अन्र्तवार्ता

नेपाली कागे्सका केन्द्रिय सदस्य जीवन बहादुर शाहीसँग नन्द बहादुर ऐडीले गरेको कुराकानी
देश को वर्तमान राजनीति अवस्थालाई कसरी नियाली रहनु भएको छ ?
 वर्तमान राजनीति अवस्था निकै जटिल मोडमा पुगेको छ । नेपाली जनताले अपेक्षा गरे बमोजिमको कुरामा दलका नेताले पूरा नगरेको अवस्था छ । त्यसकारण हामीले शान्तिलाई अगाडी नबढाउने हो भने ,शान्तिको समाधान नहुदा सम्म संविधान बन्ने अवस्था छैन् । फलस्वरुप मैले त्यो वा ऊ पार्टीलाई दोष दिनु भन्दा पनि समग्रमा हामी नेपालीहरुले आस्था गरेका पार्टीहरु एकरुप नहुनाले शंका गरेको अवस्था छ ।
यो संक्रमण अवस्थामा देशको राजनीति कतातिर मोडिन्छ जस्तो लाग्छ ?
मेरो गोरुको बाह्रै टक्का भन्ने उखान जस्तै सबै दलहरुका आ—आफनै अडान छ । हामी राष्टको लागि भन्दा पनि दलिय स्र्वाथमा लिप्त भएका छौ , त्यो हामीले स्वीकार गर्नुपर्छ भन्ने लाग्छ । म नेपाली काग्रेसको एक केन्द्रिय सदस्य हुँ तर त्यो भन्दा पहिले नेपाली हुँ । यस कारण हामीले आत्मा आलोचना गरि पुनःएकचोटी सोच्ने बेला आएको छ । दिगो शान्ति र संविधान टुगो नलागेको अवस्था छ । जबसम्म देश सम्वृद्ध शाली हुन सक्दैन तब सम्म देशमा दिगो शान्ति हुदैन् । देश सम्वृद्ध शाली नहुनुको अर्थ द्धन्दको संकेत हो । द्धन्द भनेको बन्दूक हानेर , गोली पडकाएर मात्र हुदैन , आर्थिक दन्द्धका कुरा छन् । आज हामीलाई ठुलोसंकट परेको छ ।  नेपाली जनताले विभिन्न अभाव भोग्नु परेको छ । पैसा नहुने त आफनै ठाउँमा थिए तर पैसा भएर पनि ग्यास लगायत दैनिक उपभोग्यका सामाग्री नपाएको अवस्थामा देश उभो गति भन्दा पनि उधोगति तिर लागि रहेको छ । त्यसैले कुन मोडमा जाने भन्दा पनि देश एकदम धरासायी अवस्थामा गुज्रेको छ ।
देश धरासायी हुनुको पछाडी कसको हात रहेको छ ?  
