वार्ताको नाममा जिप्रका भित्रै पिटाइ खाए दलका नेताले
वार्ताका लागि जिल्ला प्रहरी कार्यालयमा गएको टोलिलाई प्रहरीले कुटपिट गरेको छ ।
हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले वोलाएको संयुक्त वैठकमा भाग लिन गएका माओवादी जिल्ला सह इन्चार्ज विजय भण्डारी र एमाओवादी कार्यालयका पार्टी सचिव लालकेश जैसी प्रहरको कुटाइ बाट घाइते भएका हुन । प्रहरीको कुटाइबाट भण्डारीको खुट्टामा र जैशीको टाउकोमा चोट लागेको एमाले जिल्ला अध्यक्ष दल रावलले वताउनुभयो । उहाँले भन्नुभयो वर्ताको लागि प्रहरी परिसरमा छिर्ने वित्तिकै जिल्ला स्थित दलका नेताहरुमाथि कुटपटि गरिएको हो । जिल्लाका सवै नेताहरु घाइते भएका छन् ।
गएको माघ एक गते माघे संक्रान्तिको अवसरमा खार्पुनाथ दोभानमा हरेक वर्ष लाग्ने मेलामा सहभागि भएको वेला मदिरा सेवन गरेको समयमा ठेहेका टीकाराम भण्डारी र श्रीमष्ठाका गिर्माणविक्रम शाही विच भएको झडप भई गिर्माण शाही घाइते भएपछि उनले प्रशासन कार्यालयमा ज्यान उद्देको कीटानी दर्ता गरेका थिए ।

Comments
Post a Comment