अन्तिम लक्ष्य कम्न्यिूष्ट सरकार बनाउने हो


वि सं. २०३४ सालमा बराई ६ हुम्लामा जन्मनु भएका कर्णजीत बुढाथोकी (क. शुशील) हुम्ला जिल्लाबाट एनेकपा माओवादी वैद्य पक्षको संविधान सभाको प्रत्यक्ष निर्वाचित सभासद हुन । एनेकपा माओवादीको भेरी कर्णाली राज्य समिती सचिवालय सदस्य समेत रहनु भएका सभासद बुढाथोकीसँग नन्द बहादुर ऐडीले गरेको कुराकानी ः
जनता तर्सने गरि जनसंघर्षका कार्यक्रम घोषणा गर्नुभयो नि ?
हाम्रो संघर्षका कार्यक्रम विगतदेखि एउटा चरणमा अघि बढेको छ । यो संर्घषको कार्यक्रम कुनै एउटा व्यक्ति विशेष नभई एउटा निश्चित तप्काका निम्ति भन्दा पनि यो एउटा सिगो गरिब जनसमुदायहरु ,उत्पीडित , वर्ग जाती समुदाय सबैको मुक्तिका लागि आफनो लक्ष्य पुरा गर्ने अविभाराका साथ यो प्रक्रिया अगाडी बढेको हो । जुन जनयुद्ध सञ्चालन भएको थियो , यसै उदश्यका लागि सञ्चालन भएको हो । अहिले पनि जनसंघर्षका कार्यक्रमहरु अगाडि बढिरहेको छ । यसै उदेश्यका लागि हो । यहि उदेश्य प्राप्तिका लागि संघषर््ाका कार्यक्रम कहिले शान्तिपुर्ण ढंगले बढ्छ भने कहिले आन्दोलनको रुपमा अगाडी बढ्छ । यसको मूल उदेश्य सारमा भन्नुपर्दा उत्पिडीत वर्ग ,समुदाय र क्षेत्रको मुक्ति प्राप्त नहुन्जेल सम्म गरिने क्रियाकलापहरु हुन ।
सरकारमा उचित स्थान नपाएर यी विरोधका कार्यक्रमहरु भएको हो भन्ने संस्थापन पक्षको आरोप छ नि ?
यो एक एक प्रकारको राजनीति रुपमा अपरिपक्कताको बुझाई हो । वास्तविक रुपमा भन्ने हो भने माक्सव ाद र अवसरवाद बीचको संर्घष हो । जब माक्सवाद हाबी हुुन्छ ,अवसरवाद पछि पर्छ ।माक्सवाद हाबी हुदै जाने क्रममा उत्पीडित वर्ग क्षेत्र जाती यी सबै समुदायका जुन मुक्ति हुदै अघि बढ्छ । तब अवसरवादले प्राय माक्सवादलाई जुन प्रकारको हमला गर्न पुग्छ तब अवसरबादीको बोलवाला हुन्छ । यस कारण हामीले बुझदै आएको कुरा के हो भने माक्सवाद सहि सिद्धान्त हो , माक्सवादको जीत हुनुपर्छ । माक्सवादी सिद्धान्त ,नीति र कार्यक्रमले मात्रै सर्वहारा वर्गको मुक्ति अगाडी बढ्न सक्छ भन्ने हाम्रो बुझाई हो । अहिलेको लडाई पाटी भित्र हो या पार्टी बाहिर माक्सवाद ,शंसोधनवाद ,अवसरबाद र साम्रराज्यवादको लडाईको अभिव्यक्ति हो । यसो भनिरहदा सत्ता प्राप्तिको निम्ति आफु अनुकुलको कुर्सी नपाएर  सरकारमा नगएको हो भन्ने कुरा गरिन्छ । राजनीति रुपमा बाहिर जति जे बुझे पनि सिद्धान्त र यसको सार भनेको हामी के को लागि एकता गदैछौ । मूलभुत रुपमा एकता भनेको कुर्सीको लागि हो । विगतमा एमाले हाम्रो पार्टी माओवादी र काग्रेस लगायतका विभिन्न पाटीहरुमा विभाजन आयो त्यो सबै कुर्सीको खेलका लागि हो । अहिले यो प्रक्रिया जुन अगाडी बढिरहेको छ , बहस भईरहेको छ ,यसलाई विभाजन भन्न मिल्दैन । कुर्सी , पद पैसाको लागि मिल्नु  नै एकता होईन । एकता खास केका लागि हो भने सर्वहारा वर्गको निम्ति क्रान्ति गर्न हो । जब त्यो एकतामा एउटा माक्सवादी शर्त हुन्छ भने अर्को पुजीवादी शर्त । पुजीवादी शर्त पुजी र पदका लागि लेनदेन हुन्छ र त्यो नमिलेमा टक्कर वा फाटो हुन्छ । माक्सवादी शर्तमा क्रान्ति सम्पन्न गर्नको लागि अपनाउनु पर्ने उपायहरु र पाटी आन्दोलनलाई केन्द्र बिन्दुमा राखेर नै शर्तहरु अगाडी बढाइएको हुन्छ ।
१० वर्ष सम्मको जनयुद्ध भोगिसकेका छन् नेपाली जनताले । अब क्रान्ति होईन कि शान्ति चाहेका छन् । तपाईहरु क्रान्तिमा नै धकेलिन चाहानुहुन्छ , के यो कार्यमा जनताले साथ दिन्छन त ?