यो हुनुमा त हामी सबै जिम्मेवारी छौ । त्यसमा पनि विशेष गरी  मुख्य तीन राजनीति दलको दोष छ । त्यस कारण हामीले दललाई भन्दा पनि यो भूमी र जनतालाई साक्षी राखेर काम गर्यौ भने मात्र अगाडी बढ्न सकिन्छ । यहाँ सर्वहारा , गरीव मजदुरको नाममा लगाएका ठुलठुला कुराहरु नारा मै सिमित भएको अवस्था छ  । जुन दललाई आस्था र विश्वास गरेर बहुमतमा पुयाए तिनै दलका नेतृत्व पक्तिले विश्वास घात गरे । जसमा दोस्रो ठुलो पार्टीको केन्द्रिय सदस्यको हैसियदले म पनि पदर्छु । हामी देश र जनताको लागि लागेनौ ,राजनीति गर्नको लागि मात्र राजनीतिमा  लाग्यौ । यो मुलुकका गरिब जनताको हितको लागि ईमान्दार भएनौ । हिजो १२ वर्ष सम्म जनयुद्ध वा क्रान्ति गर्नेहरुले पनि अहिले व्यापक संस्थागत भष्टचार हुदै व्यक्तिगत भष्टचारी भएर आएपछि जनतामा ठुलो निराशा पैदा भएको छ । भष्टचार कै कुरा गर्ने हो भने हिजो एमाले र कागे्रसले १० वर्षमा नगरेको भष्टचार अहिले जनयुद्ध लडेर आएका पार्टीहरुले १० महिनामै गरिरहेको अवस्था छ । जसले देशको बागडोर सम्हालीरहेका छन् । संविधान बनाउनको लागि ६०१ जना सभासदहरु भएपनि ती सबै निरिह छन् । किन भने उनीहरुले गरेको निर्णय लागू र कार्यान्वयन हुदैन । पार्टीको ह्वीप जारी हुन्छ । समस्या आएपछि पाटीका शीर्ष नेताले सुल्झाउने भनिछ । यदि पार्टीका शिर्ष नेताहरुले नै समस्याको समाधान गर्ने भए मेरो विचारमा संविधान सभाकको आवश्यक थिएन । आज जनताले दुःख र कष्ट गरि तिरेको करबाट ६०१ जना पाल्नु परेको अवस्था छ  तर त्यो काम शीर्ष नेताको आदेश बीना नहुने रे । सायद इतिहासले भन्ला अहिलेका दलका शीर्ष नेताहरु नै मुख्य दोषी हुन ।
देशको यो गञ्जागोल अवस्थाको निकासका लागि कागे्रस कसरी अगाडी बढ्छ ?
देशको समस्या समाधानको लागि त नेपाली कागे्रस उ बेला देखि नै लागि परेको छ । तपाईहरु लाई नै थाहा छ नेपाली काग्रेस  सबै भन्दा पुरानो पार्टी हो । यसले धेरै क्रान्ति गरेको छ । इतिहास बिसन्नु हुन्न , हिजो कागे्रसले पनि धेरै आन्दोलन र क्रान्ति गरेकै हो । मैले सधै भन्ने गरेकै छुू”“मेरो बाजेले घिउ खायो , मेरो हात सुघ सुघ” भन्ने जमाना गए तर गरेको इतिहास हामी कसैले पनि भुल्नुदैन् । २००७ साल देखि नै क्रान्ति गर्दै नेपाली काग्रेस यहाँ सम्म आई पुगेको हो । हाम्रा पनि कैयौ कमी कमजोरीहरु छन् , परिवर्तन गदै लैजानुपर्छ । अहिले नेपाली काग्रेसको अडान भनेको शान्ति सम्झौता कार्यान्वयन नभई सविधान बनाएर कुनै अर्थ छैन् । जति क्रान्ति भएपनि आर्थिक वृद्धिदर नबढिकन जनता सम्वृद्ध शाली नभएसम्म राजनीतक निकासले मात्र विकास हुन सक्दैन् । हामीलाई थाहा छ संसारको इतिहासलाई हेर्दा आर्थिक आधार नै हरेकको जड हो । त्यसकारण यो कुरा राम्रो हुनका लागि पहिले शान्ति चाहियो । शान्ति बीना न विकासको सम्भव हुन्छ न त संविधान नै बन्छ । नेपाली काग्रेसले शान्तिलाई तार्किक निष्कर्षमा पुयाउनुपर्छ भन्दै आईरहेको छ । अहिले त्यसमा नेकपा एमालेले पनि साथ दिएको छ भने  माओवादीले शान्ति र संविधान एउटै सिक्काको दुई पाटा हुन , सँग सँगै जानुपर्छ भन्ने कुरा गरेको छ । कागे्रसले क्यान्टोमेन्टमा रहेका हतियार व्यवस्थापन ,सेना समायोजन लगायतका शान्ति सम्बन्धी काम पहिले र अनि मात्र सविधान भन्ने अडान राखेको छ । सरसती हेर्दा नेपाली काग्रेसको यो भनाई जायज नै हो । यहा निर आफना कुरा मात्र ठुलो भन्ने होडबाजी चले जस्तो लाग्छ । कागे्रसले भने यथास्थितिवादी ,माओवादीले भने प्रगतिशील हुने कुरा छ । कागे्रस यथास्थिति वाद हो भने हिजोको परिवर्तन कागे्रसले नै गरेको हो । यो इतिहासलाई बिर्सन सकिदैन। नेपाली काग्रेस शान्तिलाई तार्किक निष्कर्षमा पुयाउन र नेपाली जनतालाई राहत दिन सधै प्रयत्नरत छ ।
जेठ १४ भित्र सविधान बन्ने सम्भावना कतिको देख्नु हुन्छ ?
