तीन ठुला दल संविधान भन्दा माथी
२०३१ सालमा गोर्खाको बोर्लाङमा जन्मिएका एकनाथ ढकाल युनिर्भसल पिस नामक संस्थाको अध्यक्षमा रहि नेपाल लगायत विश्वका विभिन्न देशहरुममा शान्तिको आवाज उठाउदै आउनु भएको छ । “नेपाल एक घर,हिमाल,पहाड,तराईका सम्पूर्ण नेपाली एउटै परिवार”भन्ने उद्देश्यका साथ २०६४ मा नेपाल परिवार दल स्थापना गरि वैकल्पिक लोकतन्त्रको भुमिका निर्वाह गदै शान्ति र लोकतन्त्रको आवाज उठाउनुका साथै नेपालका विभिन्न क्षेत्रमा सामाजिक सेवाका कार्यक्रम सञ्चालन गदै आउनुभएका अध्यक्ष ढकाल सँग नन्द बहादुर ऐडीले गरेको कुराकानी ः
संविधान निमार्णको लागि जति समय बाकी छ त्यो समय प्रयाप्त मात्रामा छैन् हामीसँग समय कम छ तर संविधान नीयमावलीमा कम्तीमा ३ महिना लाग्ने देखिन्छ । अब पनि दलहरुबीच आवश्यक सहमति गरि प्रक्रिया टुङ्ग्याउने काम भएन भने जेठ १४ मा संविधान घोषणा न्यून देखिन्छ ।
देशको वर्तमान अवस्थालाई कसरी लिनु भएको छ ?
देशको वर्तमान अवस्था एउटा गम्भीर मोडमा छ । अब बेलैमा देशका राजनीति दलहरुले यस विषयमा स्पष्ट रुपले छलफल गरि ,असहमती भएका विषय वस्तुहरु धेरै छन् ती मध्ये असहमतीका बाकी विषय वस्तुहरु मा छलफल गरि सहमति हुन नसक्ने विषयवस्तु को छिनोफानो कसरी गर्ने भन्ने विषयमा चाहि एउटा नीयामावलीको वीधीगत ढंगबाट पार लगाउनु पर्छ र यसका साथै समस्या समाधानको अन्य विभिन्न तरीका हुन्छन् । ती तरीकाहरु बाट समाधान गर्न नसकेपनि पछि पो समाधान गर्ने हो कि भन्ने कुरो पनि सोच्नुपर्छ । एकतर्फी रुपले हेर्ने हो भने जनताहरुमा आक्रोश र नैराश्यचता बढनुका साथै राजनीति दलहरु प्रति जनताको विश्वास पनि घटिरहेको अवस्था छ । यी कुराहरु राष्ट्र र जनताको हितमा छैनन् । एउटा दुरदायी नेता र त्यसमा पनि राजनीति दलहरुले , जसले देशलाई नेतृत्व गर्छु भन्नु भएको छ , उहाँहरुले वास्तवमा नैराश्यचता बढेको जनतामा कसरी आशा दिन सकिन्छ , दलहरुबीच अविश्वास बढिरहेको छ त्यसमा विश्वासको वातावरण प्रक्रियालाई एउटा सरल ढंगबाट कसरी अगाडी बढाउने भन्ने शाहसिक निण्र्नय गर्नुपर्ने बेला आएको छ ।
शान्ति र संविधान कसरी टुङ्गोमा पुग्ला ?
