Posts

तीन ठुला दल संविधान भन्दा माथी

२०३१ सालमा गोर्खाको बोर्लाङमा जन्मिएका एकनाथ ढकाल युनिर्भसल पिस नामक संस्थाको अध्यक्षमा रहि नेपाल लगायत विश्वका विभिन्न देशहरुममा शान्तिको आवाज उठाउदै आउनु भएको छ । “नेपाल एक घर,हिमाल,पहाड,तराईका सम्पूर्ण नेपाली एउटै परिवार”भन्ने उद्देश्यका साथ २०६४ मा नेपाल परिवार दल स्थापना गरि वैकल्पिक लोकतन्त्रको भुमिका निर्वाह गदै शान्ति र लोकतन्त्रको आवाज उठाउनुका साथै नेपालका विभिन्न क्षेत्रमा सामाजिक सेवाका कार्यक्रम सञ्चालन गदै आउनुभएका अध्यक्ष ढकाल सँग नन्द बहादुर ऐडीले गरेको कुराकानी ः संविधान निमार्णको लागि जति समय बाकी छ त्यो समय प्रयाप्त मात्रामा छैन् हामीसँग समय कम छ तर संविधान नीयमावलीमा कम्तीमा ३ महिना लाग्ने देखिन्छ । अब पनि दलहरुबीच आवश्यक सहमति गरि प्रक्रिया टुङ्ग्याउने काम भएन भने जेठ १४ मा संविधान घोषणा न्यून देखिन्छ । देशको वर्तमान अवस्थालाई कसरी लिनु भएको छ ? देशको वर्तमान अवस्था एउटा गम्भीर मोडमा छ । अब बेलैमा देशका राजनीति दलहरुले यस विषयमा स्पष्ट रुपले छलफल गरि ,असहमती भएका विषय वस्तुहरु धेरै छन् ती मध्ये असहमतीका बाकी विषय वस्तुहरु मा छलफल गरि सहमति हुन नसक्ने विषयवस्...

अन्तिम लक्ष्य कम्न्यिूष्ट सरकार बनाउने हो

वि सं. २०३४ सालमा बराई ६ हुम्लामा जन्मनु भएका कर्णजीत बुढाथोकी (क. शुशील) हुम्ला जिल्लाबाट एनेकपा माओवादी वैद्य पक्षको संविधान सभाको प्रत्यक्ष निर्वाचित सभासद हुन । एनेकपा माओवादीको भेरी कर्णाली राज्य समिती सचिवालय सदस्य समेत रहनु भएका सभासद बुढाथोकीसँग नन्द बहादुर ऐडीले गरेको कुराकानी ः जनता तर्सने गरि जनसंघर्षका कार्यक्रम घोषणा गर्नुभयो नि ? हाम्रो संघर्षका कार्यक्रम विगतदेखि एउटा चरणमा अघि बढेको छ । यो संर्घषको कार्यक्रम कुनै एउटा व्यक्ति विशेष नभई एउटा निश्चित तप्काका निम्ति भन्दा पनि यो एउटा सिगो गरिब जनसमुदायहरु ,उत्पीडित , वर्ग जाती समुदाय सबैको मुक्तिका लागि आफनो लक्ष्य पुरा गर्ने अविभाराका साथ यो प्रक्रिया अगाडी बढेको हो । जुन जनयुद्ध सञ्चालन भएको थियो , यसै उदश्यका लागि सञ्चालन भएको हो । अहिले पनि जनसंघर्षका कार्यक्रमहरु अगाडि बढिरहेको छ । यसै उदेश्यका लागि हो । यहि उदेश्य प्राप्तिका लागि संघषर््ाका कार्यक्रम कहिले शान्तिपुर्ण ढंगले बढ्छ भने कहिले आन्दोलनको रुपमा अगाडी बढ्छ । यसको मूल उदेश्य सारमा भन्नुपर्दा उत्पिडीत वर्ग ,समुदाय र क्षेत्रको मुक्ति प्राप्त नहुन्जेल सम्म गर...