मेरो व्यक्तिगत कुरा गर्नु हुन्छ भने सायद हाम्रा नेताहरुको तौल तरिका हेर्दा म आशावादी छैन् तर हाम्रो एउटा स्थानीय उखान छ “ओसले तुल पाक्छ ,आसले मान्छे बाच्छ ”भने जस्तै हामीले आसै मायौ भने त के होला तर भित्री आत्माले के भन्छ भने अब जेठ १४ आउनु कति नै बाकी छ र ? चैत र वैशाखको २ महिना बाकी छ । समस्याहरु ज्युका तिउ नै छन् । एकले अर्कोलाई आरोप लगाउने प्रचलनन छ । मुलुक हाकी रहेका प्रधानमन्त्रीले के गर्ने मैले यस्तो गर्न सकिन किन कि एमाले काग्रेसले साथ दिएनन् । कमजोर अनि अर्काको हातको सरकारमा छौ  भन्ने गुनासा गरिरहेका छन् । राज्य पुन संरचना साशकीय स्वरुपले पनि ठुलठुला कुरा ल्याएको अवस्था छ । प्रत्येक जातजातीले आफू अनुकुलको राज्यको माग गरिरहेका छन् । यस्ता तमाम कुरा नमिलाईकन जेष्ठ १४ मा संविधान बन्दैन र मलाई जहाँ सम्म लाग्छ । जेठको ११÷१२ गते तिर हाम्रा सम्पूर्ण दलहरु बसी यो यो भयो भने राज्य खतम हुनेछ भनी फेरी संविधान सभाको म्याद थप्नेछन् । त्यो भन्दा मैले अर्को विकल्प देखेको छैन् । सच्चा नेपाली नागरिकको हिसाबले म बोल्दै छु । पार्टीको हिसाबले बोल्ने हो भने हुन्छ भईहाल्छ भन्न सकिएला तर एउटा पार्टीको नेता प्रतिनिधीको रुपमा नहेर्ने हो भने मैले सम्भावना देख्दिन् ।
संविधान निमार्ण प्रक्रिया ढिलाई हुनुको मुख्य अवरोध के हो जस्तो लाग्छ ?