नेपाली जनताले शान्ति र संविधानलाई धेरै लामो समयदेखि पर्खिरहेका छन् । यी विषय वस्तुहरु आपसमा अन्र्तसम्वन्धित छन् । त्यति हुदाँ हुदै पनि शान्ति प्रक्रिया पहिले टुङ्गो लागिसकेपछि मात्र संविधान जारी हुन सक्ने हो । त्यो अर्थले गर्दा खेरीमा शान्ति प्रक्रिया अहिले पछिल्लो समयममा केहि सकरात्मक मोडमा गए जस्तो लागेको छ । नेपालका प्रधानमन्त्री र एनेकपा माओवादीका अध्यक्षबाट सरल र महत्वपूर्ण निर्णयहरु आउनु पर्ने हो , त्यो नआएका कारणले गर्दा खेरीमा यहाँ यो विषय अलमलमा परिरहेको अवस्था छ । यसले एउटा दिगो रुप लिईसकेको छ भन्न मिल्दैन् । अब यसलाई अल्मल्याउन हुदैन । संविधान निमार्णको लागि जति समय बाकी छ त्यो समय प्रयाप्त मात्रामा छैन् हामीसँग समय कम छ तर संविधान नीयामावलीमा कम्तीमा ३ महिना लाग्ने देखिन्छ । अब पनि दलहरुबीच आवश्यक सहमति गरि प्रक्रिया टङ्ुग्याउने काम भएन भने जेठ १४ मा संविधान घोषणा न्यून देखिन्छ ।
ठुला दलहरुको व्यवहारले शान्ति प्रक्रिया टुङ्गोमा नपुगेको सत्य हो नि ?
नेपालको शान्ति प्रक्रियाका हिस्सेदार पार्टीहरु एउटा माार्ग चित्र बनाएर संविधान सभा मार्फत शान्ति प्रक्रियालार्इृ सार्थक निष्कर्षमा पुयाउने र लोकतान्त्रिक संविधान जारी गरेर जनताका हक अधिकार सुनिश्चित गदै आगामी हुने आम निर्वाचन मार्फत मुलुकलाई एउटा आर्थिक क्रान्तिको बाटोमा हिडाउने मास्टर प्लान बनाएर आएका दलहरुबीच उद्देश्य प्राप्त नगदै आ—आफनो बाटोतिर लिएर हिड्ने संस्कारको होडबाजी चलीरहेको अवस्था छ । यसले मूलुकको भविष्य अनिश्चित , अन्योल र भन्नै नसकिने अवस्थामा पुगेको छ । हिजो गरिएका सहमतिहरु जो—जो बाट जसरी पालाना गरिनु पर्ने हो त्यो भएन । मुलुकको अवस्था भन्नै नसकिने मोडमा पुगेको छ । अहिले सविधान र शान्ति प्रक्रियाको विषयमा ठुला दलहरु बाधक भईरहेको अवस्था छ । देशको शासकीय स्वरुप, संघियता र सेना समायोजन लगायतका केहि मुख्य विषयहरु मात्र छिनोफानो नभएका हुन् । यी मुख्य विषय वस्तुहरु तीन ठूला दलले टुङ्गोमा पुयाउने जिम्मा पाए पनि उनीहरु बीच एक आपसमा जुहारी चलिरहेको अवस्था छ । यसैले नेपालमा तीन मुख्य ठूला दल संविधान भन्दा माथि रहेका छन् भन्दा अतियुक्ति नहोला ।
वर्तमान सरकारको औचित्य छ र ?
त्यो त हामी प्रतिपक्षमा बसेका दलका नेताहरुले भन्दा पनि नेपाली जनता र तपाईहरु जस्ता पत्रकार लगायत बुद्धिजिवी वर्गले देखिसक्नु भएको छ , मूलयाङ्कन गरि सक्नु भएको छ । शान्ति र संविधानलाई मूल एजेन्डा बनाएर वर्तमान सरकार गठन भएको थियो तर आज त्यो ऐजेन्डाको अवस्था जहाको त्यही नै छ । यसकारण यो विषयलाई टुङ्ग्याउन नसकेको अवस्थामा यो सरकारको औचित्य रहने त कुरै भएन । यसैले वर्तमान सरकार प्रमुख डा.बाबुराम भट्टराईले नेपाली जनताको आवश्यकतालाई ध्यानमा राखी राष्ट्रिय सहमतीय सरकारको लागि बाटो खुला गरि शान्ति र संविधानको गतिरोध अन्त्य गर्न सहयोग गर्नु पर्छ । संविधान सभाको निर्वाचन पछि बनेका तीन वटा बहुमतीय सरकारले नेपाली जनताका मुल एजेन्डाका साथै शान्ति र संविधानलाई तार्किक निष्कर्षमा पुयाउन सकेनन । त्यस कारण अब जति सके चाडो राष्टिय सहमतीय सरकार गठन गरि देशलाई निकास दिन तिर लाग्नुपर्छ ।
जेठ १४ पछिको अवस्था कस्तो रहला ?
