेशमा उचित प्रचारप्रसार गर्ने हो भने हुम्ला एक महत्वपूर्ण पर्यटकीय क्षेत्र बन्ने छ र हुम्ली जनताको जीवन निर्वाहको मूख्य आर्यश्रोत पर्यटन व्यावसाय हुनेछ । पर्यटककै कुरा गर्ने हो भने विदेशी पर्यटक त्रिभवन अन्तराष्टिय विमान स्थलमा झर्ने बित्तिकै त्यहा पोखरा चितवन लगायतका ठाउँहरुको हुटिङ बोर्डहरु देखिन्छन् र ती पर्यटकहरु त्यतै जान्छन् । नेपालमा भित्रिने कुल विदेशी पर्यटक सँंख्यामा १ ÷२ प्रतिशतमात्र हुम्लामा आउँछन् । यी सब कुरा सञ्चार र प्रचार प्रसारका अभावमा भएका हुन् ।
    विकास हुनका लागि सञ्चार चाहिन्छ । सञ्चार बीनाको विकास लंंगडो हुन्छ । आज  सञ्चारले नै  गर्दा महिनौ दिन लाग्ने कामहरु छिन भरमै हुने गरेका छन् । यसैले हुम्लाको समग्र विकास गर्नको लागि सञ्चारको अहम भूमिका रहेको छ । हुम्लामा स‘ञ्चार माध्यमहरु स्थापित भई प्रतिस्प्रर्धात्मक रुपमा कार्य सञ्चालन गर्नु पर्छ र हुम्ली जनताको समस्यालाई सार्वजनिक गर्नुपर्छ अनि मात्र हुमलामा विकासले फड्को मार्नेछ ।
(लेखक कर्णाली आवाजका सम्पादक हुन्)

Comments

Popular posts from this blog

women Education

शिक्षा ऐन २०२८ अघिको शिक्षण तरीका र विद्यालय व्यवस्थापन प्रक्रिया

अभाव भित्रको चलखेल