यात्रा सस्मरण्

नेप्केलहरुको अतिथी सत्कार र टागेको रमणीय यात्रा
नन्द बहादुर एृडी
जीन्दगी एक रमाइलो यात्रा रहेछ । कहिले पूर्वको इलाममा त कहिले पश्चिमको हुम्लामा यस्तै कामको शिलशिलामा देशका विभिन्न भू भागमा पुगिदो रहेछ । यात्राकै क्रममा गत असार महिनाको दोस्रो साता म मेल्छाम पाली नेप्का हुदै टागे खर्कमा पुगेको थिए ।  नेप्काको बारेमा धेरै कुराहरु सुनेको थिए मैले । सात पटक घाम लाग्ने, मृगको शिकार र अतिथी सत्कार लगायतका यी यावत कुराहरु । यी कुराहरु ह्ेर्न र महशुस गर्न आतुर थिए म । यसैले नेप्कामा पुग्ने अठोट गदै गत असार १४ गते फुचाबाट मेल्छामको कोर्का गाउँमा पुगे म । वर्षाले गर्दा २ दिन सम्म कोर्का मै रोकिनु पयो मैले । २ दिन पछि अर्थात १९ गते बिहानै ८ बजे तिर त्यहाबाट नेप्काको यात्रा प्रारम्भ गरे मैले ।  जब म मेल्छाम हुदै देशी खोलामा पुग्नै लागेको थिए अनि झरीले भेटायो मलाई । अत्यधिक झरी पर्न लागेकाले केहि छिन म ओत लाग्नको लागि नजिकैको आटी तिर लागे । त्यहा २ जना महिला रहेछन् । उनीहरुले यस्तो झरीमा यात्रा गर्नु ठीक हुदैन भन्ने सुझाब दिए र लगत्तै देशी खोला  पहिरोमा रुपान्तर भई  गडगडाउन थाल्यो  र मैले बाटो तताउने निर्णय गरे । देशी खोलाको पहिरो छिचोल्दै रति गाउँमा पुगे र त्यो गाउँ अगाडी खुल्ला दिशा मक्तु क्षेत्र घोषणा गरिएको साईनबोर्ड रहेछ । त्यो गाउँ नियाल्दै अगाडी बढे म । लिउरी ओरालो काटिसकेपछि माथिल्लो पालीको गौरींशकर प्रा वि मा पुगे , त्यहा प्रधानध्यापक नभएपनि भीम तामाङ लगायतका अन्य २ जना शिक्षक रहेछन् । उनीहरुसंग केहिबेर विधालयको बारेमा कुराकानी गरि यात्रालाई अघि बढाए । केहि बेर सिओरीको ओरालो लागिसकेपछि कौलेना भन्ने ठाउँमा पुगे । दिनभरि झरी भएकोले टागे खोला बौलाउदै थियो । नदीको सुस्वाट बाहेक अरु केहि पनि सुनिदैन्थ्यो । नदीको किनारैकिनार बाटो भएकोले र नदी बौलाई बाटो  ढाकेकाले अन्नीखान भन्ने ठाउँमा बाटो बिर्से मैले ।जब म छालामा पुगे त्यहा मेरो मेल्छाम पढ्दाको साथी चक्र तामाङ सँगै अन्य २ जना नेप्केल सँग भेट भयो । आपसमा भलाकुसारी गदै यात्रालाई अघि बढायौ । नेप्का गाउँ पुग्नुभन्दा अघि चाक्टी मेलो रहेछ । जहाँ नेप्केलहरु घास काट्दा रहेछन । त्यो घास मेलाको दृश्य अत्यन्तै सुन्दर र रमणीय थियो । केहिबेर त्यही थकाई मेटियो र वारीपारीको दृश्य अवलोकन गरे मैले । वर्षा यामले गर्दा होला खहरे खोला पनि नदीको रुपमा छङछङ गदै बगिरहेका थिए । ती रमणीय दृश्य नियाल्दै यात्रालाई अघि बढाईयो र केहिछिन पछि मेरो पहिलो दिनको गन्तब्य नेप्का गाउँमा पुगियो ।