राष्ट्रमा अन्योल र अराजकता बढ्छ । यस्तो अवस्थामा संवैधानिक संकट ,शान्तिको संकट राष्ट्रमा परिसकेपछि त्यहा राम्रो कुरा भन्दा पनि अशुभ संकेतका कुरा चाहि बढि हुन सक्छन् र जनताले फेरि युद्धको सामना गर्नु पर्छ । देश थप मुडभेडमा जान्छ । त्यसको सामना गर्न अहिले नेपाल तयार छैन् । हामी कमजोर छौ , राजनीति रुपमा विभाजित छौ, आ—आफनो पार्टीलाई स्वीकार नगर्नेलाई प्रतिगामी भनी , तीन करोड नेपाली जनतालाई कित्ता काट्ने काम भएको छ र विगतको द्धन्द्धको घाउ आलै छ । त्यस कारण मुडभेड र द्धन्द्धमा देश जानु हुदैन् । यसलाई रोक्न सक्ने शक्ति हामीमा छैन् । यदि राजनीतिक पार्टीहरुको असफलताबाट राष्ट्रमा थप संकट आयो भने त्यो संकटलाई व्यवस्थापन गर्न सक्ने क्षमता हाम्रा पार्टीहरुमा छैन । त्यो विद्रा्ेह , द्धन्द , युद्ध जुन हुन्छ , त्यो राज्य घोषणा गर्न र जातीय दंगा तथा धार्मीक दंगा फैलिने अवस्था जिवितै छ । त्यसकारण दलहरुले समयमै बुद्धि पुयाएर जे—जे पालना गछौ भनी आएका थिए , त्यो पालना गरेर अगाडी बढ्नु पर्छ ।
तपाईको पार्टी नेपाल परिवार दलको बारेमा केहि भन्नुहुन्छ कि ?
नेपाल परिवार दल राष्टको आवश्यकता अनुसार स्थापना भएको पाटी हो । यसलाई आवश्यम्ताको सिद्धान्त अनुसार स्थापना भएको पार्टी भन्दछु म । किन भने नेपालमा ९२ भाषा भाषी छन् , १०३ आदिवासी जनजाती छन । संसारमा चलेको धेरै धर्म नेपालमा छ । यो विविधता भएको राष्ट हो । जातीयतालाई राजनीतिक दलहरुले प्रमुख्ता बनाए त्यसले गर्दा देशमा संकट सिर्जना हुदै गयो । त्यसक्रममा परिवार दलले जन्म लियो । “नेपाल एक घर, हिमाल ,पहाड ,तराईका सम्पुर्ण नेपाली एउटै परिवार” भन्ने सिद्धान्त अनुसार यो पाटीको गठन भयो । बामपनथी पाटी र लोकतान्त्रिक पाटीबीचको दुरी घटाउन यस दलले अग्रपन्थी र लोकतान्त्रिक दुबै विचार लिएको छ । नेपालको ७५ वटै जिल्लाहरुमा नेपाल परिवार दलले राष्ट्रिय सदभावको ्याली गर्ने काम पटक पटक गर्दै आएको छ । नेपालमा दुई छिमेकी राष्ट्र छन् तर उनीहरुबीचको विचार पनि फरक छ । ती राष्ट्रहरुलाई समेटने हाम्रो विचार हो । अहिले दलहरुबीच शान्ति पहिले कि संविधान भन्ने समस्याको कुरा चलिरहेको अवस्था छ । तमाम नेपाली जनतालाई यो दलको बारेमा अध्ययन गरेर यहाँहरुले यो दललाई फलाउनुहोस ,फुलाउनुहोस र राष्ट्रको लागि उच्चतम रुपमा सेवा गर्नेअवसर दिउँ भन्दै शान्ति र संविधानका लागि सकरात्मक दवाव सृजना गर्नको लागि समस्त देशबासीमा म अनुरोध गर्न चाहान्छु ।
तपाईको पाटी सबै जिल्लामा छ ?