हामीले शान्ति र संविधान भनेका हौ । शान्ति र संविधान भन्ने कुरा सरस्वती हेर्दा यी दुबै आवश्यक छ भन्ने मान्यता छ । खास वास्तविक रुपमा यो मान्यताले हामी अग्रगमनमा छौ भन्ने गरिन्छ । अग्रगमन भईसकेपछि  मात्र संविधान बन्छ । त्यसपछि शान्ति हन्छ । अन्तिम लक्ष्यको शान्तिलाई हामीले सुरुमा बनाउछौ , शान्ति र संविधान प्रतिको बुझाई नै भिन्न छ । शान्ति भनेको अन्तिम उपाय हो । त्यो भनेको अधिकार , मुक्ति र न्याय सहितको शान्ति हो । अधिकार , मुक्ति र न्याय भएको छैन् , गरिब जनताले आफनो हक हित नै पाएकामा छैनन् , जातीय क्षेत्रीय अधिकारको ग्यारेन्टी नै भएको छैन् । जब जातीय क्षेत्रीय मुक्तिको कुरा अगाडी बढदैन , आत्मा निणर्यको अधिकार ,महिला जनजातीले हक अधिकार पाउदैनन भने शान्ति कसरी हुन्छ ? त्यो शान्ति हुने सम्भव नै हुदैन् ।  अहिले पनि एउटा उच्च ब्राहमण समाजवादी सोचले राज्यमा आफनो अधिपत्य जमाई रहेको अवस्था छ । ती अधिपत्य जमार्यरहेका वर्ग हरु एउटा कार्यकालमा पनि दलित र उत्पीडनमा परेका जातीहरुलाई अग्रअधिकार दिन चाहादैनन् । आजीवन अग्रअधिकारको कुरा नै छोडौ । एक कार्यकाल अग्रअधिकार र दूुइृ कार्यकाल अग्रअधिकार पनि जब उनीहरुका लागि अस्वीकार्य हुन्छ भने शान्ति कसरी सम्भव हुन्छ । अनि बाहिर भन्छन यसले आन्दोलन , हिंसा गरि अशान्ति मच्चायो । भित्र यीनीहरुले जालको डोरी जाल फिजाई रहने । जुन प्रकारको भ्रमको गतिविधी गरिरहेका छन् । त्यस विरुद्ध आवाज उठाउने क्रममा गृह युद्ध गर्न खोज्यो , आन्दोलन र विद्रोह गर्यो भन्ने ? त्यो त अन्यायमा परेकोकाले न्याय पाउनु उसको त अधिकारको कुरा न हो । त्यो कुरा प्राप्त गर्नको लागि के अपनाउन सकिन्छ । शान्तिपुर्ण तरिकाले भई आएन भने जाने बाटो कता हो त्यो कुरा बुझन जरुरी छ । यसकारण हतियारलाई पनि निहित स्वार्थको लागि , निहित उदेश्य पुर्तीका लागि जसले प्रयोग गर्न खोज्छन् ती इतिहासमा विलिन भएका पनि छन् । जो सर्वहारा वर्गको हित र मुक्तिका लागि बन्दुक उठाउने र बिसाउने काम गर्छन भने त्यो राजनीति अधिकार को कुरा हो । हामी शान्ति र संविधान बनाऔ । शान्ति र सविधान टुगोमा पुयाउनको लागि निश्चित शर्तहरु पुरा गरौ न । त्यो शर्तहरु उनीहरुले मान्नु पयो नि ? त्यो शर्त नमान्ने शान्ति र संविधान भन्ने ? अहिले यावत मानिसहरुमा संविधान बन्ने होईन कि  भन्ने आशंका उत्पन्न भएको छ । हिजो देखि खाईपिई आएका एक थरीका मानिसहरुलाई हाम्रै अनुकुलको हिजो कै जस्तो सविधान बनोस भने चाहन्छन् भने अर्को गरिब वर्गमा हिजोको जस्तो सामान्ति वर्गको संविधान बन्नुहुन्न भन्ने धारणा छ ।
जनसंर्घषका कार्यक्रम घोषणाका साथ सरकारको राजिनामा माग्नु भयो नि, के यो सरकारले राजिनामा दिन्छ त ?