            पछिल्लो दिन गाउँका केहि स्थानीय लिएर टागे खर्कको यात्रामा लागियो विहान करीब ८ बजे तिर यात्रा प्र्रारम्भ गयौ हामीले । नेप्काको त्यो रमणाीय दृश्य अवलोकन गदै डाडापाखा नियाल्दै हामी अगाडी बढ्यौ । ओगरेन, मुस्याङ हुदै गलाग्ना भन्ने ठाउमा पुगियो । त्यति बेला  गलाग्नामा जौ , गहु चुटिरहेका थिए नेप्केलहरु  । ढुङगामा जौ चुट्ने गर्दा रहेछन् । कतिपय मानिसहरु १५ ÷ २० दिनको लागि त्यहा बस्न आएका रहेछन् । केहिबेर त्यहाको रमणीय दृश्य नियाल्दै हामी अगाडी बढ्यौ । तुकतङ, लेप्च्या हुदै निलिङ पुगियो । त्यहा छिमेकी नेपाल नामक सस्थाको सहयोगमा   अतिस लगाएका रहेछन् नेप्काबासीले । केहिबेर उक्त स्थानको अवलोकनगदै काफल खादै  हामी अगाडी बढ्यौ । यात्रालाई अगाडी बढाउदै थियौ कच्यापू भन्ने ठाउँ आईपुग्यो । त्यहा ठुलो र एकदमै रमणीय र आर्कषित खालको छहरा रहेछ । उक्त छहराको दृश्य नियाल्दै हाम्रो यात्रा अगाडी बढ्यो । डारीगाउँ , धौल्या हुदै चुङगार भन्ने ठाउँमा पुग्यौ हामी । उक्त स्थानमना करीब १० ÷१५ वर्ष अघि हेलिकप्टर बसेको रहेछ । त्यहाको स्थानीयबासीका अनुसार त्यो स्थानमा बहुमूल्य धातुका खानी भएको र  उक्त खानीको अनुसन्धान गर्न  हेलिकप्टर बसेको हो । यति बेलासम्म बेलुकाको करीब पाच बजिसकेको थियो । दिनभरीको हिडाईले थकाई लागेको महशुस हुदै थियो हामीलाई । यसैले उक्त दिन हाम्रो बसाई चुङगारकै वन आटीमा हुन पुग्यो । हामी टागे पुग्ने उदश्यका साथ नेप्काबाट हिडेका थियौ तर वर्षा लगायत विभिन्न कारणले गन्तव्यमा पुग्न सकिएन । त्यस दिन आगोकै भरमा बास बसियो । हामीले चामल र कोदोको धुलो बोकेका थियौ तर हामीसँग खाना बनाउने कुनै सामान नभएपनि जहा इच्छा त्यहा उपाय भनेझै पोलिथिनमा धुलो मुचियो र ढुङ्गा तताई रोटी हालेर खाईयो । त्यो वन आटीमा एउटा छाला र कम्मल रहेछ , हामी चार जना थियौ र उक्त कपडाले पुग्ने थिएन ,त्यसकारण कम्मल ओछयाई आगोकै भरमा रात बिताइयो । पछिल्लो दिन ५ बजेतिर हाम्रो यात्रा सुरु भयो । करीब २घण्टाको यात्रापछि झुलेनी भन्ने स्थानमा पुगियो । त्यहा एक फौज गोठालाहरु रहेछन । उक्त  गोठालाहरु हम्रै आफन्त रहेछन् । बिहानको खाना त्यही खाई करीब १० बजेतिर हामे यात्रा टागेतिर बढ्यो । झुलेनीको त्यो रमणीय दृश्य नियाल्दै गाउँरिटाउना भन्ने ठाउँमा पुगियो । कति आन्न्द र सुनसान