तीन वर्ष भित्र पाटीको संगठन विस्तार भएका छन । पहिलो महाधिवेशनमा ६० जिल्लाको प्रतिनिधित्व भएको छ । १५ सय जति सहभागी भए । अत्यन्तै राम्रो प्रगति भएको छ । बुद्धिजिवी वर्ग र लोकतान्त्रिक मान्छेहरु हाम्रो पाटीमा आएका छन् । ७५ वटै जिल्लामा कार्यक्रम भएका छन् ।
सामाजिक क्षेत्रबाट राजनीतिमा प्रवेश गर्नुभयो नि ?
राजनीतिको मुख्य आधार नै समाज सेवा हो । मान्छेको जीवन नै सिक्ने प्रक्रिया हो । हरेक किसिमको प्रक्रियाले नै मान्छेलाई लक्ष्यमा पुयाउँछ । म समाज सेवा र शान्तिको बाटोमा लागेको मान्छे हुँ र अहिले राजनीतिमा क्षेत्रमा आईपुगे मेरो शान्ति अभियान नै प्रमुख मुदा थियो । दक्षिण एशिया र विश्व स्तरमा रहेर शान्तिको अभियानमा लागेर मैले एक दशक बिताए । हाम्रो पाटी शान्तिवादी पाटी हो ।
नेपालको विकासका बारेमा के सोच छ नि ?
पहिलो , मानव विकास नै हो । यो नभई राष्ट्रको विकास हुदैन । हाम्रो देशको जनशक्तिले अन्य देशको जनशक्तिसँग प्रतिस्प्रर्धा गर्न सक्नु पर्छ । दोस्रो पक्ष आर्थिक विकास हुनै पर्छ । चीनमा आर्थिक विकास भएको छ तर मानव विकास भने भएको पाईदैन् । मानव विकास र आर्थिक विकासलाई सँगसँगै लैजानुपर्छ भन्ने हाम्रो धारणा हो ।
भष्ट्रचार के हो ? तपाईको पाटीले भष्ट्रचारलार्इृ कसरी लिएको छ ?
मैले प्रष्ट रुपले भन्दै आई रहेको छु । कुनै एक व्यक्ति अर्को व्यक्तिको शत्रु हुदैन् । कुनै एउटा पाटी अर्को पाटीको शत्रु हुदैन । कुनै एउटा राष्ट्र अर्को राष्ट्रको शत्रु हुदैन । मानवका शत्रु भनेका साझा हुन्छन र त्यो सबै पाटीका शत्रु हुन्छ । मैले भनेका तीन वटा महाशत्रुमा पहिलो अज्ञानता हो , यसलाई निर्मूल गर्नुपर्छ र यो सबैको शत्रु हो , दोस्रो मान्छेको शत्रु पछौटेपन नै हो । गरीबीलाई हामीले इतिहासको पानामा लगेर थन्काउनुपर्छ । त्यसका लागि आर्थिक विकास गर्नुपर्यो । तेस्रो महत्वपूर्ण शत्रु भनेको भष्ट्रचार हो । भष्ट्रचार भनेको भाडोमा परेको प्वाल हो जति टाले पनि चुहिरहन्छ । यसकारण देशमा विधीको शासन हुनुपर्यो । कानुन सबैका लागि समान हुनुपर्यो र त्यसका लागि एउटा विधी र कानूनको उल्लंघन गर्ने गैह्र कानुनी प्रसक्रया अपनाएर अकुत सम्पति कमाउने ती व्यक्तिहरुलाई कानुन अनुसार कठघेरामा ल्याउनुपर्छ भन्ने