कार्यलय प्रमुख बिहिन हुम्ला

हुम्ला जिल्लामा रहेका ३२ सरकारी कार्यलय मध्ये २३  रहेका छन । पटक पटक हामीले हुम्ला जिल्लाका सरकारी कार्यलयमा गदै आएको सर्बेक्षामा धेरै जसो सरकारी कार्यलयहरुमा प्रमुख बिहिन नै रहने गरेको पाएको छ ।जिल्ला रहेका जिल्ला बिकास समिति, जिल्ला स्वास्थ्य, जिल्ला बन, खाद्य संस्थान शाखा, मालपोत, जिल्ला अदालत, जिल्ला हुलाक, जिल्ला आयूर्बेद, जिल्ला सरकारी वकिल, जिल्ला पशु सेवा, रायिट्रय बाणिज्य बैंक, घरेलु तथा साना उद्योग समिति, कोष तथा लेखा नियन्त्रण ., नागरिक उड्यन प्राधिकरण, खानेपानी तथा सरसफाई सब डीबिजन, जिल्ला शिक्षा, हिल्दुङ बिद्युत बितरण केन्द्र, जिल्ला निर्बाचन, जिल्ला प्राबिधिक, कृषि बिकास बैंक, यारी नाका भन्सार, नेपाल टेलिकम, जिल्ला कारागार शाखा जस्ता संबेदनसिल कार्यालयहरुमा कार्यलय प्रमुख बिहिन हुनुले हुम्लाका सेवागराही जनताहरु मारमा परेका छन् । ४/५ दिन लगायर ग्रामिण क्षेत्र बाट काम लिएर सदरमुकाम सिमकोटमा आएका हुम्लीजनताहरु सम्बन्धित कार्यालयका कार्यालय प्रमुख नहुदा आफ्नो काम हुने आसा मार्दै निराश भई खालि हात लिएर फर्कने गरेका छन । यस्ता समस्याहरु हुम्लाबाहिरुले ब्यहादै आईका समस्या हु...
Image

यात्रा सस्मरण्

नेप्केलहरुको अतिथी सत्कार र टागेको रमणीय यात्रा नन्द बहादुर एृडी जीन्दगी एक रमाइलो यात्रा रहेछ । कहिले पूर्वको इलाममा त कहिले पश्चिमको हुम्लामा यस्तै कामको शिलशिलामा देशका विभिन्न भू भागमा पुगिदो रहेछ । यात्राकै क्रममा गत असार महिनाको दोस्रो साता म मेल्छाम पाली नेप्का हुदै टागे खर्कमा पुगेको थिए ।  नेप्काको बारेमा धेरै कुराहरु सुनेको थिए मैले । सात पटक घाम लाग्ने, मृगको शिकार र अतिथी सत्कार लगायतका यी यावत कुराहरु । यी कुराहरु ह्ेर्न र महशुस गर्न आतुर थिए म । यसैले नेप्कामा पुग्ने अठोट गदै गत असार १४ गते फुचाबाट मेल्छामको कोर्का गाउँमा पुगे म । वर्षाले गर्दा २ दिन सम्म कोर्का मै रोकिनु पयो मैले । २ दिन पछि अर्थात १९ गते बिहानै ८ बजे तिर त्यहाबाट नेप्काको यात्रा प्रारम्भ गरे मैले ।  जब म मेल्छाम हुदै देशी खोलामा पुग्नै लागेको थिए अनि झरीले भेटायो मलाई । अत्यधिक झरी पर्न लागेकाले केहि छिन म ओत लाग्नको लागि नजिकैको आटी तिर लागे । त्यहा २ जना महिला रहेछन् । उनीहरुले यस्तो झरीमा यात्रा गर्नु ठीक हुदैन भन्ने सुझाब दिए र लगत्तै देशी खोला  पहिरोमा रुपान्तर भई  गडगडाउन थाल्...
Image

एनजिओ आईएनजिओ बीना विकासको गति अघि बढ्न गाह्रो छ

विकट हुम्ला जिल्लाको सम्पन्न परिवारमा जन्मेर सामाजिक रुढिवादी परम्परालाई तोडी विभिन्न समस्याहरुसँग पैठे जोडी खेल्दै उच्च शिक्षा हासिल गर्न सफल भई महिला सशक्तिकरण सम्बन्धी काम गदै आउनु भएकी महिला कल्याण हुम्लाको निर्देशक लक्ष्मी लामा सँग नन्द बहादुर ऐडीले गरेको कुराकानी ः १) के मा व्यस्त हुनुहुन्छ ? महिला कल्याणमा महिला सशक्तिकरण सम्बन्धी काम गदै छु । त्यस संस्थाको संस्थापकका साथै हाल निर्देशकको रुपमा काम गरिरहेको छु । २) बाल्य काल कसरी बित्यो ? मेरो बाल्यकालको कुरा गर्दा सम्पन्न परिवारकी कान्छी छोरी भएपनि सामाजिक सस्कारका कारण छोरीलाई पढाउनु हुन्न भन्ने मान्यता थियो । यसकारण मैले दुःख गरेर पढे र संघर्षका साथ बित्यो मेरो बाल्यकाल । त्यतिखेर हम्लाको सदरमुकाम सिमकोटमा हाई स्कुल थिएन । मेरो घर बरगाउँबाट २÷३ दिन लाग्ने दार्माको महादेव माविमा गएर पढे मैले एस एल सी सम्म । ३) कहाँ र कहिले जन्मनु भयो ?  बरगाउँ १ (लिमाटागाउँ) हुम्लामा २०२० मंसिर ३ मा जन्मेको हँु । ४) औपचारी शिक्षा कहाँ सम्म पुयाउनु भयो ?  अवसर पाएको भए सायद धेरै पढ्ने थिए । इच्छा हुदाहुदै पनि इन्टर मात्र उतिर्ण...