वन जंगलको विनाश

प्रकाश लामा
जंगलबाट वायु बायु बाट आयु  हामीलाई शास फेर्न अक्सिजन चाहिन्छ । अक्सिजन हामीले रुख वा बोटविरुवा बाट प्राप्त गछौ । जहा जंगल बढी हुन्छ त्यहाँ वर्षा बढि हुन्छ । त्यहाँ पानीका मूलहरु पनि बढि पाईन्छ । रुखले आफनो जरामा पानी सञ्चय गरि राख्दछ । जंगल भएको ठाउँमा पानीको  अभाव हुदैन् । जंगल भित्र विभिन्न जडिबुटीहरु पाईन्छन् । गुच्ची, च्याउँ जंगलमा पाईने च्याउ हो । यसबाट गरिब जनताले थोरै भएपनि आम्दानी गर्न सक्दछन् । भूक्ष्य,बाढी पहिरोलाई समेत जंगलले कम गर्दछ ।
हुम्ला जिल्ला सदरमुकाम सिमकोटबाट करीव २५ कोष टाढा रहेको हेप्का गाविसको वडा नं ..... गाडापारी स्थित दिन प्रति दिन वन जंगलविनाश हुदै गएकोमा मन रोएको छ । त्यहाका वन क्षेत्रहरु जस्तै लाम मेला,क्योजुम लाप्चाई ,बबलुङ ,टाक्पा ङयालासा,सयरा साङमा,थलुऊ,खागोर,लाक्चाङ खोला दाल्दोङ खा , छोकाना –जंगल) , लेक धिगा सम्म पहिले र हालको अवस्था तुलना गर्दा आकाश पातालको फरक देखन सकिन्छ । पहिले त्यहाँ मानिसको टाउकाको रौ जस्तै बाक्लो देखिने जंगल हाल मासिदै नागो हन पुगेको छ ।  वन विनाशका साथै अवैध रुपले काठ चात्ने र वनमका आगजनी गर्ने जस्ता कार्य हरु भईरहेको अवस्था छ ।  लाटा गाउँलेहरुको  सोझोपनको फाईदा उठाउँदै काठ तस्करीहरुले जंगल विनाश गर्नुका साथै त्यस गाउाँका सोझा जनतालाई धम्की समेत दिने कार्य यर्थावत छ । गाउका टाठाबाटा भनाउदाहरु काठ तस्करीसँग मिलेर वन विनाश गर्नमा थप सहयोग गरिरहेका छन् । आज वन विनाशले गर्दा हावापानीममा नकरात्मक परिवर्तन आएको छ । समयमै मनसुन नहुदा खडेरीले बालीनाली सुकाई सकेको छ । समय मै वर्षा नहुनु, वर्षा भएपनि असिनाको रुपमा हुनु, हिमताल फुटेर खेती योग्य जमीन बगाउने जस्ता नकरात्मक पक्षहरु देखा परेका छन् । त्यस्तै जंगल  विनाश हुदाँ त्यहाँ पाईने जडिबुटी लोप हुदै जानु , बाढी पहिरो भूक्ष्यको डर बढ्दै जानु जंगली जनावरको संख्यामा कमी हुदै जानुले  स्थानीय क्षेत्रको प्राकृतिक सौन्दर्यताको अवस्था बिग्रदै आएको अवस्था छ । म यसै पत्रिका मार्फत हिमाली क्षेत्रको वन जंगललाई संरक्षण गरौ । हाम्रो जिल्लाको प्राकृतिक सौन्दर्यतालाई थप बढाउदै  हुम्ला जिल्लालाई अन्तराष्टिय क्षेत्रमा परिचित गर्नको लागि एक पटक सम्पूर्ण हुम्ली जनताले जुरमुराउने बेला आएको छ ।
 

Comments

Popular posts from this blog

पत्रकारीता

देउडामा अरुको मन पगाल्न सक्ने क्षमता छ ।

जिल्ला प्रशासन कार्यालय हुम्लाको लापारवाही