सर्वहारा वर्गको पक्षमा काम नगर्ने जुनसुकै सरकारलाई हाम्रो सर्मथन हुदैन । यदि यो ठाउँमा झलनाथ खनाल, माधव कुमार नेपाल या शेर बहादुर देउवा जुन सुकै भएपनि राष्ट्र विरुद्ध वा जन चाहना विपरित काम गरेमा हामीले सहयोग गदैनौ । अहिले हामै्र पाटीको उपा—अध्यक्ष डा.बाबुराम भट्र्टराईको नेतृत्वमा सरकार छ उहाँले राम्रो काम गरेमा सर्मथन र जनचाहना विपरित गरेमा विरोध गर्ने काम भएको हो ुरकारको राजिनामा नै अन्तिम लक्ष्य होईन । यो सर्वहारा वर्गको मुक्ति र अधिकार प्राप्तिका लागि हो । त्यस कारण पुजीवादी सन्दर्भमा एकप्रकारले ल है विकास गरौ भन्नेमान्यताले १÷२ वटा राम्रा काम गर्न सक्छन् । नसक्ने भन्ने पनि होईन । त्यो केहि दिनको लागि हाई ! हाई ! त हुन्छ तर जसले आसँु पसिना र रगत बगाएका छन् त्यो वर्गहरु अहिले प्रताडित र यातनामा छन् । असन्तुष्टिको मुख्य कारण भनेको पाटी सहि ठाउँमा जान्छ कि जादैन पाटीका नेताहरुले सहि काम गर्छन कि गदैनन् , यो कुर्सी तानातानको लडाई हो कि अलि फरक प्रकृतिको लडाई हो भन्ने अहिले आम मानिसहरुले बुझेको कुरा हो ।
संर्घषका कार्यक्रम घोषणा गरेर जनतालाई तर्साउनु भन्दा संसदमा अविश्वास पत्र ल्याउन चुनौती दिनुभयो नि पधानमन्त्रीको राजनीति सल्लाहकार ले ?
राजीनामा नै अन्तिम निकास हाईन । हामीले यो सरकारलाई ढाल्न अन्तिम रणनीति बनाउछौ भने हाम्रो बुझाई पनि साहै्र साघुरो भएको बुझिन्छ । हाम्रो उदेश्य भनेको पाटी एक ढिक्का बनाउने , पाटीले कसैलाई कुनै न कुनै सन्दर्भमा जिम्मा दियो र त्यो जिम्मेवार व्यक्तिले पाटी र सर्वहाराको पक्षमा काम गर्न सकेन भने फिर्ता बोलाउने अधिकार पाटीलाई हुन्छ  र फिर्ता आउनु पनि पर्छ । पाटीको आदेशमा कुनै पनि व्यक्तिले जिम्मेवारी बहन गर्ने हो र त्यो व्यक्तिले उक्त काम गर्न सकेन भने फिर्ता हुने हो त्यस कारण हाम्रो उदेश्य के हो भने पाटी आन्दोलनको लागि सरकारमा बसिरहन फाईदा छैन् । यसका लागि पहिले पाटी एक ढिक्का भई बलियो हुनु पर्यो ।
तपाईले संस्थापन पक्षले क्रन्तिको बाटो छोडेको भन्नु भयो र क. प्रचण्डले पनि बैद्य पक्ष छापामार युद्धको तयारीमा लागेको आरोप लगाउनु भयो । के तपाईहरु भित्र भित्रै क्रान्तिको तयारीमा हुनुहुन्छ हो ?
