कार्यलय प्रमुख बिहिन हुम्ला

हुम्ला जिल्लामा रहेका ३२ सरकारी कार्यलय मध्ये २३  रहेका छन । पटक पटक हामीले हुम्ला जिल्लाका सरकारी कार्यलयमा गदै आएको सर्बेक्षामा धेरै जसो सरकारी कार्यलयहरुमा प्रमुख बिहिन नै रहने गरेको पाएको छ ।जिल्ला रहेका जिल्ला बिकास समिति, जिल्ला स्वास्थ्य, जिल्ला बन, खाद्य संस्थान शाखा, मालपोत, जिल्ला अदालत, जिल्ला हुलाक, जिल्ला आयूर्बेद, जिल्ला सरकारी वकिल, जिल्ला पशु सेवा, रायिट्रयबाणिज्य बैंक, घरेलु तथा साना उद्योग समिति, कोष तथा लेखा नियन्त्रण ., नागरिक उड्यन प्राधिकरण, खानेपानी तथा सरसफाई सब डीबिजन, जिल्ला शिक्षा, हिल्दुङ बिद्युत बितरण केन्द्र, जिल्ला निर्बाचन, जिल्ला प्राबिधिक, कृषि बिकास बैंक, यारी नाका भन्सार, नेपाल टेलिकम, जिल्ला कारागार शाखा जस्ता संबेदनसिल कार्यालयहरुमा कार्यलय प्रमुख बिहिन हुनुले हुम्लाका सेवागराही जनताहरु मारमा परेका छन् । ४/५ दिन लगायर ग्रामिण क्षेत्र बाट काम लिएर सदरमुकाम सिमकोटमा आएका हुम्लीजनताहरु सम्बन्धित कार्यालयका कार्यालय प्रमुख नहुदा आफ्नो काम हुने आसा मार्दै निराश भई खालि हात लिएर फर्कने गरेका छन । यस्ता समस्याहरु हुम्लाबाहिरुले ब्यहादै आईका समस्या हुन यसको लागी माथिल्लो निकाय बाट पहल नभए सम्म केहि नहुने देखिएको छ । सेवागराही जनताले दुःख र समस्या बेहाृर्न नपरोस भनि अहिलेको सरकार केन्द्रमा हलो सरकार भन्ने नाम दिएर जनताको आखामा छारो हाल्ने काम गरीरहेकोछ । हुम्ला जस्तो बिकट जिल्लामा २/२ महिना सम्म २३/२३ वटा कार्यालयका कार्यालय प्रमुख बिहीन हुदा सम्म पनि अहिलेकोसरकार लाछाहार भएर हेरीरहेको छ ।यस बाट हुम्लाबसि जनताका सम्पूर्ण काम ठप्प रहेका छन भने सरकारी कार्यलय बाट दिने सेबा सुविभा बाट सेवाग्राही बन्चित रहेका छन् ।के यसरी हुम्ला जिल्लाको बिकास सम्भब छ । यस सम्बन्धित निकायको ध्यान जानु जरुरी देखिन्छ ।

जनकबहादुर शाही
रेडीयो कैलाश एफ.एम.
हुम्ला

Comments

Post a Comment

Popular posts from this blog

women Education

शिक्षा ऐन २०२८ अघिको शिक्षण तरीका र विद्यालय व्यवस्थापन प्रक्रिया

अभाव भित्रको चलखेल