हाम्रो पाटीेको स्पष्ट धारणा छ । त्यसकारण हाम्रो पार्टीले दुई किसिमको अभियान सञ्चालन गदै आईरहेको छ । एउटा अभियान भनेको नैतिक क्रान्ति हो । अहिले स्कुल कलेज , नीजि सरकारी कार्यालय र संघसस्थाहरुमा एउटा चरित्र निमार्णको बारेमा व्यापक रुपमा प्रशिक्षण दिने कार्य गरेका छौ । अनुशासन र सेवामा प्रतिस्प्रर्धा गरौ भन्ने मान्यता छ । दोस्रो अग्रपन्थी आन्दोलन पनि हामीले अघि बढाएका छौ । बामपन्थी र प्रजातान्त्रिक बीच सहमति गर्ने पहल गरेका छौ । त्यसले गर्दा नेपालमा नैतिक संकट छ , नैतिक संकटको प्रमाण भष्ट्रचार हो । उच्च ओहोदामा बसेका व्यक्तिहरुबाट भष्ट्रचार भएको छ । कति बाहिर आएका छन् भने कति आउन बाकी छन् । त्यस कारण सत्य तथ्य पत्ता लगाएर आगामी पुस्ताको लागि बाटो सफा गर्न भष्ट्रचारीलाई कारबाही गनुपर्छ भन्ने हाम्रो धारणा छ ।
अन्त्यमा केहि भन्नु छ कि ?
अन्त्यमा , तपाईको यस लोकप्रिय पत्रिका राष्ट्रिय जनमञ्च साप्ताहिक मार्फत म के भन्न चाहान्छु भने मुलुक अहिले एउटा जटिल र गम्भीर अवस्थामा छ । हामी तीन करोड नेपाली जनता र संविधान सभामा प्रतिनिधित्व गर्ने सबै राजनीति दल हामी एउटै पानी जहाजमा छौ । यो जहाज डुबेको खण्डमा कोहि पनि उत्रिने अवस्था छैन् र राष्ट्र कै अस्त्वि रहने कि नरहने भन्ने स्थितिमा हामी पुग्छौ । अहिलेको संविधान सभाको सफलता भनेको कुनै दल र सरकारको सफलता होईन र यसको विफलता पार्टी र सरकारको विफलता पनि होईन । यो सफल भयो भने आम नेपाली जनता कै हो भने विफल भए पनि आम नेपाली जनता कै हुनेछ । यस कुरालाई मनन गरेर सम्पूर्ण राजनीतिक दल नागरिक समाज, पत्रकार नीजि तथा गैह्र सरकारी क्षेत्र, शैक्षिक क्षेत्र र धार्मिक क्षेत्रसँग आवद्धता हुनुहुन्छ उहाँहरु एकताबद्ध भएर आ—आफनो क्षेत्रबाट जनप्रतिनिधीहरुलाई दबाब दिई बाकी रहेको यो थोरै समयमा संविधान जारी गर्नको लागि आ—आफनो ठाउँबाट सहयोग गर्नुपर्छ । जातीय दंगा र धार्मिक दंगालाई रोक्न एउटा शान्ति दूत पिस एभरेष्टको रुपमा भूमिका निर्वाह गर्ने बेला आएको छ । अन्तिम अवस्थामा जनतामा जे जस्तो समस्या आएपनि समाधान गरेर इतिहास फेरि बनाउनु पर्छ । पुनःधैर्यताका साथ वीरताको प्रर्दशन गर्न नेपाली जनतालाई आग्रह गर्न चाहान्छु ।
Comments
Post a Comment