मेरो विचारमा मुख्य अवरोध भनेका पार्टीहरु र त्यसमा पनि पार्टीले ल्याएका विचारहरु नै हुन । यो एउटा उग्रबाम अनि दक्षिण पन्थीको संयोजन छ । सबैका आ—आफना कुराहछन् । जस्तै एनेकपा माओवादीले के भन्छ भने हामीले यसरी लडेर भिडेर आयौ , नेपाली जनतामा परिवर्तन ल्यायौ । परिवर्तित अवस्थामा यो सबै हामीले भनेका कुराहरु ह्ुनु पर्छ अथवा जनतान्त्रिक जनताको सविधान बन्नु पर्छ भनेर कताकता एकदलिय व्यवस्थाको  गन्ध आउछ । नेपाली काग्रेसको प्रजातन्त्रमा कति तुक तर्क र शक्ति छ त्यो आफनो ठाउँमा होला तर नेपाली जनतामा सार्वभौम हुनुपर्छ ,मानव अधिकार ,स्वतन्त्र न्यायपालिका हुनुपर्छ , बहुदलिय प्रतिस्प्रर्धा ,आवाधिक तरिकाले निर्वाचनमा जानुपर्छ भन्ने काग्रेसको धारणा छ । सोचाईमा नै फरक भएको हुनाले त्यसमा एकरुपता आउन सकेको छैन् । जस्तै नेपाली काग्रेसका विचारलाई  यथास्थिति बादी भन्ने र एनेकपा माओवादीका कुरालाई उग्रवामपन्थी भन्ने प्रचलननले गर्दा सविधान निमार्णमा अवरोध खडा भएको छ ।  माओवादीले बन्दुक उठाए भने हामीहरुले शान्ति पूर्ण ढंगले आवाज उठायौ र शान्तिपूर्ण ढंगले नै १२  बुदे सम्झौता गरि उहाँहरुलाई शान्ति प्रक्रियामा ल्याई राज्य पनि सुम्पको नै हो । अहिले त उहाँहरुको हातमा सरकार  छ । हिजो उनीहरु पचास वटा शर्त राखेर जंगल जानु भएको हो तर आज सरकारमा आईसकेपछि पहिलेका ती मागहरु कति पूरा गर्नु भयो , त्यो त उहाँहरु आफैलाई थाहाँँ छ होला । पुरा गर्न नसकेका चीज चाहि अरुलाई दोष दिने र पूरा भएका चीज जति चाहि हामीले भन्न मिल्दैन् । त्यस कारण अव हमीले के कुरा बुझनु पर्यो भने सबैको सहकार्यले मात्र अगाडी जान सकिन्छ । अब माओवादी कागे्रस र एमालेले म ठूलो भनेर भएन । हामी सबै मिलेर नेपाली जनताको हित कसरी हुन्छ । सहमति र सहकार्यबाट मात्र अगाडी बढ्न सकिन्छ ,एउटैले मात्र सकिन्न भन्ने कुरा नेपाली जनताले पनि संविधान सभाको चुनावमा देखाई सकेका छन् । त्यस कारण मलाई के लाग्छ भने बाधक भनेको तपाई हामी नै हो । अब हामी मिलेपछि सबै बाधा अडकन फुक्नेछ । सबैले आ—आफनो एकतन्त्रीय शासन लादन चाहि नखोज्नुहोस । हाम्रो कागे्रसको विशेष भनाई पनि यहि नै हो । फेरी उहाँहरुले लडाई जितेर आएको भएको देशको शासन व्यवस्था उहाँहरु कै मोडलमा हुन्थ्यो । हारजित नभई सम्झौतामा आएकाले सबैको मर्यादा हुने ढंगले गयौ भने समस्या समाधान हुन्छ । हामीले यत्रो क्रान्ति गयौ यीनीहरुसँग मिलेर जादा हामी फुसकिन्छौ कि भन्ने माओवादीले सम्झने र अरु संसदवादी दलहरुले पनि माओवादीले बन्दूक उठाएर एकतन्त्रीय शासन लादछकि भनी शंका गरेको अवस्था छ । यस कारण एकआपसको सन्त्रास र वैमन्सयताको भावलाई हटाई देश र जनताको लागि हातेमालो गनुपर्छ ।
संविधान र दिगो शान्तिका लागि दलहरुले के के त्याग गनुपर्ला जस्तो लाग्छ ?
