छोरा जन्माउँदा छोरी छाँयामा परिन

नन्द बहादुर ऐडी/ केहि समय अगाडी मेरो जीवन संगीनीले छोरा जन्माईन । घरपरिवार, आफन्त, साथीभाई, शुभेच्छु र समाजबाट बधाईको ओईरो लाग्यो, अब छोराको बाउँ भइस भनेर । मैले छोरा जन्मने वित्तिकै अहिलेको परिवेशमा चलेको समाजिक सञ्जालमा हालेको थिए । सामाजिक सञ्जालमा पनि बधाईको ओईयो लाग्यो, कतिले भेटेर बधाई दिए, कतिले भेट्दा दिए बधाई ! यो स्वभविक प्रक्रिया हो । नेपाली समाजमा राम्रो एवं शुभ कार्यमा बधाई र दुःखको बेला सहानूभूति दिने चलन ।

घर देखि समाज सम्मकाले मलाई बधाई त दिए तर मेरो मन बाहिरी रुपमा खुसी भएपनि भित्री रुपमा त्यति खुसी हुन् सकेन । मेरो लागि छोरा दोस्रो सन्तानको रुपमा जन्मेको । मेरो पहिलो सन्तान त छोरी हो । अब कुरा गरौं छोरीको ः करिब ५ वर्ष पहिले उहि महिना उही अस्पताल तर साल दिन र समय फरक पारी मेरो पहलिो सन्तानको रुपमा छोरी जन्मेकी थिईन । मेरो परिवारको पहिलो नातीनी । विाहित २ भाई मध्ये दाईको २ वटा छोरा छन् । मेरो पहिलो सन्तान छोरी जन्मियो । दाईको दुबै छोरा जन्मदा घरमा जति खुसीयाली थियो तर मेरो पहिलो सन्तानको रुपमा छोरी जन्मिदा घरमा त्यति खुसी छाउँन सकेन । किनकी मेरो पहिलो सन्तान नै भएपनि छोरीको रुपमा जन्म लिएको थियो । यसैले होला घरमा खुसी छाउँन सकेन । दाईको श्रीमती साधारण लेखपढ नहुदाँ समेत घरपरिवारले महत्व दिए, वजनको रुपमा हेरे ।  किनकी मेरी भाउँजूले छोरा जन्माएकी थिईन । मेरी श्रीमती प्रवीण तह उतिर्ण हुन्, अझ मेरो जन्म भूमी हुम्लाको लागि त एस.एल.सी नै ठूलो कुरा हो । यतिका पढेकी महिलाले महत्व पाउँन सकिनन किनकी उनीले छोरा जन्माउँन सकिनन ।