युद्धका रुपहरु भिन्न भिन्न हुन्छन् । छापामार युद्ध गरि हाल्नु पर्ने आवश्यक छैन् । अहिले भूमीगत भएर जंगल जानुपर्ने अवस्था पनि छैन । जनता कै बीचमा रहेर जनपक्ष्ीाय संविधान र उत्पीडनमा परेका वर्ग क्षेत्र र जातीको पहिचान गर्ने क्रममा पाटी भित्र वा बाहिर बाट जो कोहीले पनि अवरोध गर्छ भने त्यसको सामाना गर्न हामी तयार हुनै पर्छ । हामी गृहयुद्ध नहोस भन्ने चाहान्छौ , वैदेशिक हस्तक्षेप नहोस भन्ने कुरामा हामी सर्तक छौ । पद र कुर्सी बचाउनका लागि जुन प्रकारको राष्ट्रियतामा आच आउने खालका सन्धी र सम्झौता गरिन्छ भने त्यो बराबर राष्ट्रमा अरु ठुलो घाटा के हुन्छ र ? यो चाहि सचेत नागरिक हरुले बोल्ने अधिकारको कुरा हो त्यसो भएको हुनाले यो मामिलामा विभिन्न आरोपहरु आएपनि हामी सहि पक्षमा जनताको हित र पहिचानको लागि अघि बढ्ने क्रममा अवरोधहरु खडा भयो भने सामना गर्ने सामाथ्र्य वा क्षमता हामी सँग छ ।
तपाईले अन्तिम लक्ष्य सरकार होईन भन्नु भयो त्यसो भए अन्तिम लक्ष्य सत्ता कब्जा हो त ?
हाम्रो अन्तिम लक्ष्य भनेको कम्न्यिुष्ट सरकार ल्याउने नै हो । यसमा चाहि विवाद नै छैन र अहिले त्यो सम्भावना पनि छैन् । हिजो महिला जनजाती र बालबालिकाको कुरा एमाले र कागे्रसले उठाए पनि माओवादीले नै उठाएको भन्ने गरिन्थ्यो भने अहिले जनता सम्बन्धी जो जतीले बोले नि सबै वैद्य पक्षले नै बोलेको हो भन्ने गरिन्छ ।
त्यसकारण बाहिरकाले के बुझेका छन् एउटा कुरा हो भने हामीले के कसरी बुझेका छौ त्यो अर्को कुरा हो । हामीले कोही कसैलाई गाली गरी व्यक्तिगत रुपमा लाञ्न्छना लाएर क्रान्ति हुदैन् तर क्रान्तिको विरुद्धमा प्रतिक्रान्तिको हडकडहरु जो जति बाट भएपनि त्यसको सामना गर्नुपर्ने हुन्छ र त्यो नियम नै हो ।
सेना समायोजनको प्रक्रिया दिनप्रतिदिन लम्बिदै छ नि ?
सेना समायोजन प्रक्रिया ढिला हुनु हुदैन । एउटा देशमा २ वटा सेना कदापी हुनुहुन्न । सेना समायोजनको लागि अलि केहि सरसल्लाह र सहमती हुन बाकी नै छ । सम्मान जनक समायोजन भयो भने मात्र हामीलाई मान्य हुनेवाला छ ।
तपाई त जनताद्धारा प्रत्यक्ष निर्वाचित सभासद , एउटा सभासदको दृष्टिकोणले हेर्दा जेठ १४ मा संविधान निमार्णको प्रक्रिया टुगोमा पुग्छ त ?
निश्चय पनि यो समयमा पुरा हुन्छ भन्न सकिन्न किनभने जस्तो सुकै या सर्वहारा वर्गको हितवीनाको संविधानमा ल्याप्चे लाउने कुरामा हामी सहमत छैनौ । यदि त्यसो गरेमा इतिहासले हामीलाई धिकार्ने छ । हामी एउटा निश्चित मूल्य मान्यता का साथ अघि बढिरहेका छौ । अग्रगमन , जनपक्षिय संविधान बन्ने अवस्था आयो भने हामीलाई कुनै पनि आपत्ति छैन् । त्यस कारण मलाई लाग्छ सबै एक स्टेप अगाडी बढछ र सहमती कायम हुन्छ । यो एउटा निश्चित प्रक्रियामा छ । कतिपय कुराहरु छलफल हुन बाकी छन् । अहिल्यै नमिल्न सक्छन् तर पनि संघियता बीना संविधान बनाउन सम्भव छैन् । अहिले केहि नेताहरु मिलेर संघियता बीनाको संविधान बनाउन लागि परेका छन् त्यो हामीलाई मान्य छैन् ।


Comments

Popular posts from this blog

पत्रकारीता

देउडामा अरुको मन पगाल्न सक्ने क्षमता छ ।

जिल्ला प्रशासन कार्यालय हुम्लाको लापारवाही