संविधान र दिगो शान्तिका लागि त्याग गर्नु पर्ने त धेरै कुराहरु छन् । पहिला त नेताहरुले आफैले त्याग गनुपर्यो । जनताको सम्पति लिएर हिजो राजा ज्ञानेन्द्रले मोज मस्ती गर्यो भन्ने हाम्रा नेता आज आफै त्यता लाग्न थाले । सबै त्यस्ता नहोलान ,ती कोको भए  आफैले विचार गर्नोहोस । सर्बहाराको नेतृत्व , समाजवादी र पुजीवादीको नेतृत्व को कसले गर्यो । त्यो त नेपाली जनताले बुझने कुरा हो । अर्को कुरा के हो भने जति हामीले यो संक्रमण काललाई बढाउदै जान्छौ हाम्रो देश त्यति नै उधोगति हुदै जान्छ । त्याग गनुपर्ने त नेताहरुले नै हो । के सोच्नु पर्यो भने हामीले यत्रो लडाई लडयौ । कोहि बन्दूकले ,कोहि बोलीले त कोहि कलमले  ।माओवादीको भाषामा भन्दा बन्दूक, कलम र बोलीको लडाई फयूजन भएको छ । सबैको इच्छा र आकाङ्क्षाको कुरा गर्ने हो भने त ढाई करोड नेपाली जनताको ढाई करोड विचार नै आउन सक्छ । हो त्यो कुरालाई हामी सबैले नेपाली जनताको लागि सोच्ने हो भने समस्याको समाधान हुन समय लाग्ने थिएन । यहाँका नेताहरुमा अहिले त मलाई कता कता शंका लाग्यो भन्न त मिल्ने हो वा होईन तर पनि म भन्छु । यदि छिटो छिटो यो समस्या समाधान भयो भने त नेतृत्व हरुको पनि अस्तित्व त्यति रहदैन की , भोली चाहि नियम कानूनले राज्य र सरकार चल्न थाल्यो भने आफनो अस्तित्व मेटिन्छ कि भन्ने जस्तो पनि भान हुन आउँछ ।
दलहरु गुट उपगुटमा विभाजित हुने चलन छ नि ?
यो प्रक्रिया जीवन्त पार्टीहरुमा भई नै रहन्छ । जितेको व्यक्तिले हारेकोलाई समेटेर लानुपर्छ भन्ने भाावना नहुने र हारेकोले यो त जितेको हो भनि सम्मान गर्न नजान्ने मेरो गोरुको बाह्रै टक्का भन्ने प्रवृतिले हो । अर्को पक्ष पार्टीमा एउटा कुशल नेतृत्व हुने वित्तिकै यसले मलाई टप्ट भनि खुट्टा तान्ने प्रवृतिले गर्दा गुटउप गुटको उत्पादन हुन्छ । तपाईले नेपाली कागे्रसलाई संकेत गर्नुभएको होला । हाम्रो पार्टीमा गुटउपगुट भएपनि सैद्धान्तिक मतभेद भने छैन । सिद्धान्तको कुरा गर्ने हो भने शीर्ष नेताहरु सबैको बोली एउटै छ तर भित्री रुपमा नेतृत्व लिनको लागि त अगाडी जाने नै भए । नेतृत्वले स्वाभिमान मान्छेलाई समेटन सकेन भने गुटउपगुटको पक्ष देखिने कुरो हो । कागे्रस र कम्न्यिुस्टको गुटउपगुटमा पनि फरक छ । कागे्रसको गुटउपगुटले कठालो सम्म  समात्ने गर्छ भने कम्नियूस्ट पार्टीमा खुट्टा नै काटी दिने प्रचलनन रहेको छ । अहिले नेकपा एमालेले स—साना पार्टी हरुलाई एकिकृत गरेर ठूलो पार्टी हुने परिकल्पना गरिरहेको छ । पाटी ठुलो हुदैमा ,नेतृत्व गदैमा ठुलो हुने होइन । नेपाली जनतालाई राहत दिनु पो ठुलो कुरा हो । गुटउपगुट जीवन्त पार्टीमा भईरहन्छ । यसले जनतामा नकरात्मक असर पारेको देखिन्छ । जस्तै एनेकपा माओवादीमा वैद्य बाबुराम र प्रचण्ड पक्षबीचमा अन्तर द्धन्द भई संविधान निमार्णको प्रक्रिया ढिला भइैरहेको अवस्था छ ।
कर्णालीमा काग्रेसको राजनीति अवस्था कस्तो छ ?