भनिन्छ, छोरी घरकी लक्ष्मी हुन् । हो, पक्कै पनि ! मेरो पहिलो सन्तानको रुपमा छोरी जन्मिएपछि  मेरो व्यक्तिगत जीवनमा धेरै प्रगति उन्नती भयो, मेरो चर्चापरिर्चा हुन थाल्यो । मेरा लागि छोरा र छोरी बराबर हुन् । अझ भनौ छोरा भन्दा पनि छोरी नै ठीक लाग्छ मलाई । यसको पनि कारण छ । नेपालमा महिला हिंसामा छन् भनिन्छ, यो सत्य पनि हो । नेपालका धेरै महिला हिंसामा छन् तर त्यो भन्दा पनि बढि पुरुष हिंसामा परेको मैले महशुस गर्दै आएको छु । घरमा एउटा विवाहित पुरुष अझ वढि हिंसामा परेको हुन्छ । आमाको कुरा सुन्दा श्रीमती रिसाउने श्रीमतीको कुरा सुन्दा आमाले जोईटिग्रे भन्ने ! विवाहित पुरुषलाई कति सम्मको बाध्यता छ, श्रीमती र आमाबुवा, घरपरिवार समाजलाई सन्तुलन राख्दै अगाडी बढ्नको लागि ! श्रीमती र आमा दुवै महिला नै हुन् तर मिल्न सक्दैनन् । बलीको बोका विवाहित छोरो हुन्छ । यो नेपाली समाजमा अधिकाश पुरुषले भोग्दै आएको कुरा हो, मात्र भन्न नसकेको हो । घरमा महिलाले महिलाको दमन गरेको हुन्छ, महिलाबीचमै बादविवाद हुन्छ, बलीको बोका हुन्छ, विचरा पुरुष ! यो नेपाली समाजको परम्परागत रोग हो । जब सम्म हामीले यो परम्परागत रोगको न्यूनीकरण गर्न सक्दैनौ तव सम्म महिला हिसां, लैङ्गिक हिंसा नियन्त्रणको कुरा नारा र ¥यालीमा मात्र सिमित हुन्छ ।
मेरो पहिलो सन्तानको रुपमा छोरी जन्मदा न मलाई बधाई आयो न त मेरो घरपरिवारमा खुसीयाली नै छायो तर मलाई बधाई र घरपरिवारको खुसीयालीमा कुनै प्रवाह रहेन । किनकी मेरो पहिलो सन्तान थिईन मेरी छोरी । मेरो लागि उत्तराधिकारी थिईन । मेरो मायाको निसानी थिईन । यसैले पनि होला मैले छोरीको नाम श्रीमान श्रीमती दुवैजनाको नामबाट जोडिने खालको राखेको छु । म जन्मेको, म हुर्केको मेरो स्थानीय समाजमा छोरा जन्मदा, न्वारन, छैट, व्रतवन्ध लगायतका यावत धार्मिक विधीका कार्य गरिन्छ तर छोरी जन्मदा केहि पनि गरिदैन् । यसैले पनि होला मेरो छोरी जन्मदा कुनै धार्मिक विधीका कार्य भएन त्यसमा पनि मेरी छोरी त शहरमा पो जन्मेकी परिन । मेरो छोरीको लागि न्वारन ,छैट, पास्नी लगायतका यावत विधीका कार्य गर्ने पण्डित म आफै भए । कहिले काकी मेरी श्रीमतीले मलाई जिस्क्याएर बाहुन भन्छीन, हो मेरी छोरीको लागि म बुवा मात्र होईन बाहुन बाजे नै हो ।

अहिले म छोरी र छोराको बाउ भएको छु । घरपरिवारमा, ससुराली खलकमा र समाजमा मलाई हेर्ने दृष्ट्रिकोण नै फरक भएको छ । मेरो छोरी हुदाँ पनि मलाई अपुतो भन्थे । अहिले सबैको मुख थामो लागेको छ । घरपरपरिवारमा मेरी श्रीमतीको पनि महत्व बढेको छ । टाढै गाउँमा भएका आमाबुवाले बुहारीलाई कस्तो छ ? नाती कस्तो छ ? भन्ने हालखबर सोध्दै बेलाबगतमा फोन गर्नुहुन्छ । ससुरालीबाट पनि सम्पर्क भईरहन्छ । छोरा जन्मेको एक महिना पनि पुगेको छैन् । रोएपछि, कराएपछि समात्नै पर्यो ! आवश्यक रेखदेख गर्ने पर्यो ! विचरी !  नाबालक मेरी छोरी आफूलाई वास्ता गर्न छाडे, महत्व दिनै छाडेका हुन कि भन्ने महसुश गर्न थालीन कि जस्तो लाग्छ । कहिलेकाही घुर्की लाउन थाल्छीन , बाबाले स्कुल पुयाईनिुपर्छ नत्र स्कुल जान्न ।  स्कुलमा लिन आउँनुपर्छ नत्र घर आउँन भन्छिन् । मलाई नमजा लाग्छ मैले दोस्रो सन्तान जन्माएर, आफनो थप जिम्मेवारी बढाएर । मैले छोरीलाई स्कुल पुयाउँन र ल्याउन सम्म भ्याउदिन छोरीको ईच्छा पूरा गर्न नसकेको बेला छोरा जन्माएर बर्वादै गरेछु जस्तो लाग्छ । यति सम्म महशुस हुन थालेको छ कि छोरा जन्माउँदा छोरी छाँयामा परिन । विचरी मेरी छोरी के सोच्दी होली, यी बाबा ममीले भाईलाई मात्र समाउछन् मलाई त माया नै गर्दैनन भन्ने पो सोच्छीन कि भन्ने भान हुन थालेको छ ।

Comments

Popular posts from this blog

पत्रकारीता

देउडामा अरुको मन पगाल्न सक्ने क्षमता छ ।

जिल्ला प्रशासन कार्यालय हुम्लाको लापारवाही