रहेछ त्यो ठाउँ । त्यहाको नदी पनि सुस्वाट बीना शान्त रुपले बग्दो रहेछ । जताततै हरियाली दृश्य अनि बुकीका घासहरु शान्त रुपमा बहने हावासँग लरीबरी खेल्दै थिए । ती रमणीय दृश्यलाई मैले आफनो क्यामेरामा कैद गरे । हाम्रो गन्तव्य अर्थात टागे खर्क नजिकिदै थियो ,मेरो मनमा विभिन्न कौतुहलताका तरङहरु ज्वार भाटाका रुपमा तैरिदै थिए हामी लगभग टागे खर्कमा पुगिसकेका थियौ । त्यहा पुग्नु भन्दा पहिले एउटा ठुलो खोला तर्नु पर्दोरहेछ । यस भन्दा अघिका बाटोको करीब ५÷६ वटा ठाउँमा यस्तै खोला तरिसकेका थियौ हामले । करीब १२ बजेको थियो होला हामी बल्ल तल्ल गन्तव्यमा पुग्यौे । करीब २ घण्टाको आराम पछि केहिबेर घुम्न निस्क्यौ हामी । मलाई चिसो भएको महशुस भयो अनि आटी तिर लागे । मलाई को हो भनी सबै गोठालाहरु कौतुहलताका साथ म बस्ने आटीका गोठालालाई सोधिरहेका रहेछन् । लगभग साझ परिसकेको थियो हामीले खाना खायौ । अन्य आटीका गोठालाहर्रु मसँग विभिन्न कौतहलताका प्रश्नहरु सोध्दै कुराकानीलाई अगाडी बढाए । रातीको लगभग ११ बजे सम्म विभिन्न प्रसंगमा कुरानकानी चल्यो । मैले पनि त्यहाको समाज र परम्पराको बारेमा बुझन पाए । अघिल्लो दिनको अनिदो ले गर्दा मलाई निद्राले च्यापि सकेको थियो यसैले ती गाठालाहरु पाहुनालाई सुत्न दिउ भन्दै आ आफनो आटीमा लागे ।
        पछिल्लो दिन बिहान करीब ५ बजे उठेर त्यहा वरपरको केहि दृश्यलाई मैले आफनो क्यामेरामा कैद गर्दै केहि बेर घुमियो । लगभग ८ बजेको थियो होला खाना खाएर धोराप भन्ने ताल घुम्न को लागि हिड्यौ हामी । जति जति माथि गयो त्यति नै गाह्रो ह’ुदो रहेछ । यसको कारण हो माथितिर विरुवा एव जंगलको अभावले अक्सिजनको कमी  । लगभग डेढ घण्टा जति हेडेका थियौ होला रिग दह नामको निलो डर लागदो खालको ताल रहेछ । ती गोठालाका अनुसार त्यो ताललाई राक्षस एव दइत ताल पनि भन्दा रहेछन् । केहि बेर त्यहीको दृश्य नियाल्दै हामीले यात्रालाई अगाडी बढयौ । सुन्दर ,स्वच्छ र चिसो हावाको सिरेटो सँगै हाम्रो यात्रा धोरापको तालतिर बढ्दै थियो । बी बीचमा पाटन चढ्दै गरेका घोडा , भेडा र जुमा झोपाहरु भेटिन्थे । केहि बेरको यात्रा पछि विशालका साथै शान्त स्वभावको धोराप तालमा पुग्यौ हामी । त्यो ताललाई चारै तिरबाट नियाल्दै परिक्रम गर्न थाल्यौ हामीले । लगभग १ घण्टा लाग्यो ताल पक्रिम गर्नको लागि । तालको पश्चिम पटिको भागमा एउटा सानो गुम्बा छ स्थानीयका अनुसार उतm गुम्बा भारतीयले बनाएको हो रे । करीब एक घण्टा जति त्यही बसी केहिबेर तालमा फुलपाती चढाएर, फोटो  खिचेर रमाइलो गयौ ।  