हाल सम्म नेपाली काग्रेसको अवस्था ठीकै छ जस्तो लाग्छ । अत्यधिक बहुमत नै छ भन्न सक्दिन र गएगुज्रेको पनि छ भन्न मिल्दैन । संविधान सभाको निर्वाचन प्रक्रियालाई हेर्ने नै हो भने पनि कर्णालीका अधिकाश जिल्लाहरुमा कागे्रस दोस्रो स्थानमा नै आयो । अहिले सम्म त्यहाका साथीहरुले गरिरहेका कामहरु हेर्दा सन्तोष जनक नै छ भन्ने लाग्छ ।
संविधान निमार्णको प्रक्रियामा संघियताको  कुरा उठिरहेको छ , कर्णालीको संघिय रुपरेखा कस्तो हुनुपर्छ जस्तो लाग्छ ?
संघियताको कुरा २००७  तिर पनि चलेको रहेछ । पञ्चायतकाल मा उतिबेलाको जल्दो बल्दो पत्रकार भनौ या नेता प्रेम कैदीले स्वायत कर्णालीको आवाज उठाउनु भयो र बहुदल आईसकेपछि विभिन्न प्रधानमन्त्री हुनु भयो र शेर बहादुर देउवा प्रधानमन्त्री भएको बेलामा हामी विभिन्न व्यक्तिहरु गई स्वायतताको बारेमा आवाज उठायौ । त्यसपछि नेकपा एमालेको सरकार भएको बेलामा युवराज ज्ञवाली स्थानीय विकास मन्त्री हुनु हुन्थ्यो कर्णालीका हामी सबै विभिन्न तह र तप्काका व्यक्तिहरु गएर कर्णाली स्वायता हुनुपर्छ भन्ने आवाज उठाएर आयौ । कर्णाली उत्पीडनमा परेको छ र त्यहा विशेष खालको प्रावधान हुनुपर्छ । राज्यको सेना मौद्रिक नीति र विदेशसँगको सन्धी सम्झौता बाहेक अन्य अधिकार कर्णालीले पाउनुपर्छ भन्ने आवाज उठाएका थियौ । संघियताको बहस चलेपछि कर्णाली ओझेलमा पर्यो । कर्णालीलाई टुक्राटुक्रा गर्न खोजियो । कर्णालीको इतिहासलाई मेटाउन खोजियो र कर्णाली बासीहरुले कहिल्यै पनि अरुजस्तो अभद्र व्यवहार गरेनन । त्यस कारण यो मूर्ख सरकारले कर्णालीका समस्यालाई बेवास्ता गर्यो  हाम्रा थोरै डाक्टर साथीहरु नन्द सिह,कल कबहादुर रोकाया , पदम बहादुर थापा ले पनि कर्णाली स्वायतत्ताको बारेमा ठुलो योगदान दिईरहनु भएको छ । आफनो भाषा,संस्कृति,रीतिरिवाज जोगाई राख्नको लागि पनि कर्णालीको पाचँ वटै जिल्ला एक हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । किन भने कर्णालीको आफनो छुटै खालको पहिचान र इतिहास छ । अखण्ड नेपालको कुरा गर्ने हो भने नेपाली जनता २ वटा विशाल राष्टको बीचमा रहेको हुनाले दुई वटै देशसँग सह मिलनको नाता हुनुपर्छ । धेरै विद्धानहको भनाई छ कि कर्णाली आर्थिक रुपमा सबल छैन एउटा प्रदेश बन्यो भने राज्य सञ्चालनमा कठिनाई हुन सक्छ । हामीलाई के विश्वास छ भने कर्णाली पछि पनुको मुख्य कारण सडक यातायातको अभावले त्यहाका उत्पादन तत्व को अस्त्तिव नहुनुले हो । सुरुमा राज्यले पाचँ वटै जिल्ला जोडने