मेरो छोरा जन्मेको ३ दिनै दोस्रो वर्षमा प्रवेश
नन्द बहादुर ऐडी/ सुन्दा पनि अचम्म ! जन्मेको ३ दिनै दोस्रो वर्षमा प्रवेश ! कसरी ? कुन ठाउँमा होला यस्तो चलन ? यो त हुनै सक्दैन् भन्ने कुराले तपाईलाई खुदुली लाग्न सक्छ । यो कुरा सत्य हो । हामीले स्कुले जीवनमा नेपाल ४ जात ३६ वर्ण भएको देश हो भन्ने पढेका थियौ नि ! पक्कै पनि, नेपाल अनेकता भित्र एकता र बुहलता भित्र विविधता भएको राष्ट्र हो । यहाँ विभिन्न जात, धर्म, सस्कृति मान्ने अनेकौ समुदायहरुको बसोबास रहेको छ भन्ने कुरा सर्वविर्दितै छ । ती फरकफरक समुदायमा फरकफरक भाषा, धर्म र सामाजिक संस्कार अपनाउँदै आएका छन् ।
प्रसंग, जन्मेको ३ दिनै दोस्रो वर्षमा प्रवेश भन्ने विषयमा प्रवेश गरौं । २०७५ पौष १८ गते राति १ः३६ अर्थात पौष १९ गते बिहान १ः३६ मा मेरो छोराले परोपकार प्रसुती गृह थापाथलीमा जन्म लियो । सामान्य समय तालीका अनुसार मेरो छोरा जन्मेको २२ गते सम्म ३ दिनको भयो तर २२ गते तर २२ गते नै दोस्रो वर्ष प्रवेश ग¥र्यो । यो चलन हुम्लाको व्याँसी थपाल्या समुदायमा परापूर्वक कालदेखिनै प्रचलननमा रहेको छ । यो समुदायमा ऐडी, बुढा, बुढाथोकी, रोकाया, बोहोरा जाती पर्दछन् । हुम्लाको स्थानीय समाजमा यो समुदायका यीनै थरका मानिसहरुलाई स्थानीय चलन चल्तीमा गाली गर्नुपर्दा या होच्याएर बोल्नु पर्दा व्यासी कमारो भन्ने चलन छ । हुम्लाको यो समुदायको मुख्य पर्व भुवा तिहार अर्थात पुषे औसी (तोल ल्होसार) हो । यो पर्व २२ गते हुम्लाका व्याँसी थपाल्या समुदायका मानिसहरुले धुमधामका साथ मनाए । यहि दिन अर्थात भुवा तिहार नै नयाँ वर्षको रुपमा मनाईदै आएको छ । पौष १९ गते जन्मिएको एउटा बच्चो २२ गते सम्म ३ दिनमै दोस्रो वर्ष प्रवेश गरेको छ, यो स्थानीय चलनचल्तीमा चल्ने कुरा हो ।
सामान्यतया हामीले जन्मेको दिनबाट १ वर्ष पुगेपछि मात्र दोस्रो वर्षमा प्रवेश गरेको मान्छौ तर हुम्लाको त्यो समुदायमा भुवातिहारको एक दिन अगाडी जन्मेको बच्चो पनि दोस्रो वर्षमा प्रवेश गरेको स्थानीय चलनचल्तीमा मानिन्छ ।
![]() |
| नन्द बहादुर ऐडी |
सामान्यतया हामीले जन्मेको दिनबाट १ वर्ष पुगेपछि मात्र दोस्रो वर्षमा प्रवेश गरेको मान्छौ तर हुम्लाको त्यो समुदायमा भुवातिहारको एक दिन अगाडी जन्मेको बच्चो पनि दोस्रो वर्षमा प्रवेश गरेको स्थानीय चलनचल्तीमा मानिन्छ ।


Comments
Post a Comment