त्यो रमाइलो पश्चात हामी आटीतिर फर्कियौ ।लगभग बेलुकाको ५ बजिसकेको थियो होला हामीले चियानास्ता खायौ । केहि बेरआटी वरिपरिको भेडाबाख्राको रमाइलो दृश्य नियाले मैले।  गोठालाहरुबीचमा एकखापस पाहुना मान्दा रहेछन् । कस्तो राम्रो संस्कार आपसमा सम्मानको भावना । २ दिने टागे बसाइमा मलाई पाहुनाको रुपमा अन्य आटीका गोठालाहरुले पनि निम्ता गरि खाना खुवाए । । पछिल्लो दिन नेप्का गाउँ फर्किदै थिए म । त्यसैलेत्यस दिन बेलुका मलाई ती मेराआफन्ते गोठालाहरुले खिर बनाएर खुवाए । पछिल्लो दिन हामी नेप्का गाउँ फर्कियौ । नेप्कामा विविध कारणले थप २ दिन रोकिन पुगे म । त्यो २ दिने अवधीमा विधालय लगायतका गाउँ वरीपरिको थप दृश्य अवलोकन गर्न पाए मैल । तामाङ बस्तीले भरिएको नेप्काको आफनै जातीय इतिहास रहेछ । त्यहाका जीनापाखाका अनुसार नेप्केलहरुको आखिरको जात ठकुरी रहेछ । ठकुरी बाजे र भोटेनी बजै बाट जन्मिएको रहेछ नेप्केलको बाजे । बजैको जात चलाएकाले हाल ठकुरीका साटो तामाङ भएका रहेछन् । शिकार खेल्नु नेप्केलहरुको पेशा नै भइसकेको छ । समय सापेक्ष अनुसार हरेक कुराको विकास हुदो रहेछ । पहिले पहिले हिउद हिउ परेको समयमा मात्रा शिकार खेल्ने नेप्केलहरु आजभोली फलामे तारको पासो थापी शिकार खेल्दा रहेछन् । यसरी सधैभरि शिकार खेल्ने हो भने अवश्य वनका मृग सकिने छन् र भावी पुस्ताले मृग कस्तो हुन्छ भन्ने कुरा नाम निसान पनि पाउने छैनन् । यसैले समयसापेक्ष यो कुरालाई आवश्यक रोक लगाई वन्य जन्तुको संररुक्षण गनुपर्ने देखिन्छ । भौगोलिक रुपमा चारैतिरबाट डाडाकाडाले घेरिएको छ नेप्का गाउँ । त्यहाका स्थानीयका अनुसार  हिउँदको समयमा सात पटक घाम झुल्निे र अस्ताउने गर्दछ । यसैले द्धन्दकालमा नेकपा माओवदीका जनकलाकरले
जडिबुटी औषधी हो, हुम्लामा काम लाग्छ
हुम्ला जिल्ला नेप्का गाउँमा, सात पटक घाम लाग्छ
भन्ने गीत रचेका थिए । पक्कै पनि नेप्का गाउँमा यी यस्ता रमणीय तथ्यहरु प्रचारप्रसारको अभावमा लुकेर बसेका छन् । पत्रकार लगायत बौद्धिक समुदायले यसको बारेमा उचित तरीकाले कलम चलाउने हो पर्यटन व्यावसायमा सहयोग पुगी आय श्रोतका बाटाहरु अझ प्रष्ट रुपमा खुल्न गई जनताको जीवन स्तरमा सहयोग हुने थियो ।

Comments

Popular posts from this blog

women Education

शिक्षा ऐन २०२८ अघिको शिक्षण तरीका र विद्यालय व्यवस्थापन प्रक्रिया

अभाव भित्रको चलखेल