र क्षतीपूर्ति स्वरुप त्यहाँको भौतिक निमार्णमा सहयोग गर्नुपर्छ । पछि कर्णालीले राज्यलाई अपार सम्पति दिने छ । कर्णालीमा करीव करीव ४३ हजार मेघावाट विद्युत उत्पादन गर्न सकिने हाम्रो एउटा डाटा छ । जडिबुटीको लागि कर्णाली अथाहा श्रोत केन्द्र नै हो । अनाजको कुरा गर्ने हो भने राज्यले मानेको कु—अन्न जति चिनु, कोदो , कागुनो,,फापर ती सबै कर्णालीमा नै फल्छ तर अहिले नयाँ परिवेशमा आएर हेर्दा खेरी वास्मती चामलको एक छाक भात १ सय पचाँसमा पाईन्छ भने कर्णालीको फापरको ढिडो खान २ सय तिर्नुपर्छ यसका साथै फलफूलको त्यति नै सम्भावना छ । उच्च हिमाली भेगको स्याउ देखि तराई केरा सम्मका फलफूल  कर्णाली मै फल्छन् । हामी सँग सबै चीज छ मात्र यसको सहि सदुपयो गर्न नजानेको हौ । अधिकार पायौ भने हामी आफै पनि गर्न सक्छौ । अन्तरिम संविधानमा सिगंो कर्णालीको संघियताको बारेमा लेखिएको छ , आज आएर यसलाई टुक्रयाउन खोजिदै छ । यो कदापी हुन दिन्नौ हामी ।
अन्त्यमा कर्णालीका युवाहरुलाई के सन्देश दिन चाहानु हुन्छ ?
कर्णालीका साथी भाईहरु हो तपाईले न्याय खोज्न कुनै ठाउँमा जानुपदैन । कुनै पनि राज्यमा भिग माग्नु पर्ने अवस्था छैन् सबै चीज हामी सँगै छ । हिजो कर्णालीमा डाक्टर , इन्जिनियर ,बकिल , पत्रकार र प्रहरी अधिकृत जस्ता बरिष्ट ओहोदाका व्यक्तिहरुको अभाव थियो तर आज त्यो अवस्था छैन् । कर्णालीको भविष्य तपाईहरु जस्तै युवाको काधमा छ । हामीले सकरात्मक सोचका साथ अघि बढ्यौ भने सम्वृद्ध कर्णाली निमार्णमा ठुलो सहयोग मिल्नेछ । समय अनुकुल प्रविधी र विकास सँग परिचित हुदै कर्णाली विकासमा अग्रसर हुन आवाहन गर्दछु । देश को वर्तमान राजनीति अवस्थालाई कसरी नियाली रहनु भएको छ ?

कर्णालीका साथी भाईहरु हो तपाईले न्याय खोज्न कुनै ठाउँमा जानुपदैन । कुनै पनि राज्यमा भिग माग्नु पर्ने अवस्था छैन् सबै चीज हामी सँगै छ । हिजो कर्णालीमा डाक्टर , इन्जिनियर ,बकिल , पत्रकार र प्रहरी अधिकृत जस्ता बरिष्ट ओहोदाका व्यक्तिहरुको अभाव थियो तर आज त्यो अवस्था छैन् । कर्णालीको भविष्य तपाईहरु जस्तै युवाको काधमा छ । हामीले सकरात्मक सोचका साथ अघि बढ्यौ भने सम्वृद्ध कर्णाली निमार्णमा ठुलो सहयोग मिल्नेछ । समय अनुकुल प्रविधी र विकास सँग परिचित हुदै कर्णाली विकासमा अग्रसर हुन आवाहन गर्दछु ।

Comments

Popular posts from this blog

women Education

शिक्षा ऐन २०२८ अघिको शिक्षण तरीका र विद्यालय व्यवस्थापन प्रक्रिया

अभाव भित्रको चलखेल